< २ इतिहास 18 >
1 यहोशापातसँग धेरै धन-सम्पत्ति र सम्मान थियो । तिनले आफ्नो परिवारको एक जना सदस्यसित आहाबकी छोरीको बिवाह गराएर उनीसित वैवाहिक सम्बन्ध जोडे ।
Nu Josafat zo rijk en aanzienlijk geworden was, werd hij de zwager van Achab.
2 केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए । आहाबले तिनी र तिनका साथमा भएका मानिसहरूका निम्ति निम्ति धेरैवटा भेडा र गोरुहरू काटे । आहाबले आफूसँग मिलेर रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई फकाए ।
Toen hij dan ook enige jaren later naar Achab in Samaria ging, slachtte Achab ter ere van hem en zijn gevolg een groot aantal schapen en runderen, en trachtte hij hem over te halen tot een krijgstocht tegen Ramot in Gilad.
3 इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “के तपाईं मसँगै रामोत-गिलादमा जानुहुनेछ?” यहोशापातले तिनलाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन् । युद्धमा हामी तपाईंसँगै हुनेछौं ।”
Koning Achab van Israël stelde aan koning Josafat van Juda voor: Wilt ge met mij ten strijde trekken naar Ramot Gilad? Deze verzekerde hem: Ik en gij zijn één; uw leger is mijn leger; ik trek met u mee ten strijde.
4 यहोशापातले इस्राएलका राजालाई भने, “कृपया, तपाईंको जवाफको निम्ति पहिले परमप्रभुको वचनको खोजी गर्नुहोस् ।”
Toch verzocht Josafat den koning van Israël: Vraag echter eerst, wat Jahweh zegt.
5 तब इस्राएलका राजाले चार सय जना अगमवक्तालाई एकसाथ भेला गराए र तिनीहरूलाई सोधे, “के हामी रामोत-गिलादमा युद्ध गर्न जाऔं वा मैले जानुहन्न? तिनीहरूले भने, “आक्रमण गर्नुहोस्, किनभने परमेश्वरले त्यो तपाईंको हातमा दिनुहुनेछ ।”
Toen ontbood de koning van Israël de profeten, tezamen ongeveer vierhonderd man. Hij vroeg hun: Zal ik tegen Ramot Gilad ten strijde trekken, of niet? Zij antwoordden: Trek op; God levert het aan den koning over.
6 तर यहोशापातले भने, “के यहाँ सल्लाह लिन परमप्रभुको अर्को अगमवक्ता छैन जोसँग हामी सल्लाह लिन सक्छौं?”
Maar Josafat vroeg: Is er geen profeet van Jahweh meer, dien wij kunnen raadplegen?
7 इस्राएलका राजाले यहोशापातलाई भने, “परमप्रभुबाट सल्लाह लिनलाई अझै एक जना यिम्लाका छोरा मीकाया छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्ति असल अगमवाणी बोल्दैनन्, तर सधैं खराबी मात्र भन्दछन् ।” यहोशापातले जवाफ दिए, “राजाले यस्तो भन्नुहुन्न ।”
De koning van Israël antwoordde Josafat: Er is nog één man, door wien wij Jahweh kunnen raadplegen. Maar ik heb een hekel aan hem; want hij voorspelt mij nooit iets goeds, altijd maar kwaad. Het is Mikájehoe, de zoon van Jimla. Maar Josafat zeide: De koning moet zo iets niet zeggen!
8 तब इस्राएलका राजाले तुरुन्तै आफ्ना एक जना अधिकारीलाई बोलाए र भने, “यिम्लाका छोरा मीकायालाई तुरुन्तै झिकाऊ ।”
Toen riep de koning van Israël een kamerdienaar en zei: Haal vlug Mikájehoe, den zoon van Jimla.
9 यति बेला इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खलानजिक आआफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोलिरहेका थिए ।
Intussen waren de koning van Israël en Josafat, de koning van Juda, in ambtsgewaad op hun tronen gaan zitten, op de open plaats bij de poort van Samaria, en bleven al de profeten voor hen profeteren.
10 केनानका छोरा सिदकियाहले आफ्ना निम्ति फलामका सीङहरू बनाए र भने, “परमप्रभु यसो भन्नुहुन्छ: यसको सहायताले तपाईंहरूले अरामीहरू नष्ट नभएसम्म नै तिनीहरूलाई धकेल्नुहुनेछ ।”
Een zekere Sidki-jáhoe, de zoon van Kenaäna, had zich ijzeren horens gemaakt, en zeide: Zo spreekt Jahweh! Hiermede zult gij de Arameën neerstoten, tot verdelgens toe!
11 सबै अगमवक्ताले त्यसरी नै यसो भन्दै अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्, किनकि परमप्रभुले त्यो राजाको हातमा दिनुभएको छ ।”
Al de andere profeten profeteerden hetzelfde en riepen: Trek op naar Ramot Gilad! Gij zult zeker slagen; want Jahweh heeft het aan den koning overgeleverd.
