< १ तिमोथी 4 >

1 अहिले आत्माले प्रष्‍टसँग भन्‍नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्‍वासलाई त्याग्‍नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरू तिर ध्यान दिनेछन् ।
Now the Spirit has clearly said that, in the end times, some persons will depart from the faith, paying attention to spirits of error and the doctrines of devils,
2 झूटा कपटहरू ध्‍यान दिनेछन् । तिनीहरूको आफ्नै विवेक तातो फलामले दामिनेछ ।
speaking lies in hypocrisy, and having their consciences seared,
3 तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् जून कुरा सत्यलाई जान्‍ने विश्‍वासीहरूको बीचमा धन्यवाद दिएर बाँडचुड गर्नलाई परमेश्‍वरले सृष्‍टि गर्नुभयो ।
prohibiting marriage, abstaining from foods, which God has created to be accepted with thanksgiving by the faithful and by those who have understood the truth.
4 किनकि परमेश्‍वरले सृष्‍टि गर्नुभएको हरेक चिज असल छ । हामीले धन्यवाद दिएर लिएका कुनै कुराहरू इन्कार गरिनु हुन्‍न ।
For every creature of God is good, and nothing is to be rejected which is received with thanksgiving;
5 किनकि यो परमेश्‍वरको वचन र प्रार्थनाद्वारा त्यसलाई समर्पित गरिएको छ ।
for it has been sanctified by the Word of God and by prayer.
6 यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखीदियौ भने, तिमी येशू ख्रीष्‍टको असल सेवक हुनेछौ । किनकि तिमी विश्‍वासको वचन र तिमीले पछ्याएको असल शिक्षाद्वारा पोषित हुनेछौ ।
By proposing these things to the brothers, you will be a good minister of Christ Jesus, nourished by words of faith, and by the good doctrine that you have secured.
7 तर वृद्ध स्‍त्रीहरूबाट प्रेम गरे गरिएका संसारिक कथाहरू अस्वीकार । बरू आफैँलाई भक्तिमा तालिम देऊ ।
But avoid the silly fables of old women. And exercise yourself so as to advance in piety.
8 किनकि शारीरिक तालिम केही उपयोगी हुन्छ तर भक्तिचाहिँ सबै कुराको लागि उपयोगी हुन्छ । यसमा यो अहिलेको जीवन र आउने जीवनको लागि प्रतिज्ञा रहेको हुन्छ ।
For the exercise of the body is somewhat useful. But piety is useful in all things, holding the promise of life, in the present and in the future.
9 यो सन्‍देश भरोसायोग्य र पुरा स्वीकारको योग्य छ ।
This is a faithful saying and worthy of full acceptance.
10 किनकि हामी यसैको लागि हामी संघर्ष र कठिन परिश्रम गर्छौँ । किनभने हामीलाई जीवित परमेश्‍वरमा भरोसा छ, जो सबै मानिसहरू, विशेष गरी विश्‍वासीहरूका उद्धारकर्ता हुनुहुन्छ ।
For this reason we labor and are maligned: because we hope in the living God, who is the Savior of all men, most especially of the faithful.
11 यी कुराहरू घोषणा गर र सिकाऊ ।
Instruct and teach these things.
12 कसैले पनि तिम्रो जवानीलाई तुच्‍छ नठानोस् बरू, तिमी विश्‍वास गर्नेहरूको लागि वचनमा, व्यवहारमा, प्रेममा, विश्‍वासमा, र पवित्रतामा उदाहरण होऊ ।
Let no one despise your youth, but be an example among the faithful in word, in behavior, in charity, in faith, in chastity.
13 म नआउदासम्म वचन पढाईमा, अर्ति दिने कुरामा, र शिक्षा दिने कुरामा ध्‍यान देऊ ।
Until I arrive, attend to reading, to exhortation, and to doctrine.
14 तिमीमा भएको वरदानलाई हेला नगर, जुन वरदान एल्‍डरहरूले हात राखेर अगमवाणीद्वारा तिमीलाई दिइएको थियो ।
Do not be willing to neglect the grace that is within you, which was given to you through prophecy, with the imposition of the hands of the priesthood.
15 यी कुराहरूको ख्याल राख । तिनीहरूमा लागिबस, ताकि तिम्रो प्रगति सबै मानिसहरूको सामू प्रकट होस् ।
Meditate on these things, so that your progress may be manifest to all.
16 आफैँलाई र आफ्‍नो शिक्षालाई होसियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्‍नेहरूलाई बचाउने छौ ।
Pay attention to yourself and to doctrine. Pursue these things. For in doing so, you will save both yourself and those who listen to you.

< १ तिमोथी 4 >