< १ शमूएल 5 >
1 यति बेला पलिश्तीहरूले परमेश्वरको सन्दुक कब्जा गरेका, र तिनीहरूले त्यो एबेन-एजेरबाट अश्दोदमा ल्याएका थिए ।
ペリシテびとは神の箱をぶんどって、エベネゼルからアシドドに運んできた。
2 पलिश्तीहरूले परमेश्वरको सन्दुक लगे, दागोनको मन्दिरमा त्यो ल्याए र दागोनको नजिकै राखे ।
そしてペリシテびとはその神の箱を取ってダゴンの宮に運びこみ、ダゴンのかたわらに置いた。
3 जब अश्दोदका मानिसहरू अर्को दिन बिहान सबेरै उठे, हेर, दागोन त परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो । त्यसैले तिनीहरूले दागोनलाई उठाए र त्यसलाई आफ्नै स्थानमा खडा गरे ।
アシドドの人々が、次の日、早く起きて見ると、ダゴンが主の箱の前に、うつむきに地に倒れていたので、彼らはダゴンを起して、それをもとの所に置いた。
4 तर जब तिनीहरू अर्को बिहान सबेरै उठे, हेर, दागोन परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो । दागोनको शिर र दुवै हातहरू टुक्रिएर ढोकामा अलपत्र थियो । दागोनको जिउ मात्र बाँकी रहेको थियो ।
その次の朝また早く起きて見ると、ダゴンはまた、主の箱の前に、うつむきに地に倒れていた。そしてダゴンの頭と両手とは切れて離れ、しきいの上にあり、ダゴンはただ胴体だけとなっていた。
5 यसैकारण आज पनि दागोनको भवनमा आउने दागोनका पुजारीहरू र कसैले पनि अश्दोदको दागोनको ढोकामा टेक्दैनन् ।
それゆえダゴンの祭司たちやダゴンの宮にはいる人々は、だれも今日にいたるまで、アシドドのダゴンのしきいを踏まない。
6 अश्दोदका मानिसहरूमाथि परमप्रभुको हात भारी भयो । उहाँले तिनीहरूलाई विनाश पार्नुभयो, अनि अश्दोद र त्यसको वरिपरि क्षेत्रहरूमा गिर्खाको रूढीले प्रहार गर्नुभयो ।
そして主の手はアシドドびとの上にきびしく臨み、主は腫物をもってアシドドとその領域の人々を恐れさせ、また悩まされた。
7 जे भइरहेको थियो त्यो कुरा जब अश्दोदका मानिसहरूले थाहा पाए, तब तिनीहरूले भने, “इस्राएलका परमेश्वरको सन्दुक हामीसँग रहनु हुँदैन, किनभने हामी र हाम्रो देवता दागोनको विरुद्धमा उहाँको हात भारी भएको छ ।”
アシドドの人々は、このありさまを見て言った、「イスラエルの神の箱を、われわれの所に、とどめ置いてはならない。その神の手が、われわれと、われわれの神ダゴンの上にきびしく臨むからである」。
8 त्यसैले तिनीहरूले बोलाउन पठाए र पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्वरको सन्दुकलाई हामीले के गर्नुपर्छ?” तिनीहरूले जवाफ दिए, “इस्राएलका परमेश्वरको सन्दुकलाई गातमा नै ल्याइयोस् ।” त्यसैले तिनीहरूले इस्राएलका परमेश्वरको सन्दुकलाई बोकेर त्यहाँ ल्याए ।
そこで彼らは人をつかわして、ペリシテびとの君たちを集めて言った、「イスラエルの神の箱をどうしましょう」。彼らは言った、「イスラエルの神の箱はガテに移そう」。人々はイスラエルの神の箱をそこに移した。
9 तर तिनीहरूले त्यो वरिपरि ल्याएपछि, परमप्रभुको हात त्यो सहरको विरुद्धमा परेर ठुलो गोलमाल गोलमाल भयो । उहाँले सहरका साना र ठुला सबै मानिसहरूलाई प्रहार गर्नुभयो । अनि तिनीहरूमा गिर्खाको रूढी फैलियो ।
彼らがそれを移すと、主の手がその町に臨み、非常な騒ぎが起った。そして老若を問わず町の人々を撃たれたので、彼らの身に腫物ができた。
10 त्यसैले तिनीहरूले परमेश्वरको सन्दुकलाई एक्रोनमा पठाए । तर परमेश्वरको सन्दुक एक्रोनमा आउने बित्तिकै, एक्रोनीहरूले यसो भन्दै कराए, “तिनीहरूले हामी र हाम्रा मानिसहरूलाई मार्नलाई इस्राएलका परमेश्वरको सन्दुक हामीकहाँ ल्याएका छन् ।”
そこで人々は神の箱をエクロンに送ったが、神の箱がエクロンに着いた時、エクロンの人々は叫んで言った、「彼らがイスラエルの神の箱をわれわれの所に移したのは、われわれと民を滅ぼすためである」。
11 त्यसैले तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए र भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्वरको सन्दुकलाई पठाइदिनुहोस्, र यो आफ्नै ठाउँतिर फर्कोस्, ताकि त्यसले हामी र हाम्रा मानिसहरूलाई नमारोस् ।” किनकि सहरभरि भयङ्कर मृत्युको त्रास फैलिएको थियो । त्यहाँ परमेश्वरको हात धेरै भारी पर्यो ।
そこで彼らは人をつかわして、ペリシテびとの君たちをみな集めて言った、「イスラエルの神の箱を送り出して、もとの所に返し、われわれと民を滅ぼすことのないようにしよう」。恐ろしい騒ぎが町中に起っていたからである。そこには神の手が非常にきびしく臨んでいたので、
12 नमरेका मानिसहरूमा गिर्खाको रूढी आइपर्यो र सहरको क्रन्दन आकाशसम्मै पुग्यो ।
死なない人は腫物をもって撃たれ、町の叫びは天に達した。