< १ शमूएल 21 >

1 पुजारी अहीमेलेकलाई भेट्न दाऊद नोबमा गए । अहीमेलेक डरले काम्दै दाऊदलाई भेट्न आए र तिनलाई भने, “तपाईं किन एक्‍लै हुनुहुन्‍छ र तपाईंसँग कोही पनि छैनन्?”
و داود به نوب نزد اخیملک کاهن رفت، و اخیملک لرزان شده، به استقبال داودآمده، گفت: «چرا تنها آمدی و کسی با تونیست؟»۱
2 दाऊदले पुजारी अहीमेलेकलाई भने, “राजाले मलाई एउटा काममा पठाउनुभएको छ र यस्‍तो हुकुम गर्नुभएको छ, 'जुन कामको बारेमा मैले तिमीलाई पठाएको छु र मैले तिमीलाई जे आज्ञा गरेको छु त्‍यसको बारेमा कसैलाई थाहा नहोस् ।' कुनै निश्‍चित ठाउँमा आउन मैले जवान मानिसहरूलाई निर्देशन दिएको छु ।
داود به اخیملک کاهن گفت: «پادشاه مرا به‌کاری مامور فرمود و مرا گفت: از این کاری که تو را می‌فرستم و از آنچه به تو امر فرمودم کسی اطلاع نیابد، و خادمان را به فلان و فلان جا تعیین نمودم.۲
3 अहिले तपाईंसँग के छ? पाँच वटा रोटी वा यहाँ जे छ सो मलाई दिनुहोस् ।”
پس الان چه در دست داری، پنج قرص نان یا هر‌چه حاضر است به من بده.»۳
4 पुजारीले दाऊदलाई जवाफ दिए र भने, “मसँग कुनै साधारण रोटी त छैन, तर ती जवान मानिहरू स्‍त्रीहरूबाट अलग बसेका छन् भने यहाँ पवित्र रोटी छ ।
کاهن در جواب داود گفت: «هیچ نان عام دردست من نیست، لیکن نان مقدس هست اگرخصوص خادمان، خویشتن را از زنان بازداشته باشند.»۴
5 दाऊदले पुजारीलाई जवाफ दिए, “सदाझैं बाहिर म जाँदा हामीबाट तिन दिनदेखि स्‍त्रीहरू अलग गरिएको छन् । साधारण काममा जाँदा समेत मानिससित सम्‍बन्‍धित कुरालाई तिनीहरूले शुद्ध राखेका छन् । तिनीहरूसँग भएका कुरालाई आज तिनीहरूले अझ धेरै शुद्ध राखेका छन् ।”
داود در جواب کاهن گفت: «به درستی که در این سه روز زنان از ما دور بوده‌اند و چون بیرون آمدم ظروف جوانان مقدس بود، و آن بطوری عام است خصوص چونکه امروز دیگری در ظرف مقدس شده است.»۵
6 त्यसैले पुजारीले तिनलाई चढाइएको रोटी दिए । किनकि त्यहाँ उपस्थितिको रोटीबाहेक अरू कुनै रोटी थिएन, जुन रोटी परमप्रभुको सामुबाट हटाएर त्‍यसको सट्टामा तातो रोटी राखिएको थियो ।
پس کاهن، نان مقدس را به او داد زیرا که در آنجا نانی نبود غیر ازنان تقدمه که از حضور خداوند برداشته شده بود، تا در روز برداشتنش نان گرم بگذارند.۶
7 त्यस दिन शाऊलका सेवकहरूमध्‍ये एक जना परमप्रभुको सामु रोकिएको थियो । त्यसको नाउँ एदोमी दोएग थियो, जो शाऊलका गोठालाको प्रमुख थियो ।
و در آن روز یکی از خادمان شاول که مسمی به دوآغ ادومی بود، به حضور خداوند اعتکاف داشت، و بزرگترین شبانان شاول بود.۷
8 दाऊदले अहीमेलेकलाई भने, “के यहाँ कुनै भाला वा तरवार छैन? किनकि मैले न त मेरो तरवार न हतियार नै ल्याएँ, किनभने राजाको काम जरूरी थियो ।”
و داود به اخیملک گفت: «آیا اینجا دردستت نیزه یا شمشیر نیست زیرا که شمشیر وسلاح خویش را با خود نیاورده‌ام چونکه کارپادشاه به تعجیل بود.»۸
9 पुजारीले भने, “तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्‍ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ । तपाईंलाई त्‍यो लाने इच्‍छा हुन्छ भने त्‍यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन ।” दाऊदले भने, “त्यो जस्‍तो अरू कुनै तरवार छैन । त्‍यो मलाई दिनुहोस् ।”
کاهن گفت: «اینک شمشیر جلیات فلسطینی که در دره ایلاه کشتی، در پشت ایفود به‌جامه ملفوف است. اگرمی خواهی آن را بگیری بگیر، زیرا غیر از آن دراینجا نیست.» داود گفت: «مثل آن، دیگری نیست. آن را به من بده.»۹
10 त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए ।
پس داود آن روز برخاسته، از حضورشاول فرار کرده، نزد اخیش، ملک جت آمد.۱۰
11 आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी देशका राजा दाऊद होइनन्? के तिनीहरूले नाचहरूमा एक-आपसमा यसो भनी गाएनन्, 'शाऊलले हजारौलाई मारेका छन्, र दाऊदले दसौं हजारलाई मारेका छन्?'”
و خادمان اخیش او را گفتند: «آیا این داود، پادشاه زمین نیست؟ و آیا در باره او رقص‌کنان سرودخوانده، نگفتند که شاول هزاران خود را و داود ده هزاران خود را کشت؟»۱۱
12 दाऊदले यस कुरालाई मन लिए र गातका राजा आकीशसँग धेरै डराए ।
و داود این سخنان رادر دل خود جا داده، از اخیش، ملک جت بسیاربترسید.۱۲
13 उनीहरूको सामु तिनले आफ्‍नो व्‍यवहार बदले र तिनीहरूकहाँ पागल भएको बाहाना गरे । तिनले प्रवेशद्वारको ढोकाहरूमा लेखे र आफ्‍नो र्‍याल दाह्रीभरि चुहाए ।
و در نظر ایشان رفتار خود راتغییرداده، به حضور ایشان خویشتن را دیوانه نمود، وبر لنگه های در خط می‌کشید و آب دهنش را برریش خود می‌ریخت.۱۳
14 तब आकीशले आफ्ना सेवकहरूलाई भने, “हेर, यो मानिस पागल भएको तिमीहरू देख्‍दैछौ । यसलाई तिमीहरूले मकहाँ किन ल्याएको हौ?
و اخیش به خادمان خود گفت: «اینک این شخص را می‌بینید که دیوانه است، او را چرا نزد من آوردید؟۱۴
15 के मसँग पागल मानिसको कमी छ, ताकि तिमीहरूले यसलाई मेरो उपस्थितिमा त्‍यस्‍तै व्यवहार गर्नलाई ल्याएको हौ? के यो मानिस साँच्‍चै नै मेरो घरमा आउनेछ?”
آیامحتاج به دیوانگان هستم که این شخص راآوردید تا نزد من دیوانگی کند؟ و آیا این شخص داخل خانه من بشود؟»۱۵

< १ शमूएल 21 >