< १ तिमोथी 2 >

1 यसकारण, सर्वप्रथम म आग्रह गर्दछु कि सबै मानिसहरूको निम्‍ति अनुरोधहरू, प्रार्थनाहरू, अन्तरबिन्तीहरू र धन्यवाद चढाइऊन्,
This then I exhort thee first of all, that supplications, prayers, intercessions, and thanksgivings he made for all men;
2 राजाहरूका लागि र अधिकारमा हुनेहरूका लागि पनि ताकि हामीले हरप्रकारले धार्मिक र मर्यादापूर्वक आदरणीय र शान्तिपूर्ण जीवन जिउन सकौँ ।
particularly for kings, and all that are in authority, that we may lead a quiet and peaceful life in all piety and virtue.
3 यो परमेश्‍वर हाम्रा मुक्तिदाताको सामु असल र ग्रहणयोग्य छ ।
For this is good and acceptable in the sight of God our Saviour:
4 उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ ।
who is willing that all men should be saved, and therefore come to the knowledge of the truth.
5 किनभने परमेश्‍वर एकमात्र हुनुहुन्छ, मानिस र परमेश्‍वरको बीच केवल एकमात्र मध्यस्तकर्ता, मानिस ख्रीष्‍ट येशू हुनुहुन्छ ।
For there is one God, and one Mediator between God and men, the man Christ Jesus:
6 जसले आफैँलाई सबैका छुटकाराको मोलको स्वरूप दिनुभयो, जुन ठीक समयमा दिइएको थियो ।
who gave himself a ransom for all, a testimony to be published in due time,
7 यसै उद्देश्यसको लागी एक सन्‍देशवाहक बनाइएँ । म साँचो बोल्छु; म ढाँट्दिन । म विश्‍वास र सत्यतामा अन्यजातीहरूको शिक्षक हुँ ।
for which I was appointed a herald and an apostle. I speak the truth in Christ, I lie not; I am a teacher of the Gentiles in faith and truth.
8 यसकारण, म सबै ठाउँमा पुरुषहरूले विना क्रोध र शंका, पवित्र हात उचाल्दै प्रार्थना गरेको चाहन्छु ।
I direct therefore that men pray in every place, lifting up holy hands without wrath and debate:
9 यसै गरी म महिलाहरूले सरलता, भद्रता र आत्मसंयमताकासाथ वस्‍त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्‍त्र पहिरेर होइन,
likewise that women dress themselves in decent apparel with modesty and prudence, not in braided hair, or gold, or pearls, or costly garments;
10 तर महिलालाई सुहाउने भक्ति देकखाउने असल कामहारूद्वारा सुसज्जित होऊन ।
but in good works, as becometh women professing godliness.
11 एउटा स्‍त्रीले सारा आज्ञापालन चुपचापसित सिकून् ।
Let the woman learn in silence with all submission: but I permit not a woman to teach,
12 म स्‍त्रीलाई सिकाउन र पुरुषमाथि अधिकार गर्न अनुमति दिन्‍न तर तिनी चुपचाप रहून् ।
nor to usurp authority over the man, but to be silent.
13 किनभने आदम पहिले सृष्‍टि भएका थिए त्यसपछि हव्वा
For Adam was formed first, then Eve.
14 र आदम छलिएका थिएन तर स्‍त्री पूर्ण रूपले अपराधमा छलिएकी थिइन् ।
And Adam was not seduced by the serpent, but the woman being led astray was first in the transgression.
15 तरै पनि, यदि तिनीहरू भद्रतासाथ विश्‍वास, प्रेम र पवित्र आत्मामा लागि रहे भने बालक जन्माउदा तिनीहरू बचाइनेछन् ।
Yet shall she be saved through childbirth, if they continue in faith and love, in holiness and modesty.

< १ तिमोथी 2 >