< १ शमूएल 9 >

1 बेन्यामीन कुलका एक जना प्रभावशाली मानिस थिए । तिनी बन्यामीनका खनाति, अपीहका जनाति, बकोरतका पनाति, जरोरका नाति अबीएलका छोरा कीश थिए ।
Det var en mann av Benjamin som hette Kis, sønn til Abiel, sønn til Seror, sønn til Bekorat, sønn til Afiah, sønn til en benjaminitt; han var en mektig mann.
2 तिनको शाऊल नाउँ गरेका एक जना सुन्दर जवान छोरा थिए । इस्राएलका मानिसहरू माझ तिनीभन्दा सुन्दर मानिस अरू कोही थिएनन् । तिनका कुमबाट माथि तिनी सबै मानिसहरूभन्‍दा अग्‍ला थिए ।
Han hadde en sønn som hette Saul, en ung og vakker mann; det fantes ingen mann blandt Israels barn som var vakrere enn han; han var et hode høiere enn alt folket.
3 शाऊलका बुबा कीशका गधाहरू हराएका थिए । त्यसैले कीशले आफ्‍ना छोरा शाऊललाई भने, “एक जना सेवकलाई आफ्‍नो साथमा लैजाऊ । उठ् र गधाहरूलाई खोज्‍न जाऊ ।”
En dag kom Kis', Sauls fars aseninner bort for ham, og Kis sa til sin sønn Saul: Ta en av drengene med dig og dra avsted og let efter aseninnene!
4 त्यसैले शाऊल एफ्राइमको पहाडी देशबाट भएर गए र सालिसाको देशबाट भएर गए, तर तिनीहरूले ती भेट्टाएनन् । तब तिनीहरू शालीमको देश पार गरे, तर ती त्‍यहाँ थिएनन् । त्‍यसपछि तिनी बेन्यामीनहरूका भूभागबाट भएर गए तर तिनीहरूले ती भेट्टाएनन् ।
Så gikk han over Efra'im-fjellet og gjennem Salisa-bygden, men de fant dem ikke; så gikk de gjennem Sa'alim-bygden, men der var de ikke; derefter gikk han gjennem Benjamins land, men de fant dem ikke der heller.
5 जब तिनीहरू सूपको देशमा आए, तब शाऊलले आफूसँग भएका आफ्नो सेवकलाई भने, “आऊ, हामी फर्केर जाऔं, नत्र मेरो बुबाले गधाको चिन्ता लिन छोडेर हाम्रो बारे चिन्ता गर्लान् ।”
Da de kom til Suf-bygden, sa Saul til drengen som var med ham: Kom, la oss gå hjem igjen! Ellers kunde min far bli urolig for oss, istedenfor å tenke på aseninnene.
6 तर सेवकले तिनलाई भने, “सुन्‍नुहोस्, यो सहरमा एक जना परमेश्‍वरका मानिस हुनुहुन्छ । तिनी आदर पाएका मानिस हुन् । तिनले भनेका हरेक कुरा पुरा हुन्छ । हामी त्यहाँ जाऔं । सायद हामी कुन बाटो जानुपर्छ भनी तिनले हामीलाई भन्‍नेछन् ।”
Men han svarte ham: I denne by er det en Guds mann som det går stort ord av; alt hvad han sier, slår til. La oss nu gå dit! Han kan visst si oss noget om det vi går efter.
7 तब शाऊलले आफ्नो सेवकलाई भने, “तर हामी त्यहाँ गयौं भने, हामीले त्यो मानिसलाई के लिएर जाने? किनभने हाम्रो झोलामा भएको रोटी सकिएको छ र परमेश्‍वरका मानिसलाई दिने कुनै उपहार हामीसँग छैन । हामीसँग के छ र?”
Da sa Saul til sin dreng: Men om vi nu går dit, hvad skal vi da ha med oss til mannen? Vi har ikke mere brød igjen i våre skrepper, og vi har ingen gave å gi Guds-mannen; hvor meget har vi med oss?
8 त्‍यो सेवकले शाऊललाई जवाफ दियो र भन्‍यो, “यहाँ, मसँग एक चौथाइ शेकेल चाँदी छ, जुन हामीले कुन बाटो जानुपर्छ बताउनलाई म परमेश्‍वरका मानिसलाई दिनेछु ।”
Så tok drengen igjen til orde og sa til Saul: Her har jeg hos mig en fjerdedel sekel sølv; den vil jeg gi til Guds-mannen, så sier han oss nok hvad vei vi skal gå.
