< १ शमूएल 17 >
1 यति बेला पलिश्तीहरूले युद्धको निम्ति आफ्ना फौजहरू भेला गरे । तिनीहरू सोकोमा भेला भए जुन यहूदाको क्षेत्र हो । तिनीहरूले सोको र आजेकाको बिचमा एपेस-दम्मीममा छाउनी हाले ।
Torej Filistejci so zbrali skupaj svoje vojske za boj in zbrani so bili skupaj pri Sohóju, ki pripada Judu in se utaborili med Sohójem in Azéko, v Efes Damímu.
2 शाऊल र इस्राएलका मानिसहरू भेला भए र एलाहको मैदानमा छाउनी हाले र पलिश्तीहरूसँग युद्ध गर्न पङ्तीबद्ध भए ।
Savel in Izraelovi možje so bili zbrani skupaj in se utaborili poleg doline Elá in se postrojili v boj zoper Filistejce.
3 पलिश्तीहरू पहाडको एकापट्टि र इस्राएल पहाडको अर्कोपट्टि मैदानलाई तिनीहरूका बिचमा पारेर खडा भए ।
Filistejci so stali na gori na eni strani, Izrael pa je stal na gori na drugi strani in med njimi je bila dolina.
4 गातको गोल्यत नाउँ गरेको एक जना बलियो मानिस पलिश्तीहरूको छाउनीबाट आयो, जसको उचाइ तिन मिटर थियो ।
Iz tabora Filistejcev je prišel šampion iz Gata, po imenu Goljat, katerega višina je bila šest komolcev in pedenj.
5 उसले आफ्नो शिरमा काँसाको टोप लगाएको थियो, त्यो झिलमले सुसज्जित थियो । उसको काँसाको झिलमको तौल साठी किलो थियो ।
Na svoji glavi je imel čelado iz brona in oborožen je bil z verižnim plaščem. Teža plašča je bila pet tisoč šeklov brona
6 उसको खुट्टामा काँसाको झिलम थियो र त्यसको कुमहरूको बिचमा भाला थियो ।
Na svojih nogah je imel bronaste golenice in okrogel ščit iz brona med svojimi rameni.
7 उसको भालाको डण्डा कपडा बुन्ने जुलाहको थुरीजस्तै ठुलो थियो । उसको भालाको टुप्पो सात किलो फलामको थियो । उसको ढाल बोक्ने त्यसको अगि-अगि गयो ।
Palica njegove sulice je bila podobna tkalčevemu brunu in vrh njegove sulice je tehtal šeststo šeklov železa in nekdo, ki je nosil ščit, je šel pred njim.
8 ऊ खडा भयो र इस्राएलको फौजतिर चिच्याए, “तिमीहरू लडाइँको निम्ति पङ्तीबद्ध हुन किन आएका छौ? के म एक जना पलिश्ती होइन र तिमीहरू शाऊलको सेवकहरू होइनौ र? आफ्नो निम्ति एक जना मानिसलाई चुन र ऊ मकहाँ तल आओस् ।
Stal je in klical Izraelovim vojskam ter jim rekel: »Zakaj ste prišli ven, da se postrojite za boj? Mar nisem jaz Filistejec, vi pa Savlovi služabniki? Izberite zase moža in naj pride dol k meni.
9 मसँग लडेर उसले मलाई जित्यो भने, हामी तिमीहरूका सेवकहरू हुनेछौं । तर मैले त्यसलाई हराएँ भने, तिमीहरू हाम्रो सेवकहरू हुनेछौ र हाम्रो सेवा गर्नेछौ ।”
Če se je zmožen bojevati z menoj in me ubiti, potem bomo mi vaši služabniki, toda če prevladam zoper njega in ga ubijem, potem boste vi naši služabniki in nam služili.«
10 त्यो पलिश्तीले फेरि भन्यो, “म इस्राएलको फौजलाई आज चुनौती दिन्छु । मलाई एउटा मानिस देओ, ताकि हामीसँगै लड्न सकौं ।”
Filistejec je rekel: »Danes izzivam Izraelove vojske. Dajte mi človeka, da se lahko skupaj bojujeva.«
11 जब शाऊल र सारा इस्राएलले त्यो पलिश्तीले भनेको कुरा सुने, तिनीहरू निरुत्साहित भए र साह्रै डराए ।
Ko so Savel in ves Izrael slišali te Filistejčeve besede, so bili zaprepadeni in silno prestrašeni.
