< २ इतिहास 10 >
1 रहबाम शकेममा गए, किनकि सारा इस्राएल तिनलाई राजा तुल्याउन शकेममा आइरहेका थिए ।
罗波安往示剑去,因为以色列人都到了示剑,要立他作王。
2 जब नबातका छोरा यारोबामले यो कुरा सुने (किनकि तिनी मिश्रदेशमा थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के ।
尼八的儿子耶罗波安先前躲避所罗门王,逃往埃及,住在那里;他听见这事,就从埃及回来。
3 यसैले तिनीहरूले मानिस पठाए र तिनलाई बोलाए, र रहबाम र सबै इस्राएल आए । तिनीहरूले रहबामसित कुरा गरे र भने,
以色列人打发人去请他,他就和以色列众人来见罗波安,对他说:
4 “तपाईंका बुबाले हाम्रो जुवा गाह्रो बनाउनुभयो । यसकारण, अब तपाईंका बुबाको कठोर कामलाई सजिलो बनाउनुहोस्, र उहाँले हामीमाथि लाद्नुभएको गह्रौं जुवा हलुङ्गो गरिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं ।”
“你父亲使我们负重轭做苦工,现在求你使我们做的苦工负的重轭轻松些,我们就事奉你。”
5 रहबामले तिनीहरूलाई भने, “तिन दिनपछि फेरि मकहाँ आओ ।” यसैले मानिसहरू गए ।
罗波安对他们说:“第三日再来见我吧!”民就去了。
6 राजा रहबामले आफ्नो बुबा सोलोमन जीवित छँदा तिनका सेवा गर्ने पाका मानिसहरूसँग सल्लाह मागे । तिनले भने, “यी मानिसलाई जवाफ दिन तपाईंहरू कस्तो सल्लाह दिनुहुन्छ?”
罗波安之父所罗门在世的日子,有侍立在他面前的老年人,罗波安王和他们商议,说:“你们给我出个什么主意,我好回复这民。”
7 उनीहरूले तिनलाई यसो भने, “यी मानिसप्रति तपाईं असल हुनुभयो र तिनीहरूलाई खुसी पार्नुभयो, र तिनीहरूलाई असल वचन दिनुभयो भने, तिनीहरूले सधैं तपाईंका सेवकहरू हुनेछन् ।”
老年人对他说:“王若恩待这民,使他们喜悦,用好话回复他们,他们就永远作王的仆人。”
8 तर ती पाका मानिसले आफूलाई दिएको सल्लाहलाई रहबामले बेवास्ता गरे, र आफूसित हुर्केका र आफ्नो सामु खडा भएका जवान मानिसहरूका सल्लाह तिनले मागे ।
王却不用老年人给他出的主意,就和那些与他一同长大、在他面前侍立的少年人商议,
9 तिनले उनीहरूलाई भने, “तिमीहरू मलाई कस्तो सल्लाह दिन्छौ, ताकि मसित यसो भनेर कुरा गर्ने मानिसहरूलाई हामीले जवाफ दिन सकौं, ‘तपाईंका बुबाले हामीमाथि लाद्नुभएको गह्रौं जुवा हलुङ्गो गरिदिनुहोस्’?”
说:“这民对我说:‘你父亲使我们负重轭,求你使我们轻松些’;你们给我出个什么主意,我好回复他们。”
10 रहबामसित हुर्केका ती जवान मानिसहरूले यसो भनेर तिनीसित कुरा गरे, “तपाईंको बुबा सोलोमोनले तिनीहरूका जुवा गह्रौं बनाउनुभयो, तर तपाईंले त्यो हलुङ्गो बनाउनुपर्छ भन्ने यी मानिसलाई तपाईंले यसो भन्नुपर्छ । तिनीहरूलाई तपाईंले यसो भन्नुपर्छ, ‘मेरो कान्छी औंला मेरा बुबाको कम्मरभन्दा मोटो छ ।
那同他长大的少年人说:“这民对王说:‘你父亲使我们负重轭,求你使我们轻松些’;王要对他们如此说:‘我的小拇指比我父亲的腰还粗;
11 यसैले अब, मेरा बुबाले तिमीहरूमाथि गह्रौं जुवा बोकाउनुभए तापनि, तिमीहरूका जुवामाथि म थप्नेछु । मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्ड दिनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले दण्ड दिनेछु’ ।”
我父亲使你们负重轭,我必使你们负更重的轭;我父亲用鞭子责打你们,我要用蝎子鞭责打你们。’”
12 यसैले, “तिन दिनपछि फेरि मकहाँ आओ,” भन्ने राजाको हुकुमबमोजिम यारोबाम र ती सबै मानिस तेस्रो दिन रहबामकहाँ आए ।
耶罗波安和众百姓遵着罗波安王所说“你们第三日再来见我”的那话,第三日他们果然来了。
13 अनि ती पाका मानिसका सल्लाहलाई बेवास्ता गरेर रहबामले तिनीहरूसँग कठोर किसिमले बोले ।
罗波安王用严厉的话回复他们,不用老年人所出的主意,
14 ती जवान मानिसका सल्लाहको अनुसरण गरेर उनीहरूसँग तिनले यसो भनेर, “मेरा बुबाले तिमीहरूको जुवा गह्रौं बनाउनुभयो, तर म त्यसमा थप्नेछु। मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्ड दिनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले दण्ड दिनेछु ।”
照着少年人所出的主意对他们说:“我父亲使你们负重轭,我必使你们负更重的轭;我父亲用鞭子责打你们,我要用蝎子鞭责打你们。”
15 यसरी राजाले ती मानिसका कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्नुभएको वचन पूरा हुनलाई परमेश्वरले नै यस्ता घटनाहरू हुन दिनुभयो ।
王不肯依从百姓;这事乃出于 神,为要应验耶和华借示罗人亚希雅对尼八儿子耶罗波安所说的话。
16 जब राजाले आफ्ना कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले जवाफ दिए र भने, “दाऊदमा हाम्रो के हिस्सा छ र? यिशैका छोरामा हाम्रो केही उत्तराधिकार छैन! ए इस्राएल, तिमीहरू हरेका आआफ्नै पालमा जानुपर्छ । अब ए दाऊद, तिम्रो आफ्नै घरको रेखदेख गर ।” यसैले सबै इस्राएल आआफ्ना पालहरूमा फर्के ।
以色列众民见王不依从他们,就对王说: 我们与大卫有什么分儿呢? 与耶西的儿子并没有关涉! 以色列人哪,各回各家去吧! 大卫家啊,自己顾自己吧! 于是,以色列众人都回自己家里去了。
17 तर यहूदाका सहरहरूमा बस्ने इस्राएलका मानिसहरूका सम्बन्धमा तिनीहरूमाथि रहबामले राज्य गरे ।
惟独住在犹大城邑的以色列人,罗波安仍作他们的王。
18 तब राजा रहबामले ज्यालाबिना काममा लगाइएका मानिसहरूका निरीक्षक अदोनीरामलाई पठाए, तर इस्राएलका मानिसहरूले तिनलाई ढुङ्गाले हानेर मारे । राजा रहबामचाहिं आफ्नो रथमा चढेर तुरुन्तै यरूशलेमतर्फ भागे ।
罗波安王差遣掌管服苦之人的哈多兰往以色列人那里去,以色列人就用石头打死他。罗波安王急忙上车,逃回耶路撒冷去了。
19 अनि आजको दिनसम्म पनि दाऊदका घरानाप्रति इस्राएलचाहिं विद्रोही भएको छ ।
这样,以色列人背叛大卫家,直到今日。