9 (इस्राएलमा पहिले, जब मानिसले परमेश्‍वरको इच्छा खोज्‍न जान्थे, तब तिनले भन्थे, “आऊ, हामी दर्शीकहाँ जाऔं ।” किनकि आजका अगमवक्तालाई पहिले दर्शी भनिन्थ्यो ।)
Fordum sa folk i Israel når de gikk avsted for å få vite Guds vilje: Kom, la oss gå til seeren! For den som nu kalles profet, kaltes fordum seer.
10 तब शाऊलले आफ्नो सेवकलाई भने, “राम्रो भन्यौ । आऊ, हामी जाऔं ।” त्यसैले तिनीहरू त्‍यस सहरमा गए जहाँ परमेश्‍वरका मानिस बस्‍थे ।
Saul sa til sin dreng: Du har rett; kom, la oss gå! Så gikk de til byen hvor Guds-mannen var.
11 जब तिनीहरू सहरतिर जानलाई पहाड चढे, तिनीहरूले पानी लिन आउने जवान स्‍त्रीहरूलाई भेटे । शाऊल र तिनका सेवकले तिनीहरूलाई सोधे, “के दर्शी यहाँ हुनुहुन्छ?”
Da de gikk op bakken som førte til byen, møtte de nogen piker som kom ut for å hente vann, og de sa til dem: Er seeren her?
12 तिनीहरूले जवाफ दिए र भने, “उहाँ हुनुहुन्छ । हेर्नुहोस्, उहाँ तपाईंहरूकै अगाडि हुनुहुन्छ । छिटो जानुहोस्, किनकि मानिसहरूले आज उच्‍च स्थानमा बलिदान चढाउने हुनाले उहाँ आज सहर जाँदै हुनुहुन्‍छ ।
De svarte dem og sa: Ja, nettop nu er han her. Skynd dig nu! Idag er han kommet til byen, fordi folket idag holder offerfest på haugen.
13 खानलाई उहाँ उच्‍च स्थानमा जानुअघि नै, तपाईंहरूले सहर पस्‍नेबित्तिकै उहाँलाई भेट्नुहुनेछ । उहाँ नआएसम्म मानिसहरूले खाने छैनन्, किनभने उहाँले बलिदानलाई आशिर्वाद दिनुहुनेछ । त्यसपछि मात्र निम्ताइएकाहरूले खानेछन् । अहिले माथि गइहाल्नुहोस्, तपाईंहरूले उहाँलाई तुरुन्तै भेट्नुहुनेछ ।”
Når I kommer inn i byen, finner I ham straks før han går op på haugen til måltidet; for folket går ikke til bords før han kommer, fordi han skal velsigne offeret; først derefter setter de innbudne sig til bords. Gå bare op! For nettop nu kan I treffe ham.
14 त्यसैले तिनीहरू सहरमा गए । तिनीहरू सहर पस्‍नैलाग्‍दा, उच्‍च स्थनामा जानलाई शमूएल आफूतर्फ आउँदै गरेको तिनीहरूले देखे ।
Så gikk de op til byen, og med det samme de kom inn i byen, kom Samuel ut imot dem for å gå op på haugen.
15 अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः
Men dagen før Saul kom, hadde Herren varslet Samuel og sagt:
16 “भोलि करिब यति बेला, म बेन्यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु र मेरा मानिस इस्राएलका शासक हुनलाई तैंले उसलाई अभिषेक गर्नू । उसले मेरा मानिसहरूलाई पलिश्तीहरूका हातहरूबाट बाचाउनेछन् । किनकि मैले आफ्‍ना मानिसहरूलाई दयादृष्‍टिले हेरेको छु किनभने मदतको लागि तिनीहरूले गरेको पुकारा मैले सुनेको छु ।”
På denne tid imorgen vil jeg sende en mann fra Benjamins land til dig; ham skal du salve til fyrste over mitt folk Israel, og han skal frelse mitt folk av filistrenes hånd; for jeg har sett til mitt folk, fordi deres rop er steget op til mig.
17 जब शमूएलले शाऊललाई देखे, तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “मैले तँलाई भनेको मानिस यही हो । मेरा मानिसहरूमाथि राज्‍य गर्ने मानिस यही हो ।”
Da nu Samuel så Saul, sa Herren til ham: Se, det er den mann om hvem jeg har sagt til dig: Han skal styre mitt folk.
18 तब शाऊल प्रवेशद्वारमा शमूएलको नजिक आए र भने, “दर्शीको घर कहाँ छ मलाई भन्‍नुहोस्?”
Så gikk Saul frem til Samuel midt i porten og sa: Si mig hvor seeren bor!