12 दाऊदचाहिं यहूदाका बेथलेहेमको एप्रातीका छोरा थिए जसको नाम यिशै थियो । तिनका आठ भाइ छोरा थिए । शाऊलको समयमा यिशै बृद्ध मानिस, मानिसहरू माझ धेरै वृद्ध थिए ।
Torej David je bil sin tega Efratejca iz Judovega Betlehema, katerega ime je bilo Jese. Ta je imel osem sinov. V Savlovih dneh je mož odšel med može za starca.
13 यिशैका तिन जना ठुला छोराहरू युद्धमा शाऊलको पछि लागेका थिए । तिन छोराहरूका नाउँहरू जेठा एलीआब, माहिला अबीनादाब र साहिंला शम्मा थिए ।
Trije najstarejši Jesejevi sinovi so odšli in Savlu sledili v bitko. Imena njegovih treh sinov, ki so šli v bitko, so bila Eliáb, prvorojenec in poleg njega Abinadáb in tretji Šamá.
14 दाऊदचाहिं कान्छा थिए । तिन जना दाजुहरू शाऊलको पछि लागे ।
David je bil najmlajši in trije starejši so sledili Savlu.
15 अहिले दाऊद बेथलेहेममा भएका भेडाहरूलाई चराउनको निम्ति र शाऊलका फौज बिच आउने र जाने गर्थे ।
Toda David je šel in se vrnil od Savla, da pri Betlehemu pase ovce svojega očeta.
16 चालिस दिनसम्म त्यो बलियो पलिश्ती बिहान र साँझ आफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे ।
Filistejec se je približal zjutraj in zvečer in se nastavljal štirideset dni.
17 तब यिशैले तिनका छोरा दाऊदलाई भने, “यो भुटेको अन्न र दस वटा रोटी लेऊ र तिनीहरूलाई तिम्रा दाजुहरूका निम्ति छाउनीमा चाँडो बोकेर लैजाऊ ।
Jese je svojemu sinu Davidu rekel: »Vzemi sedaj za svoje brate škaf tega praženega zrnja in teh deset hlebov ter steci v tabor k svojim bratom
18 साथै यी दस वटा पनीर हजार जनाको कप्तानको निम्ति लैजाऊ । तिम्रा दाजुहरू कस्ता छन्, तिनीहरू राम्रै छन् भन्ने केही प्रमाण लेऊ ।
in teh deset sirov odnesi k poveljniku njihove tisočnije in poglej, kako se imajo tvoji bratje in vzemi njihovo jamstvo.«
19 तिम्रा दाजुहरू शाऊलसँग र इस्राएलका सबै मानिसहरू एलाहको मैदानमा पलिश्तीहरूसँग लडिरहेका छन् ।”
Torej Savel in oni in vsi Izraelovi možje so bili v dolini Elá, boreč se s Filistejci.
20 दाऊद बिहान सबेरै उठे र भेडाहरू गोठालाहरूको हातमा हेरचाहमा छोडे । तिनले खाद्यन्नहरू लिए र यिशैले तिनलाई आज्ञा गरेझैं गए । तिनी फौजहरू युद्ध-ध्वनिका साथ युद्ध मैदानमा जाँदै गर्दा छाउनीमा आए ।
David je vstal zgodaj zjutraj in pustil ovce s čuvajem in vzel ter odšel, kakor mu je Jese zapovedal. Prišel je k okopu, medtem ko je šla vojska naprej v boj in zavpila za boj.
21 इस्राएल र पलिश्तीहरू युद्धको निम्ति फौजको विरुद्ध फौज पङ्तिबद्ध भए ।
Kajti Izrael in Filistejci so se postrojili v bitko, vojska zoper vojsko.
22 सामानहरू राख्नेको जिम्मामा दाऊदले आफ्ना सामानहरू छोडे, फौजहरूतिर दौडे, र आफ्ना दाजुहरूलाई ढोग गरे ।
David je pustil svoj voz v roki čuvaja voza, stekel v vojsko, prišel in pozdravil svoje brate.
23 तिनी उनीहरूसँग कुरा गरिरहँदा, गोल्यत नाउँ गरेको त्यो बलियो पलिश्ती पलिश्तीहरूको फौजबाट आयो र पहिलेको जस्तै शब्दहरू भन्यो र दाऊदले त्यो सुने ।
Medtem ko je govoril z njimi, glej, je prišel šampion, Filistejec iz Gata, po imenu Goljat, iz vojske Filistejcev in govoril glede na te iste besede in David jih je slišal.
24 जब इस्राएलका सबै मानिसहरूले त्यो मानिसलाई देखे, तिनीहरू त्यसदेखि भागे र साह्रै भयभीत भए ।
Ko so vsi Izraelovi možje videli moža, so zbežali pred njim in bili so boleče prestrašeni.
