< १ शमूएल 29 >

1 अब पलिश्‍तीहरूले आफ्‍ना सारा फौजलाई अपेकमा एकसाथ भेला पारे । इस्रएलीहरूले यिजरेलको पानीको मूलनेर छाउनी हाले ।
Filisterne samlede hele deres Hær i Afek, medens Israel havde slaaet lejr om Kilden ved Jizre'el.
2 पलिश्‍तीहरूका शासकहरू सय र हजारको पङ्तिमा अघि बढे । दाऊद र तिनका मानिसहरू आकीशका पछिल्तिरका अङ्‍गरक्षकहरू थिए ।
Og Filisternes Fyrster rykkede frem med deres Hundreder og Tusinder, og sidst kom David og hans Mænd sammen med Akisj.
3 तब पलिश्तीहरूका शासकहरूले भने, “यी हिब्रूहरूले यहाँ के गरिरहेका छन्?” आकीशले पलिश्तीहरूका अरू शासकहरूलाई भने, “यिनी इस्राएलका राजा शाऊलका सेवक दाऊद होइन् जो मकहाँ आएको दिनदेखि आजसम्म मैले कुनै दोष भेट्टाएको छैन जो यी दिनहरू वा वर्षहरूमा मसँग बसेका छन्?”
Da sagde Filisternes Høvdinger: »Hvad skal de Hebræere her?« Akisj svarede: »Det er jo David, Kong Saul af Israels Tjener, som nu allerede har været hos mig et Par Aar, og jeg har ikke opdaget noget mistænkeligt hos ham, siden han gik over til mig.«
4 तर पलिश्‍तीहरूका शासकहरू तिनीसँग रिसाए र भने, “उसलाई फिर्ता पठाउनुहोस्, कि उसलाई दिइएको ठाउँमा फर्कोस् । ऊ हामीसँग युद्ध जानेछैन, किनकि ऊ युद्धको समयमा हाम्रै विरुद्धमा जाइलग्‍नेछ । किनकि उसले हाम्रा मानिसहरूको शिर काट्नुभन्दा अरू कसरी आफ्नो मालिकप्रति आफूलाई स्वीकारयोग्य बनाउन सक्‍छ र?
Men Filisternes Høvdinger blev vrede paa ham og sagde: »Send den Mand tilbage til det Sted, du har anvist ham. Han maa ikke drage i Kamp med os, for at han ikke skal vende sig imod os under Slaget; thi hvorledes kan denne Mand bedre vinde sin Herres Gunst end med disse Mænds Hoveder?
5 के यिनै दाऊद होइनन् जसको बारेमा तिनीहरूले यसो भनेर एकआपस नाँच्दै गएका थिए, 'शाऊलले हजारौंलाई मारे र दाऊदले दसौं हजारलाई मारे'?”
Det var jo David, om hvem man sang under Dans: Saul slog sine Tusinder, men David sine Titusinder!«
6 त्यसपछि आकीशले दाऊदलाई बलाए र तिनलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी असल भएका छौ र तिमी मेरो फौजसँगै बाहिर जाने र भित्र आउने कुरा मेरो दृष्‍टिमा असल नै छ । किनकि तिमी आएको दिनदेखि आजको दिनसम्म मैले तिमीसँग कुनै खराबी भेट्टाएको छैन । तापनि शासकहरूले तिमीलाई रुचाउँदैनन् ।
Da lod Akisj David kalde og sagde til ham: »Saa sandt HERREN lever: Du er redelig, og jeg er vel tilfreds med, at du gaar ud og ind hos mig i Lejren, thi jeg har ikke opdaget noget mistænkeligt hos dig, siden du kom til mig; men Fyrsterne er ikke glade for dig.
7 त्यसैले अब फर्क र शान्तिसँग जाऊ, ताकि तिमीले पलिश्‍ती शासकहरूलाई अप्रशन्‍न तुल्याउनेछैनौ ।
Vend nu derfor tilbage og gaa bort i Fred, for at du ikke skal gøre noget, som mishager Filisternes Fyrster!«
8 दाऊदले आकीशलाई भने, “तर मैले के गरेको छु? म तपाईंको सामुन्‍ने आजको दिनसम्म बस्‍दा तपाईंले आफ्नो दासमा के भेट्टाउनुभएको छ, ताकि म मेरा मालिक राजाका शत्रुहरू विरुद्ध जान र युद्ध गर्न सक्‍दिन?”
Da sagde David til Akisj: »Hvad har jeg gjort, og hvad har du opdaget hos din Træl, fra den Dag jeg traadte i din Tjeneste, siden jeg ikke maa drage hen og kæmpe mod min Herre Kongens Fjender?«
9 आकीशले दाऊदलाई जवाफ दिए र भने, “तिमी मेरो दृष्‍टिमा परमेश्‍वरको दूत जत्तिकै दोषरहित छौ । तापनि पलिश्‍ती शासकहरूले भनेका छन्, 'यिनी हामीसँग युद्धमा जानुहुँदैन ।'
Akisj svarede David: »Du ved, at du er mig kær som en Guds Engel, men Filisternes Høvdinger siger: Han maa ikke drage med os i Kampen!
10 त्यसैले तिमीसँग आएका आफ्नो मालिकका सेवकहरूसँगै बिहान सबेरै उठ । बिहान जति सक्‍दो सबेरै र उज्यालो हुनुअघि नै गइहाल ।”
Gør dig derfor rede i Morgen tidlig tillige med din Herres Folk, som har fulgt dig, og gaa til det Sted, jeg har anvist eder; tænk ikke ilde om mig, thi du er mig kær; gør eder rede i Morgen tidlig og drag af Sted, saa snart det bliver lyst!«
11 त्यसैले दाऊद बिहान सबेरै उठे, तिनी र तिनका मानिसहरू पलिश्तीहरूको देशमा फर्कन बिहान सबेरै हिंडे । तर पलिश्तीहरू माथि यिजरेलतिर गए ।
David og hans Mænd begav sig da tidligt næste Morgen paa Hjemvejen til Filisternes Land, medens Filisterne drog op til Jizre'el.

< १ शमूएल 29 >