< २ इतिहास 11 >

1 जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले रहबामको राज्‍य पुनःर्स्‍थापित गराउनलाई इस्राएलको विरुद्धमा युद्ध गर्नलाई यहूदा र बेन्‍यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे ।
茲にレハベアム、ヱルサレムに至りてユダとベニヤミンの家より倔強の武者十八萬を集め而してレハベアム國を己に歸さんためにイスラエルと戰はんとせしに
2 तर परमप्रभुको वचन परमेश्‍वरका मानिस शमायाहकहाँ यसो भनेर आयो,
ヱホバの言神の人シマヤに臨みて云ふ
3 “सोलोमनका छोरा यहूदाका राजा रहबाम, अनि यहूदा र बेन्यामिनका सबै इस्राएललाई यसो भन्,
ソロモンの子ユダの王レハベアムおよびユダとベニヤミンにあるイスラエルの人々に告て言べし
4 'परमप्रभु यसो भन्‍नुहुन्‍छ, “आफ्‍नै दाजुभाइका विरुद्धमा तिमीहरूले आक्रमण गर्नु वा युद्ध गर्नुहुँदैन । हरेक व्‍यक्ति आआफ्‍नै घरमा फर्केर जानुपर्छ, किनकि मैले नै यसो हुन दिएको हो” ।’” यसैले तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आक्रमण गर्नबाट पछि हटे ।
ヱホバかく言ふ汝ら攻上るべからず又なんぢらの兄弟と戰ふべからず各々その家に歸れ此事は我より出たる者なりと彼ら乃はちヱホバの言にしたがひヤラベアムに攻ゆくことを止て歸れり
5 रहबाम यरूशलेममा बसोबास गरे र सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे ।
斯てレハベアム、ヱルサレムに居りユダに守衛の邑々を建たり
6 तिनले बेथहेलेम, एताम, तको,
即ちその建たる者はベテレヘム、エタム、テコア
7 बेथ सर, सोखो, अदुल्‍लाम,
ベテズル`シヨコ、アドラム
8 गात, मारेशा, जीप,
ガテ、マレシヤ、ジフ
9 अदोरेम, लाकीश, आजेका,
アドライム、ラキシ、アゼカ
10 सोरा, अय्‍यालोन र हेब्रोन निर्माण गरे । यहूदा र बेन्‍यामीनका किल्‍लाबन्‍दी गरिएका सहरहरू यि नै थिए ।
ゾラ、アヤロン、ヘブロン是等はユダとベニヤミンにありて守衛の邑なり
11 तिनले ती गढीहरू किल्‍लाबन्‍दी गरे र तिनमा कमाण्‍डरहरू नियुक्त गरे । त्यहाँ तिनले खानेकुरा, तेल र दाखमद्य पनि तिनमा सञ्‍चय गरिदिए ।
彼その守衛の邑々を堅固にし之に軍長を置き糧食と油と酒とを貯はへ
12 तिनले सबै सहरमा ढाल र भालाहरू राखे, र तिनीहरूलाई धेरै बलियो बनाए । यसरी यहूदा र बेन्‍यामीन तिनका भए ।
またその一切の邑に盾と矛とを備へて之を甚だ強からしむユダとベニヤミンこれに附り
13 जम्‍मै इस्राएलमा भएका चारैतिरबाट पुजारीहरू र लेवीहरू आआफ्‍ना सिमानाहरूबाट तिनीकहाँ गए ।
イスラエルの全地の祭司とレビ人は四方の境より來りてレハベアムに投ず
14 किनकि लेवीहरूले यहूदा र यरूशलेममा आउनको निम्ति आफ्‍ना खर्कहरू र जग्‍गाजमिन छोडे, किनकि किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई लखेटेका थिए, ताकि तिनीहरूले परमप्रभुको पुजारीको काम गर्न पाएनन् ।
即ちレビ人はその郊地と產業とを離れてユダとヱルサレムに至れり是はヤラベアムとその子等かれらを廢して祭司の職をヱホバの前に爲しめざりし故なり
15 डाँडाका अल्‍गा थानहरू र आफूले बनाएका बाख्रा र बाछाका मूर्तिहरू पूजा गर्न यारोबामले आफ्‍नै पुजारीहरू नियुक्त गरे ।
ヤラベアムは崇邱と牡山羊と己が作れる犢とのために自ら祭司を立つ
16 परमप्रभु इस्राएलका परमेश्‍वरलाई खोज्‍न आफ्नो हृदयहरू दिएका इस्राएलका सबै कुलबाट मानिसहरू तिनीहरूको पछि आए । तिनीहरू परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई बलिदान चढाउन यरूशलेममा आए ।
またイスラエルの一切の支派の中凡てその心を傾むけてイスラエルの神ヱホバを求むる者はその先祖の神ヱホバに禮物を献げんとてレビ人にしたがひてヱルサレムに至れり
17 यसैले तिनीहरूले यहूदाको राज्‍य बलियो बनाए र तीन वर्षसम्‍म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्‍यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार तीन वर्षसम्‍म हिंडे ।
是のごとく彼等ユダの國を固うしソロモンの子レハベアムをして三年の間強からしめたり即ち民は三年の間ダビデとソロモンの道に歩めり
18 रहबामले आफ्नो निम्ति एउटी पत्‍नी ल्याएः तिनी महलत थिइन् । तिनका बुबा दाऊदका छोरा यरीमोत थिए र आमाचाहिं यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन् ।
レハベアムはダビデの子ヱレモテの女マハラテを妻に娶れりマハラテはヱッサイの子エリアブの女アビハイルの產し者なり
19 उनीले तिनको निम्ति छोराहरू जन्माइन्: येऊश, शमरयाह र साहम ।
彼ヱウシ、シヤマリヤおよびザハムの三子を產む
20 महलतपछि तिनले अब्‍शालोमकी छोरी माकालाई विवाह गरे । उनले तिनको निम्ति अबिया, अत्तै, जीजा र शलोमीत जन्माइन् ।
また之が後にアブサロムの女マアカを娶れり彼アビヤ、アツタイ、ジザおよびシロミテを產む
21 रहबामले आफ्‍ना सबै पत्‍नीहरू र उपपत्‍नीहरूलाई भन्दा धेरै माया माकालाई गरे (तिनले अठाह्र जना पत्‍नीहरू र साठी जना उपपत्‍नीहरू ल्याए, र तिनका अट्ठाईस जना छोरा र साठी जना छोरी थिए) ।
レハベアムはアブサロムの女マアカをその一切の妻と妾とにまさりて愛せり彼は妻十八人妾六十人を取り男子二十八人女子六十人を擧く
22 रहबामले माकाका छोरा अबियालाई दाजुभाइका प्रमुख अगुवा नियुक्त गरे । तिनले उनलाई राजा बनाउने बिचार गरेका थिए ।
レハベアム、マアカの子アビヤを王となさんと思ふが故に之を立て首となしその兄弟の長となせり
23 रहबामले बुद्धिमानीपूर्वक राज्‍य गरे । तिनले आफ्ना सबै छोराहरूलाई यहूदा र बेन्‍यामीनका किल्लाबन्‍दी गरिएका जम्‍मै सहरमा पठाए । तिनले उनीहरूका निम्‍ति प्रशस्‍त खानेकुरा दिए र तिनीहरूका निम्‍ति धेरै जना पत्‍नीहरू खोजिदिए ।
斯るが故に慧く取行ひ其男子等を盡くユダとベニヤミンの地なる守衛の邑々に散し置き之に糧食を多く與へかつ衆多の妻を求得させたり

< २ इतिहास 11 >