< १ शमूएल 9 >
1 बेन्यामीन कुलका एक जना प्रभावशाली मानिस थिए । तिनी बन्यामीनका खनाति, अपीहका जनाति, बकोरतका पनाति, जरोरका नाति अबीएलका छोरा कीश थिए ।
I był mąż z pokolenia Benjamin, którego imię było Cys, syn Abijelów, syna Seror, syna Bechorat, syna Afija, syna męża Jemini, duży w siłę.
2 तिनको शाऊल नाउँ गरेका एक जना सुन्दर जवान छोरा थिए । इस्राएलका मानिसहरू माझ तिनीभन्दा सुन्दर मानिस अरू कोही थिएनन् । तिनका कुमबाट माथि तिनी सबै मानिसहरूभन्दा अग्ला थिए ।
Ten miał syna imieniem Saula, młodzieńca urodziwego, a nie było nikogo z synów Izraelskich urodziwszego nadeń; głową był wyższy nad wszystek inny lud.
3 शाऊलका बुबा कीशका गधाहरू हराएका थिए । त्यसैले कीशले आफ्ना छोरा शाऊललाई भने, “एक जना सेवकलाई आफ्नो साथमा लैजाऊ । उठ् र गधाहरूलाई खोज्न जाऊ ।”
A zginęły były oślice Cysowi, ojcu Saulowemu. I rzekł Cys do Saula, syna swego: Weźmij teraz z sobą jednego z sług, a wstawszy idź, i szukaj oślic.
4 त्यसैले शाऊल एफ्राइमको पहाडी देशबाट भएर गए र सालिसाको देशबाट भएर गए, तर तिनीहरूले ती भेट्टाएनन् । तब तिनीहरू शालीमको देश पार गरे, तर ती त्यहाँ थिएनन् । त्यसपछि तिनी बेन्यामीनहरूका भूभागबाट भएर गए तर तिनीहरूले ती भेट्टाएनन् ।
Tedy on szedł przez górę Efraim, i przeszedł ziemię Salisa, lecz nie znaleźli. Przeszli także ziemię Salim, a nie znaleźli. Nadto przeszli i ziemię Jemini, a nie znaleźli.
5 जब तिनीहरू सूपको देशमा आए, तब शाऊलले आफूसँग भएका आफ्नो सेवकलाई भने, “आऊ, हामी फर्केर जाऔं, नत्र मेरो बुबाले गधाको चिन्ता लिन छोडेर हाम्रो बारे चिन्ता गर्लान् ।”
A przyszedłszy do ziemi Suf, rzekł Saul do sługi swego, który był z nim: Pójdź, a wróćmy się, by snać zaniechwaszy ojciec mój oślic, nie frasował się o nas,
6 तर सेवकले तिनलाई भने, “सुन्नुहोस्, यो सहरमा एक जना परमेश्वरका मानिस हुनुहुन्छ । तिनी आदर पाएका मानिस हुन् । तिनले भनेका हरेक कुरा पुरा हुन्छ । हामी त्यहाँ जाऔं । सायद हामी कुन बाटो जानुपर्छ भनी तिनले हामीलाई भन्नेछन् ।”
Który mu odpowiedział: Oto teraz jest mąż Boży w tem mieście, a mąż to zacny; cokolwiek powie, wszystko się stawa; przetoż pójdźmy tam, snać nam powie o drodze naszej, którą iść mamy.
7 तब शाऊलले आफ्नो सेवकलाई भने, “तर हामी त्यहाँ गयौं भने, हामीले त्यो मानिसलाई के लिएर जाने? किनभने हाम्रो झोलामा भएको रोटी सकिएको छ र परमेश्वरका मानिसलाई दिने कुनै उपहार हामीसँग छैन । हामीसँग के छ र?”
Tedy odpowiedział Saul słudze swemu: Więc pójdziemy; ale cóż przyniesiemy onemu mężowi? Bo chleba nie stało w sumkach naszych, a podarku niemasz, którybyśmy przynieśli mężowi Bożemu; cóż mamy?
8 त्यो सेवकले शाऊललाई जवाफ दियो र भन्यो, “यहाँ, मसँग एक चौथाइ शेकेल चाँदी छ, जुन हामीले कुन बाटो जानुपर्छ बताउनलाई म परमेश्वरका मानिसलाई दिनेछु ।”
Tedy sługa znowu odpowiedział Saulowi, i rzekł: Otom znalazł u siebie czwartą część sykla srebrnego, którą damy mężowi Bożemu, aby nam oznajmił drogę naszą.
9 (इस्राएलमा पहिले, जब मानिसले परमेश्वरको इच्छा खोज्न जान्थे, तब तिनले भन्थे, “आऊ, हामी दर्शीकहाँ जाऔं ।” किनकि आजका अगमवक्तालाई पहिले दर्शी भनिन्थ्यो ।)
Przedtem w Izraelu tak mawiał każdy, gdy się szedł radzić Boga: Chodźcie, a pójdziemy aż do widzącego; bo którego dziś zowią prorokiem, tego przedtem nazywano widzącym.
