< १ शमूएल 7 >

1 किर्यत-यारीमका मानसिहरू आएर परमप्रभुको सन्दुकलाई उठाए र डाँडामा भएको अबीनादाबको घरमा त्‍यो ल्‍याए । परमप्रभुको सन्दुकको रेखदेख गर्न तिनको छोरा एलाजारलाई तिनीहरूले अलग गरे ।
مردم قریهٔ یعاریم آمده، صندوق عهد خداوند را به خانهٔ کوهستانی ابیناداب بردند و پسرش العازار را برای نگهداری آن تعیین کردند.
2 त्‍यो बेलादेखि लामो समयसम्म अर्थात् बिस वर्षसम्म त्‍यो सन्दुक किर्यत-यारीममा रह्यो । इस्राएलका सबै घरानाले विलाप गरे र परमप्रभुतिर फर्कने इच्छा गरे ।
صندوق عهد، مدت بیست سال در آنجا باقی ماند. طی آن مدت، بنی‌اسرائیل در ماتم بودند، زیرا خداوند ایشان را ترک گفته بود.
3 शमूएलले इस्राएलका सारा घरानालाई भने, “तिमीहरू आफ्ना सारा हृदयले परमप्रभुतिर फर्किन्छौ, विदेशी देवताहरू र अश्तोरेतलाईतिमीहरूका माझबाट हटाउँछौ, आफ्‍नो हृदयलाई परमप्रभुतिर फर्काउँछौ र उहाँको मात्र आराधना गर्छौ भने, उहाँले तिमीहरूलाई पलिश्‍तीहरूको हातबाट छुटकारा दिनुहुनेछ ।”
سموئیل به بنی‌اسرائیل گفت: «اگر با تمام دل به سوی خداوند بازگشت نمایید و خدایان بیگانه و عشتاروت را از میان خود دور کنید و تصمیم بگیرید که فقط خداوند را اطاعت و عبادت نمایید، آنگاه خدا هم شما را از دست فلسطینی‌ها نجات خواهد داد.»
4 त्यसपछि एस्राएलका मानिसहरूले बाल र अश्तोरेत हटाए र परमप्रभुको मात्र आराधना गरे ।
پس آنها بتهای بعل و عشتاروت را نابود کردند و فقط خداوند را پرستش نمودند.
5 तब शमूएलले भने, “सबै इस्राएललाई मिस्‍पामा भेला गर र म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु ।”
سپس، سموئیل به ایشان گفت: «همهٔ شما به مصفه بیایید و من برای شما در حضور خداوند دعا خواهم کرد.»
6 तिनीहरू मिस्‍पामा भेला भए, पानी भरे र परमप्रभुको सामु खन्याए । त्यस दिन तिनीहरू उपवास बसे र भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं ।” शमूएलले त्यहाँ नै इस्राएलका मानिसहरूको विवादहरूमा फैसला गरे अनि मानिसहरूलाई नेतृत्व गरे ।
بنابراین همهٔ آنها در مصفه جمع شدند. سپس از چاه آب کشیدند و به حضور خداوند ریختند و تمام روز را روزه گرفته، اعتراف کردند که به خداوند گناه کرده‌اند. و سموئیل در مصفه به رهبری بنی‌اسرائیل تعیین شد.
7 जब इस्राएलका मानिसहरू मिस्पामा भला भएका छन् भन्‍ने पलिश्तीहरूले सुने, पलिश्तीहरूका शासकहरूले इस्राएललाई आक्रमण गरे । जब इस्राएलका मानिसहरूले यो सुने, तिनीहरू पलिश्तीहरूसँग डराए ।
وقتی رهبران فلسطینی شنیدند که بنی‌اسرائیل در مصفه گرد آمده‌اند، سپاه خود را آمادهٔ جنگ کرده، عازم مصفه شدند. هنگامی که قوم اسرائیل متوجه شدند که فلسطینی‌ها نزدیک می‌شوند، بسیار ترسیدند.
8 त्यसपछि इस्राएलका मानिसहरूले शमूएललाई भने, “हाम्रो निम्ति परमप्रभुसँग पुकारा गर्न नछोड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबट बचाउनुहुनेछ ।”
آنها از سموئیل خواهش نموده، گفتند: «از دعا کردن به درگاه خداوند دست نکش تا او ما را از دست فلسطینی‌ها نجات دهد.»
