< १ शमूएल 16 >
1 परमप्रभुले शमूएललाई भन्नुभयो, “मैले शाऊललाई इस्राएलको राजा हुनबाट इन्कार गरेको कारणले तँ उसको निम्ति कहिलेसम्म विलाप गर्नेछस्? तेरो सीङ्मा तेल भर् र जा । म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउनेछु, किनकि मैले त्यसका छोराहरूका बिचबाट एक जनालाई मेरो निम्ति राजा चुनेको छु ।”
dixitque Dominus ad Samuhel usquequo tu luges Saul cum ego proiecerim eum ne regnet super Israhel imple cornu tuum oleo et veni ut mittam te ad Isai Bethleemitem providi enim in filiis eius mihi regem
2 शमूएलले सोधे, “म कसरी जान सक्छु? शाऊलले यो सुने भने, उसले मलाई मार्नेछ ।” परमप्रभुले भन्नुभयो, “तँसँगै एउटा कोरली लैजा र भन्, 'म परमप्रभुलाई बलिदान चढाउन आएको छु ।'
et ait Samuhel quomodo vadam audiet enim Saul et interficiet me et ait Dominus vitulum de armento tolles in manu tua et dices ad immolandum Domino veni
3 यिशैलाई पनि बलिदानमा बोला र तैंले के गर्नुपर्नेछ म तँलाई देखाउनेछु । मैले तँलाई देखाएको एक जनालाई तैंले अभिषेक गर्नेछस् ।”
et vocabis Isai ad victimam et ego ostendam tibi quid facias et ungues quemcumque monstravero tibi
4 शमूएलले परमप्रभुले भन्नुभएझैं गरे र बेथलेहेम गए । सहरका धर्म-गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए र भने, “के तपाईं शान्तिमा नै आउँदै हुनुहुन्छ?”
fecit ergo Samuhel sicut locutus est ei Dominus venitque in Bethleem et admirati sunt seniores civitatis occurrentes ei dixeruntque pacificus ingressus tuus
5 तिनले भने, “शान्तिमा नै हो । म परमप्रभुलाई बिलदान चढाउन आएको छु । आफैलाई अलग गर्न तयार होओ र मसँगै बलिदानमा आओ ।” तिनले यिशै र तिनका छोराहरूलाई अलग गरे र तिनीहरूलाई बलिदानमा निमन्त्रणा गरे ।
et ait pacificus ad immolandum Domino veni sanctificamini et venite mecum ut immolem sanctificavit ergo Isai et filios eius et vocavit eos ad sacrificium
6 जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्त जन निश्चय नै तिनको सामु उभिरहेका थिए ।
cumque ingressi essent vidit Heliab et ait num coram Domino est christus eius
7 तर परमप्रभुले शमूएललाई भन्नुभयो, “त्यसको बाह्य स्वरूप वा त्यसको कदको उचाइलाई नहेर्, किनभने मैले त्यसलाई इन्कार गरेको छु । किनभने परमप्रभुले मानिसले झैं हे्र्नुहुन्न । मानिसले बाहिरी स्वरूपलाई हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ ।”
et dixit Dominus ad Samuhel ne respicias vultum eius neque altitudinem staturae eius quoniam abieci eum nec iuxta intuitum hominis iudico homo enim videt ea quae parent Dominus autem intuetur cor
8 यिशैले अबीनादाबलाई बोलाए र शमूएलको सामुन्ने हिंड्न लगाए । तब शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्नुभएको छैन ।”
et vocavit Isai Abinadab et adduxit eum coram Samuhel qui dixit nec hunc elegit Dominus
9 यिशैले शम्मालाई नि हिंड्न लगाए, तर शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्नुभएको छैन ।”
adduxit autem Isai Samma de quo ait etiam hunc non elegit Dominus
10 यिशैले तिनका सातै जना छोराहरूलाई शमूएलको सामु हिंड्न लगाए । शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू कुनैलाई पनि चुन्नुभएको छैन ।”
adduxit itaque Isai septem filios suos coram Samuhel et ait Samuhel ad Isai non elegit Dominus ex istis
11 तब शमूएलले यिशैलाई भने, “के तपाईंका छोराहरू सबै जना यहाँ नै छन्?” तिनले जवाफ दिए, “अझै कान्छो बाँकी नै छ, तर उसले भेडाको गोठाला गरिरहेको छ ।” शमूएलले यिशैलाई भने, “कसैलाई पठाउनुहोस् र तिनलाई झिकाउनुहोस् । तिनी यहाँ नआएसम्म, हामी बस्नेछैनौं ।”
