< १ थेसलोनिकी 5 >

1 भाइहरू हो, तिमीहरूलाई समय र ऋतुहरूको बारेमा कुनै कुरा लेखिरहनु जरुरत छैन ।
And concerning the times and the seasons, brothers, you have no need of my writing to you,
2 किनकि तिमीहरू आफैले राम्ररी जान्दछौ कि प्रभुको आगमनको समय राती आउने चोरको जस्तै हुनेछ ।
for you have thoroughly known that the Day of the LORD so comes as a thief in the night,
3 तिनीहरूले “शान्ति र सुरक्षा” भन्दै गर्दा गर्भवती स्‍त्रीलाई प्रसव-वेदना भएझैँ तिनीहरूमाथि अचानक विनाश आइपर्छ र तिनीहरू कुनै पनि किसिमले उम्कनेछैनन् ।
for when they may say, “Peace and security,” then sudden destruction comes [on] them, as the travail [on] her who is with child, and they will not escape;
4 तर भाइहरू हो, त्यो दिन तिमीहरूमाथि चोरझैँ आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ ।
but you, brothers, are not in darkness, that the Day may catch you as a thief;
5 किनभने तिमीहरू सबै प्रकाशका सन्तानहरू र दिनका सन्तानहरू हौ । हामी रातका सन्तान होइनौँ, न त अन्धकारका नै ।
you are all sons of light, and sons of day; we are not of night, nor of darkness,
6 त्यसैले, हामी बाँकी अरूहरूझैँ नसुतौँ, तर जागा रहौँ र गम्भीर हौँ ।
so, then, we may not sleep as also the others, but watch and be sober,
7 किनभने सुत्‍नेहरू रातमा नै सुत्छन् र पिएर मात्‍नेहरू रातमा नै मात्दछन् ।
for those sleeping, sleep by night, and those making themselves drunk, are drunken by night,
8 तर हामी दिनका सन्तानहरू हौँ । त्यसैले, गम्भीर हौँ, विश्‍वास र प्रेमको छाती-पाता लगाऔँ र भावी मुक्‍तिको टोप पनि लगाऔँ ।
and we, being of the day—let us be sober, putting on a breastplate of faith and love, and a helmet—a hope of salvation,
9 किनभने परमेश्‍वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्‍तिको निम्ति चुन्‍नुभयो ।
because God did not appoint us to anger, but to the acquiring of salvation through our Lord Jesus Christ,
10 उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौँ वा निन्द्रामा हामी सबै उहाँसँग जिउन सकौँ ।
who died for us, that whether we wake—whether we sleep—we may live together with Him;
11 यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर ।
for this reason, comfort one another, and build up one another, as also you do.
12 भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र तिमीहरूलाई उत्साह दिनेलाई प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं ।
And we ask you, brothers, to know those laboring among you and leading you in the LORD and admonishing you,
13 हामीले तिनीहरूलाई तिनीहरूको कामको खातिर प्रेममा उच्‍च आदरको सम्झनलाई पनि आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो ।
and to esteem them very abundantly in love, because of their work; be at peace among yourselves;
14 भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ ।
and we exhort you, brothers, admonish the disorderly, comfort the feeble-minded, support the weak, be patient to all;
15 हेर, कसैले खराबीको बदला खराबी नगरोस्, तर सदैव एक अर्कामा र सबैलाई असल गर्न प्रयत्‍न गर ।
see [that] no one may render evil for evil to anyone, but always pursue that which is good, both to one another and to all;
16 सदैव आनन्द गर,
always rejoice;
17 नरोकी प्रार्थना गरिरहो,
continually pray;
18 हरेक कुरामा धन्यवाद देओ किनभने यो तिमीहरूको निम्ति ख्रीष्‍ट येशूमा परमेश्‍वरको इच्छा हो ।
give thanks in everything, for this [is] the will of God in Christ Jesus in regard to you.
19 पवित्र आत्मालाई ननिभाओ ।
Do not quench the Spirit;
20 अगमवाणीलाई अवहेलना नगर ।
do not despise prophesyings;
21 सबै कुराको जाँच गर, जे असल छ त्यसमा लागिरहो ।
prove all things; hold fast [to] that which is good;
22 सबै किसिमको खराबीलाई त्याग ।
abstain from all appearance of evil;
23 शान्तिका परमेश्‍वर आफैले तिमीहरूलाई पूर्ण रूपमा शुद्ध पारून्, र तिमीहरूका सम्पूर्ण आत्मा, प्राण, र शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा दोषरहित राखून् ।
and may the God of peace Himself sanctify you wholly, and may your whole spirit and soul and body be preserved, unblameably at the coming of our Lord Jesus Christ;
24 तिमीहरूलाई बोलाउनुहुने इमानदार हुनुहुन्छ । उहाँले नै यो पनि गर्नुहुनेछ ।
He who is calling you is steadfast, who also will do [it].
25 भाइहरू हो, हाम्रो निम्ति पनि प्रार्थना गर ।
Brothers, pray for us.
26 सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर ।
Greet all the brothers with a holy kiss.
27 म प्रभुद्वारा तिमीहरूलाई बिन्ती गर्दछु, कि यो पत्र सबै भाइहरूका निम्ति पनि पढियोस् ।
I charge you [by] the LORD, that the letter be read to all the holy brothers.
28 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस् ।
The grace of our Lord Jesus Christ [is] with you! Amen.

< १ थेसलोनिकी 5 >