< १ शमूएल 28 >
1 ती दिनहरूमा पलिश्तीहरूले इस्रएलसँग युद्ध गर्न आफ्नो फौज सँगै भेला पारे । आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँगै सेनामा जानेछौ भन्ने जानी राख ।”
Or, en ces jours-là; il arriva que les Philistins rassemblèrent dans leur camp, pour aller en guerre chez Israël. Et Achis dit à David: Sache que tu iras en guerre avec nous, toi et tes gens.
2 दाऊदले आकीशलाई भने, “तपाईंको दासले के गर्न सक्छ भन्ने तपाईंले जान्नु हुनेछ ।” आकीशले दाऊदलाई भने, “त्यसैले म तिमीलाई तिम्रो जीवनकाल भरि नै मेरो अङ्गरक्षक बनाउनेछु ।”
Et David dit à Achis: Que ton serviteur soit informé de ce qu'il fera. A quoi Achis répondit: Tu commanderas, tout le temps de la guerre, mes gardes du corps.
3 यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए । शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए ।
Or, Samuel mourut; tout Israël pleura sur lui, et on l'ensevelit dans Armathaïm, sa ville. Et Saül détruisit dans la terre promise les sorciers et tous les devins.
4 तब पलिश्तीहरू आफूलाई एकसाथ भेला पारे र शूनेममा आएर छाउनी हाले । अनि शाऊलले सबै इस्राएललाई एकसाथ भेला पारे र तिनीहरूले गिल्बोमा छाउनी हाले ।
Cependant, les Philistins se rassemblent; ils partent, et ils campent à Sonam. Saül aussi leva tous les hommes d'Israël, et il établit son camp à Gelboé.
5 जब शाऊलले पलिश्तीहरूको फौज देखे, तब तिनी डराए र तिनको हृदय अति नै डरायो ।
Saül vit le camp des Philistins; il eut crainte, et son cœur défaillit.
6 शाऊलले परमप्रभुसँग प्रार्थना गरे तर परमप्रभुले न सपनामा, न त ऊरीममा, न त अगमवक्ताहरूद्वारा नै कुनै जवाफ दिनुभयो ।
Il consulta le Seigneur, et le Seigneur ne lui répondit ni par des songes, ni par des signes sensibles, ni par des prophètes.
7 तब शाऊलले आफ्नो सेवकहरूलाई भने, “मृतकसँग कुरा गर्ने एक जना स्त्री मेरो निम्ति खोजेर ल्याओ, ताकि त्यसकहाँ म जान र त्यसको सल्लाह खोज्न सकूँ ।” तिनका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, मृतकसँग कुरा गर्न सक्ने दाबी गर्ने एक जना स्त्री एन्दोरमा छिन् ।”
Alors, Saül dit à ses serviteurs: Informez-vous d'une sorcière; je l'irai trouver, et je consulterai par elle. Et ses serviteurs lui dirent: Il y a une sorcière à Endor.
8 शाऊलले आफू भेष बदले र अर्कै पोशाक लगाएर, तिनी र तिनीसँग भएका दुई जना मानिसहरू गए । तिनीहरू त्यो स्त्री कहाँ राती गए । तिनले भने, “म बिन्ती गर्छु मेरो निम्ति आत्मासँग कुरा गरि देऊ र मैले जसको नाउँ भन्छु त्यो मलाई ल्याइदेऊ ।”
Saül se déguisa donc, s'enveloppant de vêtements étrangers; il partit avec deux hommes, arriva chez la femme pendant la nuit, et lui dit: Prédis-moi l'avenir par tes sortilèges, et amène-moi celui que je te dirai.
9 स्त्रीले तिनलाई भनिन्, “हेर्नुहोस्, शाऊलले के गर्नुभएको छ सो तपाईंहरूलाई थाहा छ, उनले मृतक वा आत्माहरूसँग कुरा गर्नेहरूलाई कसरी देशबाट निष्काषण गर्नुभएको छ । त्यसैले मलाई मर्नलाई किन मेरो जीवनलाई जालमा फसाउँदै हुनुहुन्छ?”