9 शमूएलले दूधे थुमालाई लिए र यसलाई परमप्रभुको निम्ति पुरै होमबलिको रूपमा चढाए । तब शमूएलले इस्राएलको निम्ति परमप्रभुसँग पुकारा गरे र परमप्रभुले जवाफ दिनुभयो ।
سموئیل برهٔ شیرخواره‌ای را به عنوان قربانی سوختنی به خداوند تقدیم کرد و از او درخواست نمود تا اسرائیلی‌ها را برهاند. خداوند دعای او را اجابت فرمود.
10 शमूएलले होमबलि चढाउँदै गर्दा पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न आए । तर त्यस दिन पलिश्तीहरूको विरुद्धमा ठुलो गर्जनसहित परमप्रभु गर्जनुभयो र तिनीहरूलाई गोलमालमा पार्नुभयो, र तिनीहरू इस्राएलको सामुबाट भागे ।
درست در همان لحظه‌ای که سموئیل مشغول قربانی کردن بود، فلسطینی‌ها وارد جنگ شدند. اما خداوند از آسمان مانند رعد بانگ برآورد و فلسطینی‌ها پریشان شده، از اسرائیلی‌ها شکست خوردند.
11 इस्राएलका मानिसहरू मिस्पाबाट गए र तिनीहरूले पलिश्तीहरूलाई लखेटे र उनीहरूलाई बेथ-करको मुनिसम्म मारे ।
اسرائیلی‌ها آنها را از مصفه تا آن سوی بیت‌کار تعقیب نموده، در طول راه همه را هلاک کردند.
12 त्यसपछि शमूएलले एउटा ढुङ्गा लिए र मिस्पा र शेनको बिचमा त्‍यो खडा गरे । तिनले यसो भने, “परमप्रभुले हामीलाई यहाँसम्म सहायता गर्नुभएको छ ।”
آنگاه سموئیل سنگی گرفته، آن را بین مصفه و شن بر پا داشت و گفت: «تا به حال خداوند ما را کمک کرده است.» و آن سنگ را ابن‌عزر (یعنی «سنگ کمک») نامید.
13 यसरी पलिश्तीहरूलाई अधीन गरियो र तिनीहरू इस्राएलको सिमानाभित्र प्रवेश गरेनन् । शमूएलको समयभरि नै परमप्रभुको हात पलिश्तीहरूको विरुद्धमा थियो ।
پس فلسطینی‌ها مغلوب شدند و تا زمانی که سموئیل زنده بود دیگر به اسرائیلی‌ها حمله نکردند، زیرا خداوند بر ضد فلسطینی‌ها عمل می‌کرد.
14 पलिश्तीहरूले इस्राएलबाट कब्जा गरेका एक्रोनदेखि गातसम्मका नगरहरू पुनर्स्थपना गरियो । इस्राएलले पलिश्तीहरूबाट आफ्‍ना इलाका फिर्ता लियो । अनि इस्राएल र एमोरीहरू बिच शान्ति थियो ।
شهرهای اسرائیلی، واقع در بین عقرون و جت که به دست فلسطینی‌ها افتاده بودند، دوباره به تصرف اسرائیل درآمدند. در میان اسرائیلی‌ها و اموری‌ها نیز در آن روزها صلح برقرار بود.
15 शमूएलले आफ्‍नो जीवनकालभरि नै इस्राएलको न्याय गरे ।
سموئیل تا پایان عمرش داور بنی‌اسرائیل باقی ماند.
16 तिनी हरेक वर्ष बेथेल, गिलगाल र मिस्पाको फेरो मार्थे । यी सबै ठाउँहरूमा इस्राएलका निम्ति तिनले झगडाहरूको फैसला गर्थे ।
او هر سال به بیت‌ئیل، جلجال، و مصفه می‌رفت و در آنجا به شکایات مردم رسیدگی می‌کرد.
17 त्यसपछि तिनी रामामा फर्कन्थे, किनभने तिनको घर त्यहाँ थियो । अनि त्यहाँ पनि तिनले इस्राएलका निम्ति झगडाको फैसला गर्थे । तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी पनि निर्माण गरे ।
بعد به خانهٔ خود در رامه برمی‌گشت و در آنجا نیز به حل مشکلات بنی‌اسرائیل می‌پرداخت. سموئیل در رامه یک مذبح برای خداوند بنا کرد.

< १ शमूएल 7 >