< १ शमूएल 20 >

1 तब दाऊद रामाको नैयोतबाट भागे र जोनाथनकहाँ आए र भने, “मैले के गरेको छु? मेरो अपराध के हो? तपाईंको बुबाको सामु मैले गरेको पाप हो, जसको कारणले उहाँले मेरो ज्यान लिन खोज्नुहुन्छ?”
Sai Dawuda ya gudu daga Nayiwot a Rama ya je wurin Yonatan ya ce, “Me na yi? Wane laifi ne na yi? Ta wace hanya ce na yi wa mahaifinka laifi har da yake neman yă kashe ni?”
2 जोनाथनले दाऊदलाई भने, “यो कुरा दूर होस् । तपाईं मर्नुहुन्‍न । मेरो बुबाले मलाई नभनी सानो वा ठुलो कुनै पनि कुरा गर्नुहुन्‍न । मेरो बुबाले यो कुरा किन लुकाउनुहुन्छ? यो यस्तो होइन?”
Yonatan ya ce, “Faufau, ba za ka mutu ba! Ka ji nan, mahaifina ba ya yin kome ba tare da ya shawarce da ni ba. Me ya sa ya ɓoye mini wannan? Ba zai yiwu ba.”
3 तापनि दाऊदले फेरि शपथ खाए र भने, “मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भनेर तपाईंको बुबाले राम्ररी थाहा पाउनुभएको छ । उहाँले भन्‍नुभएको छ, 'जोनाथनले यो कुरा थाहा पाउनुहुँदैन नत्र ऊ दुःखित हुनेछ ।' तर जस्तो परमप्रभु जीवित हुनुहुन्छ र तपाईं जीवित हुनुहुन्छ, म र मृत्यु बिच एक कदम मात्र छ ।”
Sai Dawuda ya rantse ya ce, “Mahaifinka ya san cewa, na sami tagomashi a gare ka, domin haka ba zai sanar maka da wannan ba, don kada yă baƙanta maka rai. Na rantse da Ubangiji, da kai kuma, taki ɗaya kaɗai ya rage tsakanina da mutuwa.”
4 तब जोनाथनले दाऊदलाई भने, “तपाईंले मलाई जे भन्‍नुहुन्छ, म तपाईंको निम्ति त्यही गर्नेछु ।”
Sai Yonatan ya ce, “Duk abin da kake so in yi maka zan yi.”
5 दाऊदले जोनाथनलाई भने, “भोलि औंसी हो, म राजासँग खान बस्‍नुपर्छ । तर मलाई जान दिनुहोस्, ताकि तेस्रो दिनको साँझसम्म म आफै खेतमा लुक्‍न सकूँ ।
Dawuda ya ce, “Gobe fa shi ne Bikin Sabon Wata, ya kamata in ci tare da sarki amma bari in tafi fili in ɓuya har jibi da yamma.
6 तपाईंका बुबाले म नहुँदा खिन्‍न महसुस गर्नुभयो भने, यसो भन्‍नुहोस्, 'दाऊदले आफ्नो सहर बेथलेहेममा जान पाऊँ भनी तिनले मसँग ज्‍यादै बिन्‍ती गरेर विदा मागे । किनभने त्‍यहाँ सबै कुलको वार्षिक बलिदान हुँदैछ ।'
In mahaifinka bai gan ni ba, ka gaya masa cewa, ‘Dawuda ya nemi izinina domin yă hanzarta yă tafi garinsa a Betlehem saboda ana hadaya ta shekara-shekara don dukan zuriyarsa.’
7 उहाँले, 'ठिकै छ' भन्‍नुहुन्‍छ भने, तपाईंको दासलाई शान्ति हुनेछ । तर उहाँ रिसले चुर हुनुभयो भने, उहाँले कुनै खराब गर्ने अठोट गर्नुभएको छ भनी जान्‍नुहोस् ।
In ya yi na’am, to, bawanka ya tsira. Amma in ka ga ya damu, to, ka tabbata ya yi niyya yă kashe ni.