10 तब शाऊलले आफ्नो सेवकलाई भने, “राम्रो भन्यौ । आऊ, हामी जाऔं ।” त्यसैले तिनीहरू त्यस सहरमा गए जहाँ परमेश्वरका मानिस बस्थे ।
Tedy rzekł Saul do sługi swego: Dobre jest słowo twoje; chodź, pójdźmy, i szli do miasta, w którem był mąż Boży.
11 जब तिनीहरू सहरतिर जानलाई पहाड चढे, तिनीहरूले पानी लिन आउने जवान स्त्रीहरूलाई भेटे । शाऊल र तिनका सेवकले तिनीहरूलाई सोधे, “के दर्शी यहाँ हुनुहुन्छ?”
A gdy wstępowali na górę miasta, a potkali dzieweczki, wychodzące czerpać wodę, rzekli im: A jestże tu widzący?
12 तिनीहरूले जवाफ दिए र भने, “उहाँ हुनुहुन्छ । हेर्नुहोस्, उहाँ तपाईंहरूकै अगाडि हुनुहुन्छ । छिटो जानुहोस्, किनकि मानिसहरूले आज उच्च स्थानमा बलिदान चढाउने हुनाले उहाँ आज सहर जाँदै हुनुहुन्छ ।
Które odpowiadając im, rzekły: Jest, oto przed tobą; spiesz się tedy, dziś bowiem przyszedł do miasta, gdyż dziś ofiary sprawuje lud na górze.
13 खानलाई उहाँ उच्च स्थानमा जानुअघि नै, तपाईंहरूले सहर पस्नेबित्तिकै उहाँलाई भेट्नुहुनेछ । उहाँ नआएसम्म मानिसहरूले खाने छैनन्, किनभने उहाँले बलिदानलाई आशिर्वाद दिनुहुनेछ । त्यसपछि मात्र निम्ताइएकाहरूले खानेछन् । अहिले माथि गइहाल्नुहोस्, तपाईंहरूले उहाँलाई तुरुन्तै भेट्नुहुनेछ ।”
Skoro wnijdziecie do miasta, znajdziecie go, pierwej niż pójdzie na górę, aby jadł; albowiem lud nie będzie jadł, aż on przyjdzie; bo on będzie błogosławił ofierze, potem będą jeść wezwani. A przetoż idźcie, bo go o tej godzinie znajdziecie.
14 त्यसैले तिनीहरू सहरमा गए । तिनीहरू सहर पस्नैलाग्दा, उच्च स्थनामा जानलाई शमूएल आफूतर्फ आउँदै गरेको तिनीहरूले देखे ।
Weszli tedy do miasta; a gdy przyszli w pośrodek miasta, oto, Samuel wychodził przeciwko nim, aby szedł na górę.
15 अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः
A Pan objawił był Samuelowi dzień przedtem, niźli Saul przyszedł, mówiąc:
16 “भोलि करिब यति बेला, म बेन्यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु र मेरा मानिस इस्राएलका शासक हुनलाई तैंले उसलाई अभिषेक गर्नू । उसले मेरा मानिसहरूलाई पलिश्तीहरूका हातहरूबाट बाचाउनेछन् । किनकि मैले आफ्ना मानिसहरूलाई दयादृष्टिले हेरेको छु किनभने मदतको लागि तिनीहरूले गरेको पुकारा मैले सुनेको छु ।”
O tym czasie jutro poślę do ciebie męża z ziemi Benjamin, którego pomażesz za wodza nad ludem moim Izraelskim; a on wybawi lud mój z rąk Filistyńskich. Bom wejrzał na lud mój, gdyż przyszło wołanie jego do mnie.
17 जब शमूएलले शाऊललाई देखे, तब परमप्रभुले तिनलाई भन्नुभयो, “मैले तँलाई भनेको मानिस यही हो । मेरा मानिसहरूमाथि राज्य गर्ने मानिस यही हो ।”
A gdy Samuel wejrzał na Saula, rzekł mu Pan. Otóż mąż, o którymemci powiedział; tenci będzie panował nad ludem moim.
18 तब शाऊल प्रवेशद्वारमा शमूएलको नजिक आए र भने, “दर्शीको घर कहाँ छ मलाई भन्नुहोस्?”
A tak przystąpił Saul do Samuela w pośrodku bramy, i rzekł: Proszę powiedz mi, gdzie tu jest dom widzącego?
