< १ शमूएल 11 >

1 त्यसपछि अम्मोनी नाहाश गए र याबेश-गिलादलाई घेरा हाले । याबेशका सबै मानिसले नाहाशलाई भने, “हामीसँग एउटा करार गर्नुहोस् र हामी तपाईंको सेवा गर्नेछौं ।”
Nahash mutumin Ammon ya haura ya kewaye Yabesh Gileyad da yaƙi. Dukan mutanen Yabesh suka ce masa, “Ka ƙulla amana da mu, mu kuwa za mu bauta maka.”
2 अम्मोनी नाहाशले जवाफ दिए, “तिमीहरूसँग म यस शर्तमा सम्झौता गर्नेछु, कि म तिमीहरूको दाहिने आँखा निकालिदिनेछु, र यसरी सारा इस्राएलमाथि म अपमान ल्याउनेछु ।”
Amma Nahash ya ce, “Zan ƙulla amana da ku kawai a kan sharaɗin cewa zan ƙwaƙulo idon dama na kowannenku, ta haka za a kunyata Isra’ila.”
3 तब याबेशका धर्म-गुरुहरूले तिनलाई जवाफ दिए, “हामीलाई सात दिनसम्म छोडिदिनुहोस्, ताकि इस्राएलका सबै इलाकामा हामी दूतहरू पठाउनेछौं । तब हामीलाई बचाउने कोही भएन भने हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं ।
Dattawan Yabesh suka ce masa, “Ka ba mu kwana bakwai don mu aika manzanni a dukan ƙasar Isra’ila idan ba mu sami wanda zai cece mu ba, za mu ba da kanmu gare ka.”
4 ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे र जे भएको थियो सो मानिसहरूलाई भने । सबै मानिसहरू धुरुधुरु रोए ।
Da manzannin suka zo Gibeya garin Shawulu, suka gaya wa mutane wannan sharaɗin, suka yi kuka mai zafi.
5 यति बेला शाऊल खतेबाट गोरुहरू लिएर आउँदै थियो । शऊलले भने, “मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन्?” याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने ।
A daidai wannan lokacin kuwa Shawulu yana dawowa daga gona tare da shanunsa na noma, sai ya ce, “Me ya faru, mutane suna kuka haka?” Sai suka faɗa masa abin da mutanen Yabesh suka faɗa musu.
6 जब तिनीहरूले भनेका कुरा शाऊलले सुने, तब तिनीमाथि परमेश्‍वरको आत्मा आउनुभयो र तिनी साह्रै रिसाए ।
Da Shawulu ya ji, sa Ruhun Allah ya sauko a kansa da iko, ya husata ƙwarai.
7 तिनले एक हल गोरु लिए र तिनलाई टुक्रा-टक्रा गरी काटे र ती इस्राएलको सबै इलाकामा ती दूतहरूसँगै पठाए । तिनले भने, “शाऊल र शमूएलको पछि नआउने व्यक्‍तिको गोरुलाई यसै गरिनेछ ।” अनि परमप्रभुको भय मानिसहरूमाथि पर्‍यो र तिनीहरू एक जना मानिसझैं एकसाथ निस्केर आए ।
Ya ɗauki shanu biyu, ya yayyanka su gunduwa-gunduwa, ya aika da su ko’ina a ƙasar Isra’ila ta wurin manzanni cewa, “Duk wanda bai fita ya bi Shawulu da Sama’ila ba, haka za a yi da shanunsa.” Mutanen suka ji tsoron Ubangiji suka fita gaba ɗaya kamar mutum guda.
8 जब उनीहरूलाई तिनले बेजेकमा भेला पारे, तब इस्राएलका मनिसहरू तिन लाख जना थिए र यहूदाका मानिसहरू तिस हजार जना थिए ।
Mutanen Isra’ila sun kai dubu ɗari uku. Mutanen Yahuda kuma dubu talatin, sa’ad da Shawulu ya tara su a Bezek.
9 तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने, “तिमीहरूले याबेश-गिलादका मानिसहरूलाई यसो भन, 'भोलि यति बेला मध्‍यन्‍हसम्ममा, तिमीहरूको छुट्टकारा हुनेछ,’ ।” त्यसैले दूतहरू गए र याबेश-गिलादका मानिसहरूलाई भने, र तिनीहरू खुसी भए ।
Suka ce wa’yan aikan da suka zo, “Ku faɗa wa mutanen Yabesh Gileyad, ‘Gobe, kafin rana tă yi zafi, za ku sami ceto.’” Sa’ad da’yan aikan suka tafi, suka ba da saƙon nan ga mutanen Yabesh, sai suka farin ciki.
10 तब याबेशका मानिसहरूले नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं, र तपाईंलाई जे असल लाग्छ सो हामीमाथि गर्नुहोस् ।”
Suka ce wa Ammonawa, “Gobe za mu miƙa wuya gare ku, ku kuma yi duk abin da kuka ga dama.”
11 भोलिपल्ट शाऊलले मानिसहरूलाई तिन समूहमा विभाजन गरे । बिहानको पहरमा तिनीहरू छाउनी बिचमा आए र तिनीहरूले आक्रमण गरे र मध्‍यन्‍हसम्ममा अम्मोनीहरूलाई पराजित गरे । ती जीवित रहेकाहरू सबै यसरी छरपष्‍ट भए, कि तिनीहरू कोही पनि दुई जना सँगै रहेनन् ।
Gari yana wayewa, sai Shawulu ya raba mutane kashi uku, a sa’a ta ƙarshe na daren sai suka fāɗa wa sansanin Ammonawa, suka kuma karkashe su har lokacin da rana ta yi zafi. Waɗanda suka kuɓuce kuwa suka warwatsu, har babu biyunsu da aka bari tare.
12 तब मानिसहरूले शमूएललाई भने, “ती को थिए जसले यसो भने 'के शाऊलले हामीमाथि राज्‍य गर्नेछ र?’ ती मानिसहरूलाई ल्याउनुहोस्, ताकि हामीले तिनीहरूलाई मार्नेछौं ।”
Sai mutane suka ce wa Sama’ila, “Su wa suka ce, ‘Shawulu zai yi mulkinmu?’ A kawo mana su mu kashe.”
13 तर शाऊलले भने, “आजको दिन कसैलाई मारिनेछैन, किनभने परमप्रभुले आज इस्राएललाई छुटकारा दिनुभएको छ ।”
Shawulu ya ce, “Ba wanda zai mutu yau, gama Ubangiji ya kuɓutar da Isra’ila a wannan rana.”
14 त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगामा जानेछौं र त्यहाँ राजसत्ताप्रति फेरि भक्‍ति जानउनेछौं ।”
Sai Sama’ila ya ce wa mutane, “Ku zo mu tafi Gilgal, a can za a yi wankan sarauta.”
15 त्यसैले सबै मानिसहरू गिलगालमा गए र गिलगामा परमप्रभुको सामु शाऊललाई राजा बनाए । तिनीहरूले त्यहाँ परमप्रभुको सामु मेलबलिहरू चढाए, र शाऊल र इस्राएलका सबै मानिसहरू धेरै आनन्‍दित भए ।
Don haka dukan mutane suka tafi Gilgal, suka tabbatar da Shawulu sarki a gaban Ubangiji. A can suka miƙa hadaya ta salama a gaban Ubangiji, Shawulu kuwa da dukan Isra’ila suka yi babban liyafa.

< १ शमूएल 11 >