8 यसकारण आफ्‍नो दासमाथि दायपूर्वक व्यवहार गर्नुहोस् । किनभने तपाईंले आफ्नो दासलाई आफूसँगै परमप्रभुको करारमा ल्याउनुभएको छ । तर ममा कुनै पाप छ भने, मलाई तपाईं आफैले मार्नुहोस् । किनकि मलाई किन तपाईंको बुबाकहाँ ल्याउनुहुन्छ?”
Kai kuma, ka nuna alheri ga bawanka, gama ka riga ka yi yarjejjeniya da ni a gaban Ubangiji, in kuwa na yi laifi ne sai ka kashe ni da kanka. Don me za ka bashe ni ga mahaifinka?”
9 जोनाथनले भने, “यो कुरा तपाईंबाट दूर रहोस्! मेरा बुबाले तपाईंमाथि हानि ल्याउने अठोट गर्नुभएको छ भनी मैले थाहा पाएँ भने, के म तपाईंलाई भन्दिनँ र?”
Yonatan ya ce, “Labudda! In na ji ƙishin-ƙishin, cewa mahaifina yana neman yă kashe ka ashe, ba zan gaya maka ba?”
10 तब दाऊदले जोनाथनलाई भने, “तपाईंका बुबाले तपाईंलाई कतै खस्रो किसिमको जवाफ दिनुभयो भने मलाई कसले भनिदिने?”
Dawuda ya ce, “Wa zai gaya mini idan mahaifinka ya amsa maka da amsa marar daɗi?”
11 जोनाथनले दाऊदलाई भने, “आउनुहोस्, हामी खेतमा जाऔं ।” त्यसैले तिनीहरू दुवै जना खेतमा गए ।
Yonatan ya ce, “Zo mu fita zuwa fili.” Sai suka tafi tare.
12 जोनाथनले दाऊदलाई भने, “परमप्रभुको इस्राएलको परमेश्‍वर नै साक्षी हुनुभएको होस् । जब भोलि वा पर्सि मैले मेरो बुबालाई प्रश्‍न गरेपछि, हेर्नुहोस्, दाऊदप्रति शुभेच्छा छ भने, के म तपाईंकहाँ कसैलाई पठाउने र त्‍यो कुराको जानकारी तपाईंलाई दिनेछैन र?
Sai Yonatan ya ce wa Dawuda, “Na yi rantse da Ubangiji, Allah na Isra’ila cewa war haka jibi, zan yi ƙoƙari in ji daga mahaifina, idan ya yi magana mai kyau game da kai, zan gaya maka.
13 मेरो बुबाले तपाईंलाई हानि गर्ने इच्छा गर्नुभएको रहेछ, र तपाईं शान्तिमा जान सक्‍नुभएको होस् भनी मैले तपाईंलाई थाहा दिइनँ, र तपाईंलाई पठाइनँ भने, परमप्रभुले जोनाथनलाई यसै र अझ बढी गर्नुभएको होस् । परमप्रभु जसरी मेरो बुबासँग हुनुहुन्‍छ, त्यसरी नै उहाँ तपाईंसँग रहनुभएको होस् ।
Amma in mahaifina ya sa zuciya yă cuce ka, Ubangiji yă hukunta ni da hukunci mai tsanani in ban gaya maka ba, in kuma sa ka ka tafi lafiya. Ubangiji yă kasance tare da kai kamar yadda ya kasance da mahaifina.
14 म जीवित रहें भने के तपाईंले मलाई परमप्रभुको करारको विश्‍वस्‍तता देखाउनुहुनेछैन र ताकि म मर्नेछैन?
Amma ka nuna mini alheri marar ƙarewa iri ta Ubangiji dukan rayuwata don kada a kashe ni.
15 परमप्रभुले दाऊदका शत्रुहरूलाई पृथ्वीको सतहबाट निमिट्यान्‍न पार्नुहुँदा पनि मेरो घरानाबाट तपाईंको करारको विश्‍वस्‍तता नहटाउनुहोला ।”
Kada kuma ka yanke alherinka ga iyalina ko da Ubangiji ya hallaka dukan maƙiyin Dawuda a duniya.”
