< १ शमूएल 30 >
1 जब दाऊद र तिनका मानिसहरू तेस्रो दिनमा सिक्लगमा आए, अमालेकीहरूले नेगेव र सिक्लगलाई लूटेका थिए । तिनीहरूले सिग्लगलाई आक्रमण गरे र त्यसलाई आगोले लगाए,
E Quando Davi e os seus vieram a Ziclague o terceiro dia, os de Amaleque haviam invadido o sul e a Ziclague, e haviam assolado a Ziclague, e posto-a a fogo.
2 र यसमा भएका स्त्रीहरू र साना-ठुला हरेकलाई कब्जा गरे । तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरू आफ्नो बाटो जाँदा तिनीहरूलाई लिएर गए ।
E haviam-se levado cativas às mulheres que estavam nela, desde a menor até a maior; mas a ninguém haviam matado, mas sim levado, e ido seu caminho.
3 जब दाऊद र तिनका मानिसहरू त्यो सहरमा आए, यसलाई जलाइएको थियो र तिनीहरूका पत्नीहरू, छोराहरू र छोरीहरूलाई कैदीको रूपमा लगिएका थियो ।
Veio, pois Davi com os seus à cidade, e eis que estava queimada a fogo, e suas mulheres e seus filhos e filhas levadas cativas.
4 जब दाऊद र तिनीसँग भएका मानिसहरू डाँको छोडेर तिनीहरूमा रुने शक्ति नै नभएसम्म रोए ।
Então Davi e a gente que com ele estava, levantaram sua voz e choraram, até que lhes faltaram as forças para chorar.
5 दाऊदका दुवै पत्नीहरू यिजरेली अहीनोम र कार्मेली नाबालकी पत्नी अबीगेललाई कैदीको रूपमा लगिएका थियो ।
As duas mulheres de Davi, Ainoã jezreelita e Abigail a que foi mulher de Nabal do Carmelo, também eram cativas.
6 दाऊद साह्रै व्याकु भए, किनभने मानिसहरूले तिनलाई ढुङ्गाले हान्ने कुरा गरिरहेका थिए, किनकि सबै मानिसहरूको मन आ-आफ्नो छोराहरू र छोरीहरूका निम्ति तितो भएको थियो । तर दाऊदले परमप्रभु परमेश्वरमा आफूलाई शक्तिशाली बनाए ।
E Davi foi muito angustiado, porque o povo falava de apedrejá-lo; porque todo aquele povo estava com ânimo amargo, cada um por seus filhos e por suas filhas: mas Davi se esforçou no SENHOR seu Deus.
7 दाऊदले पुजारी अहीमेलेकका छोरा अबीयाथारलाई भने, “बिन्ती छ, यहाँ मकहाँ एपोद ल्याऊ ।” अबीयाथारले दाऊदकहाँ एपोद ल्याए ।
E disse Davi ao sacerdote Abiatar filho de Aimeleque: Eu te rogo que me tragas o éfode. E Abiatar trouxe o éfode a Davi.
8 दाऊदले निर्देशनको निम्ति परमप्रभुसँग यसरी प्रार्थना गरे, “के मैले यो फौजको पिछा गरे भने, म तिनीहरूलाई भेट्टाउन सक्छु?” परमप्रभुले तिनलाई जवाफ दिनुभयो, “खेदेर जा, किनकि तैंले तिनीहरूलाई निश्चय नै भेट्टाउनेछस् र तैंले निश्चय नै सबै थोक छुटाउनेछस् ।”
E Davi consultou ao SENHOR, dizendo: Seguirei esta tropa? Poderei alcançá-la? E ele lhe disse: Segue-a que de certo a alcançarás, e sem falta livrarás a presa.
9 त्यसैले दाऊद, आफू र आफूसँग भएका छ सय जना मानिस लिएर गए । तिनीहरू बसोरको खोल्सामा आए, जहाँ छोडिएकाहरू बसेका थिए ।
Partiu-se, pois, Davi, ele e os seiscentos homens que com ele estavam, e vieram até o ribeiro de Besor, de onde se restaram alguns.
10 तर दाऊदले आफू र आफूसँग भएका चार सय जान मानिसले पिछा गरिरहे, किनकि दुई सय जना पछाडी नै बसे, जो यति धेरै थाकेका थिए, कि तिनीहरू बसोर खोल्सा पारि जान सकेनन् ।
E Davi seguiu o alcance com quatrocentos homens; porque se restaram atrás duzentos, que cansados não puderam passar o ribeiro de Besor.
