< २ इतिहास 17 >
1 आसाका छोरा यहोशापात तिनको ठाउँमा राजा भए । यहोशापातले इस्राएलको विरूद्ध आफैलाई मजबुत बनाए ।
Och hans son Josafat blev konung; efter honom. Han befäste sitt välde mot Israel.
2 तिनले यहूदाका किल्ला भएका सबै सहरमा फौज राखे, र यहूदाभरि र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्ति छाउनीहरू राखे ।
Han lade in krigsfolk i alla Juda fasta städer och lade in besättningar i Juda land och i de Efraims städer som hans fader Asa hade intagit.
3 परमप्रभु यहोशापातसँग हुनुहुन्थ्यो किनकि तिनी आफ्ना पिता दाऊदले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिंडे, र बालको खोजी गरेनन् ।
Och HERREN var med Josafat, ty han vandrade på sin fader Davids första vägar och sökte icke Baalerna,
4 बरू, तिनले आफ्ना पिताका परमेश्वरमा भरोसा गरे, र तिनका आज्ञाहरूमा चले, इस्राएलका व्यवहारअनुसार होइन ।
utan sökte sin faders Gud och vandrade efter hans bud och gjorde icke såsom Israel.
5 यसरी परमप्रभुले तिनको हातमा शासन स्थापित गर्नुभयो । सारा यहूदाले यहोशापातलाई कर तिरे । तिनीसित धन-सम्पत्ति र ख्याति प्रशस्त थियो ।
Därför befäste HERREN konungadömet i hans hand, och hela Juda gav skänker åt Josafat, så att hans rikedom och ära blev stor.
6 तिनको हृदय परमप्रभुका मार्गमा समर्पित थिए । तिनले यहूदाबाट डाँडाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाउने काम पनि गरे ।
Och då hans frimodighet växte på HERRENS vägar, skaffade han också bort offerhöjderna och Aserorna ur Juda.
7 आफ्नो राजकालको तेस्रो वर्षमा तिनले आफ्ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई यहूदाका सहरहरूमा शिक्षा दिनलाई पठाए ।
Och i sitt tredje regeringsår sände han ut sina hövdingar Ben-Hail, Obadja, Sakarja, Netanel och Mikaja, till att undervisa i Juda städer,
8 तिनीहरूसँग लेवीहरू शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, र तिनीहरूसँग पुजारी एलीशामा र यहोराम थिए ।
och med dem några leviter, nämligen leviterna Semaja, Netanja, Sebadja, Asael, Semiramot, Jonatan, Adonia, Tobia och Tob-Adonia; och de hade med sig prästerna Elisama och Joram.
9 तिनीहरूले आफूसित परमप्रभुका व्यवस्थाको पुस्तक लिएर यहूदामा सिकाए । तिनीहरू यहूदाका सबै सहरमा गए र मानिसहरूका माझमा सिकाए ।
Dessa undervisade nu i Juda och hade HERRENS lagbok med sig; de foro omkring i alla Juda städer och undervisade bland folket.
10 यहूदाको वरिपरि भएका सबै राज्यहरूमा परमप्रभुको भय पर्यो, जसले गर्दा उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन् ।
Och en förskräckelse ifrån HERREN kom över alla riken i de länder som lågo omkring Juda, så att de icke vågade kriga mot Josafat.
11 पलिश्तीमध्ये कसैले यहोशापातकहाँ करको रूपमा उपहारहरू र चाँदीको ल्याए । अरबीहरूले तिनका निम्ति पनि सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरू ल्याए ।
Och en del av filistéerna förde skänker till Josafat och gåvo silver i skatt. Därtill förde ock araberna till honom småboskap, sju tusen sju hundra vädurar och sju tusen sju undra bockar.
12 यहोशापात धेरै शक्तिशाली भए । तिनले यहूदामा किल्लाहरू र भण्डार राख्ने सहरहरू बनाए ।
Så blev Josafat allt mäktigare och till slut övermåttan mäktig. Och han byggde borgar och förrådsstäder i Juda.
13 यहूदाका सहरहरूमा तिनीसँग प्रशस्त खानेकुरा बलिया, र यरूशलेममा बलिया र शक्तिशाली मानिस सिपाहीहरू थिए ।
Han hade stora upplag i Juda städer; och krigsfolk, tappra stridsmän, hade han i Jerusalem.
14 तिनीहरू आआफ्नो पिताका घरानाअनुसार सूचिकृत गरिएका दलहरू यी नै थिएः यहूदाबाट हजारका फौज पतिहरू, फौज पति अदनाह र तिनका साथमा तीन लाख योद्धाहरू ।
Och detta var ordningen bland dem, efter deras familjer. Till Juda hörde följande överhövitsmän: hövitsmannen Adna och med honom tre hundra tusen tappra stridsmän;
15 तिनीपछि फौज पति येहोहानान र तिनका साथमा दुई लाख असी हजार मानिसहरू।
därnäst hövitsmannen Johanan och med honom två hundra åttio tusen;
16 तिनीपछि जिक्रीका छोरा अमसिया, जसले स्वेच्छाले परमप्रभुका सेवाको निम्ति आफूलाई समर्पित गरे । अनि तिनीसँग दुई लाखको योद्धाहरू ।
därnäst Amasja, Sikris son, som frivilligt hade givit sig i HERRENS tjänst, och med honom två hundra tusen tappra stridsmän.
17 बेन्यामीनबाटः एक जना शक्तिशाली व्यक्ति एल्यादा, र तिनका साथमा धनु र ढालले सुसज्जित भएका दुई लाखको फौज ।
Men från Benjamin voro: Eljada, en tapper stridsman, och med honom två hundra tusen, väpnade med båge och sköld;
18 तिनीपछि यहोजाबाद, र तिनका साथमा युद्धको निम्ति तयार भएका एक लाख असी हजारको फौज ।
därnäst Josabad och med honom ett hundra åttio tusen, rustade till strid.
19 यिनीहरू यहूदाका किल्ला भएका सहरहरूमा राजाले राखेकाबाहेकका थिए ।
Dessa voro de som gjorde tjänst hos konungen; därtill kommo de som konungen hade förlagt i de befästa städerna i hela Juda.