< १ शमूएल 3 >
1 बालक शमूएलले एलीको अधीनमा रहेर परमप्रभुको सेवा गरे । ती दिनहरूमा परमप्रभुको वचन दुर्लभ थियो । त्यहाँ कुनै किसिमको नियमित अगमवाणीको दर्शन थिएन ।
Umfana uSamuyeli wakhonza phambi kukaThixo engaphansi kuka-Eli. Ngalezonsuku ilizwi likaThixo lalingandanga; kwakungelamibono eminengi.
2 त्यस बेला एलीका आँखाहरू धमिला हुन थालेका हुनाले तिनले राम्ररी नदेख्ने भएर आफ्नै ओछ्यानमा पल्टिरहेका थिए ।
Ngobunye ubusuku u-Eli, amehlo akhe ayesefiphala esebona kalufifi, wayelele endaweni yakhe yansuku zonke.
3 परमेश्वरको बत्ती अझैसम्म निभेको थिएन, र शमूएल परमप्रभुको मन्दिरमा सुत्नलाई पल्टिरहेका थिए, जहाँ परमेश्वरको सन्दुक थियो ।
Isibane sikaNkulunkulu sasingakacitshi, njalo uSamuyeli wayelele phansi ethempelini likaThixo, lapho okwakulebhokisi lesivumelwano sikaNkulunkulu khona.
4 परमप्रभुले शमूएललाई बोलाउनुभयो, जसले भने, “म यहाँ छु ।”
Uthixo wasembiza uSamuyeli. USamuyeli wasabela wathi, “Ngilapha.”
5 शमूएल कुदेर एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।” एलीले भने, “मैले तँलाई बोलाइनँ । फेरि सुत ।” त्यसैले शमूएल गए र सुते ।
Wagijimela ku-Eli wathi, “Ngilapha; ungibizile.” Kodwa u-Eli wathi, “Angikubizanga; buyela uyelala.” Ngakho wabuyela wayalala.
6 परमप्रभुले फेरि बोलाउनुभयो, “ए शमूएल ।” फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो । एलीले जवाफ दिए, हे मेरो छोरो, मैले तँलाई बोलाइनँ । फेरि सुत ।”
Uthixo wambiza futhi wathi, “Samuyeli!” USamuyeli wavuka waya ku-Eli wathi, “Ngilapha; ungibizile.” U-Eli wathi, “Ndodana yami, Angikubizanga; buyela uyelala.”
7 अझैसम्म शमूएलसँग परमप्रभुको बारेमा कुनै अनुभव थिएन, न त तिनलाई परमप्रभुको शन्देश कहिल्यै प्रकट गरिएको थियो ।
Ngalesosikhathi uSamuyeli wayengakamazi uThixo: Ilizwi likaThixo lalingakavezwa kuye.
8 परमप्रभुले शमूएललाई फेरि तेस्रोपल्ट बोलाउनुभयो । फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।” तब परमप्रभुले त्यो केटोलाई बोलाउनुभएको थियो भनी एलीले महसुस गरे ।
Uthixo wambiza uSamuyeli okwesithathu, njalo uSamuyeli wavuka waya ku-Eli wathi, “Ngilapha; ungibizile.” Lapho-ke u-Eli wabona ukuthi nguThixo owayebiza umfana.
9 तब एलीले शमूएललाई भने, “जा र फेरि सुत । उहाँले तँलाई फेरि बोलाउनुभयो भने, तैंले यसो भन्, 'बोल्नुहोस्, हे परमप्रभु, किनकि तपाईंको दासले सुनिरहेको छ' ।” त्यसैले शमूएल गए र फेरि एकपल्ट तिनको आफ्नै ठाउँमा पल्टे ।
Ngakho u-Eli watshela uSamuyeli wathi, “Hamba uyelala, njalo nxa ekubiza wena uthi, ‘Khuluma Thixo, ngoba inceku yakho ilalele.’” Ngakho uSamuyeli wahamba wayalala endaweni yakhe.
10 परमप्रभु आउनुभयो र खडा हुनुभयो । उहाँले अरू समयमा झैं बोलाउनुभयो, “ए शमूएल, शमूएल ।” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको दासले सुनिरहेको छ ।”
Uthixo weza wema khonapho, ebiza njengakuqala esithi, “Samuyeli! Samuyeli!” USamuyeli wathi, “Khuluma, ngoba inceku yakho ilalele.”
