< २ इतिहास 14 >

1 अबिया आफ्‍ना पुर्खाहरूसित सुते र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए । तिनको समयमा दश वर्षसम्‍म देशमा शान्‍ति भयो ।
Abiya kalala pamoja na babu zake, na wakamzika kataika maji wa Daudi. Asa, mwanaye, akawa mfalme katika nafasi yake. Katika siku yake nchi ilikuwa na miaka kumi.
2 आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे कुरा असल र ठिक थियो त्‍यही गरे,
Asa alifanya yaliyomema na sahihi katika macho ya Yahwe Mungu wake,
3 किनकि तिनले विदेशी वेदीहरू र डाँडाका थानहरू हटाए । तिनले ढुङ्गाका खम्‍बाहरू भत्‍काइदिए, र अशेरा देवीका खम्‍बाहरूलाई ढालिदिए ।
kwa maana aliziondosha mbali madhabahu za kigeni na sehemu za juu. Akaziangusha chini nguzo za mawe na kuzikata nguzo za Maashera.
4 तिनले यहूदालाई परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने, र व्‍यवस्‍था र आज्ञाहरू पालन गर्ने हुकुम गरे ।
Akawaamuru Yuda kumtafuta Yahwe, Mungu wa babu zao, na kuzishika sheria na amri.
5 साथै तिनले यहूदाका सबै सहरहरूमा भएका अल्‍गा थानहरू र धूप बाल्‍ने वेदीहरू पनि हटाइदिए । तिनको अधीनमा देशले शान्‍ति पायो ।
Pia akaziondosha mbali sehemu za juu na madhabahu za kufukiza kutoka miji yote ya Yuda. Ufalme ulikuwa na pumziko chini yake.
6 तिनले यहूदामा किल्‍ला भएका सहरहरू निर्माण गरे, किनकि देशमा शान्‍ति थियो, र ती वर्षहरूमा तिनले युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई शान्ति दिनुभएको थियो ।
Akajenga miji ya ngome katika Yuda, kwa maana nchi ilikuwa tulivu, na hakuwa na vita katika miaka hiyo, kwa sababu Yahwe alikuwa amempa amani.
7 किनकि आसाले यहूदालाई भने, “हामी यी सहरको निर्माण गरौं र तिनका चारैतिर पर्खाल, धरहरा, ढोका र बारहरू बनाऔँ । यो देश अझ हाम्रै हो, किनभने हामीले परमप्रभु हाम्रा परमेश्‍वरको खोजी गरेका छौं । हामीले उहाँलाई खोज्‍यौं, र हरेकतिरबाट उहाँले हामीलाई शन्‍ति दिनुभएको छ ।” यसैले तिनीहरूले निर्माण गरे र सफल भए ।
Kwa maana Asa aliwaambia Yuda, “Tuijenge miji hii na kuizungushia kuta, na minara, mageti, na makomeo; nchi bado yetu kwa sababu tumemtafuta Yahwe Mungu wetu. Tumemtafuta yeye, na ametupa amani katika kila upande.” Kwa hiyo walijenga na wakafanikiwa.
8 आसाका ढाल र भालाहरू बोक्‍ने फौज थियो । यहूदाबाट तीन लाख मानिस र बेन्‍यामीनबाट दुई लाख असी हजार मानिस जसले ढाल बोक्‍ने र धनुर्धारीहरू थिए । ती सबै शक्तिशाली योद्धा थिए ।
Asa alikuwa na jeshi ambalo lilibeba ngao na mikuki; kutoka Yuda alikuwa na wanaume 300, 000, na kutoka Benyamini, wanaume 280, 000 waliobeba ngao na kuvuta pinde.
9 कूशी जेरह तिनीहरूका विरुद्धमा दस लाख फौज र तीन सय रथ लिएर आए । तिनी मारेशामा आइपुगे ।
Zera Mwethiopia akaja juu yao na jeshi la wanajeshi milioni moja na magari mia tatu; akaja Maresha.
10 तब आसा उनको सामना गर्न निस्‍केर आए, र मारेशानेरको सपताको बेसीमा तिनीहरूले एक-अर्कामा युद्ध गरे ।
Kisha Asa akatoka nje kukutana naye, na wakapanga mistari ya vita ya mapigano katika bonde la Sefatha huko Maresha.
11 आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरसित पुकारा गरे र भने, “हे परमप्रभु, धेरै जनाको सामना गर्नुपर्दा जससँग बल छैन त्‍यसलाई सहायता गर्ने तपाईंबाहेक अरू कोही पनि छैन । हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीलाई सहायता गर्नुहोस्, किनकि हामी तपाईंमा भर पर्छौं, र तपाईंकै नाउँमा यस ठूलो फौज को विरुद्धमा सामना गर्न हामी आएका छौं । हे परमप्रभु, तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ । मानिसले तपाईंलाई पराजित गर्न नदिनुहोस् ।”
Asa kamlilia Yahwe, Mungu wake, na akasema, “Yahwe, hakuna aliye kama wewe lakini ni wewe wa kumsaidia mtu asiye na nguvu anapokutana na mengi. Tusaidie, Yahwe, Mungu wetu, kwa maana tunakutegemea wewe, na katika jina lako tumekuja kupambana na idadi hii kubwa ya adui. Yahwe, wewe ni Mungu wetu; usimuache mtu akushinde.”
12 यसैले परमप्रभुले आसा र यहूदाको सामु कूशीहरूलाई प्रहार गर्नुभयो । कूशीहरू भागे ।
Kwa hiyo Yahwe akawapiga Waethiopia mbele za ASa na Yuda; Waethiopia wakakimbia.
13 आसा र तिनीसित भएका फौजले उनीहरूलाई गरारसम्‍म खेदे । यति धेरै कूशीहरू ढले कि तिनीहरू फेरि खडा हुन सकेनन्, किनकि तिनीहरू परमप्रभु र उहाँका फौजका सामु पूर्ण रूपले नष्‍ट भए । फौजले धेरै मात्रामा लूटका समान लिएर आए ।
Asa pamoja na wanajeshi waliokuwa pamoja naye wakawafukuza hadi Gerari. Kwa hiyo Waethiopia wengi wakajeruhiwa kiasi kwamba hawakuweza kupona, kwa maana waliangamizwa kabisa mbele za Yahwe na jeshi lake. Jeshsi likachukua mateka wengi sana.
14 फौजले गरारका चारैतिरका सबै बस्तीलाई नाश गरे, किनकि त्‍यहाँका बासिन्दाहरूमा परमप्रभुको त्रास परेको थियो । फौजले सबै बस्‍तीमा लूट मच्‍चाए र तिनीहरूसित धेरै लूटका माल भए ।
Jeshi likaviangamiza vijiji vyote jirani na Garari, kwa kuwa hofu ya Yahwe ilikuwa imekuja juu ya wakaaji. Jeshi likateka vijiji vyote, na vilikuwa na hazina nyingi sana ndani yake.
15 फौजले धेरै फिरन्ते गोठालाहरूका पालका बस्‍तीहरूसमेत नाश गरे । तिनीहरूले प्रशस्त मात्रामा भेडा र ऊँटहरू लिएर आए, र त्यसपछि तिनीहरू यरूशलेममा फर्के ।
Jeshi pia likaipiga hema ya makazi yawachungaji; wakabeba kondoo kwa wingi, ngamia vile vile, na kisha wakarudi Yerusalemu.

< २ इतिहास 14 >