< १ शमूएल 18 >
1 जब तिनले शाऊलसँग कुरा गरिसकेका थिए, तब जोनाथनको प्राण दाऊदको प्राणसँग बाँधियो र जोनाथनले तिनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे ।
I stało się, gdy przestał mówić do Saula, że dusza Jonatanowa spoiła się z duszą Dwidową, i umiłował go Jonatan, jako duszę swoję.
2 त्यस दिन शाऊलले दाऊदलाई आफ्नो सेवामा लिए । उनले तिनलाई आफ्नो बुबाको घरमा फर्कन दिएनन् ।
I wziął go Saul dnia onego, ani mu dopuścił, żeby się wracał do domu ojca swego.
3 तब जोनाथन र दाऊदले मित्रताको करार बाँधे, किनभने जोनाथनले तिनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे ।
A tak uczynił Jonatan z Dawidem przymierze, bo go miłował jak duszę swoję.
4 जोनाथनले आफूले लगाइरहेका पोशाक फुकाले र आफ्नो हतियार, तरवार, धनु र पेटी सहित त्यो तिनले दाऊदलाई दिए ।
A zdjawszy z siebie Jonatan płaszcz, który miał na sobie, dał go Dawidowi, i szaty swe, aż do miecza swego, i aż do pasa swego rycerskiego.
5 शाऊलले जहाँ पठाए पनि दाऊद जान्थे, र तिनी सफल भए । शाऊलले तिनलाई युद्ध गर्ने मानिसहरूको उच्च पदमा स्थापित गरे । सबै मानिसहरू र शाऊलका सेवकहरूकै दृष्टिमा पनि यो कुरा असलै लाग्यो ।
I wychadzał Dawid do wszystkiego, do czego go kolwiek posyłał Saul, a roztropnie się sprawował; i przełożył go Saul nad rycerstwem, i był wdzięcznym w oczach wszystkiego ludu, także i w oczach sług Saulowych.
6 जब तिनीहरू पलिश्तीहरूलाई पराजित गरेर आए, तब इस्राएलका सहरहरूबाट स्त्रीहरू खैंजडी र अन्य साङ्गितिक साधनहरूसँगै आनन्द साथ गाउँदै र चाँच्दै निस्के शाऊल राजालाई भेट्न आए ।
I stało się, gdy się wracali, a Dawid się też wracał od porażki Filistynów, że wyszły niewiasty ze wszystkich miast Izraelskich, śpiewając i grając przeciwko Saulowi królowi z bębnami, z weselem, i z gęślami.
7 ती स्त्रीहरूले संगीतका साधनहरू बजाउँदै एकसाथ गीतहरू गाए । तिनीहरूले यसरी गाएः “शाऊलले हजारौंलाई मारेका छन् र दाऊदले दसौं हजारलाई मारेका छन् ।”
A śpiewając na przemiany one niewiasty, grały i mówiły: Poraził Saul swój tysiąc, ale Dawid swoich dziesięć tysięcy.
8 शाऊल रिसले चुर भए र यो गितले तिनलाई अप्रसन्न बनायो । तिनलेल भने, “तिनीहरूले दाऊदलाई दसौं हजारको श्रेय दिए, तर तिनीहरूले मलाई भने हजारौं मात्रको श्रेय दिए । राजाको दर्जाबाहेक अब अरू बढी उसले के पाउनु छ र?”
I rozgniewał się Saul bardzo, bo się nie podobały w oczach jego te słowa; i rzekł: Przywłaszczyli Dawidowi dziesięć tysięcy, a mnie przywłaszczyli tysiąc: a czegoż mu niedostaje, jedno królestwa?
9 शाऊलले त्यस दिनदेखि दाऊदलाई शंकाको दृष्टिे हेरे ।
Przetoż Saul krzywo patrzył na Dawida od onegoż dnia i na potem.
10 भोलि पल्ट शाऊलमा परमेश्वरबाटको हानिकारक आत्मा आयो र तिनले घरभित्र नै अगमवाणी बोले । त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्नो सङ्गीतको साधन बजाए । शाऊलको हातमा भाला थियो ।
I stało się drugiego dnia, że przypadł Duch Boży zły na Saula, i prorokował w pośrodku domu, a Dawid grał ręką swoją dnia onego, jako i przedtem, a Saul miał włócznią w ręce swej.