La femme lui répondit: Tu sais ce qu'a fait Saül; comment il a exterminé, en la terre, les sorciers et les devins; pourquoi donc tendre un piège à ma vie, afin de la détruire?
10 शाऊलले परमप्रभुको नाउँमा शपथ खाए र भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिमीलाई यो कुराको निम्ति कुनै दण्ड हुनेछैन ।”
Mais Saül lui prêta serment, et dit: Vive le Seigneur! tu ne recevras, en cette circonstance, aucun mauvais traitement.
11 तब ती स्त्रीले भनिन्, “म तपाईंको निम्ति कसलाई ल्याउँ?” शाऊलले भने, “मेरो निम्ति शमूएललाई ल्याइदेऊ ।”
Sur quoi la femme dit: Qui t'amènerai-je? Saül répondit: Amène-moi Samuel.
12 जब ती स्त्रीले शमूएल देखिन्, तब तिनले ठुलो सोरले चिच्याइन् र भनिन्, “तपाईंले मलाई किन छल गर्नुभयो? किनकि तपाईं नै शाऊल हुनुहुन्छ ।”
Aussitôt, la femme vit Samuel; elle jeta un grand cri, et elle dit au roi: Pourquoi m'as-tu trompée? Tu es Saül.
13 राजाले उनलाई भने, “नडराऊ । तिमीले के देख्छौ?” ती स्त्रीले शाऊललाई भनिन्, “पृथ्वीबाट एउटा देवता आइरहेको म देख्छु ।”
Et le roi lui dit: N'aie point crainte; dis qui tu as vu. Et la femme répondit: J'ai vu des dieux sortant de terre.
14 तिनले उनलाई भने, “त्यो कस्तो छ?” उनले भनिन्, “एउटा वृद्ध मानिस माथि आइरहेका छन् । यिनले खा्सटो ओढेका छन् ।” यिनी शमूएल हुन् भनी शाऊलले भनी बुझे र तिनले घोप्टो परेर दण्डवत गरे र आदर प्रकट गरे ।
Qu'as-tu reconnu? dit-il. Et elle répondit: Un homme, se tenant droit et s'élevant hors de terre, revêtu d'un manteau double. Saül comprit que c'était Samuel; il se prosterna la face contre terre, et il le salua.
15 शमूएलले शाऊललाई भने, “तिमीले किन मेरो शान्ति भङ्ग गर्यौ र मलाई माथि ल्यायौ?” शाऊलले जवाफ दिए, “म अति नै व्याकुल छु, किनभने पलिश्तीहरूले मेरो विरुद्ध युद्ध गरिरहेका छन्, र परमेश्वरले मलाई छोड्नुभएको छ र मलाई न अगमवक्ताहरूद्वारा न त सपनाहरूद्वारा नै जवाफ दिनुहुन्छ । यसकारण मैले तपाईंलाई बोलाएको हुँ, ताकि मैले के गर्नुपर्ने हो सो तपाईंले मलाई प्रकट गर्नुहोस् ।”
Et Samuel dit: A quel sujet m'as-tu troublé pour me faire apparaître? Saül répondit: Je suis cruellement accablé; les Philistins me font la guerre, et Dieu s'est retiré de moi; il ne m'a plus exaucé, soit par les prophètes, soit en songe; maintenant donc, je t'ai appelé pour que tu m'apprennes ce que j'ai à faire.
16 शमूएलले भने, “तब परमप्रभुले तिमीलाई छोड्नुभएको र उहाँ नै तिम्रो शत्रु हुनुभएको हुनाले तिमीले मलाई के सोध्छौ?
Samuel répondit: Pourquoi m'interroges-tu, quand le Seigneur s'est retiré de toi, et qu'il est avec ton prochain?
