< १ तिमोथी 5 >

1 वृद्धमानिसलाई नहाप्काऊ । बरू आफ्नै बाबुलाई झैँ सम्‍झाऊ । जवानहरूलाई आफ्नै भाइझैँ सम्‍झाऊ ।
Na starca se ne otresaj, nego ga nagovaraj kao oca, mladiće kao braću,
2 वृद्ध स्‍त्रीहरूलाई आमालाई झैँ र जवान स्‍त्रीहरूलाई सारा शुद्धतामा दिदीबहिनीलाई झैँ सम्‍झाऊ ।
starice kao majke, djevojke kao sestre - u svoj čistoći.
3 जो साँचो विधवाहरू हुन् तिनीहरूको आदर गर ।
Udovice poštuj - one koje su zaista udovice.
4 तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्‍वरलाई खुसी तुल्‍याउने कुरा हो ।
Ako li ipak koja udovica ima djecu ili unuke, neka najprije oni znaju očitovati svoju pobožnost prema vlastitom domu i uzdarjem uzvraćati roditeljima jer to je ugodno Bogu.
5 तर वास्तविक विधवा एक्लै छोडिन्‍छन् । तिनको आत्‍मा भरोसा परमेश्‍वरमा नै हुन्छ । तिेनी रातदिन बिन्ती र प्रार्थनामा रहन्‍छिन् ।
A ona koja je zaista udovica, posve sama, pouzdaje se u Boga, odana prošnjama i molitvama noć i dan;
6 तैपनि मोजमस्तीको लागि जिउने स्‍त्री जीउदै मरेकी जस्‍तै हुन्‍छिन ।
ona, naprotiv, koja provodi lagodan život, živa je već umrla.
7 र यी कुराहरूको प्रचार गर ताकि तिनीहरू निन्दारहित होऊन् ।
I to naglašuj da budu besprijekorne.
8 तर यदि कसैले आफ्ना नातेदारहरू विशेषगरी आफ्नै घरानाहरूको लागि जुटाउदैन भने उसले विश्‍वासलाई इन्कार गरेको हुन्छ र एउटा विश्‍वास नगर्ने भन्दा पनि खराब हुन्छ ।
Ako li se tkogod za svoje, navlastito za ukućane, ne stara, zanijekao je vjeru i gori je od nevjernika.
9 साठी वर्ष भन्दा कम उमेर नभएका एउटै पतिको पत्‍नी भएर बसेकी स्‍त्रीलाई मात्र विधवाको सूचीमा राख्‍नु ।
U popis neka se unosi udovica ne mlađa od šezdeset godina, jednog muža žena,
10 तिनी असल कामहरूले चिनिएको हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा विश्‍वासीहरूका खुट्टा धोएकी हुन् वा जुनसुकै काममा समर्पित भएकी हुन् ।
koja ima svjedočanstvo dobrih djela: da je djecu odgojila, da je bila gostoljubiva, da je svetima noge prala, da je nevoljnima pomagala, da se svakom dobru djelu posvećivala.
11 तर जवान बिधवाहरुलाई सूचीमा लेख्‍न इन्कार गर । किनभने जब तिनीहरूलाई ख्रीष्‍ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्‍छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन् ।
Mlađe pak udovice odbijaj jer kad ih požuda odvrati od Krista, hoće se udati,
12 यसरी तिनीहरूले पहिलेको प्रतिबद्धता तोडेर दोषको वशमा पर्छन् ।
pa zasluže osudu što su pogazile prvotnu vjernost.
13 तिनीहरू अल्छी गर्ने पनि हुन्छन् । तिनीहरू अल्छी गर्ने मात्र होइन तर कुरौटे र अर्काको काममा हस्‍तक्षेप गर्ने पनि बन्‍छन् । तिनीहरूल भन्‍न नहुने कुरा भन्छन् ।
A uz to se, obilazeći po kućama, nauče biti besposlene, i ne samo besposlene, nego i brbljave i nametljive, govoreći što ne bi smjele.
14 यसकारण म चाहन्छु जवान स्‍त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्‍चा जन्माउन, घरवार चलाऊन् ।
Hoću dakle da se mlađe udaju, djecu rađaju, da budu kućevne te ne daju protivniku nikakva povoda za pogrđivanje.
15 किनभने कोही त अघि नै शैतानको पछि लागिसकेका छन् ।
Jer već su neke zastranile za Sotonom.
16 यदि कोही विश्‍वासी स्‍त्रीसँग बिधवाहरू छन् भने तिनले तिनीहरूलाई सहायता गरून्, ताकि मण्डलीलाई बोझ नहोस्, ताकि यसले वास्तविक बिधुवाहरूको सहायता गर्न सकोस् ।
Ako koja vjernica ima udovica, neka im pomaže, a neka se ne opterećuje Crkva, da uzmogne pomoći onima koje su zaista udovice.
17 असल तरिकाले प्रशासन चलाउने एल्डरहरू दोब्बर आदरकायोग्य ठानिऊन् ।
Starješine koji su dobri predstojnici dostojni su dvostruke časti, ponajpače oni koji se trude oko Riječi i poučavanja.
18 किनभने पवित्रशास्‍त्र भन्छ, “तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाऔ” र “कामदार उसको ज्यालाको योग्य हुन्छ ।”
Pismo doista veli: Volu koji vrši ne zavezuj usta! I: Vrijedan je radnik plaće svoje.
19 दुई वा तीन जना साक्षीहरू बिना एउटा एल्डरको विरूद्ध लगाइएको आरोप स्वीकार नगर ।
Protiv starješine ne primaj tužbe, osim na osnovi dvaju ili triju svjedoka.
20 पापीहरूलाई सबैको सामु सुधार गर ताकि बाकी रहेकाहरू पनि डराऊन् ।
One koji griješe, pred svima ukori da i drugi imaju straha!
21 परमेश्‍वरको, ख्रीष्‍ट येशूको र चुनिएको स्वर्गदूतहरूको सामु म तिमीलाई निष्‍ठापूर्वक आज्ञा दिन्छु कि यी नियमहरू बिना भेदभाव पालना गर र तिमीले कुनै पनि कुरामा पक्षपात नगर ।
Zaklinjem te pred Bogom i Kristom Isusom i izabranim anđelima da se toga držiš bez predrasude i ništa ne činiš po naklonosti.
22 कसैमाथि पनि हात राख्‍न हतार नगर । अरूको पापमा सहभागी नहोऊ । तिमीले आफैँलाई पवित्र राख्‍नु पर्छ ।
Ruku prebrzo ni na koga ne polaži i ne budi dionikom tuđih grijeha! Sebe čistim čuvaj!
23 तिमीले पानी मात्र नपिउनू बरू त्‍यसको सट्टा पेट र तिम्रो घरिघरि हुने बिमारको निम्ति थोरै दाखमद्य खाने गर ।
Ne pij više samo vode, nego uzimaj malo vina poradi želuca i čestih svojih slabosti.
24 केही मानिसहरूका पापहरू स्पष्‍ट देखिने हुन्छन् र ती पापहरू तिनीहरू अघि नै न्यायमा जान्छन् । तर केही पापहरू पछि मात्र जान्छन् ।
Grijesi nekih ljudi očiti su i prije suda, nekih pak samo nakon njega.
25 त्यसैगरी केही असल कामहरू स्पष्‍ट हुन्छन्, तर अरूहरू पनि लुकाउन सकिन्‍नन् ।
Tako su i dobra djela očita, a bila i drukčija, ne mogu se sakriti.

< १ तिमोथी 5 >