< १ थेसलोनिकी 5 >
1 भाइहरू हो, तिमीहरूलाई समय र ऋतुहरूको बारेमा कुनै कुरा लेखिरहनु जरुरत छैन ।
Now concerning the times and seasons, brothers, you have no need that anything be written to you.
2 किनकि तिमीहरू आफैले राम्ररी जान्दछौ कि प्रभुको आगमनको समय राती आउने चोरको जस्तै हुनेछ ।
For you yourselves know perfectly well that the day of the Lord is coming like a thief in the night.
3 तिनीहरूले “शान्ति र सुरक्षा” भन्दै गर्दा गर्भवती स्त्रीलाई प्रसव-वेदना भएझैँ तिनीहरूमाथि अचानक विनाश आइपर्छ र तिनीहरू कुनै पनि किसिमले उम्कनेछैनन् ।
When they say, “Peace and safety,” then sudden destruction will come on them. It will be like birth pains in a pregnant woman. They will in no way escape.
4 तर भाइहरू हो, त्यो दिन तिमीहरूमाथि चोरझैँ आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ ।
But you, brothers, are not in darkness so that the day would overtake you like a thief.
5 किनभने तिमीहरू सबै प्रकाशका सन्तानहरू र दिनका सन्तानहरू हौ । हामी रातका सन्तान होइनौँ, न त अन्धकारका नै ।
For you are all sons of the light and sons of the day. We are not sons of the night or the darkness.
6 त्यसैले, हामी बाँकी अरूहरूझैँ नसुतौँ, तर जागा रहौँ र गम्भीर हौँ ।
So then, let us not sleep as the rest do. Instead, let us keep watch and be sober.
7 किनभने सुत्नेहरू रातमा नै सुत्छन् र पिएर मात्नेहरू रातमा नै मात्दछन् ।
For those who sleep do so at night, and those who get drunk do so at night.
8 तर हामी दिनका सन्तानहरू हौँ । त्यसैले, गम्भीर हौँ, विश्वास र प्रेमको छाती-पाता लगाऔँ र भावी मुक्तिको टोप पनि लगाऔँ ।
But since we belong to the day, we must stay sober and put on faith and love as a breastplate, and the hope of salvation for our helmet.
9 किनभने परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्तिको निम्ति चुन्नुभयो ।
For God did not appoint us for wrath, but to obtain salvation through our Lord Jesus Christ.
10 उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौँ वा निन्द्रामा हामी सबै उहाँसँग जिउन सकौँ ।
It is he who died for us so that, whether we are awake or asleep, we may live together with him.
11 यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर ।
Therefore comfort one another and build each other up, just as you are already doing.
12 भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र तिमीहरूलाई उत्साह दिनेलाई प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं ।
We ask you, brothers, to acknowledge those who labor among you and who are over you in the Lord and who admonish you.
13 हामीले तिनीहरूलाई तिनीहरूको कामको खातिर प्रेममा उच्च आदरको सम्झनलाई पनि आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो ।
We also ask you to regard them highly in love because of their work. Be at peace among yourselves.
14 भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ ।
We exhort you, brothers: Warn the disorderly, encourage the discouraged, help the weak, and be patient toward all.
15 हेर, कसैले खराबीको बदला खराबी नगरोस्, तर सदैव एक अर्कामा र सबैलाई असल गर्न प्रयत्न गर ।
See that no one pays back evil for evil to anyone. Instead, pursue what is good for one another and for all.
17 नरोकी प्रार्थना गरिरहो,
Pray without ceasing.
18 हरेक कुरामा धन्यवाद देओ किनभने यो तिमीहरूको निम्ति ख्रीष्ट येशूमा परमेश्वरको इच्छा हो ।
In everything give thanks. For this is the will of God in Christ Jesus for you.
19 पवित्र आत्मालाई ननिभाओ ।
Do not quench the Spirit.
20 अगमवाणीलाई अवहेलना नगर ।
Do not despise prophecies.
21 सबै कुराको जाँच गर, जे असल छ त्यसमा लागिरहो ।
Test all things. Hold on to what is good.
22 सबै किसिमको खराबीलाई त्याग ।
Avoid every appearance of evil.
23 शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पूर्ण रूपमा शुद्ध पारून्, र तिमीहरूका सम्पूर्ण आत्मा, प्राण, र शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा दोषरहित राखून् ।
May the God of peace make you completely holy. May your whole spirit, soul, and body be preserved without blame for the coming of our Lord Jesus Christ.
24 तिमीहरूलाई बोलाउनुहुने इमानदार हुनुहुन्छ । उहाँले नै यो पनि गर्नुहुनेछ ।
Faithful is he who calls you, the one who will also do it.
25 भाइहरू हो, हाम्रो निम्ति पनि प्रार्थना गर ।
Brothers, pray also for us.
26 सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर ।
Greet all the brothers with a holy kiss.
27 म प्रभुद्वारा तिमीहरूलाई बिन्ती गर्दछु, कि यो पत्र सबै भाइहरूका निम्ति पनि पढियोस् ।
I solemnly charge you by the Lord to have this letter read to all the brothers.
28 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस् ।
May the grace of our Lord Jesus Christ be with you.