< १ शमूएल 12 >
1 शमूएलले सबै इस्राएलीलाई भने, “तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्त गरेको छु ।
Тада рече Самуило свему Израиљу: Ето, послушао сам глас ваш у свему што ми рекосте, и поставих цара над вама.
2 अब यहाँ तिमीहरूको सामु राहा हिंड्दैछन् । अनि म वृद्ध भएको छु र मेरो कपाल फुलेको छ । अनि मेरा छोराहरू तिमीहरूसँगै छन् । मेरो बाल्यकालदेखि आजसम्म पनि म तिमीहरूका सामु हिंडेकोछु ।
И сада ето, цар иде пред вама, а ја сам остарео и оседео; и синови моји ето су међу вама; и ја сам ишао пред вама од младости своје до данас.
3 म यहाँ छु । परमप्रभु र उहाँको अभिषिक्त जनको सामु मेरो विरुद्ध गवाही देओ । मैले कसैको गोरु लिएको छु? मैले कसैको गधा लिएको छु? मैले कसैलाई ठगेको छु? मैले कसैलाई थिचोमिचो गरेको छु? मेरा आँखाहरूलाई अन्धा तुल्याउन मैले कसैबाट घूस लिएको छु? मेरो विरुद्ध गवाही देओ र म तिमीहरूलाई त्यो फर्काइदिनेछु ।”
Ево ме, одговорите ми пред Господом и пред помазаником Његовим. Коме сам узео вола или коме сам узео магарца? Коме сам учинио насиље? Коме сам учинио криво? Или из чије сам руке узео поклон, да бих стискао очи њега ради? Па ћу вам вратити.
4 तिनीहरूले भने, “तपाईंले हामीलाई ठग्नुभएको वा, थिचोमिचो गर्नुभएको वा कुनै मानिसको हातबाट कुनै पनि कुरा चोर्नुभएको छैन ।”
А они рекоше: Ниси нам учинио силе нити си коме учинио криво, нити си узео шта из чије руке.
5 तिनले उनीहरूलाई भने, “परमप्रभु तिमीहरू विरुद्ध साक्षी हुनुहुन्छ र आज उहाँका अभिषिक्त जन साक्षी छन्, कि तिमीहरूले मेरो हातमा कुनै कुरा भेट्टाएका छैनौ ।” तिनीहरूले जवाफ दिए, “परमप्रभु साक्षी हुनुहुन्छ ।”
Још им рече: Сведок је Господ на вас, и сведок је помазаник Његов данас, да нисте нашли ништа у мојим рукама. и рекоше: Сведок је.
6 शमूएलले मानिसहरूलाई भने, “मोशा र हारूनलाई नियुक्त गर्नुहुने र तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ ।
Тада рече Самуило народу: Господ је који је поставио Мојсија и Арона, и који је извео оце ваше из земље мисирске.
7 त्यसो हो भने अब आफैलाई हाजिर गराऊ ताकि मैले तिमीहरू सँगै परमप्रभुका सबै धार्मिक कार्यहरूबारे उहाँको सामु निवेदन गर्नेछु जुन उहाँले तिमीहरू र तिमीहरूका पुर्खाहरूका निम्ति गर्नुभयो ।
Сада, дакле, станите да се прем с вама пред Господом за сва добра што је чинио Господ вама и вашим оцима.
8 जब याकूब मिश्रदेशमा गए, र तिमीहरूका पुर्खाहरूले परमप्रभुसँग पुकारा गरे तब परमप्रभुले मोशा र हारून पठाउनुभयो जसले तिमीहरूका पुर्खाहरूलाई मिश्रदैशबाट बाहिर ल्याए र तिनीहरू यस ठाउँमा बसोबास गरे ।
Пошто дође Јаков у Мисир, викаше оци ваши ка Господу, и Господ посла Мојсија и Арона, који изведоше оце ваше из Мисира и населише их на овом месту.
9 तर तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से । उहाँले तिनीहरूलाई हासोरका कप्तान सिसेराको हातमा, पलिश्तीहरूका हातमा र मोआबका राजाको हातमा बेच्नुभयो । यी सबैले तिमीहरूका पुर्खाहरू विरुद्ध युद्ध गरे ।
Али заборавише Господа Бога свог, те их даде у руке Сисари, војводи асорском, и у руке Филистејима, и у руке цару моавском, који војеваше на њих.
10 तिनीहरूले परमप्रभुलाई पुकारा गरे र भने, 'हामीले पाप गरेका छौं, किनभने हामीले परमप्रभुलाई त्यागेका छौं र बाल र अश्तोरेत देवताहरूको सेवा गरेका छौं । तर अब हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहोस् र हामीले तपाईंको सेवा गर्नेछौं ।’
Али викаше ка Господу и рекоше: Сагрешисмо што остависмо Господа и служисмо Валима и Астаротама; али сада избави нас из руку непријатеља наших, па ћемо ти служити.
11 त्यसैले परमप्रभुले यरूब-बाल, बाराक, यिप्ता र शमूएललाई पठाउनुभयो र तिमीहरू वरिपरिका सबै शत्रुमाथि विजय दिनुभयो, ताकि तिमीहरू सुरक्षामा बसोबास गर्न पाओ ।
И Господ посла Јеровала и Ведана и Јефтаја и Самуила, и оте вас из руку непријатеља ваших унаоколо, те живесте без страха.
