< २ इतिहास 16 >

1 आसाका राजकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशा यहूदाको विरूद्ध आक्रामक रूपले प्रस्तुत भए र रामालाई बजमूत गराए, ताकि कोही पनि यहूदाका राजा आसाको देशभित्र जान र बाहिर आउन नसकून् ।
Mʼchaka cha 36 cha ufumu wa Asa, Baasa mfumu ya Israeli inapita kukathira nkhondo dziko la Yuda. Anamangira mpanda mzinda wa Rama kuletsa aliyense kutuluka kapena kulowa mʼdziko la Asa mfumu ya Yuda.
2 त्यसपछि आसाले परमप्रभुको मन्‍दिर र राजाको महलका भण्‍डारका सुन र चाँदीहरू निकालेर ती दमस्‍कसमा बस्‍ने अरामका राजा बेन-हददकहाँ पठाए । तिनले भने,
Ndipo Asa anatenga siliva ndi golide ku malo osungirako a mʼNyumba ya Mulungu ndi ku nyumba yake yaufumu ndi kuzitumiza kwa Beni-Hadadi mfumu ya Aramu imene inkakhala mu Damasiko.
3 “मेरा पिता र तपाईंका पिताको बिचमा भएजस्तै मेरो र तपाईंका बिचमा पनि एउटा करार होस् । हेर्नुहोस्, मैले तपाईंलाई चाँदी र सुन पठाएको छु । इस्राएलका राजा बाशासँग तपाईंको सन्‍धि तोडिदिनुहोस्, ताकि तिनले मलाई हस्‍तक्षेप नगरुन् ।”
Iye anati, “Pakhale pangano pakati pa inu ndi ine, monga zinalili pakati pa abambo anu ndi abambo anga. Taonani, ine ndikutumiza kwa inu siliva ndi golide. Tsopano thetsani mgwirizano wanu ndi Baasa mfumu ya Israeli kuti achoke kwa ine.”
4 बेन-हददले आसा राजाको कुरा स्‍वीकार गरेर आफ्‍ना फौजका कमाण्‍डरलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्‌न पठाए । तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्‍तालीका सबै भण्‍डार राख्‍ने सहरमाथि आक्रमण गरे ।
Beni-Hadadi anagwirizana ndi mfumu Asa ndipo anatumiza olamulira nkhondo ake kukathira nkhondo mizinda ya Israeli. Iwo anagonjetsa Iyoni, Dani, Abeli-Maimu ndi mizinda yonse yosungira chuma ya Nafutali.
5 जब बाशाले यो कुरा सुने तब यस्‍तो भयो, तिनले रामालाई मजबूत बनाउन छोडिदिए, र आफ्ना काम बन्‍द गरिदिए ।
Baasa atamva izi, anasiya kumanga Rama ndipo anayimitsa ntchito yakeyo.
6 त्‍यसपछि आसा राजाले यहूदाका सबैलाई आफूसित लगे । तिनीहरूले बाशाले बनाउँदै गरेको रामाका ढुङ्गा र काठहरू उठाएर लगे । त्यसपछि आसा राजाले गेबा र मिस्‍पालाई मजबूत पार्न ती सामाग्री प्रयोग गरे ।
Ndipo mfumu Asa anabwera ndi Ayuda onse, ndipo anachotsa miyala ndi matabwa ku Rama amene Baasa amagwiritsa ntchito. Ndi zimenezi Asa ankamangira Geba ndi Mizipa.
7 त्‍यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए र तिनलाई भने, “तपाईंले अरामका राजामाथि भरोसा गर्नुभएको हुनाले र परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि भरोसा नगर्नुभएको हुनाले गर्दा अरामका राजाको फौज तपाईंको हातबाट उम्‍केको छ ।
Nthawi imeneyi mlosi Hanani anabwera kwa Asa mfumu ya Yuda ndipo anati kwa iye, “Chifukwa chakuti munadalira mfumu ya Aramu osati Yehova Mulungu wanu, gulu la ankhondo la mfumu ya ku Aramu lapulumuka mʼmanja mwanu.
