< २ इतिहास 17 >
1 आसाका छोरा यहोशापात तिनको ठाउँमा राजा भए । यहोशापातले इस्राएलको विरूद्ध आफैलाई मजबुत बनाए ।
Yehosafati mwana wake analowa ufumu mʼmalo mwake ndipo anadzilimbitsa pofuna kulimbana ndi Israeli.
2 तिनले यहूदाका किल्ला भएका सबै सहरमा फौज राखे, र यहूदाभरि र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्ति छाउनीहरू राखे ।
Iye anayika magulu a asilikali mʼmizinda yonse yotetezedwa ya Yuda, ndipo anamanga maboma mu Yuda ndi mʼmizinda yonse ya Efereimu imene Asa abambo ake analanda.
3 परमप्रभु यहोशापातसँग हुनुहुन्थ्यो किनकि तिनी आफ्ना पिता दाऊदले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिंडे, र बालको खोजी गरेनन् ।
Yehova anali ndi Yehosafati chifukwa mʼzaka zoyambirira anatsatira makhalidwe a Davide abambo ake. Iye sanafunsire kwa Abaala.
4 बरू, तिनले आफ्ना पिताका परमेश्वरमा भरोसा गरे, र तिनका आज्ञाहरूमा चले, इस्राएलका व्यवहारअनुसार होइन ।
Koma anafunafuna Mulungu wa abambo ake ndipo anatsatira malamulo ake osati zochita za Israeli.
5 यसरी परमप्रभुले तिनको हातमा शासन स्थापित गर्नुभयो । सारा यहूदाले यहोशापातलाई कर तिरे । तिनीसित धन-सम्पत्ति र ख्याति प्रशस्त थियो ।
Yehova anakhazikitsa kolimba ufumuwo mʼmanja mwake ndipo Ayuda onse anabweretsa mphatso kwa Yehosafati, kotero kuti anali ndi chuma ndi ulemu wambiri.
6 तिनको हृदय परमप्रभुका मार्गमा समर्पित थिए । तिनले यहूदाबाट डाँडाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाउने काम पनि गरे ।
Mtima wake anawupereka kutsatira Yehova, kuwonjezera apo, anachotsa malo onse achipembedzo ndi mafano a Asera mu Yuda.
7 आफ्नो राजकालको तेस्रो वर्षमा तिनले आफ्ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई यहूदाका सहरहरूमा शिक्षा दिनलाई पठाए ।
Mʼchaka chachitatu cha ufumu wake, iye anatuma akuluakulu ake Beni-Haili, Obadiya, Zekariya, Netaneli ndi Mikaya kukaphunzitsa mʼmizinda ya Yuda.
8 तिनीहरूसँग लेवीहरू शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, र तिनीहरूसँग पुजारी एलीशामा र यहोराम थिए ।
Pamodzi ndi iwo panali Alevi ena: Semaya, Netaniya, Zebadiya, Asaheli, Semiramoti, Yonatani, Adoniya, Tobiya ndi Tobu-Adoniya ndiponso ansembe Elisama ndi Yehoramu.
9 तिनीहरूले आफूसित परमप्रभुका व्यवस्थाको पुस्तक लिएर यहूदामा सिकाए । तिनीहरू यहूदाका सबै सहरमा गए र मानिसहरूका माझमा सिकाए ।
Iwo anaphunzitsa mu Yuda monse atatenga Buku la Malamulo a Yehova iwo anayenda mʼmizinda yonse ya ku Yuda ndipo anaphunzitsa anthu.
10 यहूदाको वरिपरि भएका सबै राज्यहरूमा परमप्रभुको भय पर्यो, जसले गर्दा उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन् ।
Kuopsa kwa Yehova kunali pa maufumu onse a mayiko oyandikana ndi Yuda, kotero kuti sanachite nkhondo ndi Yehosafati.
11 पलिश्तीमध्ये कसैले यहोशापातकहाँ करको रूपमा उपहारहरू र चाँदीको ल्याए । अरबीहरूले तिनका निम्ति पनि सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरू ल्याए ।
Afilisti ena anabweretsa kwa Yehosafati mphatso ndi siliva ngati msonkho, ndipo Aarabu anabweretsa ziweto: nkhosa zazimuna 7,700 ndi mbuzi 7,700.
12 यहोशापात धेरै शक्तिशाली भए । तिनले यहूदामा किल्लाहरू र भण्डार राख्ने सहरहरू बनाए ।
Mphamvu za Yehosafati zinkakulirakulira. Iye anamanga malo otetezedwa ndi mizinda yosungiramo chuma mu Yuda
13 यहूदाका सहरहरूमा तिनीसँग प्रशस्त खानेकुरा बलिया, र यरूशलेममा बलिया र शक्तिशाली मानिस सिपाहीहरू थिए ।
ndipo anali ndi katundu wambiri mʼmizinda ya Yuda. Iye anayikanso asilikali odziwa bwino nkhondo mu Yerusalemu.
14 तिनीहरू आआफ्नो पिताका घरानाअनुसार सूचिकृत गरिएका दलहरू यी नै थिएः यहूदाबाट हजारका फौज पतिहरू, फौज पति अदनाह र तिनका साथमा तीन लाख योद्धाहरू ।
Chiwerengero chawo potsata mabanja awo chinali chotere: kuchokera ku Yuda, atsogoleri a magulu 1,000; mtsogoleri Adina, anali ndi anthu 300,000 odziwa nkhondo;
15 तिनीपछि फौज पति येहोहानान र तिनका साथमा दुई लाख असी हजार मानिसहरू।
otsatana naye, mtsogoleri Yehohanani, anali ndi anthu 280,000;
16 तिनीपछि जिक्रीका छोरा अमसिया, जसले स्वेच्छाले परमप्रभुका सेवाको निम्ति आफूलाई समर्पित गरे । अनि तिनीसँग दुई लाखको योद्धाहरू ।
otsatana naye, Amasiya mwana wa Zikiri amene anadzipereka yekha kutumikira Yehova, anali ndi anthu 200,000.
17 बेन्यामीनबाटः एक जना शक्तिशाली व्यक्ति एल्यादा, र तिनका साथमा धनु र ढालले सुसज्जित भएका दुई लाखको फौज ।
Kuchokera ku Benjamini: Eliada, msilikali wolimba mtima, anali ndi anthu 200,000 amene anali ndi mauta ndi zishango;
18 तिनीपछि यहोजाबाद, र तिनका साथमा युद्धको निम्ति तयार भएका एक लाख असी हजारको फौज ।
otsatana naye, Yehozabadi, anali ndi anthu 180,000 okonzekera nkhondo.
19 यिनीहरू यहूदाका किल्ला भएका सहरहरूमा राजाले राखेकाबाहेकका थिए ।
Awa ndi anthu amene ankatumikira mfumu osawerengera amene anawayika mʼmizinda yotetezedwa mʼdziko lonse la Yuda.