< २ इतिहास 15 >
1 परमेश्वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो ।
Tad Dieva Gars nāca uz Azariju, Odeda dēlu.
2 तिनी आसालाई भेट गर्न गए र तिनलाई भने, “ए आसा, यहूदा र बेन्यामीनका सबै जना, मेरा कुरा सुन्नुहोस्: जब तपाईंहरू परमप्रभुसँग रहनुहुन्छ, तब उहाँ पनि तपाईंहरूसँग हुनुहुन्छ । तपाईंहरूले उहाँलाई खोज्नुभयो भने, तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ । तर तपाईंहरूले उहाँलाई त्याग्नुभयो भने उहाँले पनि तपाईंहरूलाई त्याग्नुहुनेछ ।
Un tas izgāja Asam pretī un uz to sacīja: klausiet mani, Asa un viss Jūda un Benjamin. Tas Kungs ir ar jums, kamēr jūs esat ar Viņu, un ja jūs Viņu meklēsiet, Viņš no jums taps atrasts. Bet ja jūs Viņu atstāsiet, tad Viņš jūs arīdzan atstās.
3 अब धेरै समयसम्म इस्राएल साँचो परमेश्वर, सिकाउने पुजारी र व्यवस्थाविना थियो ।
Un daudz dienas būs iekš Israēla bez īsta Dieva, bez priestera, kas māca, un bez bauslības.
4 तर जब आफ्नो कष्टमा तिनीहरू परमप्रभु इस्राएलका परमेश्वरतिर फर्के र उहाँलाई खोजे, तब तिनीहरूले उहाँलाई पाउन सके ।
Taču ja tie savās bēdās atgriezīsies pie Tā Kunga, Israēla Dieva, un Viņu meklēs, tad Viņš no tiem taps atrasts.
5 त्यसबेला यहाँबाट यात्रा गरेर टाढा जाने र यात्रा गरेर यहाँ आउने दुबैलाई शान्ति थिएन । बरू, देशमा बसोबास गर्ने सबैमाथि ठूलो संकष्ट थियो ।
Un tanīs laikos labi neklāsies ne tam, kas iziet, ne tam, kas ieiet, bet daudz briesmu būs pār zemes iedzīvotājiem,
6 तिनीहरू टुक्रा-टुक्रा पारिए, राष्ट्रको विरूद्ध राष्ट्र, र सहरको विरूद्ध सहर, किनकि परमेश्वरले तिनीहरूलाई सबै किसिमका दु: खले समस्यामा पार्नुभयो ।
Tā ka tauta celsies pret tautu, pilsēta sadauzīs pilsētu, jo Dievs tos iztrūcinās ar visādām bēdām.
7 तर तपाईंहरू बलियो हुनुहोस्, आफ्ना हातहरू कमजोर हुन नदिनुहोस्, किनकि तपाईंका कामहरूको प्रतिफल दिइनेछ ।”
Bet jūs esat droši, un jūsu rokas lai nenogurst, jo jūsu darbam būs sava alga.
8 जब आसाले यी कुरा, ओदेदका छोरा अजर्याह अगमवक्ताका अगमवाणी सुने, तब तिनको साहस बढ्यो, र यहूदा र बेन्यामीनका सारा देश र तिनले कब्जा गरेका एफ्राइमका पहाडी देशका सहरहरूबाट घिनलाग्दा कुराहरू सबै हटाइदिए, र तिनले परमप्रभुको मन्दिरका दलानको अगि भएको परमप्रभुको वेदी पनि मरम्मत गरे ।
Kad nu Asa dzirdēja šos vārdus un pravieša Odeda(dēla) sludināšanu, tad viņš ņēmās drošu prātu un izdeldēja tās negantības no visas Jūda un Benjamina zemes un no tām pilsētām, ko bija uzņēmis Efraīma kalnos, un atjaunoja Tā Kunga altāri, kas priekš Tā Kunga priekšnama stāvēja.
9 तिनले सारा यहूदा र बेन्यामीन र एफ्राइम, मनश्शे र शिमियोनबाट तिनीहरूसँग बस्नेहरूलाई भेला गरे । किनभने परमप्रभु तिनका परमेश्वर तिनीसँग हुनुभएको तिनीहरूले देखेर इस्राएलबाट तिनीहरू धेरै सङ्ख्यामा तिनीकहाँ आए ।
Un viņš sapulcināja visu Jūdu un Benjaminu un tos, kas pie viņiem piemita, no Efraīma un Manasus un no Sīmeana; jo no Israēla tam daudzi pieķērās, kad tie redzēja, ka Tas Kungs, viņa Dievs bija ar viņu.
