< १ पत्रुस 1 >

1 पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई येशू ख्रीष्‍टका प्रेरित पत्रुसबाट ।
Nene Petili mtumi wa Yesu Kilisitu, nikuvayandikila nyenye vandu mwemuhaguliwi na Chapanga, ndi mwampechangini na mwitama ngati vajumbiswa kwenuko Ponto na Galatia na Kapodokia na Asia na Bisunia.
2 येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू । तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् ।
Dadi Chapanga avamanyili na avahagwili nyenye kuhumila kadeni kulandana na uganu waki, na mkitiwi mwavamsopi kwa mpungu, muni mumyidakila Yesu Kilisitu na kunyambiswa kwa ngasi yaki. Nikuvaganila ubwina na uteke wamahele.
3 परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्यको हुनुभएको होस् । उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा ईश्‍वरीय उत्तराधिकारको निश्‍चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो ।
Chapanga alumbiwa na Dadi wa BAMBU witu Yesu Kilisitu! Kwa lipyana laki likulu atikitili tivelekewa upya kwa kumyukisa Yesu. Lilovi lenili litipelili huvalila ya magono goha gangali mwishu,
4 किनकि कहिल्यै नष्‍ट नहुने ईश्‍वरीय उत्तराधिकारमा कहिल्यै दाग लाग्दैन र यो कहिल्यै बिलाएर पनि जाँदैन । यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ ।
na hinu tilindila kupata vindu vyabwina vyangahotoleka kuwola amala kuhalabika amala kujimika, ndi Chapanga avavikili vandu vaki kunani.
5 अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्‍तिले सुरक्षित राखिएका छौ ।
Na nyenye mvikiwa ulonda kwa makakala ga Chapanga kwa njila ya sadika mupatayi usangula. Usangula wenuwo Weutendelekiwi kugubukuliwa mumagono ga mwishu.
6 अहिले तिमीहरूले विभिन्‍न किसिमका धेरै कष्‍टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ ।
Mhekelela ndava ya lijambu lenilo, pamonga hinu, kwa lukumbi luhupi, yati mganikiwa kung'ahika ndava ya kulingiwa mu njila ndalindali.
7 तिमीहरूको विश्‍वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्‍वास आगोमा नष्‍ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूको विश्‍वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्‍न गरोस् भनेर यसो भएको हो ।
Kulingiwa kwenuko ndi kugana kulola sadika yinu ndi ya chakaka. Hati zahabu yene yeyihalabika yilingiwa kwa motu, mewawa na sadika yinu, ndi chindu chivaha kuliku zahabu, ndi yiganikiwa yilingiwa muni yisindimala. Penapo yati mwipokela ulumbiwa na ukulu na kutopeswa ligono lila Yesu Kilisitu peibwela.
8 तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्‍दैनौ, तर तिमीहरू उहाँमा विश्‍वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ ।
Hati ngati mwangamuwona, mumganili, ngati hati hinu mukumuwona lepi, nyenye mukumusadika. Mwiheka kwa luheku lukulu lwangajoveka,
9 अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्‍वासको प्रतिफल पाइरहेका छौ, जुनचाहिँ तिमीहरूका प्राणको मुक्ति हो ।
ndava mwipokela chila chemwichilonda, ndava ya kusadika kwinu, ndi kusanguliwa kwinu.
10 अगमवक्ताहरूले तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा यही मुक्तिको विषयमा ध्यानसित खोजतलास गरेका थिए ।
Vamlota va Chapanga vakitili umang'omesi na kukotakesa neju ndava ya usangula wula, vakalota ndava ya njombi ndi nyenye ngamupewili.
11 तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे । तिनीहरूमा हुनुभएका ख्रीष्‍टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्‍ने कुराको पनि तिनीहरूले खोजी गरे । यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्‍टका कष्‍टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो ।
Vaganayi kumanya lukumbi lwoki na yivya wuli. Kwa chindu chenicho cha ajovili Mpungu wa Kilisitu mweavi mugati yavi, mwealongolili kujova kuvya Kilisitu yati gakumkolela mang'ahiso na ukulu weubwela.