25 इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ । उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्त गर्नेछन् ।”
Možje iz Izraela so rekli: »Ali ste videli tega moža, ki je prišel gor? Zagotovo je prišel gor, da Izraela izpostavi sramotenju. Zgodilo se bo, da bo moža, ki ga ubije, kralj obogatil z velikimi bogastvi in dal mu bo svojo hčer in osvobodil hišo njegovega očeta v Izraelu.«
26 दाऊदले आफ्नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”
David je spregovoril možem, ki so stali poleg njega, rekoč: »Kaj bo storjeno možu, ki ubije tega Filistejca in odvzame grajo od Izraela? Kajti kdo je ta neobrezani Filistejec, da bi izpostavljal sramotenju vojske živega Boga?«
27 अनि मानिसहरूले भनिरहेका कुरालाई नै दोहोर्याए र तिनलाई भने, “उसलाई मार्नेलाई यसै गरिनेछ ।”
Ljudstvo mu je odgovorilo na ta način, rekoč: »Tako bo storjeno možu, ki ga ubije.«
28 तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने । एलीआबको रिस दाऊदमाथि दन्कियो, र तिनले भने, “तँ यहाँ किन आइस्? उजाड-स्थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस्? तेरो घमण्ड र तेरो हृदयको कुटिलता मलाई थाहा छ । किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस् ।”
Njegov najstarejši brat Eliáb pa je slišal, ko je govoril možem. Eliábova jeza je bila vžgana zoper Davida in rekel je: »Zakaj si prišel sèm dol? In s kom si pustil tistih nekaj ovc v divjini? Poznam tvojo ošabnost in porednost tvojega srca, kajti prišel si dol, da bi lahko videl bitko.«
29 दाऊदले भने, “मैले अहिले के गरेको छु? के यो एउटा प्रश्न मात्र थिएन?”
David je rekel: »Kaj sem torej storil? Mar ni tam razlog?«
30 ऊबाट तिनी अर्कोतिर नै तर्किए र त्यसरी नै कुरा गरे । मानिसहरूले पहिलेको जस्तै गरी उही जवाफ दिए ।
Od njega se je obrnil k drugemu in mu govoril na isti način, ljudstvo pa mu je ponovno odgovorilo po prejšnjem načinu.
31 जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।
Ko so bile slišane besede, ki jih je govoril David, so jih ponovili pred Savlom. In ta je poslal ponj.
32 तब दाऊदले शाऊललाई भने, “त्यो पलिश्तीको कारणले कसैको हृदय हतास नहोस् । तपाईंको दास जानेछ र यो पलिश्तीसँग लड्नेछ ।”
David je rekel Savlu: »Naj srce nobenega človeka ne upade zaradi njega. Tvoj služabnik bo šel in se boril s tem Filistejcem.«
33 शाऊलले दाऊदलाई भने, “तिमी यो पलिश्तीको विरुद्धमा लाड्न जान सक्षम छैनौ । किनभने तिमी भर्खरको केटा मात्र हौ र ऊ आफ्नो जवानीदेखि नै युद्धमा छ ।”
Savel je rekel Davidu: »Ti nisi zmožen iti zoper tega Filistejca, da se boriš z njim, kajti ti si še mladostnik, on pa je bojevnik od svoje mladosti.«
34 तर दाऊदले शाऊललाई भने, “तपाईंको दासले आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्ने गर्थ्यो । जब सिंह वा भालु आएर भेडालाई बगालबाट लान्थ्यो,
David je rekel Savlu: »Tvoj služabnik je pasel ovce svojega očeta in prišel je lev in medved in vzel jagnje iz tropa.
35 म त्यसलाई लखेट्थें र त्यसलाई आक्रमण गर्थें र त्यसको मुखबाट यसलाई छुटकारा दिन्थें । जब त्यो मेरो विरुद्ध आइलाग्थ्यो, मैले त्यसको दाह्रीमा समातेर त्यसलाई प्रहार गर्थें र मार्थें ।
Odšel sem ven za njim, ga udaril in to osvobodil iz njegovih ust. Ko se je dvignil zoper mene, sem ga ujel za njegovo grivo, ga udaril in usmrtil.
