< १ पत्रुस 4 >
1 यसैकारण, जसरी ख्रीष्टले शरीरमा कष्ट भोग्नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर । जसले शरीरमा कष्ट भोगेको छ उसले पाप गर्न छोडेको हुन्छ ।
그리스도께서 이미 육체에 고난을 받으셨으니 너희도 같은 마음으로 갑옷을 삼으라 이는 육체의 고난을 받은 자가 죄를 그쳤음이니
2 यो व्यक्तिले अब उसो मानवीय अभिलाषामा होइन, तर आफ्नो बाँकी जीवन परमेश्वरको इच्छाको निम्ति जिउँछ ।
그 후로는 다시 사람의 정욕을 좇지 않고 오직 하나님의 뜻을 좇아 육체의 남은 때를 살게 하려 함이라
3 किनकि अन्यजातिले इच्छा गरेजस्तो कामुकता, कुवासना, मद्यपान, मोजमज्जा, पियक्कडपन, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा धेरै समय खर्च भइसकेको छ ।
너희가 음란과 정욕과 술취함과 방탕과 연락과 무법한 우상 숭배를 하여 이방인의 뜻을 좇아 행한 것이 지나간 때가 족하도다
4 तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन् । त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् ।
이러므로 너희가 저희와 함께 그런 극한 방탕에 달음질하지 아니하는 것을 저희가 이상히 여겨 비방하나
5 तिनीहरूले जीवित र मरेकाहरूको न्याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन् ।
저희가 산 자와 죽은 자 심판하기를 예비하신 자에게 직고하리라
6 त्यसैले, मरिसकेकाहरूलाई यो वचन प्रचारिएको थियो । शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्वरअनुसार जिऊन् ।
이를 위하여 죽은 자들에게도 복음이 전파되었으니 이는 육체로는 사람처럼 심판을 받으나 영으로는 하나님처럼 살게 하려 함이니라
7 सबै कुराको अन्त्य आउँदै छ । त्यसैले, आफ्नो मन ठिक ठाउँमा लगाओ र तिमीहरूका प्रार्थनाको खातिर आफ्नो विचारमा सचेत रहो ।
만물의 마지막이 가까웠으니 그러므로 너희는 정신을 차리고 근신하여 기도하라
8 सबै कुराभन्दा बढी एक-अर्कालाई उत्कट प्रेम गर, किनकि प्रेमले एक-अर्काको दोष पत्ता लगाउँदैन ।
무엇보다도 열심으로 서로 사랑할지니 사랑은 허다한 죄를 덮느니라
9 गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर,
서로 대접하기를 원망 없이 하고
10 जसरी तिमीहरू हरेकले वरदान पाएका छौ । परमेश्वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर ।
각각 은사를 받은 대로 하나님의 각양 은혜를 맡은 선한 청지기 같이 서로 봉사하라
11 यदि कोही बोल्छ भने उसले परमेश्वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्वरले दिनुहुने शक्तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्टद्वारा परमेश्वर महिमित हुनुभएको होस् । महिमा र शक्ति सदासर्वदा उहाँकै हुन् । आमेन । (aiōn )
만일 누가 말하려면 하나님의 말씀을 하는 것 같이 하고 누가 봉사하려면 하나님의 공급하시는 힘으로 하는 것 같이 하라 이는 범사에 예수 그리스도로 말미암아 하나님이 영광을 받으시게 하려 함이니 그에게 영광과 권능이 세세에 무궁토록 있느니라 아멘 (aiōn )
12 प्रिय हो, तिमीहरूलाई जाँच गर्नको निम्ति कुनै अग्निमय परीक्षा आइपरेमा त्यसलाई अनौठो नसम्झ ।
사랑하는 자들아 너희를 시련하려고 오는 불시험을 이상한 일 당하는 것 같이 이상히 여기지 말고
13 तर जति तिमीहरू ख्रीष्टको दुःख भोग्छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्नेछौँ ।
오직 너희가 그리스도의 고난에 참예하는 것으로 즐거워하라 이는 그의 영광을 나타내실 때에 너희로 즐거워하고 기뻐하게 하려 함이라
14 तिमीहरू ख्रीष्टको नाउँको कारण अपमानित भयौ भने तिमीहरू धन्यका हौ, किनकि महिमाका आत्मा र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ ।
너희가 그리스도의 이름으로 욕을 받으면 복 있는 자로다 영광의 영 곧 하나님의 영이 너희 위에 계심이라
15 तर तिमीहरू कसैले पनि हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्तिको रूपमा दुःख भोग्नु नपरोस् ।
너희 중에 누구든지 살인이나 도적질이나 악행이나 남의 일을 간섭하는 자로 고난을 받지 말려니와
16 तरै पनि ख्रीष्टियान भएको कारणले कसैले पीडा भोग्छ भने उसले लाज नमानोस्, तर त्यही नाममा परमेश्वरको महिमा गरोस् ।
만일 그리스도인으로 고난을 받은즉 부끄러워 말고 도리어 그 이름으로 하나님께 영광을 돌리라
17 किनकि यो परमेश्वरको परिवारबाट न्याय सुरु हुने समय हो । अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्वरको वचन नमान्नेको अवस्था कस्तो होला?
하나님 집에서 심판을 시작할 때가 되었나니 만일 우리에게 먼저 하면 하나님의 복음을 순종치 아니하는 자들의 그 마지막이 어떠하며
18 अनि “धर्मी जनको उद्धारचाहिँ उसको कठिनाइले हुन्छ भने, अधर्मी र पापीको अवस्था के होला?”
또 의인이 겨우 구원을 얻으면 경건치 아니한 자와 죄인이 어디 서리요
19 त्यसैले परमेश्वरको इच्छामा दुःख भोग्नेहरूले असल काम गर्दै आफ्नो आत्मा सृष्टिकर्तालाई सुम्पून् ।
그러므로 하나님의 뜻대로 고난을 받는 자들은 또한 선을 행하는 가운데 그 영혼을 미쁘신 조물주께 부탁할지어다