< १ शमूएल 28 >

1 ती दिनहरूमा पलिश्‍तीहरूले इस्रएलसँग युद्ध गर्न आफ्नो फौज सँगै भेला पारे । आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँगै सेनामा जानेछौ भन्‍ने जानी राख ।”
E ndalogo jo-Filistia nochoko jolwenjgi mondo oked gi Israel. Akish nowacho ni Daudi niya, “Nyaka ingʼe ni in gi jogi udhi koda e lweny.”
2 दाऊदले आकीशलाई भने, “तपाईंको दासले के गर्न सक्छ भन्‍ने तपाईंले जान्‍नु हुनेछ ।” आकीशले दाऊदलाई भने, “त्यसैले म तिमीलाई तिम्रो जीवनकाल भरि नै मेरो अङ्गरक्षक बनाउनेछु ।”
Daudi nowachone niya, “To koro inine gi wangʼi gima jatiji nyalo timo.” Akish nodwoke niya, “Mano ber, abiro keti jaritna e ndalo duto mar ngimana.”
3 यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए । शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए ।
Samuel nosetho kendo Israel duto noywage mine giike e dalane man Rama. Saulo noseriembo ajuoke, gi jo-nyakalondo oa e piny.
4 तब पलिश्‍तीहरू आफूलाई एकसाथ भेला पारे र शूनेममा आएर छाउनी हाले । अनि शाऊलले सबै इस्राएललाई एकसाथ भेला पारे र तिनीहरूले गिल्बोमा छाउनी हाले ।
Jo-Filistia nochokore mobiro mojot e Shunem, ka Saulo bende nochoko jo-Israel duto modhi ojot Gilboa.
5 जब शाऊलले पलिश्‍तीहरूको फौज देखे, तब तिनी डराए र तिनको हृदय अति नै डरायो ।
Ka Saulo noneno jolwenj jo-Filistia luoro gi kihondko nomake.
6 शाऊलले परमप्रभुसँग प्रार्थना गरे तर परमप्रभुले न सपनामा, न त ऊरीममा, न त अगमवक्ताहरूद्वारा नै कुनै जवाफ दिनुभयो ।
Nopenjo Jehova Nyasaye wach, to Jehova Nyasaye ne ok odwoke e yor lek kata gi Urim kata gi dho jonabi.
7 तब शाऊलले आफ्नो सेवकहरूलाई भने, “मृतकसँग कुरा गर्ने एक जना स्‍त्री मेरो निम्ति खोजेर ल्‍याओ, ताकि त्यसकहाँ म जान र त्यसको सल्लाह खोज्‍न सकूँ ।” तिनका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, मृतकसँग कुरा गर्न सक्‍ने दाबी गर्ने एक जना स्‍त्री एन्दोरमा छिन् ।”
Eka Saulo nowachone joma tiyone niya, “Dwarnauru dhako ma ja-nyakalondo, mondo adhi apenje wach.” Negidwoke niya, “Nitie moro Endor.”
8 शाऊलले आफू भेष बदले र अर्कै पोशाक लगाएर, तिनी र तिनीसँग भएका दुई जना मानिसहरू गए । तिनीहरू त्यो स्‍त्री कहाँ राती गए । तिनले भने, “म बिन्ती गर्छु मेरो निम्ति आत्मासँग कुरा गरि देऊ र मैले जसको नाउँ भन्‍छु त्यो मलाई ल्याइदेऊ ।”
Mi Saulo notemo loko nenruokne korwako lewni mopogore opogore, eka en gi ji ariyo moko negidhi ir dhako ma ja-nyakalondo gotieno. Nowacho niya, “Penjna wach kuom chuny ngʼat motho kendo ikelna ngʼatno mabiro nyisi nyinge.”
9 स्‍त्रीले तिनलाई भनिन्, “हेर्नुहोस्, शाऊलले के गर्नुभएको छ सो तपाईंहरूलाई थाहा छ, उनले मृतक वा आत्माहरूसँग कुरा गर्नेहरूलाई कसरी देशबाट निष्काषण गर्नुभएको छ । त्यसैले मलाई मर्नलाई किन मेरो जीवनलाई जालमा फसाउँदै हुनुहुन्छ?”