11 परमप्रभुले शमूएललाई भन्नुभयो, “हेर्, म इस्राएलमा केही कुरा गर्न लागेको छु, जुन कुरा सुन्ने हरेकको कान झस्किनेछ ।
Uthixo wasesithi kuSamuyeli, “Khangela, sekuseduze ukuba ko-Israyeli ngenze into ezakwenza indlebe zomuntu wonke okuzwayo lokho zincencethe.
12 त्यस दिन एलीको घरानाको विरुद्ध मैले भनेका हरेक कुरा सुरुदेखि अन्तसम्म नै म पुरा गर्नेछु ।
Ngalesosikhathi ngizamelana lo-Eli, ngenze konke engakukhuluma mayelana lendlu yakhe kusukela ekuqaleni kusiya ekucineni.
13 म उसको घरानाको विरुद्ध सधैंको लागि एकैपल्ट न्याय गर्न लागेको छु भनी मैले उसलाई भनेको छु, किनभने उसका छोराहरूले आफैमाथि सराप ल्याए र उसले तिनीहरूलाई रोकेन ।
Ngoba ngamtshela ukuthi ngizakwahlulela indlu yakhe okulaphakade ngenxa yesono ayesazi; amadodana akhe ayehlambaza uNkulunkulu, yena wehluleka ukuwakhuza.
14 यसकारणले गर्दा एलीको घरानाका पापहरू बलिदान वा भेटीद्वारा कहिल्यै पनि प्रायश्चित गरिनेछैन भनी मैले उसको घरनासँग शपथ खाएको छु ।”
Ngakho, ngayifungela indlu ka-Eli ngathi, ‘Icala lendlu ka-Eli kaliyikuhlawulwa ngomhlatshelo loba ngomnikelo.’”
15 शमूएल बिहानसम्म नै पल्टिरहे । अनि तिनले परमप्रभुको भवनका ढोकाहरू खोले । तर त्यो दर्शनको बारेमा एलीलाई बताउन शमूएल डराए ।
USamuyeli walala phansi kwaze kwaba sekuseni wasevula iminyango yendlu kaThixo. Wayesesaba ukutshela u-Eli umbono,
16 त्यसपछि एलीले शमूएललाई बोलाए र भने, “ए मेरो छोरो शमूएल ।” शमूएलले भने, “म यहाँ छु ।”
kodwa u-Eli wambiza wathi, “Samuyeli, ndodana yami.” USamuyeli wasabela wathi, “Ngilapha.”
17 तिनले भने, “उहाँले तँलाई भन्नुभएको वचन के थियो? कृपया त्यो मबाट नलुका । उहाँले तँसँग बोल्नुभएका सबै वचनमध्ये तैंले मबाट कुनै पनि कुरा लुकाइस् भने परमेश्वरले तँलाई त्यसै र त्योभन्दा अझ धेरै गर्नुभएको होस् ।”
U-Eli wabuza wathi, “Kuyini akutshiloyo kuwe na? Ungangifihleli. Sengathi uNkulunkulu angakujezisa, kube buhlungu kakhulu, nxa uzangifihlela loba kuyini akutshele khona.”
18 शमूएलले तिनलाई हरेक कुरा बताए । उनले तिनीबाट कुनै पनि कुरा लुकाएनन् । एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ । उहाँलाई जे असल लाग्छ सो गर्नुभएको होस् ।”
Ngakho uSamuyeli wamtshela konke, engamfihlelanga lutho. U-Eli wasesithi, “UnguThixo; kenze lokho akubona kukuhle emehlweni akhe.”
19 शमूएल बढे र परमप्रभु तिनीसँग हुनुहुन्थ्यो, र उहाँले आफ्नो भविष्यवाणीका वचनहरू कुनै पनि अपूर्ण रहेन ।
Uthixo wayeloSamuyeli ekukhuleni kwakhe, njalo kayekelanga lalinye lamazwi akhe liwela phansi.
20 परमप्रभुको अगमवक्ता हुनलाई शमूएललाई नियुक्त गरिएको कुरा दानदेखि बेर्शेबासम्मका सबै इस्रएलीहरूले थाहा पाए ।
Njalo u-Israyeli wonke kusukela eDani kusiya eBherishebha wakwazi ukuthi uSamuyeli wayebekwe ukuba ngumphrofethi kaThixo.
21 परमप्रभु फेरि पनि शीलोमा देखा पर्नुभयो, किनभने आफ्नो वचनद्वारा शीलोमा शमूएलकहाँ उहाँ प्रकट हुनुभयो ।
Uthixo waqhubeka ebonakala eShilo, njalo khonapho waziveza kuSamuyeli ngelizwi lakhe.