< १ तिमोथी 1 >
1 हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रो आशा ख्रीष्ट येशूको आज्ञा अनुसार येशू ख्रीष्टको प्रेरित पावल,
Paulo ntumwa wa kirisitu Yesu, lingana na amri ya Nnungu na ywatukombweke Yesu Kirisitu yasili witu, wenga wa mwana wangu
2 विश्वासमा साँचो पुत्र तिमोथीलाई, हाम्रो परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति ।
Timotheo wa kweli katika aminia, Nema lwungo na amani yaibuka kwa Nnungu Tate bitu na Kirisitu Ngwana witu.
3 मैले म्याकेडोनिया जाँदै गर्दा तिमीलाई अनुरोध गरेँ जस्तै एफिससमा नै बस ताकि तिमीले भिन्न सिद्धान्त सिकाउनेहरूलाई आज्ञा दिन सक्छौ ।
kati mwatukulobite pamibai yenda makedonia, wigale efeso lenga panga uweze kwa lasimisa bandu fulani kenebapundise mapundiso genge.
4 नत तिनीहरूले कथाहरू र अनन्त वंशावलीहरूतिर ध्यान दिऊन, जसले विश्वासद्वारा आउने परमेश्वरको योजनालाई सहायता पुर्याउनु साटो विवाद उत्पन्न गर्छ ।
Kae kenebapekani omo na isabu ya uyomani yange mwisho. aga gasababisa sindana sana kuliko kwa yangatiya yundeleza mpango wa mnongo wa imani.
5 तर आज्ञाको लक्ष्यचाहिँ विशुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट आउने प्रेम हो ।
bai niya langya nya kwa upenda waupitya mumwongo sati muzamili inanoga na muiimani ya kweti.
6 केही मानिसहरू यसबाट बरालिएर खोक्रा कुराहरूतिर फर्केका छन् ।
Baadhi ya bandu balikosike lengo ngaba galeka mapundisho hanga na galambu kiiya malongulo ga kilalo.
7 तिनीहरू व्यवस्थाको शिक्षकहरू बन्न चाहन्छन्, तर तिनीहरूले जे भन्छन वा जे कुरामा जोड दिन्छन तिमीहरूले नै बुझ्दैनन् ।
Bapendi panga balimu ba sheria, lakini batangitekwa gabalogula ao chabasisitiza.
8 तर यदि कसैले न्यायसँगत तवरले प्रयोग गर्छ भने व्यवस्था असल छ भन्ने हामीलाई थाहा छ ।
Lakini twatangite panga sheria ni inanoga manamundu aitumwa kinanoga.
9 हामी यो पनि जान्दछौँ कि व्यवस्था धर्मी मानिसको निम्ति बनाइएको होइन, तर व्यावस्थाविहीन र विद्रोही मानिसहरूको निम्ति, अधर्मी र पापीहरूको निम्ति, ईश्वरहिन र अपवित्र हुनेहरूको निम्ति, आफ्ना बावुहरू र आमाहरूलाई मार्नेहरूको निम्ति, हत्याराहरूका निम्ति,
tutangike panga, sheria yatonilwe kwaanyili ya mundu mwenehaki ila kwasbabu ya tekwana sheria na baasi, bandu bange acha nuongo na bene dhambi na baba kotwike ba na nuongo na ubou. itongwile kwaajili ya bababulanga akina tante na babe na akina mau babe kwaajili ya abulangi.
10 अनैतिक यौनसम्बन्ध राख्ने मानिसहरूका निम्ति, समलिंगीहरूका निम्ति, दास बनाउनको लागि अपहरण गर्नेहरूका निम्ति, झूट बोल्नेहरूका निम्ति, झूटो गवाही दिनेहरूका निम्ति, र विश्वासयोग्य शिक्षाको विरूद्धमा हुनेहरूको निम्ति हो ।
kitumbu Cha umalaya, kwa ajili ya baru babateka bandu na kuwapanga atumwa, sababu ya uboso kwaajili yo sindana, ubosu na ywoywote ywabile kisongu na ukweli.
