< १ पत्रुस 2 >
1 त्यसकारण सबै दुष्ट्याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख ।
Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ (ὑποκρίσεις *NK(O)*) καὶ φθόνους καὶ πάσας καταλαλιάς,
2 नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक,
ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε ἵνα ἐν αὐτῷ αὐξηθῆτε (εἰς σωτηρίαν, *NO*)
3 यदि प्रभु भला हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ भने,
(εἰ *N(k)O*) ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος.
4 उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ, तर त्यही पत्थर नै परमेश्वरबाट चुनिएको छ र उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको छ ।
πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον,
5 तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ ।
καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς (εἰς *no*) ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους (τῷ *NK*) θεῷ διὰ Ἰησοῦ Χριστοῦ.
6 धर्मशास्त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।”
(διότι *N(k)O*) περιέχει ἐν (τῇ *k*) γραφῇ· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον, καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ.
7 त्यसैले, तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर, “त्यो ढुङ्गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्यो नै कुनाको शिर-ढुङ्गा भयो ।”
ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· (ἀπιστοῦσιν *N(K)O*) δὲ (λίθος *N(k)O*) ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
8 र “एउटा ठक्कर लाग्ने ढुङ्गा र एउटा ठक्कर लाग्ने चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए ।
καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου, οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν·
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्चर्यकर्महरूको घोषणा गर्न सक ।
ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·
10 तिमीहरू एक समय परमेश्वरका थिएनौ, तर अब परमेश्वरका प्रजाहरू हौ । तिमीहरूले कृपा पाएका थिएनौ, अहिले परमेश्वरको कृपा पाएका छौ ।
οἵ ποτε οὐ λαός, νῦν δὲ λαὸς θεοῦ, οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.
11 हेर, तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने पापमय इच्छाबाट टाढा रहनको निम्ति परदेशीहरू र प्रवासीहरूलाई झैँ म तिमीहरूलाई बोलाउँछु ।
Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς·
12 अरू जातिहरूका बिचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्वरको प्रशंसा गरून् ।
τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων (ἐποπτεύοντες *N(k)O*) δοξάσωσιν τὸν θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
13 प्रभुको खातिर सबै मानवीय अधिकारलाई स्वीकार गर चाहे ती सर्वोच्च राजा हुन्,
Ὑποτάγητε (οὖν *K*) πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι·
14 या शासकहरू जो नराम्रो काम गर्नेहरूलाई सजाय दिन र असल काम गर्नेहरूको प्रशंसा गर्न उत्साह दिन पठाइएका हुन् ।
εἴτε ἡγεμόσιν ὡς δι᾽ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν (μὲν *k*) κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν·
15 किनकि परमेश्वरको इच्छा यही हो कि असल काम गरेर तिमीहरूले मूर्ख मानिसहरूका अज्ञानतालाई चुप लगाउनुपर्छ ।
ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ θεοῦ ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν·
16 स्वतन्त्र मानिसहरूझैँ तिमीहरूको स्वतन्त्रता दुष्टतालाई ढाक्नको निम्ति प्रयोग नगर, तर परमेश्वरका दासहरूजस्तै बन ।
ὡς ἐλεύθεροι καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ᾽ ὡς θεοῦ δοῦλοι.
17 सबै मानिसको आदर गर । भातृत्वलाई प्रेम गर । परमेश्वरको भय मान । राजाको आदर गर ।
πάντας τιμήσατε, τὴν ἀδελφότητα (ἀγαπᾶτε, *NK(o)*) τὸν θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.
18 कमारा हो, सम्पूर्ण आदरसाथ आफ्नो मालिकको अधीनमा बस; असल र भला मालिकहरूसँग मात्र होइन, तर दुष्टहरूसँग पनि ।
Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς.
19 किनकि कोही व्यक्तिको विवेक परमेश्वरप्रति भएको कारण उसले असल काम गरे पनि कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय कुरो हो ।
τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως.
20 यदि तिमीले पाप गरेर सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो र? तर यदि तिमीले असल गरेर पनि सहन्छौ भने त्यो परमेश्वरमा प्रशंसनीय हुनेछ ।
ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ᾽ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ θεῷ.
21 यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्टले पनि दुःख भोग्नुभयो र तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो ।
εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ (ὑμῶν, *N(K)O*) ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·
22 उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो ।
ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,
23 उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन । उहाँले दुःख भोग्नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो ।
ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·
24 हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ ।
ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι (αὐτοῦ *k*) ἰάθητε.
25 तिमीहरू सबै हराएका भेडाझैँ भौतारिँदै थियौ, तर अब तिमीहरू आत्माका गोठालो र संरक्षककहाँ फर्किएका छौ ।
ἦτε γὰρ ὡς πρόβατα (πλανώμενοι *N(k)O*) ἀλλ᾽ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.