dixitque Samuhel ad Isai numquid iam conpleti sunt filii qui respondit adhuc reliquus est parvulus et pascit oves et ait Samuhel ad Isai mitte et adduc eum nec enim discumbemus priusquam ille huc venerit
12 यिशैले कसैलाई पठाए र तिनलाई ल्याए । यो छोराको राता गाला, सुन्दर आँखा र सुन्दर स्वरूप थियो । परमप्रभुले भन्नुभयो, “उठ्, त्यसलाई अभिषेक गर् । किनभने यही नै हो ।”
misit ergo et adduxit eum erat autem rufus et pulcher aspectu decoraque facie et ait Dominus surge ungue eum ipse est enim
13 अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए ।
tulit igitur Samuhel cornu olei et unxit eum in medio fratrum eius et directus est spiritus Domini in David a die illa et in reliquum surgensque Samuhel abiit in Ramatha
14 परमप्रभुको आत्माले शाऊललाई छोड्नुभयो र परमप्रभुको हानिकारक आत्माले तिनलाई दुःख दियो ।
spiritus autem Domini recessit a Saul et exagitabat eum spiritus nequam a Domino
15 शाऊलका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, परमप्रभुको हानिकारक आत्माले तपाईंलाई दुःख दिन्छ ।
dixeruntque servi Saul ad eum ecce spiritus Dei malus exagitat te
16 तपाईंको सामु भएका सेवकहरूलाई कोही वीणा बजाउन निपुण व्यक्तिलाई खोज्न हाम्रो मालिकले आज्ञा गर्नुहोस् । जब परमप्रभुको हानिकारक आत्मा तपाईंमाथि आउँछ, त्यसले वीणा बजाउनेछ, र तपाईं ठीक हुनुहुनेछ ।”
iubeat dominus noster et servi tui qui coram te sunt quaerant hominem scientem psallere cithara ut quando arripuerit te spiritus Dei malus psallat manu sua et levius feras
17 शाऊलले तिनका सेवकहरूलाई भने, “बजाउन निपुण एक जना मानिस मेरो निम्ति खोज र त्यसलाई मकहाँ ल्याऊ ।”
et ait Saul ad servos suos providete mihi aliquem bene psallentem et adducite eum ad me
18 जवानहरूमध्ये एक जनाले जवाफ दिए, “मैले बेथलेहमका यिशैका छोरा बजाउनमा निपुण, बलियो, साहसी, लडाकु, बोलीवचनमा चतुर, सुन्दर मानिस देखेको छु । अनि परमप्रभु तिनीसँग हुनुहुन्छ ।”
et respondens unus de pueris ait ecce vidi filium Isai Bethleemitem scientem psallere et fortissimum robore et virum bellicosum et prudentem in verbis et virum pulchrum et Dominus est cum eo
19 त्यसैले शाऊलले यिशैकहाँ दूतहरू पठाए र भने, “भेडाहरूसँग भएको तिम्रो छोरा दाऊदलाई मकहाँ पठाऊ ।”
misit ergo Saul nuntios ad Isai dicens mitte ad me David filium tuum qui est in pascuis
20 यिशैले रोटी, दाखमद्यको भाँडो, एउटा पाठोलाई गधामा बोकाए र आफ्नो छोरा दाऊदसँगै ती शाऊलकहाँ पठाए ।
tulitque Isai asinum plenum panibus et lagoenam vini et hedum de capris unum et misit per manum David filii sui Saul
21 तब दाऊद शाऊलकहाँ आए र तिनको सेवामा प्रवेश गरे । शाऊलले तिनलाई धेरै प्रेम गरे र तिनी उनको हतियार बोक्ने बने ।
et venit David ad Saul et stetit coram eo at ille dilexit eum nimis et factus est eius armiger
22 “दाऊद मेरो सामु खडा रहोस्, किनभने उसले मेरो दृष्टिमा निगाह पाएको छ” भन्ने सामाचार शाऊलले यिशैलाई पठाए ।
misitque Saul ad Isai dicens stet David in conspectu meo invenit enim gratiam in oculis meis
23 जब-जब शाऊलमाथि परमेश्वरको हानिकारक आत्मा आउँथ्यो, दाऊदले वीणा लिन्थे र त्यो बजाउँथे । यसरी शाऊल पुनः ताजा र सञ्चो हुन्थे, र हानिकारक आत्माले तिनीलाई छोड्थ्यो।
igitur quandocumque spiritus Dei arripiebat Saul tollebat David citharam et percutiebat manu sua et refocilabatur Saul et levius habebat recedebat enim ab eo spiritus malus