< २ इतिहास 16 >
1 आसाका राजकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशा यहूदाको विरूद्ध आक्रामक रूपले प्रस्तुत भए र रामालाई बजमूत गराए, ताकि कोही पनि यहूदाका राजा आसाको देशभित्र जान र बाहिर आउन नसकून् ।
Trideset i šeste godine Asina kraljevanja navali izraelski kralj Baša na Judeju i stade utvrđivati Ramu da spriječi svako kretanje judejskom kralju Asi.
2 त्यसपछि आसाले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारका सुन र चाँदीहरू निकालेर ती दमस्कसमा बस्ने अरामका राजा बेन-हददकहाँ पठाए । तिनले भने,
Asa tada uze srebra i zlata iz riznice Doma Jahvina i kraljevskoga dvora i posla aramejskome kralju Ben-Hadadu, koji je stolovao u Damasku, i poruči mu:
3 “मेरा पिता र तपाईंका पिताको बिचमा भएजस्तै मेरो र तपाईंका बिचमा पनि एउटा करार होस् । हेर्नुहोस्, मैले तपाईंलाई चाँदी र सुन पठाएको छु । इस्राएलका राजा बाशासँग तपाईंको सन्धि तोडिदिनुहोस्, ताकि तिनले मलाई हस्तक्षेप नगरुन् ।”
“Neka bude savez između mene i tebe i između moga i tvoga oca; evo, šaljem ti na dar srebra i zlata, hajde, raskini savez s izraelskim kraljem Bašom da bi otišao od mene.”
4 बेन-हददले आसा राजाको कुरा स्वीकार गरेर आफ्ना फौजका कमाण्डरलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्न पठाए । तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्तालीका सबै भण्डार राख्ने सहरमाथि आक्रमण गरे ।
Ben-Hadad posluša kralja Asu i posla svoje vojskovođe na izraelske gradove te oni pokoriše Ijon, Dan, Abel Majinu i sve Naftalijeve gradove-skladišta.
5 जब बाशाले यो कुरा सुने तब यस्तो भयो, तिनले रामालाई मजबूत बनाउन छोडिदिए, र आफ्ना काम बन्द गरिदिए ।
A kada to Baša dozna, presta utvrđivati Ramu i obustavi posao.
6 त्यसपछि आसा राजाले यहूदाका सबैलाई आफूसित लगे । तिनीहरूले बाशाले बनाउँदै गरेको रामाका ढुङ्गा र काठहरू उठाएर लगे । त्यसपछि आसा राजाले गेबा र मिस्पालाई मजबूत पार्न ती सामाग्री प्रयोग गरे ।
Tada kralj Asa sazva sve Judejce i oni odnesoše kamenje i drvo kojima je Baša utvrđivao Ramu, pa time utvrdiše Gebu i Mispu.
7 त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए र तिनलाई भने, “तपाईंले अरामका राजामाथि भरोसा गर्नुभएको हुनाले र परमप्रभु आफ्ना परमेश्वरमाथि भरोसा नगर्नुभएको हुनाले गर्दा अरामका राजाको फौज तपाईंको हातबाट उम्केको छ ।
U to vrijeme dođe vidjelac Hanani k judejskom kralju Asi i reče mu: “Budući da si se oslonio na aramejskoga kralja, a nisi se oslonio na Jahvu, Boga svoga, vojska aramejskoga kralja izmakla ti je iz ruke.
8 के कूशीहरू र लिबियालीहरू असंख्य रथ र घोड़चढ़ीहरू भएको विशाल फौज थिएनन्? तापनि तपाईंले परमप्रभुमाथि भरोसा राख्नुभएको हुनाले, उहाँले तपाईंलाई उनीहरूमाथि विजय दिनुभयो ।
Nisu li Etiopljani i Libijci imali silne čete sa vrlo mnogo bojnih kola i konjanika? Pa kad si se oslonio na Jahvu, predao ti ih je u ruke.
9 किनकि परमप्रभुको दृष्टि सारा पृथ्वीभरि जहाँसुकै दौडिरहन्छ, ताकि जसका हृदय उहाँप्रति समर्पित छन्, तिनीहरूका पक्षमा उहाँले आफैलाई बलियो देखाउन सक्नुभएको होस् । तर यस विषयमा तपाईंले मूर्खतासाथ काम गर्नुभयो । अबदेखि तपाईंले युद्ध गर्नुपर्नेछ ।”
Jer Jahve svojim očima gleda po svoj zemlji da bi se ohrabrili oni kojima je srce iskreno prema njemu. Ludo si u tome radio, zato će se od sada dizati ratovi na te.”
10 त्यसपछि आसा ती दर्शीसँग रिसाए । उनले तिनलाई थुनामा राखे, किनकि यस विषयमा थिनीसित उनी रिसाएका थिए । यसै समयमा, आसाले केही मानिसहरूमाथि अत्याचार गरे ।
Tada se Asa razgnjevi na vidioca i baci ga u tamnicu, jer se razjario na nj. U to je vrijeme Asa potlačio i neke iz naroda.
11 हेर, आसाका सुरुदेखि अन्तसम्मका कामहरू यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन् ।
I eto, Asina djela, od prvoga do posljednjeg, zapisana su u Knjizi o judejskim i izraelskim kraljevima.
12 आफ्नो राजकालको उनन्चालिसौँ वर्षमा आसालाई खुट्टामा रोग लाग्यो । तिनको त्यो रोग साह्रै गम्भीर भए तापनि तिनले परमप्रभुबाट सहायता खोजेनन्, तर वैद्यहरूको मात्र सल्लाह लिए ।
Razbolio se trideset i devete godine kraljevanja, od nogu, te mu se bolest veoma pogoršala, ali ni u bolesti nije tražio Jahvu nego liječnike.
13 तब आफ्नो राजकालको एकचालिसौँ वर्षमा मरेर, तिनी आफ्ना पुर्खाहरूसित सुते ।
Tako Asa počinu sa svojim ocima i umrije četrdeset i prve godine svoga kraljevanja.
14 तिनको आफ्नै चिहानमा तिनलाई तिनीहरूले गाडे, जुन तिनले दाऊदको सहरमा आफ्नो निम्ति खन्न लगाएका थिए । उनलाई सुगन्धित वासनाहरू र अत्तरहरू बनाउने निपुण मानिसहरूद्वारा तयार गारिएको विभिन्न किसिमका मसलाहरू मिलाइएको अर्थीमा राखियो । अनि तिनीहरूले उनको सम्झनामा एउटा ठूलो आगो बाले ।
Sahranili su ga u grobnici koju bijaše iskopao sebi u Davidovu gradu i položili ga na odar što ga bijaše napunio miomirisima i mastima, zgotovljenima mastilačkom vještinom, i spalili mu ih vrlo mnogo.