12 मीकायालाई बोलाउन गएको दूतले तिनलाई भन्यो, “हेर्नुहोस् अगमवक्ताका वचनहरूले एकै मत भएर राजाको पक्षमा बोलिरहेका छन् । तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, र मिल्दो किसिमले बोल्नुहोस् ।”
De bode, die Mikájehoe was gaan roepen, zeide tot hem: Zie eens; eenstemmig hebben de profeten den koning een gunstig antwoord gegeven; laat ook uw antwoord zijn als het hunne, en voorspel iets goeds!
13 मीकायाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमेश्वरले जे भन्नुहुन्छ, म त्यही भन्नेछु ।”
Maar Mikájehoe zeide: Zo waar Jahweh leeft; wat Jahweh mij zegt, zal ik spreken!
14 जब तिनी राजाकहाँ आए, तब राजाले तिनलाई भने, “ए मीकाया, हामीले रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जानुहुन्छ, कि हुँदैन?” मीकायाले तिलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्! किनकि त्यो महान् विजय हुनेछ ।”
Toen hij nu bij den koning gekomen was, zeide deze tot hem: Mika, zullen wij naar Ramot Gilad ten strijde trekken, of niet? Hij antwoordde hem: Trek op; gij zult zeker slagen; ze zullen aan u worden overgeleverd!
15 तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्ट भनूँ?”
De koning snauwde hem toe: Hoe dikwijls moet ik u bezweren, mij in de naam van Jahweh niets dan de waarheid te zeggen?
16 यसैले मीकायाले भने, “मैले त सबै इस्राएललाई गोठाला नभएका भेडाहरूझैं डाँडाहरूतिर तितरबितर भएका देखें, र परमप्रभुले भन्नुभयो, ‘यिनीहरूका गोठाला छैनन् । हरेक मानिस शान्तिसित आफ्नो घर फर्केर जाओस् ।’”
Maar nu sprak hij: Ik zag Israël over de bergen verstrooid, als schapen zonder herder. En Jahweh sprak: Zij hebben geen heer; laat ze rustig naar huis terugkeren!
17 यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल अगमवाणी बोल्दैनन् तर विनाशको मात्र भन्छन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?”
Toen zei de koning van Israël tot Josafat: Heb ik het u niet gezegd? Hij voorspelt mij nooit iets goeds, altijd maar kwaad.
18 तब मीकायाले भने, “यसकारण तपाईंहरू सबैले परमप्रभुको वचन सुन्नुपर्छः परमप्रभु आफ्नो सिंहासनमा बस्नुभएको र स्वर्गका सबै फौज उहाँका दाहिने र देब्रेपट्टि खडा भएका मैले देखें ।
Maar hij sprak: Dat is niet waar! Luister niettemin naar het woord van Jahweh! Ik zag Jahweh op zijn troon, met het hemelse heir rechts en links om Hem heen.
19 परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई कसले बहकाउनेछ, ताकि त्यो माथि जाओस् र रामोत-गिलादमा मरोस्?’ एउटाले यसो र अर्कोले उसो भन्छ ।
Jahweh vroeg: Wie wil Achab overhalen, den koning van Israël, naar Ramot Gilad op te trekken, om daar te sneuvelen? En de een zei zus, de ander zo.
20 तब एउटा आत्मा अगि आए र परमप्रभुको सामु खडा भए र भने, ‘म त्यसलाई बहकाउनेछु’ । “परमप्रभुले त्यसलाई सोध्नुभयो, ‘कसरी?’
Toen trad er een geest naar voren, ging voor Jahweh staan, en zeide: Ik wil hem overhalen. Jahweh vroeg hem: Hoe?
21 त्यो आत्माले जवाफ दिए, ‘म जानेछ र त्यसका सबै अगमवक्ताका मुखमा म झूट बोल्ने आत्मा हुनेछु ।’ परमप्रभुले भन्नुभयो, ‘तैंले त्यसलाई बहकाउनेछस्, र तँ सफल पनि हुनेछस् । अब जा र त्यसै गर् ।’
Hij antwoordde: Ik ga een leugengeest worden in de mond van al zijn profeten. Toen sprak Hij: Gij moogt hem bewerken, en ge zult slagen ook; ga heen en doe het.
22 अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमेश्वरले तपाईंका सर्वनाशको आदेश दिनुभएको छ ।”
Welnu, thans heeft Jahweh een leugengeest in de mond van deze profeten gelegd, omdat Jahweh uw verderf heeft besloten2.
23 तब केनानका छोरा सिदकियाह माथि आए, मीकायाको गालामा थप्पड हाने र भने, “अब कुन बाटो भएर परमप्रभुका आत्मा मबाट तिमीसँग बोल्नलाई जानुभयो त?”
Maar nu trad Sidki-jáhoe, de zoon van Kenaäna, vooruit, gaf Mikájehoe een slag in het gezicht, en zeide: Wat; zou de geest van Jahweh mij hebben verlaten, om te spreken tot u?
