< १ तिमोथी 6 >
1 दासत्वको जुवामूनि भएका सबैले आफ्ना मालिकहरूलाई पुरा सम्मानको योग्य सम्झून् । तिमीहरूले त्यसो गर्नुपर्छ ताकिे परमेश्वरको नाउँ र शिक्षा निन्दित नहोस् ।
Que tous ceux qui sont sous le joug de la servitude regardent leurs maîtres comme dignes de tout respect, afin que le nom de Dieu et sa doctrine ne soient l'objet d'aucune calomnie.
2 विश्वास गर्ने मालिक भएको नोकरले तिनीहरू दाजुभाइ हुन् भन्दैमा अवहेलना गर्नु हुँदैन । बरू तिनीहरूले अझ बढी सेवा गर्नुपर्छ ।
Que ceux qui ont des fidèles pour maîtres ne les méprisent pas, sous prétexte que ce sont des frères, mais qu'ils les servent d'autant mieux que ce sont des fidèles et des bien-aimés qui reçoivent leurs bons offices. Voilà ce que tu dois enseigner et recommander.
3 मानौँ की कसैले फरक तरिकाले शिक्षा दिन्छ र वचन हाम्रो विश्वासयोग्य शिक्षा, अर्थात हाम्रो प्रभु येशू ख्रीष्टको वचनलाई स्वीकार गर्दैन । मानौँ कि तिमीलेहरूले भक्तितर्फ डोर्याउने शिक्षालाई स्वीकार गर्दैनन् ।
Si quelqu'un donne un autre enseignement, et s'il n'adhère point aux paroles salutaires de notre Seigneur Jésus-Christ et à la doctrine qui produit la piété,
4 त्यो व्याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ, जेलिएको हुन्छ । ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र,
il est enflé d'orgueil, il ne sait rien; mais il a la maladie des questions oiseuses et des disputes de mots, d'où naissent l'envie, les querelles, les médisances, les mauvais soupçons,
5 भ्रष्ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद उत्पन्न गराउँछन् । तिनीहरू सत्यताबाट टाढा जान्छन् । तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्झन्छन ।
les vaines discussions de gens qui ont l'esprit corrompu, qui sont privés de la vérité et regardent la piété comme une source de gain.
6 अब सन्तुष्टि सहितको भक्ति ठूलो लाभ हो ।
Oui, c'est un grand gain que la piété, unie au contentement d'esprit.
7 किनभने हामीले संसारमा केही ल्याउनौँ । न त केही लान नै सक्ने छौँ ।
En effet, nous n'avons rien apporté dans ce monde, et nous n'en pouvons rien emporter.
8 बरू हामीसँग भएको खानेकुरा र कपडाहरूमा सन्तुष्ट होऔँ ।
Ainsi, pourvu que nous ayons la nourriture et le vêtement, nous devons nous en contenter;
9 अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् ।
tandis que ceux qui veulent devenir riches tombent dans la tentation, dans le piège, et dans beaucoup de désirs insensés et pernicieux qui plongent les hommes dans la ruine et la perdition.
10 रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो । यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन् ।
Car l'amour de l'argent est la racine de tous les maux, et quelques-uns, pour s'y être adonnés, se sont détournés de la foi et se sont attiré beaucoup de tourments.
11 तर तिमी, परमेश्वरका जन, यी कुराहरूबाट भाग । धार्मिकता, भक्ति, विश्वासयोग्यता, प्रेम, धैर्यता र नम्रताको पछि लाग ।
Mais toi, homme de Dieu, fuis ces choses et recherche la justice, la piété, la foi, la charité, la patience, la douceur.
12 विश्वासको उत्तम लडाई लड । अनन्त जीवनलाई पक्री राख जसका लागि तिमी बोलाइएका थियौ । यो धेरै गवाहाहरूको सामु जे असल छ त्यसको बारेमा तिमीले गवाहीको बारेमा थियो । (aiōnios )
Combats le bon combat de la foi. Saisis la vie éternelle à laquelle tu as été appelé, et pour laquelle tu as fait ta belle confession en présence de plusieurs témoins. (aiōnios )
13 सबै कुराहरूलाई अस्तित्वमा ल्याउनु हुने परमेश्वर र पन्तियस पिलातसको अघि सत्य कुरा बोल्नुहुने ख्रीष्ट येशूको अगाडि म तिमिलाई यो आज्ञा गर्दछु ।
Je t'adjure devant Dieu qui donne la vie à toutes choses, et devant Jésus-Christ qui fit une si belle confession devant Ponce-Pilate,
14 यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्ट देखा नपरुन्जेल सिद्ध र दोषरहित राख ।
d'observer le commandement, en demeurant sans tache et sans reproche, jusqu'à l'apparition de notre Seigneur Jésus-Christ,
15 अनि धन्य सर्वशक्तिमान, राज्य गर्ने राजा, शासन गर्ने परमप्रभु परमेश्वार उपयुक्त समयमा उहाँको आगमनलाई प्रकट गर्नु हुनेछ ।
que manifestera en son temps le bienheureux et seul Souverain, le Roi des rois et le Seigneur des seigneurs,
16 केवल उहाँ मात्र अमर हुनुहुन्छ र कोही पनि जान नसक्ने ज्योतिमा वास गर्नुहुन्छ । नत उहाँलाई कसैले देखेको छ नत देख्न सक्दछ । उहाँलाई नै आदर र अनन्त शक्ति होस् । आमिन । (aiōnios )
Celui qui seul possède l'immortalité et qui habite une lumière inaccessible. Celui que nul homme n'a vu ni ne peut voir, et à qui appartiennent l'honneur et la puissance éternelle! Amen. (aiōnios )
17 यस संसारका धनीहरूलाई भन, यस संसारका धनमा गर्व नगर्न भन, र अनिश्चित सम्पत्तिमा आशा नगर्न भन । बरु तिनीहरूले परमेश्वरमा आशा राखून् । उहाँले हामीलाई सबै साँचो सम्पत्तिहरू हाम्रा आनन्दका लागि दिनुहुन्छ । (aiōn )
Recommande aux riches de ce monde de n'être pas orgueilleux et de ne point mettre leur espérance dans les richesses incertaines, mais de la placer en Dieu, qui nous fournit toutes choses en abondance pour que nous puissions en jouir. (aiōn )
18 तिनीहरूलाई असल काम गर्न, तिनीहरू असल काममा धनी हुन, उदार हुन र बाडचुड गर्ने इच्छा गर्न भन ।
Recommande-leur de faire du bien, d'être riches en bonnes oeuvres, prompts à donner et à faire part de ce qu'ils possèdent,
19 यसरी तिनीहरूले आउने कुराको लागि असल जग भण्डार गर्नेछन्, यसैले तिनीहरूले साँचो जीवनलाई पक्रनेछन् ।
amassant ainsi pour l'avenir un bon et solide trésor, afin d'obtenir la vie véritable.
20 तिमोथी, तिमीलाई दिइएको कुरा सुरक्षित राख । मूर्खतापूर्ण वातचित र विरोधाभाषपूर्ण वादविवाद जुन झुटो ज्ञान हो, तीबाट अलग बस ।
Timothée, garde le dépôt qui t'a été confié; évite les discours vains et profanes, et les objections d'une science faussement ainsi nommée.
21 कोही मानिसहरू यी कुराहरूको घोषणा गर्छन् र यसरी तिनीहरू विश्वासबाट चुकेका छन् । तिमीसँग अनुग्रह रहिरहोस् ।
C'est pour s'être réclamés de cette science, que quelques-uns se sont détournés de la foi. Que la grâce soit avec vous!