< १ शमूएल 6 >
1 अनि पलिश्तीहरूको देशमा परमप्रभुको सन्दुक सात महिनासम्म रह्यो ।
Herrens ark var i filistrenes land i syv måneder.
2 त्यसपछि पलिश्ती मानिसहरूले पुजारीहरू र जोखाना हेर्नेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई भने, “परमप्रभुको सन्दुकलाई हामीले के गर्नुपर्छ? हामीले त्यसको आफ्नै देशमा त्यो कसरी पठाउनुपर्छ हामीलाई भन्नुहोस् ।
Da tilkalte filistrene prestene og spåmennene og sa: Hvad skal vi gjøre med Herrens ark? Si oss hvorledes vi skal sende den fra oss tilbake til dens plass!
3 पुजारीहरू र जोखाना हेर्नेहरूले भने, “तपाईंहरूले परमेश्वरको सन्दुक फिर्ता पठाउनु हुन्छ भने, कुनै उपहारविना नपठाउनुहोस् । कुनै पनि हालतमा उहाँलाई दोषबलिसहित पठाउनुहोस् । तब तपाईंहरू निको हुनुहुनेछ र अहिलेसम्म उहाँको हात तपाईंहरूबाट किन नहटाइएको रहेछ भनी तपाईंहरूले जान्नुहुनेछ ।”
De svarte: Dersom I sender Israels Guds ark bort, må I ikke sende den uten gaver, men I skal gi ham et skyldoffer til vederlag; da skal I bli lægt, og I skal få vite hvorfor hans hånd ikke viker fra eder.
4 तब तिनीहरूले भने, “हामीले उहाँलाई फर्काइ रहँदा दोषबलि के हुनुपर्छ?” तिनीहरूले जवाफ दिए, “पलिश्तीहरूको शासकहरूको संख्या जति छ त्यति नै सङ्ख्यामा सुनका पाँच गिर्खा र सुनका पाँच मूसाहरू बनाउनुहोस् । किनकि तपाईंहरू र तपाईंका शासकहरूलाई त्यही रूढीले प्रहार गर्यो ।
Da sa de: Hvad er det for et skyldoffer vi skal gi ham til vederlag? De svarte: Fem bylder av gull og fem mus av gull, efter tallet på filistrenes høvdinger; for det er en og samme plage som har rammet alle, også eders høvdinger.
5 यसैले तपाईंहरूले आफ्ना गिर्खाहरूको नमूनाहरू र देशलाई नाश पार्ने आफ्ना मूसाहरूको नमूनाहरू बनाउनुपर्छ र इस्राएलका परमेश्वरलाई महिमा दिनुपर्छ । सायद उहाँले आफ्नो हात तपाईंहरूबाट, तपाईंका देवाताहरूबाट र तपाईंको देशबाट हटाउनुहुनेछ ।
I skal gjøre billeder av eders bylder og billeder av musene som ødelegger eders land, og gi Israels Gud ære; kanskje han da tar sin tunge hånd bort fra eder og fra eders gud og fra eders land.
6 जसरी मिश्रीहरू र फारोले आफ्नो हृदय कठोर पारे त्यसरी तपाईंहरूले किन आफ्नो हृदय कठोर पार्नुहुन्छ? त्यस बेला परमेश्वरले तिनीहरूसँग कठोर व्यवहार गर्नुभयो । के मिश्रीहरूले मानिसहरू पठाएनन्, अनि तिनीहरूले छोडेर आएनन् र?
Hvorfor vil I forherde eders hjerte, likesom egypterne og Farao forherdet sitt hjerte. Måtte de ikke la dem fare og dra bort da han hadde latt dem få kjenne sin makt?
7 अब एउटा नयाँ गाडासँगै कहिल्यै जुवा नलागाइएका दुई वटा दुहुना गाई तयार पार्नुहोस् । गाईहरूलाई गाडामा बाँध्नुहोस्, तर तिनीहरूका बाछाबाछीलाई तिनीहरूबाट छुट्टाएर घरमा नै राख्नुहोस् ।
Ta nu og gjør en ny vogn, og ta så to nybære kyr som det ikke er kommet åk på, og spenn kyrne for vognen, men ta kalvene fra dem og før dem hjem!
8 तब परमप्रभुको सन्दुक लिनुहोस् र त्यसलाई गाडामा राख्नुहोस् । तपाईंहरूले दोषबलिको रूपमा उहाँलाई फर्काउने ती सुनका आकृतिहरूलाई त्यसको छेउमा एउटा बाकसमा राख्नुहोस् । अनि त्यसलाई पठाउनुहोस् र यसलाई आफ्नो बाटो जान दिनुहोस् ।
Så skal I ta Herrens ark og sette den på vognen, og de gullsaker som I gir ham til skyldoffer, skal I legge i et skrin ved siden av den og så sende den avsted.
9 त्यसपछि हेर्नुहोस्, त्यो बेथ-शेमेशतिर आफ्नै देशको बाटो जान्छ भने, यत्रो ठुलो विपत्ति परमप्रभुले नै ल्याउनुभएको रहेछ । तर होइन भने, हामीले जान्नेछौं कि हामीलाई प्रहार गर्ने उहाँको हात होइन । बरु, संयोगले त्यसो भएको रहेछ भनी हामी जान्नेछौं ।
Så skal I se efter om den tar veien opover til sitt eget land, til Betsemes; for da er det han som har voldt oss denne store ulykke; men hvis ikke, så vet vi at det ikke er hans hånd som har rammet oss; da er det bare et tilfelle at dette har hendt oss.