36 तपाईंको दासले सिंह र भालु दुवै मारेको छ । यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्वरको फौजलाई चुनौती दिएको छ ।”
Tvoj služabnik je usmrtil tako leva kakor medveda in ta neobrezani Filistejec bo kakor eden izmed njiju, glede na to, da je izzival vojske živega Boga.«
37 दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।”
Poleg tega je David rekel: » Gospod, ki me je osvobodil iz levje šape in iz medvedje šape, on me bo osvobodil iz roke tega Filistejca.« In Savel je rekel Davidu: »Pojdi in Gospod bodi s teboj.«
38 शाऊलले दाऊदलाई आफ्नो पोशाक लगाइदिए । तिनले उनको शिरमा काँसाको टोप लगाइदिए । तिनले उनलाई झिलम पहिर्याइदिए ।
Savel je Davida oborožil s svojo bojno opremo in mu na glavo nadel bronasto čelado. Prav tako ga je oborožil z verižnim plaščem.
39 दाऊदले तिनको तरवार तिनको झिलममाथि भिरे । तर उनी हिंड्न सकेनन्, किनभने ती लगाएर हिंड्ने तालिम तिनलाई थिएन । अनि दाऊदले शाऊललाई भने, “यि लगाएर म लड्न जान सक्दिनँ, किनभने यी लगाएर हिंड्ने तालिम मैले लिएको छैन ।” त्यसैले दाऊदले ती फुकाले ।
David je opasal svoj meč na svojo bojno opremo in poskušal oditi, kajti tega ni preizkusil. David je rekel Savlu: »Ne morem iti s tem, kajti teh [stvari] nisem preizkusil.« In David jih je odložil iz sebe.
40 तिनले आफ्नो लट्ठी हातमा लिए र खोलाबाट पाँच वटा चिल्लो ढुङ्गा छाने । तिनले ती आफ्नो गोठालोको झोलामा हाले । त्यो पलिश्तीसँग भिड्न जाँदा तिनको हातमा घुयेंत्रो थियो ।
Vzel je svojo palico v svojo roko in si izbral pet gladkih kamnov iz potoka in jih položil v pastirsko torbo, ki jo je imel, celo v malho in njegova prača je bila v njegovi roki in približal se je Filistejcu.
41 त्यो पलिश्ति आयो र दाऊदको नजिक गयो । उसको हतियार बोक्ने उसको अगि थियो ।
Filistejec je prišel in se približal Davidu in mož, ki je nosil ščit, je šel pred njim.
42 जब त्यो पलिश्तीले अघि हेर्यो र दाऊदलाई देख्यो, तब उसले तिनलाई तुच्छ ठान्यो, किनकि तिनी राता गाला भएका सुन्दर स्वरूपका एउटा सानो केटा मात्र थिए ।
Ko je Filistejec pogledal naokoli in zagledal Davida, ga je preziral, kajti bil je šele mladostnik, rdečkast in lepega obličja.
43 तब त्यो पलिश्तीले दाऊदलाई भन्यो, “के म कुकुर हो र तँ लट्टी लिएर आइस्?,” र पलिश्तीले आफ्नो देवताहरूको नाउँमा सराप्यो ।
Filistejec je Davidu rekel: » Sem mar pes, da prihajaš k meni s palicami?« Filistejec je Davida preklel pri svojih bogovih.
44 त्यो पलिश्तीले दाऊदलाई भन्यो, “मकहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जमिनका पशुहरूलाई दिनेछु ।”
Filistejec je rekel Davidu: »Pridi k meni in tvoje meso bom izročil perjadi neba in živalim polja.«
45 दाऊदले त्यो पलिश्तिलाई जवाफ दिए, “तँ त तरवार, भाला र बर्छासित मकहाँ आइस् । तर म त सर्वशक्तिमान् परमप्रभु, इस्राएलको फौजका परमेश्वरको नाउँमा तँकहाँ आउँछु, जसको तैंले विरोध गरेको छस् ।
Potem je David rekel Filistejcu: »Ti prihajaš k meni z mečem, s sulico in s ščitom, toda jaz prihajam k tebi v imenu Gospoda nad bojevniki, Boga Izraelovih vojsk, ki si ga izpostavljal sramotenju.
46 आज परमप्रभुले मलाई तँमाथि विजय दिनुहुनेछ र म तँलाई मार्नेछु र तेरो शिरलाई तेरो शरीरबाट अलग गर्नेछु । आज म पलिश्ती फौजको मृत शरीरहरूलाई आकाशको चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु, ताकि इस्राएलमा परमेश्वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्न सकोस्,
Ta dan te bo Gospod izročil v mojo roko in udaril te bom in tvojo glavo vzel iz tebe in trupla vojske Filistejcev bom ta dan izročil zračni perjadi in divjim zverem zemlje, da bo vsa zemlja lahko vedela, da je Bog v Izraelu.