17 परमप्रभुले जे गर्छु भन्नुभएको छ सो उहाँले गर्नुभएको छ । परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्नुभएको छ र उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको छ ।
Le Seigneur t'a traité comme il t'avait dit par ma bouche; il brisera ta royauté dans ta main, et il la donnera à ton prochain, à David,
18 किनभने तिमीले परमप्रभुको आवाज पालन गरेनौ र अमालेकमाथि उहाँको भयङ्कर क्रोध पुरा गरेनौ, यसकारण उहाँले तिमीलाई आज यसो गर्नुभएको छ ।
Parce que tu as été indocile aux ordres du Seigneur, et que tu n'as pas accompli contre Amalec les désirs de sa colère; voilà pourquoi le Seigneur t'a fait ces choses aujourd'hui.
19 परमप्रभुले तिमीसँगै इस्राएललाई पलिश्तीहरूको हातमा सुम्पनुहुनेछ, र भोलि तिमी र तिम्रो छोराहरू मसँग हुनेछौ । परमप्रभुले इस्राएको फौजलाई पनि पलिश्तीहरूको हातमा दिनुहुनेछ ।”
Et le Seigneur livrera Israël et toi-même aux Philistins. Demain, toi et tes fils, vous succomberez, et le Seigneur livrera le camp d'Israël aux ennemis.
20 तब शाऊल तुरुन्तै भूइँमा लम्पसार परेर लमतन्न परे र शमूएलको कुराले अति नै डराए । तिनमा कुनै बल नै थिएन, किनकि तिनले त्यो दिनभरि र रातमा पनि कुनै खाने कुरा खाएका थिएनन् ।
Et soudain Saül tomba tout de son long à terre, épouvanté des paroles de Samuel; il n'y eut plus en lui aucune force; or, il n'avait rien mangé ni pendant tout le jour, ni cette nuit.
21 ती स्त्री शाऊलकहाँ आइन् र तिनी साह्रै ठुलो कष्टमा परेको देखिन्, उनलले तिनलाई भनिन्, “हेर्नुहोस्, तपाईंकी दासीले तपाईंको कुरा सुनेकी छिन् । मेरो जीवनलाई मैले जोखिममा पारेको छु र तपाईंले भन्नुभएको कुरा पालन गरेकी छु ।
Alors, la femme s'approcha de Saül; elle vit son angoisse, et elle lui dit: Ta servante a été docile à tes ordres; j'ai remis ma vie en tes mains; j'ai écouté tes paroles.
22 यसकारण अब म तपाईंलाई बिन्ती गर्छु, तपाईंकी दासीको कुरा सुन्नुहोस् र तपाईंलाई थोरै खाने कुरा दिन अनुमति दिनुहोस् । खानुहोस् ताकि तपाईं बाटो जानुहुँदा तपाईंलाई शक्ति मिलोस् ।”
C'est à toi maintenant d'écouter ta servante: je vais t'apporter des aliments; mange, et tu reprendras des forces; ensuite, tu pourras te remettre en marche.
23 तर शाऊलले इन्कार गरे र भने, “मैले खाने छैन ।” तर ती स्त्रीसहित तिनका सेवकहरूले तिनलाई बाध्य बनाए र तिनले तिनीहरूको कुरा माने । त्यसैले तिनी भूइँबाट उठे र ओछ्यानमा बसे ।
Il refusa de manger; mais ses serviteurs et la femme le pressèrent tant, qu'il leur céda; il se leva donc de terre et s'assit sur un siège.
24 ती स्त्रीको घरमा पालेको एउटा बाछो थियो । उनले त्यसलाई हतार काटिन् । उनले पिठो लिइन् र मुछिन् अनि यसको अखमिरी रोटी पकाइन् ।
Or, la femme avait dans sa maison une génisse grasse; elle se hâta de la sacrifier, elle prit de la farine, elle la pétrit et elle fit cuire des azymes;
25 उनले यो शाऊल र तिनका सेवकहरूकहाँ ल्याइन् र तिनीहरूले खाए । त्यसपछि तिनीहरू उठे र त्यही रातमा निस्किए ।
Puis, elle les servit à Saül et à ses serviteurs; ils mangèrent, et ils partirent avant la fin de la nuit.