10 मानिसहरूलाई भनेअनुसार उनीहरूले गरे । उनीहरूले दुई वटा दुहुना गाईहरू लिए र तिनका बाछाबाछीलाई घरमा नै थुने ।
Og mennene gjorde således: De tok to nybære kyr og spente dem for vognen, men kalvene holdt de tilbake hjemme.
11 उनीहरूले परमप्रभुको सन्दुक, साथै सुनका मूसाहरू र उनीहरूका गिर्खाको आकृतिहरू भएको बाकसलाई उक्त गाडामा राखे ।
Så satte de Herrens ark på vognen og likeså skrinet og gullmusene og billedene av sine bylder.
12 गाईहरू सोझै बेथ-शेमेशको दिशातिर गए । ती गाईहरू कराउँदै गए तर दाँया र बाँया कतैतिर नलागी, तिनीहरू लोकमार्ग हुँदै गए । पालिश्तीहरूका शासकहरू बेथ-शेमेशको सिमानासम्म नै तिनीहरूको पछि-पछि गए ।
Og kyrne gikk rett frem efter veien som førte til Betsemes; de holdt stadig samme vei og rautet alt i ett og bøide ikke av hverken til høire eller til venstre, og filistrenes høvdinger gikk efter dem like til Betsemes-bygden.
13 यति बेला बेथ-शेमेशका मानिसहरूले बेसीमा गाहुँको कटानी गरिरहेका थिए। तिनीहरूले आफ्ना आँखा उठाए र सन्दुकलाई हेरे र तिनीहरू आनन्दित भए ।
Innbyggerne i Betsemes var nettop i ferd med å høste hveten i dalen; og da de så op, fikk de se arken, og de blev glade da de så den.
14 बेथ-शेमेशको नगरबाट त्यो गाडा यहोशूको खेतमा आयो र त्यहाँ नै रोकियो । त्यहाँ एउटा ठुलो ढुङ्गा थियो, र तिनीहरूले गाडाको काठ चिरे र ती गाईहरूलाई परमप्रभुको निम्ति होमबलि चढाए ।
Da vognen kom inn på betsemesitten Josvas mark, stanset den der. Der lå en stor sten. Da hugg de treverket i vognen i stykker og ofret kyrne til brennoffer for Herren.
15 लेवीहरूले परमप्रभुको सन्दुक र यससँगैको सुनका आकृतिहरू भएको बाकसलाई निकाले र तिनलाई त्यो ठुलो ढुङ्गामाथि राखे । बेथ-शेमेशका मानिसहरूले परमप्रभुलाई त्यसै दिन होमबलि र बलिदानहरू चढाए ।
Og levittene tok ned Herrens ark og skrinet som stod ved den, det som gullsakene var i, og de satte dem på den store sten, og Betsemes' menn ofret samme dag brennoffer og slaktoffer til Herren.
16 जब पलिश्तीहरूका पाँच जना शासकहरूले यो देखे, तब तिनीहरू एक्रोनमा फर्के ।
Filistrenes fem høvdinger så på dette og vendte samme dag tilbake til Ekron.
17 पलिश्तीहरूले अश्दोदको निम्ति एउटा, गाजाको निम्ति एउटा, अश्कलोनको निम्ति एउटा, गातको निम्ति एउटा र एक्रोनको निम्ति एउटा गरी परमप्रभुलाई दोषबलिको रूपमा फर्काएका सुनका गिर्खाहरू यिनै हुन् ।
Dette var de bylder av gull som filistrene gav som skyldoffer til Herren: for Asdod én, for Gasa én, for Askalon én, for Gat én, for Ekron én.
18 सुनका मूसाहरू पलिश्ती शासकहरूका अधीनमा रहेका सबै किल्लाबन्दी गरिएका सहरहरू र गाउँहरूको संख्याअनुसार थिए । तिनीहरूले परमप्रभुको सन्दुक राखेका त्यो ठुलो ढुङ्गा बेथशेमेशीका यहोशूको खेतमा आजको दिनसम्म पनि साक्षीको रूपमा रहेको छ ।
Og gullmusene svarte til tallet på alle filistrenes byer som tilhørte de fem høvdinger, både de faste byer og landsbyene. Vidne herom er den dag idag den store sten på betsemesitten Josvas mark som de satte Herrens ark på.
19 परमप्रभुले बेथ-शेमेशका केही मानिसहरूलाई आक्रमण गर्नुभयो किनभने तिनीहरूले परमप्रभुको सन्दुकभित्र हेरेका थिए । उहाँले पचास हजार सत्तरी मानिसहरू मार्नुभयो । मानिसहरूले विलाप गरे, किनभने परमप्रभुले मानिसहरूलाई ठुलो आघात पुर्याउनुभएको थियो ।
Men Herren slo nogen av mennene i Betsemes fordi de hadde sett på Herrens ark - sytti mann av folket slo han; og folket sørget fordi Herren hadde slått så mange av folket ihjel.
20 बेथ-शेमेशका मानिसहरूले भने, “यो पवित्र परमप्रभुको परमेश्वर सामु को खडा हुन सक्छ? तो सन्दुक हामीबाट कसकहाँ जानेछ?
Og mennene i Betsemes sa: Hvem kan holde stand for Herrens, denne hellige Guds åsyn, og til hvem skal han dra op fra oss?
21 किर्यत-यारीमका बासिन्दाहरूकहाँ यसो भनेर तिनीहरूले दूतहरू पठाए, “पलिश्तीहरूले परमप्रभुको सन्दुक फिर्ता ल्याएका छन् । तल आउनुहोस् र त्यो आफ्नो साथमा लानुहोस् ।”
Så sendte de bud til innbyggerne i Kirjat-Jearim og lot si: Filistrene har ført Herrens ark tilbake; kom ned og hent den op til eder!