19 शमूएलले शाऊललाई जवाफ दिए र भने, “दर्शी म नै हुँ । मभन्दा अगि-अगि उच्च स्थानमा जानुहोस्, किनकि आज तपाईंले मसँग खानुहुनेछ । बिहान भएपछि म तपाईंलाई जान दिनेछु, र तपाईंको मनमा भएका हरेक कुरा म तपाईंलाई भनिदिनेछु ।
I odpowiedział Samuel, Saulowi, mówiąc: Jam jest widzący. Wstąp przedemną na górę, a będziecie dziś jedli ze mną; potem cię odprawię rano, a cokolwiek jest w sercu twem, oznajmię tobie.
20 तिन दिनअघि हराएका तपाईंका गधाहरूको बारेमा, तिनको बारेमा चिन्ता नगर्नुहोस्, किनकि ती भेट्टाइएका छन् । अनि इस्राएलको सबै इच्छाहरू कसमाथि छ? के तपाईं र तपाईंका बुबाको घरानामाथि होइन?”
A o oślice, któreć zginęły dziś trzeci dzień, nie frasuj się, boć się znalazły. I czyjeż wszystko co najlepszego w Izraelu? izali nie twoje, i nie wszystkiego domu ojca twego?
21 शाऊलले जवाफ दिए र भने, “के इस्राएलका कुलहरूमध्ये सबभन्दा सानो बेन्यामीनको म होइन? के बेन्यामीनको कुलमा पनि मेरो वंश सबभन्दा सानो होइन र? अनि तपाईंले मलाई किन यसो भन्नुहुन्छ?”
A odpowiadając Saul, rzekł: Izalim ja nie syn Jemini z najmniejszego pokolenia Izraelskiego? a dom mój azaż nie najpodlejszy między wszystkiemi domy pokolenia Benjaminowego? Przeczżeś tedy mówił do mnie takowe słowa?
22 त्यसैले शमूएलले शाऊल र तिनको सेवकलाई लगे र तिनीहरूलाई एउटा कोठाभित्र ल्याए र करिब तिस जना निम्तो पाएकाहरूमध्येको उनीहरूलाई प्रमूख आशनमा तिनले राखे ।
A tak wziąwszy Samuel Saula i sługę jego, wywiódł je na salę, i dał im miejsce przedniejsze między wezwanymi, których było około trzydziestu mężów.
23 शमूएलले भान्सेलाई भने, “'अलग्गै राख' भनी मैले तिमीलाई भनेको भाग ल्याऊ ।”
I rzekł Samuel kucharzowi: Daj sam tę cząstkę, którąm ci dał, i o którejm ci rzekł: Schowaj ją u siebie,
24 त्यसैले भान्सेले फिला र यसमा भएको सबै ल्याए र शाऊलको सामु राखिदिए । तब शमूएलले भने, “हेर्नुहोस्, जे अलग राखिएको थियो सो तपाईंको अगि राखिएको छ । यो खानुहोस्, किनभने, 'मैले मानिसहरूलाई बोलाएको छु' भनेर मैले भनेको समयदेखि तोकिएको समयसम्म यसलाई तपाईंको निम्ति अलग्गै राखिएको छ ।” त्यसैले त्यस दिन शाऊलले शमूएलसँग खाए ।
A gdy przyniósł kucharz łopatkę, i to, co było na niej, położył Samuel przed Saula, i rzekł: Oto, co zostało, weźmij przed się, a jedz; bo na ten czas schowano to dla ciebie, gdym rzekł: Wezwałem ludu. I jadł Saul z Samuelem dnia onego.
25 जब तिनीहरू उच्च स्थानबाट सहरमा आएका थिए, शमूएलले शाऊलसँग छतमाथि कुरा गरे ।
A gdy zstąpili z góry do miasta, rozmawiał z Saulem na dachu.
26 त्यसपछि शामूएलले शाऊललाई बिहान छतमाथि बोलाए र भने, “उठ्नुहोस्, यसरी म तपाईंलाई आफ्नो बाटो पठाउनेछु ।” त्यसैले शाऊल उठे, अनि तिनी र शामूएल दुवै जना गल्लीतिर गए ।
Potem wstali bardzo rano. I stało się, gdy się poczęło rozedniewać, zawołał Samuel Saula na dach, mówiąc: Wstań, a odprawię cię; wstawszy tedy Saul, wyszli obaj z domu, on i Samuel.
27 जसै तिनीहरू सहरको छेउतिर पुग्नै लागे, शमूएलले शाऊललाई भने, “सेवकलाई हामीभन्दा अगि जाने आज्ञा गर्नुहोस्”— र ऊ अगि गयो— “तर तपाईं केही क्षण यहीं रहनुपर्छ, ताकि तपाईंलाई परमेश्वरको सन्देश म भन्नेछु ।”
A gdy schodzili ku końcowi miasta, rzekł Samuel do Saula: Rzecz słudze, aby szedł przed nami, i szedł; a ty pozostań trochę, żeć opowiem słowo Boże.