< १ शमूएल 31 >
1 यति बेला पलिश्तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका मानिसहरू पलिश्तीहरूका सामुबाट भागे र गिल्बो डाँडामा मरे ।
Filistarane gjekk på i striden mot Israel. Israels-mennerne rømde undan for filistarane, og det låg mange falne på Gilboafjellet.
2 पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।
Filistarane sette etter Saul og sønerne hans. Og filistarane felte Jonatan, Abinadab og Malkisua, Sauls-sønerne.
3 युद्ध शाऊलको विरुद्धमा निकै भारी पर्यो र धनुर्धारीहरूले तिनलाई भेट्टाए । तिनीहरूका कारणले गर्दा तिनी घोर पीडामा परे ।
Saul sjølv kom upp i ein hard strid. Og nokre bogeskyttarar råka innpå honom. Saul vreid seg i rædsla for skyttarane.
4 तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुत र त्यसले मलाई छेडिदे । नत्रता यी बेखतनाहरू आउनेछन् र मलाई दुर्व्यवहार गर्नेछन् ।” तर तिनका हतियार बोक्नेले त्यसो गरेन, किनकि ऊ साह्रै डराएका थियो । त्यसैले शाऊलले आफ्नै तरवार लिए र यसमाथि उनिए ।
Og han baud våpnsveinen sin: «Drag sverdet ditt, og støyt det gjenom meg, so ikkje desse u-umskorne skal koma og drepa meg, og skamfara meg!» Men våpnsveinen vilde ikkje; han var altfor rædd. Då tok Saul sverdet sjølv og stupte seg på det.
5 जब तिनका हतियार बोक्नेले शाऊल मरेको देखे, तिनी पनि त्यसैगरी आफ्नो तरवारमा उनिएर तिनीसँगै मरे ।
Då våpnsveinen såg Saul var dåen, stupte han seg ogso på sitt sverd og fylgde honom i dauden.
6 यसरी शाऊल, तिनका तिन जना छोरा र तिनका हतियार बोक्ने मरे— यी मानिसहरू सबै त्यसै दिन मरे ।
Den dagen fall dei alle i hop, Saul og dei tri sønerne hans og våpnsveinen, og sameleis alle mennerne hans.
7 जब मैदानको पारीपट्टि भएका इस्राएलका मानिसहरू र यर्दनको पारिपट्टि भएकाहरूले इस्राएलका मानिसहरू भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरूले आफ्ना सहरहरू छाडे र भागे, अनि पलिश्तीहरू आए र तिनीहरूमा बसोबास गरे ।
Og då Israels-mennerne på hi sida dalen og på hi sida Jordan gådde at Israels-mennerne hadde rømt, og at Saul og sønerne hans var falne, so rømde dei ut or byarne sine; og filistarane kom og busette seg der.
8 भोलिपल्ट यसो भयो, जब पलिश्तीहरू मृतकहरूलाई लूट्न आए तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मृत फेला पारे ।
Dagen etter kom filistarane og plundra liki. Dei fann Saul og dei tri sønerne hans liggjande på Gilboafjellet.
9 तिनीहरूले उनको शिर काटे, उनको हतियार लूटे र आफ्ना मूर्तीहरूका मन्दिरहरू र मानिसहरूकहाँ समाचार लैजानलाई पलिश्तीहरूका देशभरि दूतहरू पठाए ।
Dei hogg hovudet av honom, og rana våpni hans og sende rundt i Filistarlandet, og let forkynna fagnadbodet i templi åt avgudarne sine og millom folket.
10 उनका हतियारलाई तिनीहरूले अश्तोरेतको मन्दिरमा राखे र तिनीहरूले उनको शरीरलाई बेथ-शानको सहरको पर्कालमा बाँधे ।
Dei lagde våpni hans i Astarte-templet; og liket hans hengde dei upp på bymuren i Bet-San.
11 जब याबेश-गिलादका बासिन्दाहरूले पलिश्तीहरूले शाऊललाई गरेका कुरा सुने,
Då folket i Jabes i Gilead høyrde gjete det filistarane hadde gjort med Saul,
12 तब सबै लडाकु मानिसहरू उठे र रातभरि यात्रा गरेर गए अनि शाऊल र तिनका छोराहरूको शरीर बेथ-शानको पर्खालबाट ल्याए । तिनीहरू याबेशमा गए र तिनीहरूलाई जलाए ।
tok dei i veg, alle våpnføre karar, gjekk heile natti, tok ned frå muren i Bet-San Sauls lik og liki av sønerne hans, for so til Jabes og brende liki der.
13 त्यसपछि तिनीहरूले उनीहरूका हड्डीहरू लिए र तिनलाई याबेशको झ्याउको रूखमुनि गाडे अनि तिनीहरू सात दिनसम्म उपवास बसे ।
So tok dei og grov beini deira ned under tamariska i Jabes og heldt fasta i sju dagar.