< १ शमूएल 11 >
1 त्यसपछि अम्मोनी नाहाश गए र याबेश-गिलादलाई घेरा हाले । याबेशका सबै मानिसले नाहाशलाई भने, “हामीसँग एउटा करार गर्नुहोस् र हामी तपाईंको सेवा गर्नेछौं ।”
Nahach l’Ammonite était venu attaquer Jabès-Galaad, et en faisait le siège. Les habitants de Jabès lui dirent: "Traite avec nous, nous voulons te servir."
2 अम्मोनी नाहाशले जवाफ दिए, “तिमीहरूसँग म यस शर्तमा सम्झौता गर्नेछु, कि म तिमीहरूको दाहिने आँखा निकालिदिनेछु, र यसरी सारा इस्राएलमाथि म अपमान ल्याउनेछु ।”
Nahach l’Ammonite leur répondit: "Je traiterai avec vous à cette condition, qu’on vous crève à tous l’œil droit; c’est un déshonneur que je veux infliger à tout Israël."
3 तब याबेशका धर्म-गुरुहरूले तिनलाई जवाफ दिए, “हामीलाई सात दिनसम्म छोडिदिनुहोस्, ताकि इस्राएलका सबै इलाकामा हामी दूतहरू पठाउनेछौं । तब हामीलाई बचाउने कोही भएन भने हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं ।
Les anciens de Jabès lui dirent: "Accorde-nous un délai de sept jours, que nous puissions envoyer des messagers dans tout le territoire d’Israël; si l’on ne nous vient pas en aide, nous nous rendrons à toi."
4 ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे र जे भएको थियो सो मानिसहरूलाई भने । सबै मानिसहरू धुरुधुरु रोए ।
Quand les messagers furent arrivés à Ghibea et eurent exposé ces faits au peuple, le peuple tout entier éclata en sanglots.
5 यति बेला शाऊल खतेबाट गोरुहरू लिएर आउँदै थियो । शऊलले भने, “मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन्?” याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने ।
Cependant Saül revenait des champs, derrière ses bœufs; il demanda: "Pourquoi le peuple pleure-t-il?" On lui rapporta les paroles des hommes de Jabès.
6 जब तिनीहरूले भनेका कुरा शाऊलले सुने, तब तिनीमाथि परमेश्वरको आत्मा आउनुभयो र तिनी साह्रै रिसाए ।
Sitôt qu’il les eut entendues, Saül se sentit envahi par l’esprit divin et enflammé d’indignation.
7 तिनले एक हल गोरु लिए र तिनलाई टुक्रा-टक्रा गरी काटे र ती इस्राएलको सबै इलाकामा ती दूतहरूसँगै पठाए । तिनले भने, “शाऊल र शमूएलको पछि नआउने व्यक्तिको गोरुलाई यसै गरिनेछ ।” अनि परमप्रभुको भय मानिसहरूमाथि पर्यो र तिनीहरू एक जना मानिसझैं एकसाथ निस्केर आए ।
Il prit une paire de bœufs et les coupa en morceaux, qu’il envoya par les messagers dans tout le territoire d’Israël, avec ces paroles: "Quiconque ne suivra pas Saül et Samuel, voilà comme on traitera ses bœufs!" Et une terreur divine s’empara du peuple, et ils accoururent comme un seul homme.
8 जब उनीहरूलाई तिनले बेजेकमा भेला पारे, तब इस्राएलका मनिसहरू तिन लाख जना थिए र यहूदाका मानिसहरू तिस हजार जना थिए ।
On les recensa à Bézek; les enfants d’Israël furent trois cent mille, et ceux de Juda trente mille.
9 तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने, “तिमीहरूले याबेश-गिलादका मानिसहरूलाई यसो भन, 'भोलि यति बेला मध्यन्हसम्ममा, तिमीहरूको छुट्टकारा हुनेछ,’ ।” त्यसैले दूतहरू गए र याबेश-गिलादका मानिसहरूलाई भने, र तिनीहरू खुसी भए ।
On dit aux messagers qui étaient venus: "Apportez cette réponse aux gens de Jabès-Galaad: Demain, quand le soleil sera dans sa force, la délivrance viendra pour vous." Les messagers allèrent l’annoncer aux gens de Jabès, lesquels s’en réjouirent
10 तब याबेशका मानिसहरूले नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं, र तपाईंलाई जे असल लाग्छ सो हामीमाथि गर्नुहोस् ।”
et firent dire aux ennemis: "Demain, nous nous rendrons à vous, et vous nous traiterez selon votre bon plaisir."
11 भोलिपल्ट शाऊलले मानिसहरूलाई तिन समूहमा विभाजन गरे । बिहानको पहरमा तिनीहरू छाउनी बिचमा आए र तिनीहरूले आक्रमण गरे र मध्यन्हसम्ममा अम्मोनीहरूलाई पराजित गरे । ती जीवित रहेकाहरू सबै यसरी छरपष्ट भए, कि तिनीहरू कोही पनि दुई जना सँगै रहेनन् ।
Le lendemain, Saül disposa l’armée en trois corps, qui pénétrèrent au milieu du camp pendant la veille du matin, et battirent les Ammonites jusqu’au plus chaud de la journée; ceux qui purent échapper se débandèrent, si bien qu’il n’en resta pas deux ensemble.
12 तब मानिसहरूले शमूएललाई भने, “ती को थिए जसले यसो भने 'के शाऊलले हामीमाथि राज्य गर्नेछ र?’ ती मानिसहरूलाई ल्याउनुहोस्, ताकि हामीले तिनीहरूलाई मार्नेछौं ।”
Le peuple dit à Samuel: "Qui donc disait: Saül régnerait-il sur nous? Qu’on nous livre ces hommes, nous voulons les mettre à mort!"
13 तर शाऊलले भने, “आजको दिन कसैलाई मारिनेछैन, किनभने परमप्रभुले आज इस्राएललाई छुटकारा दिनुभएको छ ।”
Mais Saül dit: "On ne doit faire mourir personne en ce jour, car aujourd’hui l’Eternel a procuré la victoire à Israël."
14 त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगामा जानेछौं र त्यहाँ राजसत्ताप्रति फेरि भक्ति जानउनेछौं ।”
Alors Samuel dit au peuple: "Venez, allons à Ghilgal, pour y consacrer de nouveau la royauté."
15 त्यसैले सबै मानिसहरू गिलगालमा गए र गिलगामा परमप्रभुको सामु शाऊललाई राजा बनाए । तिनीहरूले त्यहाँ परमप्रभुको सामु मेलबलिहरू चढाए, र शाऊल र इस्राएलका सबै मानिसहरू धेरै आनन्दित भए ।
Et tout le peuple se rendit à Ghilgal, et là, à Ghilgal, devant le Seigneur, ils proclamèrent Saül roi, là ils immolèrent des victimes rémunératoires devant le Seigneur, et Saül et tous les Israélites y firent de grandes réjouissances.