< २ इतिहास 11 >
1 जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले रहबामको राज्य पुनःर्स्थापित गराउनलाई इस्राएलको विरुद्धमा युद्ध गर्नलाई यहूदा र बेन्यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे ।
When Rehoboam arrived in Jerusalem, he mobilized the house of Judah and Benjamin—180,000 chosen warriors—to fight against Israel and restore the kingdom to Rehoboam.
2 तर परमप्रभुको वचन परमेश्वरका मानिस शमायाहकहाँ यसो भनेर आयो,
But the word of the LORD came to Shemaiah the man of God:
3 “सोलोमनका छोरा यहूदाका राजा रहबाम, अनि यहूदा र बेन्यामिनका सबै इस्राएललाई यसो भन्,
“Tell Rehoboam son of Solomon king of Judah and all the Israelites in Judah and Benjamin
4 'परमप्रभु यसो भन्नुहुन्छ, “आफ्नै दाजुभाइका विरुद्धमा तिमीहरूले आक्रमण गर्नु वा युद्ध गर्नुहुँदैन । हरेक व्यक्ति आआफ्नै घरमा फर्केर जानुपर्छ, किनकि मैले नै यसो हुन दिएको हो” ।’” यसैले तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आक्रमण गर्नबाट पछि हटे ।
that this is what the LORD says: ‘You are not to go up and fight against your brothers. Each of you must return home, for this word is from Me.’” So they listened to the words of the LORD and turned back from going against Jeroboam.
5 रहबाम यरूशलेममा बसोबास गरे र सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे ।
Rehoboam continued to live in Jerusalem, and he built up cities for defense in Judah.
6 तिनले बेथहेलेम, एताम, तको,
He built up Bethlehem, Etam, Tekoa,
7 बेथ सर, सोखो, अदुल्लाम,
Beth-zur, Soco, Adullam,
Adoraim, Lachish, Azekah,
10 सोरा, अय्यालोन र हेब्रोन निर्माण गरे । यहूदा र बेन्यामीनका किल्लाबन्दी गरिएका सहरहरू यि नै थिए ।
Zorah, Aijalon, and Hebron, the fortified cities in Judah and Benjamin.
11 तिनले ती गढीहरू किल्लाबन्दी गरे र तिनमा कमाण्डरहरू नियुक्त गरे । त्यहाँ तिनले खानेकुरा, तेल र दाखमद्य पनि तिनमा सञ्चय गरिदिए ।
He strengthened their fortresses and put officers in them, with supplies of food, oil, and wine.
12 तिनले सबै सहरमा ढाल र भालाहरू राखे, र तिनीहरूलाई धेरै बलियो बनाए । यसरी यहूदा र बेन्यामीन तिनका भए ।
He also put shields and spears in all the cities and strengthened them greatly. So Judah and Benjamin belonged to him.
13 जम्मै इस्राएलमा भएका चारैतिरबाट पुजारीहरू र लेवीहरू आआफ्ना सिमानाहरूबाट तिनीकहाँ गए ।
Moreover, the priests and Levites from all their districts throughout Israel stood with Rehoboam.
14 किनकि लेवीहरूले यहूदा र यरूशलेममा आउनको निम्ति आफ्ना खर्कहरू र जग्गाजमिन छोडे, किनकि किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई लखेटेका थिए, ताकि तिनीहरूले परमप्रभुको पुजारीको काम गर्न पाएनन् ।
For the Levites left their pasturelands and their possessions and went to Judah and Jerusalem, because Jeroboam and his sons had rejected them as priests of the LORD.
15 डाँडाका अल्गा थानहरू र आफूले बनाएका बाख्रा र बाछाका मूर्तिहरू पूजा गर्न यारोबामले आफ्नै पुजारीहरू नियुक्त गरे ।
And Jeroboam appointed his own priests for the high places and for the goat demons and calf idols he had made.
16 परमप्रभु इस्राएलका परमेश्वरलाई खोज्न आफ्नो हृदयहरू दिएका इस्राएलका सबै कुलबाट मानिसहरू तिनीहरूको पछि आए । तिनीहरू परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई बलिदान चढाउन यरूशलेममा आए ।
Those from every tribe of Israel who had set their hearts to seek the LORD their God followed the Levites to Jerusalem to sacrifice to the LORD, the God of their fathers.
17 यसैले तिनीहरूले यहूदाको राज्य बलियो बनाए र तीन वर्षसम्म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार तीन वर्षसम्म हिंडे ।
So they strengthened the kingdom of Judah and supported Rehoboam son of Solomon for three years, because they walked for three years in the way of David and Solomon.
18 रहबामले आफ्नो निम्ति एउटी पत्नी ल्याएः तिनी महलत थिइन् । तिनका बुबा दाऊदका छोरा यरीमोत थिए र आमाचाहिं यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन् ।
And Rehoboam married Mahalath, who was the daughter of David’s son Jerimoth and of Abihail, the daughter of Jesse’s son Eliab.
19 उनीले तिनको निम्ति छोराहरू जन्माइन्: येऊश, शमरयाह र साहम ।
She bore sons to him: Jeush, Shemariah, and Zaham.
20 महलतपछि तिनले अब्शालोमकी छोरी माकालाई विवाह गरे । उनले तिनको निम्ति अबिया, अत्तै, जीजा र शलोमीत जन्माइन् ।
After her, he married Maacah daughter of Absalom, and she bore to him Abijah, Attai, Ziza, and Shelomith.
21 रहबामले आफ्ना सबै पत्नीहरू र उपपत्नीहरूलाई भन्दा धेरै माया माकालाई गरे (तिनले अठाह्र जना पत्नीहरू र साठी जना उपपत्नीहरू ल्याए, र तिनका अट्ठाईस जना छोरा र साठी जना छोरी थिए) ।
Rehoboam loved Maacah daughter of Absalom more than all his wives and concubines. In all, he had eighteen wives and sixty concubines, and he was the father of twenty-eight sons and sixty daughters.
22 रहबामले माकाका छोरा अबियालाई दाजुभाइका प्रमुख अगुवा नियुक्त गरे । तिनले उनलाई राजा बनाउने बिचार गरेका थिए ।
Rehoboam appointed Abijah son of Maacah as chief prince among his brothers, intending to make him king.
23 रहबामले बुद्धिमानीपूर्वक राज्य गरे । तिनले आफ्ना सबै छोराहरूलाई यहूदा र बेन्यामीनका किल्लाबन्दी गरिएका जम्मै सहरमा पठाए । तिनले उनीहरूका निम्ति प्रशस्त खानेकुरा दिए र तिनीहरूका निम्ति धेरै जना पत्नीहरू खोजिदिए ।
Rehoboam also acted wisely by dispersing some of his sons throughout the districts of Judah and Benjamin, and to all the fortified cities. He gave them abundant provisions and sought many wives for them.