< १ थेसलोनिकी 1 >

1 पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा अनुग्रह र शान्ति ।
PAUL, and Silvanus, and Timothy, to the church of the Thessalonians in God the Father, and in the Lord Jesus Christ: grace unto you, and peace from God our Father, and the Lord Jesus Christ.
2 तिमीहरू सबैका लागि हामी परमेश्‍वर पितालाई धन्यवाद चढाउछौँ र हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्दछौँ ।
We give thanks to God always for you all, making mention of you in our prayers;
3 हामी निरन्तर रूपमा तिमीहरूको विश्‍वासको काम, प्रेमको परिश्रम र आत्मविश्‍वासको धैर्यलाई सम्झना गर्दछौँ जुन परमेश्‍वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्‍टमा भएको भविष्यको कारणले गर्दा हो ।
without ceasing calling to mind your work of faith, and labour of love, and patience of hope in our Lord Jesus Christ, before our God and Father;
4 परमेश्‍वरबाट प्रेम पाएका भाइहरूलाई, तिमीहरूको बोलावट हामीलाई थाहा छ ।
knowing, brethren, beloved of God, your election.
5 हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्‍चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौँ, सो तिमीहरूलाई थाहा छ ।
For our gospel came not unto you in word only, but in power, and in the Holy Ghost, and in great fulness of assurance; as ye know what manner of men we have been among you for your sakes.
6 तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्‍टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्‍यौ ।
And ye became imitators of us, and of the Lord, receiving the word in much affliction, with joy of the Holy Ghost;
7 त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्‍वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ ।
so that ye became models for all that believe in Macedonia and Achaia.
8 तिमीहरूबाट परमेश्‍वरको वचन माकेडोनिया र अखैयामा मात्र प्रचार भएको होइन, तर तिमीहरूको विश्‍वास हरेक ठाउँमा फैलिएको छ । त्यसैले, हामीलाई केही भन्‍नु आवश्यक छैन ।
For from you sounded forth the word of the Lord, not only into Macedonia and Achaia, but into every region also your fidelity towards God is gone out, so that we have no need to say any thing.
9 हाम्रो विषयमा तिनीहरू आफैले भन्दछन्, कि हामीलाई तिमीहरूले कस्तो प्रकारले स्वीकार गरेका थियौ र कसरी तिमीहरू मूर्तिपूजा गर्न छोडेर जीवित र साँचो परमेश्‍वरको सेवा गर्न फर्क्यौ ।
For they publish concerning you what manner of entrance we had unto you, and how ye turned unto God from idols, to serve the living and true God,
10 र उहाँका पुत्र आकाशमा आउने समयलाई पर्खिराखेका छौ, जसलाई उहाँले मृतकबाट जीवित पार्नुभयो । उहाँ येशू हुनुहुन्छ जसले हामीलाई आउने वाला क्रोधबाट छुटकारा दिनुहुन्छ ।
and to wait for his Son from the heavens, whom he raised from the dead, even Jesus, who delivereth us from the wrath to come.

< १ थेसलोनिकी 1 >