< १ शमूएल 8 >
1 जब शमूएल वृद्ध भए, तिनले आफ्ना दुई छोरालाई इस्राएलका न्यायकर्ताहरू बनाए ।
When Samuel grew old, he made his sons leaders over Israel.
2 तिनको जेठा छोराको नाउँ योएल थियो र महिलोको नाउँ अबिया थियो । तिनीहरू बेर्शेबामा न्यायकर्ताहरू थिए ।
His first son was named Joel, and his second son was named Abijah. They were rulers in Beersheba.
3 तिनका छोराहरू तिनका मार्गहरूमा हिंडेनन्, तर बेइमानपूर्ण लाभको पछि लागे । तिनीहरूले घूस लिए र न्यायलाई भ्रष्ट बनाए ।
However, his sons did not follow his ways. They were corrupt, making money by accepting bribes and perverting justice.
4 त्यसपछि इस्राएलका सारा धर्म-गुरुहरू भेला भए र रामामा शमूएलकहाँ आए ।
So the elders of Israel all joined together and came to meet Samuel at Ramah.
5 उनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईं वृद्ध हुनुभयो, र तपाईंका छोराहरू तपाईंका मर्गहरूमा हिंड्दैनन् । सबै जातिझैं हाम्रो न्याय गर्न हाम्रा निम्ति एक जना राजा नियुक्त गर्नुहोस् ।”
“Look here,” they told him, “you are old, and your sons do not follow your ways. Choose a king to rule over us like all the other nations.”
6 तर त्यसले शमूएललाई दुःख लाग्यो, जब तिनीहरूले भने, “हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस् ।” त्यसैले शमूएलले परमप्रभुसँग प्रार्थना गरे ।
Samuel thought this was a bad idea when they said, “Give us a king to rule over us,” so he prayed to the Lord about it.
7 परमप्रभुले शमूएललाई भन्नुभयो, “मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् । किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन् ।
“Do what the people tell you,” the Lord said to Samuel, “because it's not you they're rejecting, but me as their king.
8 तिनीहरूले मलाई त्यागेका र अरू देवताहरूको सेवा गरेर मैले तिनीहरूलाई मिश्रबाट ल्याएदेखि गरेजस्तै तिनीहरूले गरिरहेका छन्, र त्यसैले तिनीहरूले तँलाई पनि त्यसै गर्दैछन् ।
They're doing just as they have always done since I led them out of Egypt right up to now. They have abandoned me and worshiped other gods, and they're doing just the same to you.
9 अब तिनीहरूको कुरा सुन । तर तिनीहरूलाई गम्भीरपूर्वक चेताउनी दे र राजाले जसरी तिनीहरूमाथि राज्य गर्नेछन्, त्यो तिनीहरूले राम्ररी जानून् ।”
So do what they want, but give them a solemn warning—explain to them what a king will do when he rules over them.”
10 त्यसैले शमूएलले राजाको माग गरिरहेका मानिसहरूलाई परमप्रभुका सबै वचन सुनाए ।
Samuel repeated all that the Lord had said to the people asking him to give them a king.
11 तिनले भने, “तिमीहरूमाथि राज्य गर्ने राजाको प्रचलन यस्तो हुनेछ । उनले तिमीहरूका छोराहरूलाई लानेछन् र आफ्ना रथहरूका निम्ति र घोडचढी हुनलाई र आफ्ना रथहरूको अगि-अगि दौडनलाई उनले तिनीहरूलाई नियुक्त गर्ने छन् ।
“This is what a king will do when he rules over you,” he told them. “He will take your sons and make them serve as charioteers and horsemen, and to run as a guard in front of his chariot.
12 उनले आफ्नो निम्ति हजारका कप्तानहरू र पचासका कप्तानहरू नियुक्त गर्नेछन् । कसैलाई आफ्नो जमिन जोत्न, कसैलाई आफ्नो अन्न कटानी गर्न र कसैलाई आफ्नो युद्धको हतियारहरू अनि आफ्ना रथहरूको सरसामान बनाउन लगाउनेछन् ।
Some of them he will make commanders of thousands and commanders of fifties, and some will have to plow his fields and reap his harvest. Some will be assigned to making weapons of war and chariot equipment.
13 उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खाना बनाउने र रोटी बनाउने हुनलाई लिनेछन् ।
He will take your daughters and have them work as perfume-makers, cooks, and bakers.
14 उनले तिमीहरूका उत्तम खेतहरू, दाखबारीहरू र जैतूनका बगैंचाहरू लिनेछन् र ती आफ्ना सेवकहरूलाई दिनेछन् ।
He will take your best fields, vineyards, and olive groves and give them to his officials.
15 उनले तिमीहरूका अन्नको र दाखबारीहरूको दशौं भाग लिनेछन् र आफ्ना अधिकारीहरू र आफ्ना सेवकहरूलाई दिनेछन् ।
He will take a tenth of your grain harvest and the produce of your vineyards and allocate it to his chief officers and officials.
16 उनले तिमीहरूका सेवक-सेविकाहरू, र तिमीहरूका उत्तम जवान पुरुषहरू तथा तिमीहरूका गधाहरू लिनेछन् । तिनीहरू सबैलाई उनले आफ्नो काममा लगाउनेछन् ।
He will take your male servants and your female servants, and your best young men and your donkeys, and make them work for him.
17 उनले तिमीहरूका बगालहरूको दशौं भाग लिनेछन्, र तिमीहरू उनका दासहरू हुनेछौ ।
He will take a tenth of your flocks, and you yourselves will be his slaves.
18 त्यसपछि त्यो दिन आफ्नो निम्ति छानेका तिमीहरूका राजाको कारणले तिमीहरूले पुकारा गर्नेछौ । तर परमप्रभुले त्यो दिनमा तिमीहरूलाई जवाफ दिनुहुनेछैन ।”
On that day you will plead to be rescued from the king you have chosen, but the Lord won't answer you then.”
19 तर मानिसहरूले शमूएलको कुरा सुन्न इन्कार गरे । तिनीहरूले भने, “होइन, हामीमाथि एक जना राजा हुनैपर्छ ।
But the people refused to listen to what Samuel said. “No!” they insisted. “We want our own king!
20 ताकि हामी अरू जातिहरूजस्तै हुन सक्नेछौं, अनि यसरी हाम्रा राजाले हाम्रो न्याय गर्नेछन् र हाम्रो निम्ति युद्ध गर्न हाम्रो अगि-अगि जानेछन् ।”
That way we can be like all the other nations. Our king will rule us, and will lead us when we go out to fight our battles.”
21 जब शमूएलले मानिसहरूको सबै कुरा सुने, तब तिनले ती परमप्रभुले सुन्ने गरी दोहोर्याए ।
Samuel listened to everything the people said and repeated it to the Lord.
22 परमप्रभुले शमूएललाई भन्नुभयो, “तिनीहरूका कुरा पालन गर् र कसैलाई तिनीहरूका राजा बना ।” त्यसैले शमूएलले इस्राएलका मानिसहरूलाई भने, “हरेक मानिस आ-आफ्नो सहर जानुपर्छ ।”
The Lord told Samuel, “Do what they say and give them a king.” Then Samuel told the Israelites, “Go back to your homes.”