11 यो मलाई सुम्पिएको धन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ ।
maelekezo ga'gabukana na Injili gene hemimaya Nnongo gagabalikilye nagoga baga aminile.
12 र म ख्रीष्ट येशू हाम्रो प्रभुलाई धन्यवाद दिन्छु, जसले मलाई शक्ति दिनुभयो, किनभने उहाँले मलाई विश्वासयोग्य ठानेर सेवामा नियुक्त गर्नुभयो ।
Nenda kunshukuru Yesu Kirisitu Nngwana wangu ywonipei ngupu Mana anibalangi nenga panga na mwaminifu na kunibeka uduma.
13 म पहिला ईश्वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्जानमा र अविश्वासमा गरेको कारण मैले कृपा प्राप्त गरेँ ।
nai na mundu wokupulu, nai mundu watesa, nai namundu wa puyo. Ila napatike lwongo sababu ya ulalo kwa kutoka aminiwa.
14 तर हाम्रो प्रभुको अनुग्रह ख्रीष्ट येशूमा भएको विश्वास र प्रेमको साथ हाम्रा परमप्रभुको अनुग्रह प्रशस्तमात्रामा आयो ।
Lakini nema ya Nnongo witu itwilile upendo wabile mean Yesu Kirisitu.
15 यो सन्देश विश्वासयोग्य र सर्वस्वीकारयोग्य छ, कि ख्रीष्ट येशू पापीहरूलाई बचाउनलाई यस संसारमा आउनुभयो । म यी सबैभन्दा तुच्छ हुँ ।
Habari yeya kwiamini ninayenda staili na kwipokya kwa boti, Mana Yesu aisi pa Dunia kwalopoa bene sambi. nee na mmbaya kuliko boti.
16 तर यही कारणको निम्ति मलाई पहिला दया गरियो ताकि अनन्त जीवनको लागि उहाँमाथि विश्वास गर्नेहरूको निम्ति एउटा उदाहरणस्वरूप म सबैभन्दा तुच्छ मानिसमा ख्रीष्ट येशूले आफ्नो सारा धैर्यता प्रकट गर्न सक्नु भएको होस् । (aiōnios )
Ila kwa sababu yee napatike kwangu lenga ngati yangu nenga, Awali ya got Yesu Kirisitu abonekane kwokomea goti. Apanga nywo linga kwa boti baba mwobelwa ywembe kwa ajili wange yomoka. (aiōnios )
17 अब युगहरूका राजा, अविनाशी, अदृश्य, एकमात्र परमेश्वरलाई सदासर्वदा आदर र महिमा होस् । आमिन । (aiōn )
Nana mbiyambino kwa mtawala ywange mwiso ywangali was ywana ubonekana Nnongo ywakisake Ibe isima na utukupu wageyomoka miaka na miaka. Amina. (aiōn )
18 मेरो छोरो तिमोथी, तिम्रो बारेमा पाहिला गरिएको अगमवाणीसँग सहमत हुँदै तिमीलाई यो आज्ञा दिन्छु ताकि तिमी असल लडाइँ लड्न सक ।
Nenada kulangwa wenga wa Timotheo, mwana wangu. Nipanga nyanya lingana na unabii wabapitiyite apo zamani lenga wenga, ube mu ngondo inanoga.
19 यसैले तिमीले विश्वास र असल विवेक कायम गर । केही मानिसहरूले यी कुराहरूलाई इन्कार गरेर विश्वासमा नष्ट भएका छन् ।
Upange nyo linga ube na imani na zamili inanoga, kwabinabandu banikana na atikwa angamisa kwa Imani.
20 हुमेनियस र अलेक्जेन्डर जस्ता मानिसहरुलाई मैले शैतानको हातमा सुम्पेकोछु ताकि तिनीहरूले निन्दा गर्नुहुँदैन भनेर सिकून् ।
Kati mwana pangite himeneyo na Alekizanda banapei setani apundise kene bakana kufuru.