12 जब तिमीहरूले अम्मोनका मानिसहरूका राजा नाहाश तिमीहरू विरुद्ध आएको देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, 'होइन, बरु हामीमाथि राजाले राज्य गर्नुपर्छ,’— यद्यपि परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका राजा हुनुहुन्थ्यो ।
Али кад видесте Наса, цара амонског, где дође на вас, рекосте ми: Не, него цар нека царује над нама, премда Господ Бог ваш беше Цар ваш.
13 अब तिमीहरूले चुनेका र तिमीहरूले मागेका राजा यहाँ छन् जसलाई परमप्रभुले तिमीहरूमाथि राजाको रूपमा नियुक्त गर्नुभएको छ ।
Сада дакле, ето цара ког изабрасте, ког искасте; ево Господ је поставио цара над вама.
14 तिमीहरूले परमप्रभुको भय मान्यौ, उहाँको सेवा गर्यौ र परमप्रभुको आज्ञा विरुद्ध विद्रोह गरेनौ भने, तिमीहरू र तिमीहरूमाथि राज्य गर्ने राजा दुवैले परमप्रभु तिमीहरूका परमेश्वरको अनुसरण गर्नेछौ ।
Ако се узбојите Господа, и Њему узаслужите, и узаслушате глас Његов и не успротивите се заповести Господњој, тада ћете и ви и цар ваш који царује над вама ићи за Господом Богом својим.
15 तिमीहरूले परमप्रभुको आवाज पालन गर्दैनौ, तर परमप्रभुको आज्ञाको विरुद्ध वोद्रिह गर्छौ भने, परमप्रभुको हात तिमीहरूको विरुद्धमा हुनेछ, जसरी त्यो तिमीहरूका पुर्खाहरूको विरुद्धमा थियो ।
Ако ли не узаслушате глас Господњи, него се успротивите заповести Господњој, тада ће бити рука Господња против вас као што је била против отаца ваших.
16 अब आफैलाई हाजिर गराओ र परमप्रभुले तिमीहरूका आँखा सामु गर्नुहुने यो महान् कुरालाई हेर ।
Али станите сада још, и видите ову ствар велику коју ће учинити Господ пред вашим очима.
17 के आज गहुँ कटानीको समय होइन? म परमप्रभुलाई पुकार्छु ताकि उहाँले गर्जन र झरी पठाउनुहुनेछ । तब तिमीहरूको दुष्टता माहन् छ भनी तिमीहरूले जान्ने र देख्नेछौ, जुन तिमीहरूले आफ्नो निम्ति राजा मागेर परमप्रभुको दृष्टिमा गरेका छौ ।”
Није ли данас жетва пшенична? Ја ћу призвати Господа, и спустиће громове и дажд, да разумете и видите колико је зло што учинисте пред Господом искавши себи цара.
18 त्यसैले शमूएलले परमप्रभुलाई पुकारा गरे । अनि त्यसै दिन परमप्रभुले गर्जन र झरी पठाउनुभयो । तब सबै मानिस परमप्रभु र शमूएलको भय धेरै भयो ।
Тада Самуило завапи ка Господу, и Господ спусти громове и дажд у тај дан; и сав се народ побоја врло Господа и Самуила.
19 तब सबै मानिसले शमूएललाई भने, “तपाईंका सेवकहरूका निम्ति परमप्रभु आफ्ना परमेश्वरसँग प्रार्थना गरिदिनुहोस्, ताकि हामी मर्नेछैनौं । किनकि हामीले आफ्नो निम्ति राजा मागेर हाम्रा सबै पापमाथि यो दुष्टता थपेका छौं ।
И рече сав народ Самуилу: Моли се за слуге своје Господу Богу свом да не помремо; јер додасмо к свим гресима својим зло иштући себи цара.
20 शमूएलले जवाफ दिए, “नडराओ । तिमीहरूले यी सबै दुष्टता गरेकाछौ, तर परमप्रभुबाट नफर्क, र आफ्ना सारा हृदयले परमप्रभुको सेवा गर ।
Тад рече Самуило народу: Не бојте се, ви сте учинили све ово зло; али не одступајте од Господа, него служите Господу свим срцем својим.
21 तिमीहरूलाई फाइदा नहुने र छुटकारा दिन नसक्ने रित्ता कुराहरू नलाग, किनभने तिनीहरू व्यार्थ हुन् ।
Не одступајте; јер бисте пошли за ништавим стварима, које не помажу, нити избављају, јер су ништаве.
22 उहाँको माहन् नाउँको कारणले परमप्रभुले आफ्ना मानिसहरूलाई त्याग्नुहुनेछैन, किनभने तिमीहरूलाई आफ्नो मानिस बनाउन परमप्रभु प्रशन्न हुनुहुन्छ ।
Јер Господ неће оставити народ свој ради великог имена свог; јер Господу би воља да вас учини својим народом.
23 मेरो बारेमा, मैले तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुको विरुद्धमा पाप गर्ने कुरा मबाट परै रहोस् । बरु म तिमीहरूलाई असल र ठिक मार्ग सिकाउनेछु ।
А мени не дао Бог да згрешим Господу и престанем молити се за вас; него ћу вас упућивати на пут добар и прав.
24 आफ्ना सारा हृदायले परमप्रभुको मात्र भय मान र उहाँको सेवा गर । उहाँले तिमीहरूका निम्ति गर्नुभएको महान् कुराहरूका बारेमा विचार गर ।
Само се Бојте Господа и служите му истинито, свим срцем својим, јер видите, какве је велике ствари учинио за вас.
25 तर तिमीहरू दुष्टतामा लागिरहन्छौ भने, तिमीहरू र तिमीहरूका राजा दुवै नष्ट पारिनेछौ ।
Ако ли зло ушчините, пропашћете и ви и цар ваш.