< २ इतिहास 14 >
1 अबिया आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए । तिनको समयमा दश वर्षसम्म देशमा शान्ति भयो ।
亞比雅與他列祖同睡,葬在大衛城裏。他兒子亞撒接續他作王。亞撒年間,國中太平十年。
2 आसाले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे कुरा असल र ठिक थियो त्यही गरे,
亞撒行耶和華-他上帝眼中看為善為正的事,
3 किनकि तिनले विदेशी वेदीहरू र डाँडाका थानहरू हटाए । तिनले ढुङ्गाका खम्बाहरू भत्काइदिए, र अशेरा देवीका खम्बाहरूलाई ढालिदिए ।
除掉外邦神的壇和邱壇,打碎柱像,砍下木偶,
4 तिनले यहूदालाई परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको खोजी गर्ने, र व्यवस्था र आज्ञाहरू पालन गर्ने हुकुम गरे ।
吩咐猶大人尋求耶和華-他們列祖的上帝,遵行他的律法、誡命;
5 साथै तिनले यहूदाका सबै सहरहरूमा भएका अल्गा थानहरू र धूप बाल्ने वेदीहरू पनि हटाइदिए । तिनको अधीनमा देशले शान्ति पायो ।
又在猶大各城邑除掉邱壇和日像,那時國享太平;
6 तिनले यहूदामा किल्ला भएका सहरहरू निर्माण गरे, किनकि देशमा शान्ति थियो, र ती वर्षहरूमा तिनले युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई शान्ति दिनुभएको थियो ।
又在猶大建造了幾座堅固城。國中太平數年,沒有戰爭,因為耶和華賜他平安。
7 किनकि आसाले यहूदालाई भने, “हामी यी सहरको निर्माण गरौं र तिनका चारैतिर पर्खाल, धरहरा, ढोका र बारहरू बनाऔँ । यो देश अझ हाम्रै हो, किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको खोजी गरेका छौं । हामीले उहाँलाई खोज्यौं, र हरेकतिरबाट उहाँले हामीलाई शन्ति दिनुभएको छ ।” यसैले तिनीहरूले निर्माण गरे र सफल भए ।
他對猶大人說:「我們要建造這些城邑,四圍築牆,蓋樓,安門,做閂;地還屬我們,是因尋求耶和華-我們的上帝;我們既尋求他,他就賜我們四境平安。」於是建造城邑,諸事亨通。
8 आसाका ढाल र भालाहरू बोक्ने फौज थियो । यहूदाबाट तीन लाख मानिस र बेन्यामीनबाट दुई लाख असी हजार मानिस जसले ढाल बोक्ने र धनुर्धारीहरू थिए । ती सबै शक्तिशाली योद्धा थिए ।
亞撒的軍兵,出自猶大拿盾牌拿槍的三十萬人;出自便雅憫拿盾牌拉弓的二十八萬人。這都是大能的勇士。
9 कूशी जेरह तिनीहरूका विरुद्धमा दस लाख फौज र तीन सय रथ लिएर आए । तिनी मारेशामा आइपुगे ।
有古實王謝拉率領軍兵一百萬,戰車三百輛,出來攻擊猶大人,到了瑪利沙。
10 तब आसा उनको सामना गर्न निस्केर आए, र मारेशानेरको सपताको बेसीमा तिनीहरूले एक-अर्कामा युद्ध गरे ।
於是亞撒出去與他迎敵,就在瑪利沙的洗法谷彼此擺陣。
11 आसाले परमप्रभु आफ्ना परमेश्वरसित पुकारा गरे र भने, “हे परमप्रभु, धेरै जनाको सामना गर्नुपर्दा जससँग बल छैन त्यसलाई सहायता गर्ने तपाईंबाहेक अरू कोही पनि छैन । हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई सहायता गर्नुहोस्, किनकि हामी तपाईंमा भर पर्छौं, र तपाईंकै नाउँमा यस ठूलो फौज को विरुद्धमा सामना गर्न हामी आएका छौं । हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ । मानिसले तपाईंलाई पराजित गर्न नदिनुहोस् ।”
亞撒呼求耶和華-他的上帝說:「耶和華啊,惟有你能幫助軟弱的,勝過強盛的。耶和華-我們的上帝啊,求你幫助我們;因為我們仰賴你,奉你的名來攻擊這大軍。耶和華啊,你是我們的上帝,不要容人勝過你。」
12 यसैले परमप्रभुले आसा र यहूदाको सामु कूशीहरूलाई प्रहार गर्नुभयो । कूशीहरू भागे ।
於是耶和華使古實人敗在亞撒和猶大人面前,古實人就逃跑了;
13 आसा र तिनीसित भएका फौजले उनीहरूलाई गरारसम्म खेदे । यति धेरै कूशीहरू ढले कि तिनीहरू फेरि खडा हुन सकेनन्, किनकि तिनीहरू परमप्रभु र उहाँका फौजका सामु पूर्ण रूपले नष्ट भए । फौजले धेरै मात्रामा लूटका समान लिएर आए ।
亞撒和跟隨他的軍兵追趕他們,直到基拉耳。古實人被殺的甚多,不能再強盛,因為敗在耶和華與他軍兵面前。猶大人就奪了許多財物,
14 फौजले गरारका चारैतिरका सबै बस्तीलाई नाश गरे, किनकि त्यहाँका बासिन्दाहरूमा परमप्रभुको त्रास परेको थियो । फौजले सबै बस्तीमा लूट मच्चाए र तिनीहरूसित धेरै लूटका माल भए ।
又打破基拉耳四圍的城邑;耶和華使其中的人都甚恐懼。猶大人又將所有的城擄掠一空,因其中的財物甚多,
15 फौजले धेरै फिरन्ते गोठालाहरूका पालका बस्तीहरूसमेत नाश गरे । तिनीहरूले प्रशस्त मात्रामा भेडा र ऊँटहरू लिएर आए, र त्यसपछि तिनीहरू यरूशलेममा फर्के ।
又毀壞了群畜的圈,奪取許多的羊和駱駝,就回耶路撒冷去了。