< १ थेसलोनिकी 1 >
1 पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा अनुग्रह र शान्ति ।
Paul, and Silvanus, and Timotheus, to the assembly of Thessalonians in God the Father and the Lord Jesus Christ: Grace to you and peace from God our Father and the Lord Jesus Christ!
2 तिमीहरू सबैका लागि हामी परमेश्वर पितालाई धन्यवाद चढाउछौँ र हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्दछौँ ।
We always give thanks to God for you all, making mention of you in our prayers,
3 हामी निरन्तर रूपमा तिमीहरूको विश्वासको काम, प्रेमको परिश्रम र आत्मविश्वासको धैर्यलाई सम्झना गर्दछौँ जुन परमेश्वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्टमा भएको भविष्यको कारणले गर्दा हो ।
unceasingly remembering your work of faith, and the labor of the love, and the endurance of the hope, of our Lord Jesus Christ, in the presence of our God and Father,
4 परमेश्वरबाट प्रेम पाएका भाइहरूलाई, तिमीहरूको बोलावट हामीलाई थाहा छ ।
having known, beloved brothers, by God, your [divine] selection,
5 हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौँ, सो तिमीहरूलाई थाहा छ ।
because our good news did not come to you in word only, but also in power, and in the Holy Spirit, and in much assurance, even as you have known of what sort we became among you for your sake,
6 तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्यौ ।
and you became imitators of us and of the LORD, having received the word in much tribulation with joy of the Holy Spirit,
7 त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ ।
so that you became patterns to all those believing in Macedonia and Achaia,
8 तिमीहरूबाट परमेश्वरको वचन माकेडोनिया र अखैयामा मात्र प्रचार भएको होइन, तर तिमीहरूको विश्वास हरेक ठाउँमा फैलिएको छ । त्यसैले, हामीलाई केही भन्नु आवश्यक छैन ।
for from you has sounded forth the word of the LORD, not only in Macedonia and Achaia, but also in every place your faith toward God went forth, so that we have no need to say anything,
9 हाम्रो विषयमा तिनीहरू आफैले भन्दछन्, कि हामीलाई तिमीहरूले कस्तो प्रकारले स्वीकार गरेका थियौ र कसरी तिमीहरू मूर्तिपूजा गर्न छोडेर जीवित र साँचो परमेश्वरको सेवा गर्न फर्क्यौ ।
for they themselves declare concerning us what entrance we had to you, and how you turned to God from the idols, to serve a living and true God,
10 र उहाँका पुत्र आकाशमा आउने समयलाई पर्खिराखेका छौ, जसलाई उहाँले मृतकबाट जीवित पार्नुभयो । उहाँ येशू हुनुहुन्छ जसले हामीलाई आउने वाला क्रोधबाट छुटकारा दिनुहुन्छ ।
and to wait for His Son from the heavens, whom He raised out of the dead—Jesus, who is rescuing us from the anger that is coming.