< २ इतिहास 17 >

1 आसाका छोरा यहोशापात तिनको ठाउँमा राजा भए । यहोशापातले इस्राएलको विरूद्ध आफैलाई मजबुत बनाए ।
[約沙法特的虔誠與強盛]阿撒的兒子約沙法特繼位為王,發奮圖強,對抗以色列,
2 तिनले यहूदाका किल्‍ला भएका सबै सहरमा फौज राखे, र यहूदाभरि र तिनका पिता आसाले कब्‍जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्‍ति छाउनीहरू राखे ।
在猶大各堅城內派駐了大軍,在猶大地內和他父親阿撒所克服的厄弗辣因各城裏,也派上了守軍。
3 परमप्रभु यहोशापातसँग हुनुहुन्थ्यो किनकि तिनी आफ्‍ना पिता दाऊदले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिंडे, र बालको खोजी गरेनन् ।
上主與約沙法特同在,因為他遵行了他父親最初所行的道路,沒有尋求過巴耳神,
4 बरू, तिनले आफ्‍ना पिताका परमेश्‍वरमा भरोसा गरे, र तिनका आज्ञाहरूमा चले, इस्राएलका व्‍यवहारअनुसार होइन ।
只尋求他父親的天主,履行他的誡命,不照以色列的作風行事。
5 यसरी परमप्रभुले तिनको हातमा शासन स्थापित गर्नुभयो । सारा यहूदाले यहोशापातलाई कर तिरे । तिनीसित धन-सम्‍पत्ति र ख्‍याति प्रशस्‍त थियो ।
因此,上主鞏固了他統治的王國,全猶大人都給約沙法特獻禮,所以他財產很富,尊榮很大。
6 तिनको हृदय परमप्रभुका मार्गमा समर्पित थिए । तिनले यहूदाबाट डाँडाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाउने काम पनि गरे ।
他一心在上主的道路上向上邁進,剷除了猶大境內的高丘和木偶。[教訓人民法律]
7 आफ्‍नो राजकालको तेस्रो वर्षमा तिनले आफ्‍ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई यहूदाका सहरहरूमा शिक्षा दिनलाई पठाए ।
他為王第三年上,派遣了他的官員本海耳、敖巴狄雅、則加黎雅、乃塔乃耳和米加雅,往猶大各城去教訓百姓。
8 तिनीहरूसँग लेवीहरू शमायाह, नतन्‍याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, र तिनीहरूसँग पुजारी एलीशामा र यहोराम थिए ।
隨從他們的有肋未人舍瑪雅、乃塔尼雅、則巴狄雅、阿撒耳、舍米辣摩、約納堂、阿多尼雅和多彼雅:這些都是肋未人;還有司祭厄里沙瑪和約蘭。
9 तिनीहरूले आफूसित परमप्रभुका व्‍यवस्‍थाको पुस्‍तक लिएर यहूदामा सिकाए । तिनीहरू यहूदाका सबै सहरमा गए र मानिसहरूका माझमा सिकाए ।
他們隨身帶著上主的法律書,在猶大施教,走遍了猶大各城,教訓百姓。[約沙法特的聲望]
10 यहूदाको वरिपरि भएका सबै राज्‍यहरूमा परमप्रभुको भय पर्‍यो, जसले गर्दा उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन्‌ ।
上主威震猶大四周所有的國家,因此都不敢與約沙法特作戰。
11 पलिश्‍तीमध्‍ये कसैले यहोशापातकहाँ करको रूपमा उपहारहरू र चाँदीको ल्‍याए । अरबीहरूले तिनका निम्‍ति पनि सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरू ल्‍याए ।
有些培肋舍特人向約沙法特進貢獻銀,阿剌伯人給他呈獻家畜,即公綿羊七千七百隻,公山羊七千七百隻。
12 यहोशापात धेरै शक्तिशाली भए । तिनले यहूदामा किल्‍लाहरू र भण्‍डार राख्‍ने सहरहरू बनाए ।
約沙法特勢力日漸強大,達到頂峰:在猶大建造了一些堡壘和儲貨城,
13 यहूदाका सहरहरूमा तिनीसँग प्रशस्‍त खानेकुरा बलिया, र यरूशलेममा बलिया र शक्तिशाली मानिस सिपाहीहरू थिए ।
在猶大各城又做了堅固的工事,在耶路撒冷駐有英勇的部隊。
14 तिनीहरू आआफ्‍नो पिताका घरानाअनुसार सूचिकृत गरिएका दलहरू यी नै थिएः यहूदाबाट हजारका फौज पतिहरू, फौज पति अदनाह र तिनका साथमा तीन लाख योद्धाहरू ।
他們的人數,按照家族記錄如下:猶大的軍長,首為阿德納軍長,率領三十萬勇士,
15 तिनीपछि फौज पति येहोहानान र तिनका साथमा दुई लाख असी हजार मानिसहरू।
次為約哈南軍長,率領二十八暗人,
16 तिनीपछि जिक्रीका छोरा अमसिया, जसले स्वेच्छाले परमप्रभुका सेवाको निम्ति आफूलाई समर्पित गरे । अनि तिनीसँग दुई लाखको योद्धाहरू ।
其次為齊革黎的兒子阿瑪息雅,他甘願獻身於上主,率領二十萬勇士;
17 बेन्‍यामीनबाटः एक जना शक्तिशाली व्यक्ति एल्‍यादा, र तिनका साथमा धनु र ढालले सुसज्‍जित भएका दुई लाखको फौज ।
屬本雅明的有勇士厄肋雅達,他率領二十萬挽弓和持盾的人;
18 तिनीपछि यहोजाबाद, र तिनका साथमा युद्धको निम्ति तयार भएका एक लाख असी हजारको फौज ।
其次為約匝巴得,率領十八萬常備軍人。
19 यिनीहरू यहूदाका किल्‍ला भएका सहरहरूमा राजाले राखेकाबाहेकका थिए ।
這些都是服侍君王的人,王在全猶大各堅城所駐派的人,尚未計算在內。

< २ इतिहास 17 >