< १ शमूएल 11 >

1 त्यसपछि अम्मोनी नाहाश गए र याबेश-गिलादलाई घेरा हाले । याबेशका सबै मानिसले नाहाशलाई भने, “हामीसँग एउटा करार गर्नुहोस् र हामी तपाईंको सेवा गर्नेछौं ।”
Fölvonult az ammóni Náchás és táborozott Jábés-Gileád ellen; és szóltak mind Jábés emberei Nácháshoz: Köss velünk szövetséget és majd szolgálunk téged.
2 अम्मोनी नाहाशले जवाफ दिए, “तिमीहरूसँग म यस शर्तमा सम्झौता गर्नेछु, कि म तिमीहरूको दाहिने आँखा निकालिदिनेछु, र यसरी सारा इस्राएलमाथि म अपमान ल्याउनेछु ।”
Szólt hozzájuk az ammóni Náchás: Akképpen kötöm meg veletek, ha kiszúrom mindegyikteknek a jobb szemét, teszem pedig gyalázatára egész Izraelnek.
3 तब याबेशका धर्म-गुरुहरूले तिनलाई जवाफ दिए, “हामीलाई सात दिनसम्म छोडिदिनुहोस्, ताकि इस्राएलका सबै इलाकामा हामी दूतहरू पठाउनेछौं । तब हामीलाई बचाउने कोही भएन भने हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं ।
És szóltak hozzá Jábés vénei: Engedj nekünk hét napot; hadd küldjünk követeket Izrael egész határába; és ha nincs, ki minket megsegít, akkor kimegyünk hozzád.
4 ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे र जे भएको थियो सो मानिसहरूलाई भने । सबै मानिसहरू धुरुधुरु रोए ।
És eljutottak a követek Gibeát-Sáulba és elmondták a dolgokat a nép fülei hallatára; erre fölemelte az egész nép a hangját, és sírtak.
5 यति बेला शाऊल खतेबाट गोरुहरू लिएर आउँदै थियो । शऊलले भने, “मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन्?” याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने ।
De íme Sául jön a marha után a mezőről; és mondta Sául: Mi lelte a népet, hogy sírnak? És elbeszélték neki Jábés embereinek szavait.
6 जब तिनीहरूले भनेका कुरा शाऊलले सुने, तब तिनीमाथि परमेश्‍वरको आत्मा आउनुभयो र तिनी साह्रै रिसाए ।
Ekkor rászökött Isten szelleme Sáulra, amint meghallotta ezeket a szavakat; és föllobbant haragja nagyon.
7 तिनले एक हल गोरु लिए र तिनलाई टुक्रा-टक्रा गरी काटे र ती इस्राएलको सबै इलाकामा ती दूतहरूसँगै पठाए । तिनले भने, “शाऊल र शमूएलको पछि नआउने व्यक्‍तिको गोरुलाई यसै गरिनेछ ।” अनि परमप्रभुको भय मानिसहरूमाथि पर्‍यो र तिनीहरू एक जना मानिसझैं एकसाथ निस्केर आए ।
És vett két marhát, földarabolta, és szétküldte Izrael egész határába a követek által, mondván: Aki nem vonul ki Sául után és Sámuel után, így tétessék marhájával. Ekkor rászállt az Örökkévaló félelme a népre, és kivonultak mint egy ember.
8 जब उनीहरूलाई तिनले बेजेकमा भेला पारे, तब इस्राएलका मनिसहरू तिन लाख जना थिए र यहूदाका मानिसहरू तिस हजार जना थिए ।
Megszámlálta őket Bézekben, és voltak Izrael fiai háromszázezren, Jehúda emberei pedig harmincezren.
9 तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने, “तिमीहरूले याबेश-गिलादका मानिसहरूलाई यसो भन, 'भोलि यति बेला मध्‍यन्‍हसम्ममा, तिमीहरूको छुट्टकारा हुनेछ,’ ।” त्यसैले दूतहरू गए र याबेश-गिलादका मानिसहरूलाई भने, र तिनीहरू खुसी भए ।
És mondták az odajött követeknek: Így mondjátok Jábés-Gileád embereinek: holnap lesz számotokra segedelem, mikor forrón süt a nap. És megjöttek a követek és tudtára adták Jábés embereinek, és megörültek.
10 तब याबेशका मानिसहरूले नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं, र तपाईंलाई जे असल लाग्छ सो हामीमाथि गर्नुहोस् ।”
Ekkor mondták Jábés emberei: Holnap kimegyünk hozzátok, és majd tesztek velünk egészen úgy, amint jónak tetszik a szemeitekben.
11 भोलिपल्ट शाऊलले मानिसहरूलाई तिन समूहमा विभाजन गरे । बिहानको पहरमा तिनीहरू छाउनी बिचमा आए र तिनीहरूले आक्रमण गरे र मध्‍यन्‍हसम्ममा अम्मोनीहरूलाई पराजित गरे । ती जीवित रहेकाहरू सबै यसरी छरपष्‍ट भए, कि तिनीहरू कोही पनि दुई जना सँगै रहेनन् ।
Volt pedig másnap, Sául elrendezte a népet három csapatban, ezek bementek a tábor közepébe a reggeli őrszakban és megverték Ammónt, míg forróvá lett a nap; a megmaradottak elszéledtek és nem maradtak meg közülük ketten együtt.
12 तब मानिसहरूले शमूएललाई भने, “ती को थिए जसले यसो भने 'के शाऊलले हामीमाथि राज्‍य गर्नेछ र?’ ती मानिसहरूलाई ल्याउनुहोस्, ताकि हामीले तिनीहरूलाई मार्नेछौं ।”
És szólt a nép Sámuelhez: Ki az, aki mondta Sául uralkodjék fölöttünk? Adjátok ide az embereket, hogy megöljük!
13 तर शाऊलले भने, “आजको दिन कसैलाई मारिनेछैन, किनभने परमप्रभुले आज इस्राएललाई छुटकारा दिनुभएको छ ।”
Erre mondta Sául: Ne ölessék meg senki a napon, mert ma segedelmet művelt az Örökkévaló Izraelben.
14 त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगामा जानेछौं र त्यहाँ राजसत्ताप्रति फेरि भक्‍ति जानउनेछौं ।”
És szólt Sámuel a néphez: Gyertek, hadd megyünk Gilgálba, és újítsuk meg ott a királyságot.
15 त्यसैले सबै मानिसहरू गिलगालमा गए र गिलगामा परमप्रभुको सामु शाऊललाई राजा बनाए । तिनीहरूले त्यहाँ परमप्रभुको सामु मेलबलिहरू चढाए, र शाऊल र इस्राएलका सबै मानिसहरू धेरै आनन्‍दित भए ।
És ment az egész nép Gilgálba, királlyá tették ott Sáult az Örökkévaló előtt Gilgálban és áldoztak ott békeáldozatokat az Örökkévaló színe előtt; és örült ott Sául meg mind az Izrael emberei felette nagyon.

< १ शमूएल 11 >