24 मीकायाले भने, “हेर, त्यो त तिमी लुक्नलाई कुनै भित्री कोठामा गएको दिन तिमी आफैले थाहा पाउनेछौ ।”
Mikájehoe antwoordde: Dat zult ge gewaar worden, wanneer ge van huis tot huis zult vluchten, om u te verbergen.
25 इस्राएलका राजाले केही सेवकलाई भने, “तिमीहरूले मीकायालाई गिरफ्तार गर्नुपर्छ, र सहरका गभर्नर अमोन र मेरो छोरा योआशकहाँ लानुपर्छ ।
Nu sprak de koning van Israël: Neem Mikájehoe gevangen, en breng hem bij den stadsvoogd Amon en bij prins Joasj,
26 तिनलाई तिमीहरूले यसो भन्नेछौ, ‘राजा यसो भन्नुहुन्छ: यस मानिसलाई झ्यालखानमा राख र म कुशलसाथ नआएसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र देओ ।’”
en zeg hun: De koning beveelt, hem in de gevangenis te houden, en hem slecht eten en drinken te geven, totdat hij ongedeerd terugkomt.
27 तब मीकायाले भने, “तपाईं कुशलसाथ फर्केर आउनुभयो भने परमप्रभु मद्वारा बोल्नुभएको होइन ।” तब तिनले थपे, “ए सबै मानिसहरू हो, यो कुरा सुन्नुहोस् ।”
Maar Mikájehoe sprak: Als gij ongedeerd terugkomt, heeft Jahweh niet door mij gesproken3.
28 यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादको विरुद्धमा उक्लेर गए ।
Zo trok dus de koning van Israël, met koning Josafat van Juda, naar Ramot Gilad.
29 इस्राएलका राजाले यहोशापातलाई भने, “म आफूलाई गुप्त भेष धारण गर्नेछु र लडाइँमा जानेछु, तर तपाईं आफ्नो राजसी पोशाक नै लाउनुहोस् ।” यसैले इस्राएलका राजाले आफूलाई गुप्त भेष धारण गरे र तिनीहरू लडाइँमा गए ।
Maar de koning van Israël zeide tot Josafat: Ik wil verkleed de strijd ingaan; doch gij kunt uw eigen kleren wel aanhouden. Hierop verkleedde hij zich, voor hij ten strijde trok.
30 अरामका राजाले आफ्ना रथहरूका फौज पतिलाई यस्तो आज्ञा दिएका थिए, “साना वा ठुला फौजलाई आक्रमण नगर्नू । बरू, इस्राएलका राजालाई मात्र आक्रमण गर्नू ।”
Nu had de koning van Aram zijn bevelhebbers van de strijdwagens de opdracht gegeven: Valt niemand aan, wie het ook zij, maar alleen den koning van Israël.
31 यस्तो भयो, जब रथहरूका फौज पतिले यहोशापातलाई देखे, उनीहरूले भने, “इस्राएलका राजा यिनै हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्के, तर यहोशापात चर्को सोरले कराए, र परमप्रभुले तिनको सहायता गर्नुभयो । परमेश्वरले तिनीहरूलाई तिनीबाट अर्कोतिर फर्काउनुभयो ।
Toen zij nu Josafat zagen, dachten ze: Dat is zeker de koning van Israël. En ze vielen op hem aan. Maar Josafat riep tot Jahweh, en Hij kwam hem te hulp, en leidde de aandacht van hem af.
32 यस्तो भयो, जब रथहरूका फौज पतिले तिनी त इस्राएलका राजा होइन रहेछन् भन्ने देखे, तिनलाई खेद्न छोडेर तिनीहरू फर्किए ।
Toen de bevelhebbers van de strijdwagens bemerkten, dat hij de koning van Israël niet was, lieten zij hem met rust.
33 तर कुनै मानिसले आफ्नो धनु जथाभाबी तान्यो र इस्राएलका राजालाई कवचको जोर्नीमा काँड हान्यो । तब आहाबले आफ्नो सारथिलाई भने, “रथलाई घुमाऊ र मलाई युद्ध मैदानबाट बाहिर लैजाऊ, किनकि म नराम्ररी घाइते भएको छु ।”
Intussen richtte iemand op goed geluk af zijn boog, en trof den koning van Israël tussen de voegen van het pantser. Deze beval toen zijn wagenvoerder: Wend de teugels, en breng mij van het slagveld; want ik ben gewond.
34 त्यो दिनको लडाइँले भयङ्कर रूप लियो, र राजा साँझसम्म आफ्नो रथमा अडिएर अरामीहरूतर्फ फर्केर रहे । सूर्यास्त हुँने बेलामा तिनी मरे ।
Maar omdat de strijd toen juist op het hevigst was, moest de koning van Israël tegenover de Arameën rechtop in zijn wagen blijven staan tot de avond toe. Tegen zonsondergang echter stierf hij.