Eka dhakono nowachone niya, “Chutho ingʼeyo gima Saulo nosetimo. Osetieko jo-nyakalondo gi ajuoke e piny. Angʼo momiyo ichiko obadho ne ngimana, mondo okelna tho?”
10 शाऊलले परमप्रभुको नाउँमा शपथ खाए र भने, “जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, तिमीलाई यो कुराको निम्ति कुनै दण्ड हुनेछैन ।”
Saulo nokwongʼore gi nying Jehova Nyasaye niya, “Akwongʼora gi nying Jehova Nyasaye mangima ni ok nokumi kuom timo ma.”
11 तब ती स्‍त्रीले भनिन्, “म तपाईंको निम्ति कसलाई ल्याउँ?” शाऊलले भने, “मेरो निम्ति शमूएललाई ल्याइदेऊ ।”
Eka dhakoni nopenje niya, “En ngʼa ma idwaro mondo agolni?” Nowachne niya, “Golna Samuel.”
12 जब ती स्‍त्रीले शमूएल देखिन्, तब तिनले ठुलो सोरले चिच्याइन् र भनिन्, “तपाईंले मलाई किन छल गर्नुभयो? किनकि तपाईं नै शाऊल हुनुहुन्छ ।”
Kane dhakono oneno Samuel noywak gi dwol maduongʼ mowachone Saulo niya, “Angʼo momiyo isewuonda? In Saulo!”
13 राजाले उनलाई भने, “नडराऊ । तिमीले के देख्छौ?” ती स्‍त्रीले शाऊललाई भनिन्, “पृथ्वीबाट एउटा देवता आइरहेको म देख्छु ।”
Ruoth nowachone niya, “Kik ibed maluor. Angʼo ma ineno?” To dhakono nowachone niya, “Aneno chuny ngʼama nosetho kawuok e lowo.”
14 तिनले उनलाई भने, “त्‍यो कस्तो छ?” उनले भनिन्, “एउटा वृद्ध मानिस माथि आइरहेका छन् । यिनले खा्सटो ओढेका छन् ।” यिनी शमूएल हुन् भनी शाऊलले भनी बुझे र तिनले घोप्‍टो परेर दण्डवत गरे र आदर प्रकट गरे ।
To nopenje niya, “Ochalo nadi?” Nowachone niya, “Jaduongʼ moti morwako law abola ema wuok.” Eka Saulo nongʼeyo ni en Samuel, mi nokulore nyaka e lowo monindo piny e lowo auma.
15 शमूएलले शाऊललाई भने, “तिमीले किन मेरो शान्ति भङ्ग गर्‍यौ र मलाई माथि ल्यायौ?” शाऊलले जवाफ दिए, “म अति नै व्याकुल छु, किनभने पलिश्‍तीहरूले मेरो विरुद्ध युद्ध गरिरहेका छन्, र परमेश्‍वरले मलाई छोड्नुभएको छ र मलाई न अगमवक्ताहरूद्वारा न त सपनाहरूद्वारा नै जवाफ दिनुहुन्छ । यसकारण मैले तपाईंलाई बोलाएको हुँ, ताकि मैले के गर्नुपर्ने हो सो तपाईंले मलाई प्रकट गर्नुहोस् ।”
Samuel nowachone Saulo niya, “Angʼo momiyo ichanda kimiyo awuok oko?” Saulo nodwoke niya, “An gi midhiero maduongʼ. Jo-Filistia osemonja kendo kedo koda, Nyasaye bende oseweya. Tinde ok odwoka, gi dwond jonabi kata e yor lek. Mano emomiyo aluongi ni mondo iwachna gima onego atim?”
16 शमूएलले भने, “तब परमप्रभुले तिमीलाई छोड्नुभएको र उहाँ नै तिम्रो शत्रु हुनुभएको हुनाले तिमीले मलाई के सोध्छौ?
Samuel nowacho niya, “Angʼo momiyo ipenja wach ka Jehova Nyasaye oseweyi mobedo jasiki?
17 परमप्रभुले जे गर्छु भन्‍नुभएको छ सो उहाँले गर्नुभएको छ । परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्‍नुभएको छ र उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको छ ।
Jehova Nyasaye osetimo mana gima nakoroni. Jehova Nyasaye osegolo loch e lweti mi omiye achiel kuom jobathi ma en Daudi.