8 के कूशीहरू र लिबियालीहरू असंख्‍य रथ र घोड़चढ़ीहरू भएको विशाल फौज थिएनन्‌? तापनि तपाईंले परमप्रभुमाथि भरोसा राख्‍नुभएको हुनाले, उहाँले तपाईंलाई उनीहरूमाथि विजय दिनुभयो ।
Kodi Akusi ndi Alibiya sanali gulu lankhondo lamphamvu lokhala ndi magaleta ochuluka ndi okwera magaleta ake? Koma pamene inu munadalira Yehova, Iye anawapereka mʼdzanja lanu.
9 किनकि परमप्रभुको दृष्‍टि सारा पृथ्‍वीभरि जहाँसुकै दौडिरहन्‍छ, ताकि जसका हृदय उहाँप्रति समर्पित छन्, तिनीहरूका पक्षमा उहाँले आफैलाई बलियो देखाउन सक्‍नुभएको होस् । तर यस विषयमा तपाईंले मूर्खतासाथ काम गर्नुभयो । अबदेखि तपाईंले युद्ध गर्नुपर्नेछ ।”
Pakuti Yehova amayangʼana uku ndi uku pa dziko lonse lapansi kuti alimbikitse iwo amene mitima yawo ayipereka kwathunthu kwa Iye. Inu mwachita chinthu chopusa ndipo kuyambira lero mudzakhala pa nkhondo.”
10 त्यसपछि आसा ती दर्शीसँग रिसाए । उनले तिनलाई थुनामा राखे, किनकि यस विषयमा थिनीसित उनी रिसाएका थिए । यसै समयमा, आसाले केही मानिसहरूमाथि अत्याचार गरे ।
Asa anamupsera mtima mlosi uja chifukwa cha izi mwakuti anakwiya kwambiri namuyika mʼndende. Pa nthawi yomweyonso Asa anazunza mwankhanza anthu ena.
11 हेर, आसाका सुरुदेखि अन्तसम्मका कामहरू यहूदा र इस्राएलका राजाहरूका पुस्‍तकमा लेखिएका छन्‌ ।
Ntchito zina za mfumu Asa, kuyambira pachiyambi mpaka kumapeto zalembedwa mʼbuku la mafumu a Yuda ndi Israeli.
12 आफ्‍नो राजकालको उनन्‍चालिसौँ वर्षमा आसालाई खुट्टामा रोग लाग्यो । तिनको त्‍यो रोग साह्रै गम्‍भीर भए तापनि तिनले परमप्रभुबाट सहायता खोजेनन्, तर वैद्यहरूको मात्र सल्‍लाह लिए ।
Mʼchaka cha 39 cha ufumu wake, Asa anayamba kudwala nthenda ya mapazi. Ngakhale nthendayo inali yaululu kwambiri, komabe iye sanafunefune Yehova, koma anafuna thandizo kwa asingʼanga.
13 तब आफ्‍नो राजकालको एकचालिसौँ वर्षमा मरेर, तिनी आफ्‍ना पुर्खाहरूसित सुते ।
Ndipo mʼchaka cha 41 cha ufumu wake, Asa anamwalira ndipo anayikidwa mʼmanda pamodzi ndi makolo ake.
14 तिनको आफ्‍नै चिहानमा तिनलाई तिनीहरूले गाडे, जुन तिनले दाऊदको सहरमा आफ्‍नो निम्‍ति खन्‍न लगाएका थिए । उनलाई सुगन्धित वासनाहरू र अत्तरहरू बनाउने निपुण मानिसहरूद्वारा तयार गारिएको विभिन्‍न किसिमका मसलाहरू मिलाइएको अर्थीमा राखियो । अनि तिनीहरूले उनको सम्‍झनामा एउटा ठूलो आगो बाले ।
Iye anayikidwa mʼmanda amene anadzisemera yekha mu Mzinda wa Davide. Anagoneka mtembo wake pa chithatha chimene anayikapo zonunkhira zamitundumitundu, ndipo anasonkha chimoto chachikulu pomuchitira ulemu.

< २ इतिहास 16 >