10 यसैले आसाका राजकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा एकसाथ भेला भए ।
Un tie sapulcējās Jeruzālemē trešā mēnesī, Asas valdīšanas piecpadsmitā gadā,
11 त्यस दिन तिनीहरूले ल्याएको लूटका मालबाट परमप्रभुलाई सात सय साँढे र सात हजार भेडाहरू र बाख्राहरू बलिदान चढाए ।
Un upurēja Tam Kungam tai dienā no tā laupījuma, ko tie bija atveduši, septiņsimt vēršus un septiņtūkstoš avis.
12 तिनीहरू आफ्ना सारा हृदय र आफ्ना सारा प्राणले परमप्रभु आफ्ना पुर्खाका परमेश्वरको खोजी गर्नलाई करार बाँधे ।
Un tie atjaunoja to derību, meklēt To Kungu, savu tēvu Dievu no visas savas sirds un no visas savas dvēseles;
13 अनि परमप्रभु इस्राएलका परमेश्वरलाई नखोज्ने जोसुकैलाई मारिनुपर्छ भन्ने कुरामा तिनीहरूले सहमती गरेः चाहे त्यो व्यक्ति सानो होस् वा ठूलो होस्, चाहे पुरुष होस् वा स्त्री होस् ।
Bet visus, kas nemeklē To Kungu, Israēla Dievu, nokaut, tā mazus kā lielus, tā vīrus kā sievas.
14 तिनीहरूले ठूलो सोर, चिच्च्याएर, र तुरहीहरू र नरसिङ्गा बजाउँदै परमप्रभुसँग शपथ खाए ।
Un tie Tam Kungam zvērēja ar stipru balsi un gavilēšanu, arī ar trumetēm un bazūnēm.
15 सारा यहूदा शपथमा आनन्दित भयो, किनकि तिनीहरूले आफ्ना पूरा हृदयले शपथ खाएका थिए, र तिनीहरूले आफ्ना सारा इच्छाले परमेश्वरलाई खोजे, र तिनीहरूले उहाँलाई पाउन सके । तिनीहरूका वरिपरि सबैतिरबाट परमप्रभुले तिनीहरूलाई शान्ति दिनुभयो ।
Un viss Jūda priecājās par šo zvērestu, jo tie no visas sirds bija zvērējuši un meklēja Viņu ar visu prātu, un Viņš no tiem likās atrasties, un Tas Kungs tiem deva mieru visapkārt.
16 तिनले आफ्नी हजुरआमा माकालाई पनि राजमाताको पदबाट हटाइदिए, किनभने तिनले अशेरा देवीको खम्बोबाट घिनलाग्दो मूर्ति बनाएकी थिइन् । आसाले त्यो घिनलाग्दो मूर्तिलाई काटेर ढालिदिए, त्यसलाई धुलोपिठो पारे र किद्रोन खोल्सामा जलाइदिए ।
Viņš arī nocēla Maēku, ķēniņa Asas vecmāti, no ķēniņienes goda, tāpēc ka tā bija taisījusi negantu elka bildi Ašerai, un Asa izdeldēja arī viņas elka bildi un to sadauzīja un sadedzināja pie Kidronas upes.
17 तर डाँडाहरूमा भएका अल्गा थानहरू इस्राएलबाट हटाइएनन् । तापनि आसाको जीवनकालभरि तिनको हृदय विश्वासयोग्य रहिरह्यो ।
Bet kalnu altāri netapa izdeldēti iekš Israēla, tikai Asas sirds bija skaidra visu viņa mūžu.
18 तिनले आफ्ना पिताले अर्पण गरेका सुन, चाँदी र भाँडाकुँडाहरू परमेश्वरको मन्दिरमा ल्याए ।
Un viņš ienesa Dieva namā visas sava tēva svētītās dāvanas, un ko viņš pats bija svētījis, sudrabu un zeltu un traukus.
19 आसाको राजकालको पैँतिसौँ वर्षसम्म कुनै युद्ध भएन ।
Un kara nebija līdz trīsdesmit piektam Asas valdīšanas gadam.