16 त्यसैले जोनाथनले दाऊदको घरानासँग करार बाँधे र भने, “परमप्रभुले दाऊदका शत्रुहरूबाट लेख लिनुभएको होस् ।”
Saboda haka Yonatan ya yi yarjejjeniya da gidan Dawuda cewa Ubangiji yă kawo dukan maƙiyin Dawuda ga mutuwa.
17 जोनाथानले दाऊदप्रतिको तिनको प्रेमले गर्दा फेरि तिनले शपथ खाए, किनभने तिनलाई आफ्नो प्राणलाई झैं उनले प्रेम गरे ।
Yonatan kuwa ya sa Dawuda ya sāke tabbatar masa rantsuwansa game da abokantakarsa da shi, gama yana ƙaunar Dawuda kamar ransa.
18 तब जोनाथनले तिनलाई भने, “भोलि औंसी हो । तपाईं नहुँदा खिन्‍न महसुस हुनेछ, किनभने तपाईंको आसन खाली हुनेछ ।
Sai Yonatan ya gaya wa Dawuda cewa, “Gobe ne Bikin Sabon Wata, za a rasa ka, da yake kujerarka za tă kasance ba kowa a kai.
19 जब तपाईं तिन दिन लुकेपछि, तुरुन्‍तै तल जानुहोस् र यो कुरा सुरु भयो भने तपाईं लुक्‍नुभएकै ठाउँमा आउनुहोस्, अनि एजेल ढुङ्गाको छेउमा बस्‍नुहोस् ।
Jibi wajajen yamma, ka tafi wurin da ka ɓuya lokacin da wannan matsala ta fara, ka tsaya kusa da dutsen Etsel.
20 मैले कुनै कुरालाई तारो बनाएर हानेझैं, म यसको छेउमा तिन वटा काँडहरू हान्‍नेछु ।
Zan harbi kibiya uku ta wajen, sai ka ce dai ina harbin baka.
21 तब म आफ्‍नो जवान केटोलाई यसो भन्‍नेछु र पठाउनेछु, 'जा र काँडहरू टिपेर ले ।'मैले त्यो जवानलाई, 'हेर्, काँडहरू तेरो यतापट्टि छन्, ति लिएर आइज” तब आउनुहोस् । किनभने परमप्रभु जीवित हुनुभएझैं त्यहाँ तपाईंको निम्ति सुरक्षा हुनेछ, र हानि हुनेछैन ।
Sa’an nan zan aiki yaro in ce masa, ‘Je ka nemo kibiyoyin.’ In na ce masa, ‘Duba, kibiyoyin suna wannan gefen da kake, kawo su,’ sai ka fito, wato, tabbatacce muddin Ubangiji yana raye, ka tsira, ba wani hatsari.
22 “तर मैले त्यो जवानलाई यसो भनें, 'हेर्, काँडहरू तेरो उतापट्टि छन्,' तब तपाईं आफ्नो बाटो लाग्‍नुहोस्, किनकि परमप्रभुले तपाईंलाई टाढा पठाउनुभएको छ ।”
Amma in na ce wa yaron, ‘Duba, kibiyoyin suna gaba da kai,’ sai ka tafi, gama Ubangiji ya sallame ka.
23 म र तपाईंले गरेको सहमतिको बारेमा, हेर्नुहोस्, परमप्रभु तपाईं र मेरो बिचमा सदासर्वदा साक्षी हुनुहुन्छ' ।”
Game da al’amarin da muka tattauna da ni da kai kuwa, ka tuna fa Ubangiji ne shaida tsakanina da kai har abada.”
24 त्यसैले दाऊदले आफूलाई खेतमा लुकाए । जब औंसी आयो, तब राजा खानलाई बसे ।
Dawuda ya tafi ya ɓuya a fili. Sa’ad da ranar Bikin Sabon Wata ta zo, sarki ya zauna don yă ci.
25 सदाझैं राजा आफ्नो आसनमा भित्ताको छेउमा बसे । जोनातन खडा भए, र अबनेर शाऊलको छेउमा बसे । तर दाऊदको ठाउँ खाली थियो ।
Ya zauna a kujeransa inda ya saba zama kusa da bango yana fuskantar Yonatan, Abner kuma ya zauna kusa da sarki. Amma kujeran Dawuda ba kowa.