11 शाऊलले भाला हाने, किनकि तिनले सोचे, “म दाऊदलाई भित्तामा छेडिदिन्छु ।” तर त्यो दिन दाऊद दुईपल्ट यसरी नै शाऊलको उपस्थितिबाट उम्के ।
I cisnął Saul włócznią, mówiąc: Przebiję Dawida aż ku ścianie; ale się uchylił Dawid przed nim po dwa kroć.
12 परमप्रभु दाऊदसँग हुनुहुन्थ्यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए ।
I bał się Saul Dawida, przeto że Pan był z nim, a od Saula odstąpił.
13 त्यसैले शाऊलले तिनलाई आफ्नो उपस्थितिबाट हटाए र तिनलाई हजारको कमाण्डरमा नियुक्त गरे । यसरी दाऊद बाहिर निस्के र मानिसहरूको सामु आए ।
I odprawił go Saul od siebie, a uczynił go hetmanem nad tysiącem, i wychadzał a wchadzał przed ludem.
14 दाऊद आफ्ना मार्गमा सफलता पाए, किनभने परमप्रभु तिनीसँग हुनुहुन्थ्यो ।
Owa Dawid we wszystkich drogach swych roztropnie się sprawował; bo Pan był z nim.
15 जब शाऊलले तिनको फलिफाप भएको देखे, तब उनलाई तिनको डर भयो ।
Co gdy widział Saul, iż tak bardzo roztropnie sobie poczynał, bał się go.
16 तर सारा इस्राएल र यहूदाले दाऊदलाई प्रेम गरे, किनभने उनीहरूका सामु तिनी भित्र-बाहिर गर्थे ।
Ale wszystek Izrael i Juda miłował Dawida; bo on wychadzał i wchadzał przed nimi.
17 तब शाऊलले दाऊदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छिन् । तिनलाई म तिम्रो पत्नी हुनलाई दिनेछु । मेरो निम्ति मात्र साहसी हुनु र परमप्रभुको युद्ध लड्नुपर्छ ।” किनकि शाऊलले सोचे, “तिनीमाथि मेरो हात नपरोस्, तर तिनीमाथि पलिश्तीहरूको हात परोस् ।”
I rzekł Saul do Dawida: Oto, córkę moję starszą Merob dam ci za żonę, jedno bądź mężem mocnym, i odprawuj wojny Pańskie; bo tak Saul sobie mówił: Niech nie będzie ręka moja na nim, ale niech będzie na nim ręka Filistynów.
18 दाऊदले शाऊललाई भने, “म राजाको ज्वाइँ बन्न, म को हुँ र मेरा नातेदारहरू वा इस्राएलमा मेरो बुबाको कुल को हो र?”
Tedy rzekł Dawid do Saula: Któżem ja? albo co za stan mój, albo co za dom ojca mego w Izraelu, żebym był zięciem królewskim?
19 तर शाऊलकी छोरी मेराबलाई दाऊदलाई पत्नीको रूपमा दिने बेलामा, तिनलाई महोलाको अद्रिएलको पत्नीको रूपमा दिइयो ।
I stało się, gdy przyszedł czas, którego miała być dana Merob, córka Saulowa, Dawidowi, że ona dana jest Adryjelowi Meholatyckiemu za żonę.
20 तर शाऊलकी छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन् । तिनीहरूलले दाऊदलाई भने र यो कुराले तिनी खुसी भए ।
Ale się rozmiłowała Michol, córka Saulowa, Dawida; co gdy powiedziano Saulowi, miło mu to było.
21 तब शाऊलले सोचे, “दाऊदसँग म त्यसकै विवाह गरिदिनेछु, ताकि त्यसको निम्ति यो एउटा पासो होस् र पलिश्तीहरूका हात उसको विरुद्धमा परोस् ।” यसरी शाऊलले दाऊदलाई दोस्रोपल्ट यसो भने, “तिमी मेरो ज्वाइँ हुनेछौ ।”
I rzekł Saul: Dam mu ją, żeby mu była sidłem, a żeby była na nim ręka Filistynów. Przetoż rzekł Saul do Dawida: Po drugie będziesz zięciem moim dzisiaj.