11 तिनीहरूले एक जना मिश्रीलाई खेतमा भेट्टाए र उसलाई दाऊदकहाँ ल्याए । तिनीहरूले उसलाई रोटी दिए र उसले खायो । तिनीहरूले उसलाई पानी पिउन दिए ।
E acharam no acampamento um homem egípcio, o qual trouxeram a Davi, e deram-lhe pão que comesse, e a beber água;
12 र तिनीहरूले उसलाई एक डल्लो नेभारा र दुई झुप्पा किशमिश दिए । जब उसले ती खाइसक्यो, उसले फेरि शक्ति पायो, किनकि उसले तिन दिन र तिन रातदेखि रोटी खाएको वा पानी पिएको थिएन ।
Deram-lhe também um pedaço de massa de figos secos, e dois cachos de passas. E logo que comeu, voltou nele seu espírito; porque não havia comido pão nem bebido água em três dias e três noites.
13 दाऊदले उसलाई सोधे, “तिमी को हौ? तिमी कहाँबाट आएका हौ?” उसले भन्यो, “म मिश्रको एक जना जवान मानिस, अमालेकीको सेवक हुँ । मेरो मालिकले मलाई छोडे, किनभने तिन दिनअघि म बिरामी भएँ ।
E disse-lhe Davi: De quem és tu? E de onde és? E respondeu o jovem egípcio: Eu sou servo de um amalequita, e deixou-me meu amo hoje há três dias, porque estava enfermo;
14 हामीले करेतीहरूको नेगेव, यहूदाको भाग, कालेबको नेगेवलाई लूट्यौं र सिग्लगमा आगो लगायौं ।”
Pois fizemos uma incursão à parte do sul dos queretitas, e a Judá, e ao sul de Calebe; e pusemos fogo a Ziclague.
15 दाऊदले उसलाई भने, “के तिमीले मलाई यो लूटपाट गर्ने समूहकहाँ लैजान सक्छौ?” त्यो मिश्रीले भने, “तपाईंले मलाई मार्नुहुन्न वा मलाई मेरो मालिकको हातमा सुम्पनुहुन्न भनी परमेश्वरको नाउँमा शपथ खानुहोस् र म तपाईंलाई यो लूटपाट गर्ने समूहकहाँ लानेछु ।”
E disse-lhe Davi: Tu me levarás a essa tropa? E ele disse: Faze-me juramento por Deus que não me matarás, nem me entregarás nas mãos de meu amo, e eu te levarei a essa gente.
16 जब त्यो मिश्रीले दाऊदलाई तल ल्याए, तब लूटपाट गर्नेहरू मैदानभरि छरिएर तिनीहरूले पलिश्तीहरूको देश र यहूदाको देशबाट लिएका सबै लूटका मालको कारणले खाँदै, पिउँदै र नाच्दै थिए ।
Então o levou-o; e eis que estavam dispersos sobre a face de toda aquela terra, comendo e bebendo e fazendo festa, por toda aquela grande presa que haviam tomado da terra dos filisteus, e da terra de Judá.
17 दाऊदले तिनीहरूलाई बिहान सबैरैदेखि अर्को दिनको साँझसम्म नै तिनीहरूलाई आक्रमण गरे । ऊँटमा चढेर भागेका चार सय जना जवान मानिसबाहेक एक जना पनि उम्केनन् ।
E feriu-os Davi desde aquela manhã até à tarde do dia seguinte: e não escapou deles nenhum, a não ser quatrocentos rapazes, que haviam subido em camelos e fugiram.
18 अमालेकीहरूले लगेका सबै थोक दाऊदले पुनः प्राप्त गरे । अनि दाऊदले आफ्नी दुई जना पत्नीलाई पनि छुटाए ।
E livrou Davi tudo o que os amalequitas haviam tomado: e também libertou Davi a suas duas mulheres.
19 कुनै पनि कुरा पनि गुमेनन्, न साना न त ठुला, न छोराहरू न त छोरीहरू, न त लूटपाट गर्नेहरूले कब्जा गरेका कुनै कुरा नै गुम्यो । दाऊदले हरेक कुरा फिर्ता ल्याए ।
E não lhes faltou coisa pequena nem grande, tanto de filhos como de filhas, do roubo, e de todas as coisas que lhes haviam tomado: todo o recuperou Davi.