47 साथै भेला भएका यी सबैले जानून् कि परमप्रभुले तरवार वा भालाले विजन दिनुहुन्न । किनकि युद्ध परमप्रभुको हो र उहाँले नै तँलाई मेरो हातमा दिनुहुनेछ ।
Ves ta zbor bo vedel, da Gospod ne rešuje z mečem in sulico, kajti boj je Gospodov in on vas bo izročil v naše roke.«
48 जब त्यो पलिश्ती उठ्यो र दाऊदको नजिक जान लाग्यो, तब उसलाई भेट्न दाऊद छिटो दौडेर शत्रुका फौजतिर गए ।
Pripetilo se je, ko je Filistejec vstal in prišel ter se približal, da sreča Davida, da je David pohitel in stekel proti vojski, da sreča Filistejca.
49 दाऊदले आफ्नो झोलामा आफ्नो हात हाले, त्यसबाट एउटा ढुङ्गा लिए, त्यसलाई घुयेंत्रोमा घुमाए र पलिश्तीको निधारमा हिर्काए । त्यो ढुङ्गा उक्त पलिश्तीको निधारमै गाडियो र ऊ घोप्टो परेर जमिनमा ढल्यो ।
David je svojo roko položil v svojo torbo, od tam vzel kamen, ga zalučal in udaril Filistejca v njegovo čelo, da je kamen potonil v njegovo čelo in ta je padel na svoj obraz k zemlji.
50 त्यो पलिश्तीलाई एउटा घुयेंत्र र एउटा ढुङ्गाले दाउदले हराए । तिनले त्यो पलिस्तीलाई हिर्काए र उसलाई मारे । दाऊदको हातमा कुनै तरवार थिएन ।
Tako je David prevladal nad Filistejcem s pračo in s kamnom in Filistejca udaril in ubil, pa vendar v Davidovi roki ni bilo meča.
51 अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्यसको म्यानबाट झिके, उसलाई मारे र त्यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे ।
Zato je David stekel in obstal nad Filistejcem, vzel njegov meč, ga izvlekel iz njegove nožnice, ga ubil in z njim odsekal njegovo glavo. Ko so Filistejci videli, da je bil njihov šampion mrtev, so pobegnili.
52 त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो ।
Možje iz Izraela in možje iz Juda so vstali, zavpili in zasledovali Filistejce, dokler ne prideš do doline in k velikim vratom Ekróna. Ranjeni izmed Filistejcev so padali dol po poti k Šaarájimu, celo do Gata in do Ekróna.
53 इस्राएलका मानिसहरू पलिश्तीहरूलाई खेदेर फर्के र तिनीहरूले उनीहरूको छाउनी लूटे ।
Izraelovi otroci so se vrnili iz preganjanja za Filistejci in oplenili njihove šotore.
54 दाऊदले त्यो पलिश्तीको शिर लिए र त्यो यरूशलेममा ल्याए, तर उसको हतियारचाहिं तिनले आफ्नो पालमा राखे ।
David je vzel glavo Filistejca in jo prinesel v Jeruzalem, toda njegovo bojno opremo je odložil v svoj šotor.
55 जब दाऊद त्यो पलिश्तीको विरुद्धमा निस्केको शाऊलले देखे, तब तिनले फौजको कप्तान अबनेरलाई भने, “अबनेर, यो जवान केटा कसको छोरा हो?” अबनेरले भने, “हे महाराजा, तपाईं जीवित हुनुभएझैं, मलाई थाहा छैन ।”
Ko je Savel zagledal Davida iti naprej zoper Filistejca, je rekel Abnêrju, poveljniku vojske: »Abnêr, čigav sin je ta mladostnik?« Abnêr je rekel: » Kakor živi tvoja duša, oh kralj, ne morem povedati.«
56 राजाले भने, “त्यो केटा कसका छोरा हुन् चिन्नेहरूलाई सोध ।”
Kralj je rekel: »Poizvedi, čigav sin je ta najstnik.«
57 जब त्यो पलिश्तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।
Ko se je David vrnil iz uboja Filistejca, ga je Abnêr vzel in privedel pred Savla, s Filistejčevo glavo v svoji roki.
58 शाऊलले तिनलाई सोधे, “हे जवान मानिस, तिमी कसका छोरा हौ?” दाऊदले जवाफ दिए, “म तपाईंको दास बेथलेहेमी यिशैको छोरा हुँ ।”
Savel mu je rekel: »Čigav sin si ti, ti mladenič?« David je odgovoril: »Jaz sem sin tvojega služabnika Betlehemca Jeseja.«