22 शाऊललले आफ्ना सेवकहरूलाई आज्ञा दिए, “दाऊदसँग गोप्यमा कुरा गर र यसो भन, 'हेर, राजा तिमीसँग खुसी हुनुहुन्छ, र उनका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन् । त्यसो हो भने, अब राजाको ज्वाइँ हुनुहोस्' ।”
Tedy rozkazał Saul sługom swoim: Rzeczcie do Dawida potajemnie, mówiąc: Oto, upodobał cię sobie król, i wszyscy słudzy jego miłują cię, a tak teraz bądź zięciem królewskim.
23 त्यसैले शाऊलका सेवकहरूले यी कुराहरू दाऊदलाई भने । तब दाऊदले भने, “के राजाको ज्वाइँ हुनु तपाईंहरूका निम्ति सानो कुरा हो, किनकि म त गरीब र तुच्छ मानिस हुँ?”
A gdy mówili słudzy Saulowi w uszy Dawidowe te słowa, odpowiedział Dawid: Czy się wam mała rzecz widzi, być zięciem królewskim, gdyżem ja jest mężem ubogim i podłym?
24 शाऊलका सेवहरूले दाऊदले भनेका यी कुराहरू उनलाई बताए ।
Tedy słudzy Saulowi oznajmili mu, mówiąc: Tak powiedział Dawid.
25 त्यसपछि शाऊलले भने, “दाऊदलाई यसो भन, 'राजाले आफ्ना शत्रुहरूमाथि बद्ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्न' ।” दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्ने शाऊलको विचार थियो ।
I rzekł Saul: Tak powiedzcie Dawidowi: Nie dbać król o wiano, tylko chce mieć sto nieobrzezek Filistyńskich, aby się stała pomsta nad nieprzyjaciołmi królewskimi; bo Saul myślił, jakoby Dawida podać w ręce Filistynom.
26 जब तिनका सेवकहरूले दाऊदलाई यी कुराहरू बताए, तब दाऊद राजाको ज्वाइँ हुन राजी भए ।
Tedy słudzy jego powiedzieli te słowa Dawidowi; i spodobało się to Dawidowi, aby został zięciem królewskim; a jeszcze się nie były wypełniły dni one.
27 ती दिन सिद्धिनअगि नै, दाऊद आफ्ना मानिसहरूसँग गए र दुई सय जना पलिश्तीहरूलाई मारे । दाऊदले तिनीहरूका खलडी ल्याए र तिनीहरूले राजालाई त्यो पूर्ण संख्यामा दिए, ताकि तिनी राजाका ज्वाइँ हुन सकून् । त्यसैले शाऊलले तिनकी छोरी मीकललाई उनको पत्नी हुनलाई दिए ।
Wstał tedy Dawid, i poszedł, on i mężowie jego, i zabił z Filistynów dwieście mężów, i przyniósł Dawid nieobrzezki ich, i oddano je spełna królowi, aby był zięciem królewskim. A tak dał mu Saul Michol, córkę swą za żonę.
28 परमप्रभु दाऊदसँग हुनुभएको र शाऊलकी छोरी मीकलले तिनलाई प्रेम गरेको जब शाऊलले देखे र थाहा पाए,
A widząc Saul, i bacząc, że Pan był z Dawidem, a iż Michol, córka jego, miłowała go,
29 तब दाऊदसँग शाऊल झन् धेरै डराए । शाऊल निरन्तर रूपमा दाऊदका शत्रु भए ।
Tem więcej Saul obawiał się Dawida, i stał się Saul nieprzyjacielem Dawidowi po wszystkie dni.
30 त्यसपछि पलिश्तीहरूका शासकहरू युद्ध गर्न आए र तिनीहरू जति पटक युद्ध गर्न आए पनि दाऊदचाहिं तिनीहरूमाथि शाऊलका अन्य सेवकहरूभन्दा धेरै सफल भए, जसले गर्दा तिनको नाउँको उच्च कदर गरिएको थियो ।
I wpadały książęta Filistyńskie do ziemi. A kiedykolwiek wpadały, roztropniej sobie poczynał Dawid nad wszystkie sługi Saulowe; przetoż sławne było imię jego bardzo.