< १ तिमोथी 5 >
1 वृद्धमानिसलाई नहाप्काऊ । बरू आफ्नै बाबुलाई झैँ सम्झाऊ । जवानहरूलाई आफ्नै भाइझैँ सम्झाऊ ।
Seniorem ne increpaveris, sed obsecra ut patrem: iuvenes, ut fratres:
2 वृद्ध स्त्रीहरूलाई आमालाई झैँ र जवान स्त्रीहरूलाई सारा शुद्धतामा दिदीबहिनीलाई झैँ सम्झाऊ ।
anus, ut matres: iuvenculas, ut sorores in omni castitate:
3 जो साँचो विधवाहरू हुन् तिनीहरूको आदर गर ।
Viduas honora, quæ vere viduæ sunt.
4 तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्वरलाई खुसी तुल्याउने कुरा हो ।
Si qua autem vidua filios, aut nepotes habet: discat primum domum suam regere, et mutuam vicem reddere parentibus: hoc enim acceptum est coram Deo.
5 तर वास्तविक विधवा एक्लै छोडिन्छन् । तिनको आत्मा भरोसा परमेश्वरमा नै हुन्छ । तिेनी रातदिन बिन्ती र प्रार्थनामा रहन्छिन् ।
Quæ autem vere vidua est, et desolata, speret in Deum, et instet obsecrationibus, et orationibus nocte ac die.
6 तैपनि मोजमस्तीको लागि जिउने स्त्री जीउदै मरेकी जस्तै हुन्छिन ।
Nam quæ in deliciis est, vivens mortua est.
7 र यी कुराहरूको प्रचार गर ताकि तिनीहरू निन्दारहित होऊन् ।
Et hoc præcipe ut irreprehensibiles sint.
8 तर यदि कसैले आफ्ना नातेदारहरू विशेषगरी आफ्नै घरानाहरूको लागि जुटाउदैन भने उसले विश्वासलाई इन्कार गरेको हुन्छ र एउटा विश्वास नगर्ने भन्दा पनि खराब हुन्छ ।
Si quis autem suorum, et maxime domesticorum curam non habet, fidem negavit, et est infideli deterior.
9 साठी वर्ष भन्दा कम उमेर नभएका एउटै पतिको पत्नी भएर बसेकी स्त्रीलाई मात्र विधवाको सूचीमा राख्नु ।
Vidua eligatur non minus sexaginta annorum, quæ fuerit unius viri uxor,
10 तिनी असल कामहरूले चिनिएको हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा विश्वासीहरूका खुट्टा धोएकी हुन् वा जुनसुकै काममा समर्पित भएकी हुन् ।
in operibus bonis testimonium habens, si filios educavit, si hospitio recepit, si sanctorum pedes lavit, si tribulationem patientibus subministravit, si omne opus bonum subsecuta est.
11 तर जवान बिधवाहरुलाई सूचीमा लेख्न इन्कार गर । किनभने जब तिनीहरूलाई ख्रीष्ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन् ।
Adolescentiores autem viduas devita: Cum enim luxuriatæ fuerint in Christo, nubere volunt:
12 यसरी तिनीहरूले पहिलेको प्रतिबद्धता तोडेर दोषको वशमा पर्छन् ।
habentes damnationem, quia primam fidem irritam fecerunt.
13 तिनीहरू अल्छी गर्ने पनि हुन्छन् । तिनीहरू अल्छी गर्ने मात्र होइन तर कुरौटे र अर्काको काममा हस्तक्षेप गर्ने पनि बन्छन् । तिनीहरूल भन्न नहुने कुरा भन्छन् ।
Simul autem et otiosæ discunt circuire domos: non solum otiosæ, sed et verbosæ, et curiosæ, loquentes quæ non oportet.
14 यसकारण म चाहन्छु जवान स्त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्चा जन्माउन, घरवार चलाऊन् ।
Volo ergo iuniores nubere, filios procreare, matresfamilias esse, nullam occasionem dare adversario maledicti gratia.
15 किनभने कोही त अघि नै शैतानको पछि लागिसकेका छन् ।
Iam enim quædam conversæ sunt retro Satanam.
16 यदि कोही विश्वासी स्त्रीसँग बिधवाहरू छन् भने तिनले तिनीहरूलाई सहायता गरून्, ताकि मण्डलीलाई बोझ नहोस्, ताकि यसले वास्तविक बिधुवाहरूको सहायता गर्न सकोस् ।
Si quis fidelis habet viduas, subministret illis, et non gravetur Ecclesia: ut iis, quæ vere viduæ sunt, sufficiat.
17 असल तरिकाले प्रशासन चलाउने एल्डरहरू दोब्बर आदरकायोग्य ठानिऊन् ।
Qui bene præsunt presbyteri, duplici honore digni habeantur: maxime qui laborant in verbo et doctrina.
18 किनभने पवित्रशास्त्र भन्छ, “तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाऔ” र “कामदार उसको ज्यालाको योग्य हुन्छ ।”
Dicit enim Scriptura: Non alligabis os bovi trituranti. Et: Dignus est operarius mercede sua.
19 दुई वा तीन जना साक्षीहरू बिना एउटा एल्डरको विरूद्ध लगाइएको आरोप स्वीकार नगर ।
Adversus presbyterum accusationem noli recipere, nisi sub duobus aut tribus testibus.
20 पापीहरूलाई सबैको सामु सुधार गर ताकि बाकी रहेकाहरू पनि डराऊन् ।
Peccantes coram omnibus argue: ut et ceteri timorem habeant.
21 परमेश्वरको, ख्रीष्ट येशूको र चुनिएको स्वर्गदूतहरूको सामु म तिमीलाई निष्ठापूर्वक आज्ञा दिन्छु कि यी नियमहरू बिना भेदभाव पालना गर र तिमीले कुनै पनि कुरामा पक्षपात नगर ।
Testor coram Deo et Christo Iesu, et electis Angelis, ut hæc custodias sine præiudicio, nihil faciens in alteram partem declinando.
22 कसैमाथि पनि हात राख्न हतार नगर । अरूको पापमा सहभागी नहोऊ । तिमीले आफैँलाई पवित्र राख्नु पर्छ ।
Manus cito nemini imposueris, neque communicaveris peccatis alienis. Teipsum castum custodi.
23 तिमीले पानी मात्र नपिउनू बरू त्यसको सट्टा पेट र तिम्रो घरिघरि हुने बिमारको निम्ति थोरै दाखमद्य खाने गर ।
Noli adhuc aquam bibere, sed modico vino utere propter stomachum tuum, et frequentes tuas infirmitates.
24 केही मानिसहरूका पापहरू स्पष्ट देखिने हुन्छन् र ती पापहरू तिनीहरू अघि नै न्यायमा जान्छन् । तर केही पापहरू पछि मात्र जान्छन् ।
Quorundam hominum peccata manifesta sunt, præcedentia ad iudicium: quosdam autem et subsequuntur.
25 त्यसैगरी केही असल कामहरू स्पष्ट हुन्छन्, तर अरूहरू पनि लुकाउन सकिन्नन् ।
Similiter et facta bona manifesta sunt: et quæ aliter se habent, abscondi non possunt.