20 दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।”
Tomou também Davi todas as ovelhas e gados maiores; e trazendo-o todo adiante, diziam: Esta é a presa de Davi.
21 दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे ।
E veio Davi aos duzentos homens que haviam restado cansados e não haviam podido perseguir a Davi, aos quais haviam feito restar no ribeiro de Besor; e eles saíram a receber a Davi, e ao povo que com ele estava. E quando Davi chegou à gente, saudou-os com paz.
22 तब दाऊदसँग गएका सबै दुष्ट र वेकामका मानिसले भने, “यी मानिसहरू हामीसँग नगएका हुनाले हामीले फिर्ता ल्याएका कुनै पनि लूटका मालहरू हामी तिनीहरूलाई दिनेछैनौं । हरेक मानिसले आफ्ना पत्नी र छोराछोरी लिन र तिनीहरूलाई लिएर जान सक्छ ।”
Então todos os maus e perversos dentre os que haviam ido com Davi, responderam e disseram: Pois que não foram conosco, não lhes daremos da presa que tiramos, a não ser a cada um sua mulher e seus filhos; os quais tomem e se vão.
23 तब दाऊदले भने, “मेरा भाइ हो, परमप्रभुले हामीलाई दिनुभएको कुरामा तिमीहरूले यस्तो व्यवहार गर्नुहुँदैन । उहाँले हाम्रो सुरक्षा गर्नुभएको छ र हाम्रो विरुद्धमा आउने लूटपाट गर्नेहरूलाई हाम्रो हातमा सुम्पनुभएको छ ।
E Davi disse: Não façais isso, irmãos meus, do que nos deu o SENHOR; o qual nos guardou, e entregou em nossas mãos a caterva que veio sobre nós.
24 तिमीहरूको यो कुरा कसले सुन्नेछ? किनभने युद्धमा जानेहरूको हिस्सा जत्ति हुन्छ सामानहरू कुर्नेहरूको हिस्सा पनि त्यत्ति नै हुनेछ । तिनीहरूले बाँड्नेछन् अनि बराबर बाँड्नेछन् ।”
E quem vos escutará neste caso? Porque igual parte será a dos que vem à batalha, e a dos que ficam com a bagagem; que repartam juntos.
25 त्यस दिनदेखि आजको दिनसम्म यस्तै चलन छ, किनभने दाऊदले यसलाई इस्राएलको निम्ति नियम र आदेश नै बनाए ।
E desde aquele dia em diante foi isto posto por lei e ordenança em Israel, até hoje.
26 जब दाऊद सिक्लगमा आए, तिनले आफ्ना मित्रहरू अर्थात् यहूदाका धर्म-गुरुहरुलाई केही लूटका मालहरू पठाएर भने, “हेर्नुहोस्, परमप्रभुका शत्रहरूबाट लिइएका लुटका मालबाट तपाईंहरूका निम्ति उपहार यहाँ छ ।”
E quando Davi chegou a Ziclague, enviou da presa aos anciãos de Judá, seus amigos, dizendo: Eis aqui uma bênção para vós, da presa dos inimigos do SENHOR.
27 तिनले बेथेलमा भएका, दक्षिणको रामोतमा, यत्तीरमा भएकाहरू,
Aos que estavam em Betel, e em Ramote ao sul, e aos que estavam em Jattir;
28 र अरोएरमा भएका, सिपमोतमा भएका, एश्तामिमा भएका धर्म-गुरुहरुलाई केही पठाए ।
E aos que estavam em Aroer, e em Sifmote, e aos que estavam em Estemoa;
29 तिनले केही कुरा राकालमा भएका, यरहमेलीहरूका सहरहरूमा भएका, केनीहरूका सहरमा भएका,
E aos que estavam em Racal, e aos que estavam nas cidades de Jerameel, e aos que estavam nas cidades dos queneus;
30 होर्मामा भएका, बोर-आशानमा भएका, अत्ताकमा भएका,
E aos que estavam em Hormá, e aos que estavam em Corasã, e aos que estavam em Atace;
31 र हेब्रोनमा भएका र दाऊद आफै र आफ्ना मानिसहरू सधैं जाने गरेका सबै ठाउँतिर पनि केही पठाए ।
E aos que estavam em Hebrom, e em todos os lugares de onde Davi havia estado com os seus.