< २ इतिहास 19 >
1 यहूदाका राजा यहोशापात सुरक्षासाथ यरूशलेमको आफ्नो दरवार फर्के ।
Judov kralj Józafat pa se je v miru vrnil k svoji hiši v Jeruzalem.
2 तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न आए र यहोशापात राजालाई भने, “के दुष्टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।
Hananíjev sin Jehú, videc, je odšel ven, da ga sreča in kralju Józafatu rekel: »Ali naj bi pomagal brezbožnikom in ljubil tiste, ki sovražijo Gospoda? Zato je izpred Gospoda na tebi bes.
3 तापनि तपाईंमा केही असल कुरा छन्, किनभने तपाईंले अशेराका खम्बाहरूलाई देशबाट हटाउनुभएको छ, र तपाईंले आफ्नो हृदय परमप्रभुलाई खोज्नमा लाउनुभएको छ ।”
Kljub temu so v tebi najdene dobre stvari v tem, da si iz dežele odvzel ašere in si svoje srce pripravil, da išče Boga.
4 यहोशापातको यरूशलेममा बसे । अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी देशमा मानिसहरूका माझमा गए र तिनीहरूलाई परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरकहाँ फर्काएर ल्याए ।
Józafat je prebival v Jeruzalemu. In odšel je ponovno ven skozi ljudstvo od Beeršébe do gore Efrájim in jih vodil nazaj h Gospodu, Bogu njihovih očetov.
5 यहूदाका किल्लाबन्दी गरिएका सबै सहरमा तिनले न्यायकर्ताहरू नियुक्त गरे ।
Postavil je sodnike vsepovsod po deželi, po vseh utrjenih Judovih mestih, mestu za mestom
6 तिनले न्यायकर्ताहरूलाई भने, “तिमीहरूले गर्ने कुरामा ध्यान देओ, किनभने तिमीहरूले मानिसहरूका निम्ति होइन तर परमप्रभुको निम्ति फैसला गर्दछौ । फैसलाको क्रममा उहाँ नै तिमीहरूसँग हुनुहुन्छ ।
in sodnikom rekel: »Pazite, kaj počnete, kajti ne sodite za človeka, temveč za Gospoda, ki je z vami v sodbi.
7 यसैले अब, परमप्रभुको भय तिमीहरूमा रहोस् । न्याय गर्दा होसियार होओ, किनकि परमप्रभु हाम्रा परमेश्वरमा अधर्म हुँदैन, नत उहाँमा पक्षपात र घूस लिने काम नै हुन्छ ।”
Zatorej naj bo sedaj nad vami Gospodov strah. Pazite in to storite, kajti z Gospodom, svojim Bogom, ni krivičnosti, niti oziranja na osebe, niti sprejemanja darov.
8 यसबाहेक यहोशापातले यरूशलेममा केही लेवी र पुजारी, र इस्राएलका पुर्ख्यौली घरानाका केही अगुवाहरूलाई परमप्रभुको न्याय कायम राख्न र झगडाहरू मिलउन नियुक्त गरे । तिनीहरू यरूशलेममा बसे ।
Poleg tega je v Jeruzalemu Józafat postavil od Lévijevcev in od duhovnikov in od vodij Izraelovih očetov za Gospodovo sodbo in za oporekanja, ko so se vrnili v Jeruzalem.
9 तिनले उनीहरूलाई यसो भनेर निर्देशन दिए, “तिमीहरूले सधैँ परमेश्वरको भय राखेर विश्वाससित र आफ्ना सारा हृदयले काम गर्नुपर्छ ।
Zadolžil jih je, rekoč: »To boste delali v Gospodovem strahu, zvesto in s popolnim srcem.
10 जब आफ्ना सहरमा बस्ने तिमीहरूका दाजुभाइबाट तिमीहरूका सामु कुनै पनि मुद्दा आउँछन्, चाहे ती रक्तपातसम्बन्धी होउन्, वा व्यवस्था र आज्ञा, विधिहरू वा आदेशहरूका विरुद्धमा होउन्, तिमीहरूले तिनीहरूलाई चेताउनी दिनू, ताकि तिनीहरू परमप्रभुको अगि दोषी नठहरिऊन्, नत्रता तिमीहरू र तिमीहरूका दाजुभाइमा क्रोध आइपर्ने छ । तिमीहरूले यसो गर्नू र तिमीहरू सबै दोषी ठहरिने छैनौ ।
Kakršnakoli zadeva bo prišla k vam od vaših bratov, ki prebivajo v svojih mestih, med krvjo in krvjo, med postavo in zapovedjo, zakoni in sodbami, jih boste torej opozorili, da ne prestopajo zoper Gospoda in tako [ne] pride bes nad vas in nad vaše brate. To delajte in se ne boste pregrešili.
11 हेर, परमप्रभुका सबै विषयमा मुख्य पुजारी अमर्याह तिमीहरूमाथि छन् । राजा सम्बन्धमा सबै विषयमा यहूदाका घरानाका अगुवा इश्माएलका छोरा जबदियाह निरीक्षक छन् । साथै लेवीहरूले अधिकारीहरूका रूपमा तिमीहरूका सेवा गर्नेछन् । बलिया होओ र तिमीहरूलाई दिइएका निर्देशनहरू पालना गर, र असल गर्नेहरूका साथमा परमप्रभु रनुभएको होस् ।”
Glejte, véliki duhovnik Amarjá je nad vami v vseh Gospodovih zadevah in Jišmaélov sin Zebadjá, vladar Judove hiše, za vse kraljeve zadeve. Prav tako bodo Lévijevci častniki pred vami. Postopajte pogumno in Gospod bo z dobrim.«