26 तापनि शाऊलले त्यस दिन केही पनि भनेनन्, किनभने तिनले सोचे, “तिनलाई केही भएको छ । तिनी शुद्ध छैनन् । निश्‍चय नै तिनी शुद्ध छैनन् ।”
Shawulu bai ce kome ba a ranar domin ya yi tsammani wataƙila wani abu ya faru da Dawuda ya mai da shi marar tsarki, tabbatacce ba shi da tsarki.
27 तर औंसीको भोलि पल्ट दाऊदको ठाउँ खाली थियो । शाऊलले जोनाथनलाई भने, “यिशैका छोरा खानलाई हिजो वा आज किन आएको छैन्?”
Amma kashegari, rana ta biyu ga wata, kujeran Dawuda kuma ba kowa, sai Shawulu ya ce wa ɗansa Yonatan, “Me ya sa ɗan Yesse bai zo cin abinci, jiya da yau ba?”
28 जोनाथनले शाऊललाई जवाफ दिए, “दाऊदले बेथलेहेम जानलाई मसँग ज्‍यादै बिन्‍ती गरेर अनुमती मागे ।
Yonatan ya ce, “Dawuda ya nemi izinina don yă tafi Betlehem.
29 तिनले भने, “कृपया मलाई जान दिनुहोस् । किनकि हाम्रो परिवारको सहरमा एउटा बलिदान छ, र म त्यहाँ हुनुपर्छ भनी मेरो दाजुले मलाई आदेश दिएका छन् । मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने, कृपया मलाई जान र आफ्‍ना दाजुहरूलाई भेट्न दिनुहोस् ।' यसकारण तिनी राजासँग खानलाई टेबलमा आएका छैनन् ।”
Ya ce, ‘Bari in tafi gama iyalinmu suna miƙa hadaya a gari,’yan’uwana kuwa sun gayyace ni in kasance a can. In na sami yardarka, bari in tafi in ga’yan’uwana.’ Dalilin ke nan da bai zo ci da sarki ba.”
30 तब जोनाथनको विरुद्धमा शाऊल रिस दन्‍कियो र तिनले उनलाई भने, “तँ पथभ्रष्‍ट र विद्रोही स्‍त्री को छोरो! तैंले यिशैका छोरालाई आफ्नै शर्म र आफ्नो आमाको नग्‍नताको शर्मको निम्ति रोजेको छस् भन्‍ने के मलाई थाहा छैन?
Fushin Shawulu ya ƙuna a kan Yonatan, sai ya ce masa, “Kai shege ne, haihuwar banzan mace; ai, na san kana goyon bayan ɗan Yesse don ka wulaƙantar da kanka da mahaifinka.
31 किनकि यिशैका छोरा पृथ्वीमा रहेसम्‍म, न तँ रहेनेछस् न त तेरो राज्य नै रहनेछ । अब कसैलाई पठा र त्यसलाई मकहाँ लिएर आइज, किनकि त्यो मरिनैपर्छ ।”
Muddin ɗan Yesse yana da rai a duniya, ba za ka kahu ba. Sarautarka kuma ba za tă kahu ba. Yanzu sai ka je ka kawo mini shi. Dole yă mutu.”
32 जोनाथनले आफ्नो बुबा शाऊललाई जवाफ दिए, “के कराणले तिनलाई मारिनुपर्ने? तिनले के गरेका छन्?”
Yonatan ya ce wa mahaifinsa, “Me ya sa zai mutu? Me ya yi?”
33 तब शाऊलले तिनलाई मार्न आफ्नो भालाले हाने । यसरी आफ्नो बुबाले दाऊदलाई मार्न अठोट गरेका कुरा जोनाथनलाई पक्‍का थाहा भयो ।
Amma Shawulu ya jefe shi da māshi don yă kashe shi. A nan ne Yonatan ya san lalle mahaifinsa ya yi niyya yă kashe Dawuda.