12 यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् ।
Chapanga avagubukulili vamlota avo ngati vangajihengala vene nambu ndi vevahengili nyenye mwemwamali kuyuwana, pevajovili mambu gala ndi gemyuwini kuhuma kwa vandu vevikokosa Lilovi la Bwina kwa njila ya Mpungu wa Chapanga mweatumwili kuhuma kunani. Hati vamitumi va kunani kwa Chapanga vinogela kumanya.
13 त्यसकारण, तिमीहरूका मनलाई बाँध । आफ्नो सोचाइमा संयमी होओ । येशू ख्रीष्‍ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख ।
Hinu, mjitendelekela neju, na mvya mihu na mjilongosa mwavene. Mvika huvalila yinu yoha kwa mumota yila yemwipewa lukumbi Yesu Kilisitu peigubukuliwayi!
14 आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा नचल ।
Mvya ngati vana va Chapanga veviyidakila, mkoto kutama kwa kulanda kangi mnogo wa uhakau ngati wemwavili nawu lukumbi pemwangamanya Chapanga.
15 तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ ।
Nambu mganikiwa muvya vandu vamsopi mumatendu ginu goha gemwikita, ngati Chapanga mweavakemili cheavili msopi.
16 किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु ।”
Muni Mayandiku Gamsopi gijova “Mvya va Msopi, muni Nene ndi Msopi.”
17 जसले प्रत्येक व्‍यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ ।
Pemukumuyupa Chapanga, nyenye mkumkemela Dadi. Hinu, mmanya kuvya mwene akumhamula kila mundu ngati cheakitili, Chapanga angahagula. Hinu mtama bwina pamulima apa ngati vayehi kwa kumtopesa neju Chapanga.
18 तिमीहरूलाई थाहा छ, कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्‍ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ ।
Muni mmanyili kuvya nyenye mwasanguliwi kuhuma mulugendu lwa chiyimu, gemwapokili kuhuma kwa vagogo vinu. Nambu mwasanguliwi lepi kwa vindu vyevihalabika, ngati maganga ga feza na zahabu,
19 तर तिमीहरूले येशू ख्रीष्‍टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ ।
nambu yavili kwa ngasi ya Kilisitu yeyivii chindu chivaha neju. Mweavi ngati mwana limbelele mwanga chilema amala libala.
20 येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको छ ।
Ahaguliwi na Chapanga kwakona kuwumbiwa mulima uwu, nambu agubukuliwi magono aga ga mwishu ndava yinu.
21 तिमीहरू उहाँद्वारा परमेश्‍वरमा विश्‍वास गर्छौ, जसलाई तिमीहरूका विश्‍वास र आशा परमेश्‍वरमा रहून् भनेर परमेश्‍वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो ।
Kwa kupitila Kilisitu, mkumsadika Chapanga, mweamyukisi na mweamlumbili, hinu sadika yinu na huvalila yinu yivya kwa Chapanga.
22 सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । त्यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर ।
Hinu ndava munyambiswi mtima kwa kuyidakili uchakaka, muni muvagana vayinu changali uhomela. Mganana nyenye kwa nyenye kwa mtima woha.
23 तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्‍वरको वचनको अविनाशी वीर्यबाट । (aiōn g165)
Ndava muni nyenye mpewili wumi wa mupya, lepi ngati vana vevahumili kwa mundu mweifwa nambu Dadi mweitama magono goha gangali mwishu, kwa njila ya ujumbi wa Chapanga weuvi mumi na weusindimala. (aiōn g165)
24 किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।”
Ngati Mayandiku Gamsopi chegijova, “Kila mundu ndi ngati mahamba, na ukulu waki woha ndi ngati maluva ga mudahi. Ginyala na maluva gigwa.
25 तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्छ । सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो । (aiōn g165)
Nambu lilovi la BAMBU lisigalila magono goha gangali mwishu.” Lilovi lenilo ndi Lilovi la Bwina lemwakokosiwi. (aiōn g165)

< १ पत्रुस 1 >