18 किनभने तिमीले परमप्रभुको आवाज पालन गरेनौ र अमालेकमाथि उहाँको भयङ्कर क्रोध पुरा गरेनौ, यसकारण उहाँले तिमीलाई आज यसो गर्नुभएको छ ।
Nikech nidagi winjo Jehova Nyasaye kendo timo kaka nochiki mondo itim ne jo-Amalek mane en-go gi mirima maduongʼ, mano emomiyo Jehova Nyasaye osetimoni gini kawuono.
19 परमप्रभुले तिमीसँगै इस्राएललाई पलिश्‍तीहरूको हातमा सुम्‍पनुहुनेछ, र भोलि तिमी र तिम्रो छोराहरू मसँग हुनेछौ । परमप्रभुले इस्राएको फौजलाई पनि पलिश्‍तीहरूको हातमा दिनुहुनेछ ।”
Jehova Nyasaye dhi chiwo jo-Israel kaachiel kodi ni jo-Filistia, kendo kiny in kod yawuoti unubed koda. Jehova Nyasaye biro chiwo jolweny mag Israel ni jo-Filistia.”
20 तब शाऊल तुरुन्तै भूइँमा लम्पसार परेर लमतन्‍न परे र शमूएलको कुराले अति नै डराए । तिनमा कुनै बल नै थिएन, किनकि तिनले त्यो दिनभरि र रातमा पनि कुनै खाने कुरा खाएका थिएनन् ।
To gisano Saulo nogore moriere piny ka luoro omake nikech weche Samuel. Tekre norumo nikech ne pok ochiemo odiechiengʼ ngima gi otieno.
21 ती स्‍त्री शाऊलकहाँ आइन् र तिनी साह्रै ठुलो कष्‍टमा परेको देखिन्, उनलले तिनलाई भनिन्, “हेर्नुहोस्, तपाईंकी दासीले तपाईंको कुरा सुनेकी छिन् । मेरो जीवनलाई मैले जोखिममा पारेको छु र तपाईंले भन्‍नुभएको कुरा पालन गरेकी छु ।
Kane dhakono obiro ir Saulo moneno kaka nobwok malich, nowacho niya, “Ne, jatichni madhako osetimo gima ne ichike. Ne akawo ngimana ka nono kane atimo gima ne iwacho ni atim.
22 यसकारण अब म तपाईंलाई बिन्ती गर्छु, तपाईंकी दासीको कुरा सुन्‍नुहोस् र तपाईंलाई थोरै खाने कुरा दिन अनुमति दिनुहोस् । खानुहोस् ताकि तपाईं बाटो जानुहुँदा तपाईंलाई शक्ति मिलोस् ।”
Koro yie iwinj jatichni mondo iyiena amiyi chiemo moro minyalo chamo mondo iyud teko mar dok.”
23 तर शाऊलले इन्कार गरे र भने, “मैले खाने छैन ।” तर ती स्‍त्रीसहित तिनका सेवकहरूले तिनलाई बाध्य बनाए र तिनले तिनीहरूको कुरा माने । त्यसैले तिनी भूइँबाट उठे र ओछ्यानमा बसे ।
Nodagi mowacho niya, “Ok nachiem.” To joge noriwore gi dhakono kamedo kwaye, mi nowinjogi. Noa malo e lowo mobet e kom.
24 ती स्‍त्रीको घरमा पालेको एउटा बाछो थियो । उनले त्यसलाई हतार काटिन् । उनले पिठो लिइन् र मुछिन् अनि यसको अखमिरी रोटी पकाइन् ।
Dhakono ne nigi nyarwath machwe e ode, mine oyangʼe mapiyo piyo. Nokawo mogo, modwalo motedogo makati ma ok oketie thowi.
25 उनले यो शाऊल र तिनका सेवकहरूकहाँ ल्याइन् र तिनीहरूले खाए । त्यसपछि तिनीहरू उठे र त्‍यही रातमा निस्‍किए ।
Eka noketo chiemo e nyim Saulo gi joge mine gichiemo. Bangʼe ne giwuok gotienono mi gidhi.

< १ शमूएल 28 >