34 जोनाथन रिसले आगो भएर टेबलबाट उठे र महिनाको दोस्रो दिन कुनै खाने कुरा खाएनन्, किनकि दाऊदको निम्‍ति तिनी शोकित भए, किनकि तिनका बुबाले उनको अनादर गरेका थिए ।
Yonatan ya tashi daga tebur cin abincin da fushi. A rana ta biyun kuwa bai ci abinci ba, gama yana baƙin ciki game da rashin kunyar mahaifinsa game da Dawuda.
35 भोलिपल्‍ट बिहान दाऊदलाई भनेको समयमा भेट गर्न जोनाथन खेतमा गए र एक जना जवान मानिस तिनीसँगै थियो ।
Da safe Yonatan ya tafi domin yă sadu da Dawuda a fili. Ya tafi tare da wani ƙaramin yaro.
36 तिनले आफ्‍नो जवान मानिसलाई भने, “दौडी र मैले हानेका काँडहरू खोजेर ले ।” त्‍यो जवान मानिस जाँदैगर्दा तिनले उसको पछिल्‍तिर काँड हाने।
Ya ce wa yaron, “Yi ruga da gudu ka nemo kibiyoyin da na harba.” Da yaron ya ruga sai ya harba kibiya a gaba da shi.
37 जब जोनाथने हानेका काँडहरू भएको ठाउँमा जवान मानिस पुग्‍यो, तब जोनातनले त्‍यो जवान मानिसलाई बोलाए र भने, “के काँड तेरो पछिल्तिर छैनन् र?”
Da yaron ya isa wurin da kibiyan Yonatan ya fāɗi, Yonatan ya kira shi ya ce, “Kibiyan na gabanka fa.”
38 तब जोनाथनले त्‍यो जवान मानिसलाई भने, “छिटो गर्, छिटो गर्, नबस् । त्यसैले जोनाथनको जवान केटाले काँडहरू जम्‍मा गर्‍यो र आफ्नो मालिककहाँ आयो ।
Sai ya tā da murya ya ce, “Maza, yi sauri kada ka tsaya.” Yaron ya ɗauko kibiya ya kawo wa maigidansa.
39 तर त्‍यो जवान मानिसलाई अरू कुनै कुरा थाहा थिएन । जोनाथन र दाऊदले मात्र सो कुरा जान्दथे ।
(Yaron kuwa bai san kome game da wannan abu ba, sai Yonatan da Dawuda kawai.)
40 जोनाथनले आफ्ना हतियारहरू आफ्नो जवान मानिस दिए र त्यसलाई भने, “जा, ति सहरमा लैजा ।”
Yonatan ya ba wa yaron makaman ya ce, “Ka ɗauka ka koma gari.”
41 त्‍यो जवान मानिस जानेबित्तिकै, दाऊद ढिस्कोको पछाडिबाट उठे, जमिनमा घोप्टो परे र शिर झुकाएर तिन पटक दण्डवत गरे । तिनीहरूले एकआपसमा चुम्बन गरे र सँगसँगै रोए, अनि दाऊद झन् धेरै रोए ।
Da yaron ya tafi, sai Dawuda ya tashi daga inda ya ɓuya kusa da tarin duwatsu, ya rusuna har sau uku. Sa’an nan suka sumbaci juna, suka yi kuka, Dawuda kuwa ya yi kuka sosai.
42 जोनाथनले दाऊदलाई भने, “शान्तिसँग जानुहोस्, किनभने, 'तपाईं र म, तपाईंका सन्तान र मेरा सन्तान बिचमा परमप्रभु सदाको निम्ति हुनुभएको होस्' भनी परमप्रभुको नाउँमा हामी दुवैले शपथ खाएका छौं ।” तब दाऊद उठे, र गए र जोनाथन सहरमा फर्के ।
Yonatan ya ce wa Dawuda, “Sauka lafiya, mun riga mun yi rantsuwar abokantaka da juna a cikin sunan Ubangiji cewa, ‘Ubangiji ne shaida tsakanina da kai, tsakanin zuriyarka da zuriyata har abada.’” Sai Dawuda ya tafi, Yonatan kuwa ya koma gari.

< १ शमूएल 20 >