19 शमूएलले शाऊललाई जवाफ दिए र भने, “दर्शी म नै हुँ । मभन्‍दा अगि-अगि उच्‍च स्थानमा जानुहोस्, किनकि आज तपाईंले मसँग खानुहुनेछ । बिहान भएपछि म तपाईंलाई जान दिनेछु, र तपाईंको मनमा भएका हरेक कुरा म तपाईंलाई भनिदिनेछु ।
Samuel svarte Saul og sa: Jeg er seeren. Gå foran mig op på haugen! I skal ete med mig idag; imorgen tidlig når jeg lar dig fare, skal jeg si dig alt det du tenker på.
20 तिन दिनअघि हराएका तपाईंका गधाहरूको बारेमा, तिनको बारेमा चिन्ता नगर्नुहोस्, किनकि ती भेट्टाइएका छन् । अनि इस्राएलको सबै इच्‍छाहरू कसमाथि छ? के तपाईं र तपाईंका बुबाको घरानामाथि होइन?”
Og aseninnene som kom bort for dig idag for tre dager siden, dem skal du ikke være urolig for; de er funnet. Og hvem tilhører alt det beste i Israel om ikke dig og hele din fars hus?
21 शाऊलले जवाफ दिए र भने, “के इस्राएलका कुलहरूमध्ये सबभन्दा सानो बेन्यामीनको म होइन? के बेन्यामीनको कुलमा पनि मेरो वंश सबभन्दा सानो होइन र? अनि तपाईंले मलाई किन यसो भन्‍नुहुन्‍छ?”
Saul svarte og sa: Er jeg ikke en benjaminitt, hører jeg ikke til en av de minste blandt Israels stammer, og er ikke min ætt den ringeste av alle ætter i Benjamins stamme? Hvorfor taler du da således til mig?
22 त्यसैले शमूएलले शाऊल र तिनको सेवकलाई लगे र तिनीहरूलाई एउटा कोठाभित्र ल्याए र करिब तिस जना निम्‍तो पाएकाहरूमध्येको उनीहरूलाई प्रमूख आशनमा तिनले राखे ।
Men Samuel tok Saul og hans dreng og førte dem til festsalen og lot dem sette sig øverst blandt de innbudne - det var omkring tretti menn.
23 शमूएलले भान्सेलाई भने, “'अलग्गै राख' भनी मैले तिमीलाई भनेको भाग ल्‍याऊ ।”
Og Samuel sa til den mann som kokte maten: Kom hit med det stykke jeg gav dig og sa du skulde gjemme!
24 त्यसैले भान्सेले फिला र यसमा भएको सबै ल्याए र शाऊलको सामु राखिदिए । तब शमूएलले भने, “हेर्नुहोस्, जे अलग राखिएको थियो सो तपाईंको अगि राखिएको छ । यो खानुहोस्, किनभने, 'मैले मानिसहरूलाई बोलाएको छु' भनेर मैले भनेको समयदेखि तोकिएको समयसम्म यसलाई तपाईंको निम्ति अलग्गै राखिएको छ ।” त्यसैले त्यस दिन शाऊलले शमूएलसँग खाए ।
Da kom mannen frem med låret og fettet som var på det, og satte det foran Saul; og Samuel sa: Se, her er det som var gjemt, satt frem for dig; et nu! For til denne stund blev det gjemt for dig, dengang jeg sa: Jeg har innbudt folket. Så åt Saul den dag sammen med Samuel.
25 जब तिनीहरू उच्‍च स्थानबाट सहरमा आएका थिए, शमूएलले शाऊलसँग छतमाथि कुरा गरे ।
Derefter gikk de ned fra haugen og inn i byen, og han satt og talte med Saul på taket.
26 त्यसपछि शामूएलले शाऊललाई बिहान छतमाथि बोलाए र भने, “उठ्नुहोस्, यसरी म तपाईंलाई आफ्‍नो बाटो पठाउनेछु ।” त्यसैले शाऊल उठे, अनि तिनी र शामूएल दुवै जना गल्लीतिर गए ।
Tidlig om morgenen, med det samme det tok til å dages, kalte Samuel Saul op på taket og sa: Gjør dig rede, så vil jeg følge dig på veien. Så gjorde Saul sig rede, og de gikk ut sammen, han og Samuel.
27 जसै तिनीहरू सहरको छेउतिर पुग्‍नै लागे, शमूएलले शाऊललाई भने, “सेवकलाई हामीभन्‍दा अगि जाने आज्ञा गर्नुहोस्”— र ऊ अगि गयो— “तर तपाईं केही क्षण यहीं रहनुपर्छ, ताकि तपाईंलाई परमेश्‍वरको सन्देश म भन्‍नेछु ।”
Da de nu kom ned til utkanten av byen, sa Samuel til Saul: Si til drengen at han skal gå foran oss - og han gikk - men stå du nu her! Så vil jeg la dig høre hvad Gud har sagt.

< १ शमूएल 9 >