< १ पत्रुस 1 >
1 पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई येशू ख्रीष्टका प्रेरित पत्रुसबाट ।
Petr, apoštol Ježíše Krista, příchozím rozptýleným v Pontu, Galacii, Kappadocii, v Azii a v Bitynii,
2 येशू ख्रीष्टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू । तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् ।
Vyvoleným podle předzvědění Boha Otce, v posvěcení Ducha svatého, ku poslušenství a skropení krví Ježíše Krista: Milost vám a pokoj rozmnožen buď.
3 परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यको हुनुभएको होस् । उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा ईश्वरीय उत्तराधिकारको निश्चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो ।
Požehnaný Bůh a Otec Pána našeho Ježíše Krista, kterýžto podle mnohého milosrdenství svého znovu zplodil nás v naději živou skrze vzkříšení Ježíše Krista z mrtvých,
4 किनकि कहिल्यै नष्ट नहुने ईश्वरीय उत्तराधिकारमा कहिल्यै दाग लाग्दैन र यो कहिल्यै बिलाएर पनि जाँदैन । यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ ।
K dědictví neporušitelnému a neposkvrněnému a neuvadlému, kteréž se chová v nebesích, nám,
5 अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिले सुरक्षित राखिएका छौ ।
Kteřížto mocí Boží ostříháni býváme skrze víru k spasení, kteréž hotovo jest, aby zjeveno bylo v času posledním.
6 अहिले तिमीहरूले विभिन्न किसिमका धेरै कष्टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ ।
V čemžto veselíte se, maličko nyní, (jestliže kdy potřebí jest, ) zkormouceni jsouce v rozličných pokušeních,
7 तिमीहरूको विश्वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्वास आगोमा नष्ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूको विश्वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्न गरोस् भनेर यसो भएको हो ।
Aby zkušení víry vaší, kteráž jest mnohem dražší nežli zlato, jenž hyne, avšak se v ohni zkušuje, nalezeno bylo vám k chvále, a ke cti i k slávě při zjevení Ježíše Krista.
8 तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तर तिमीहरू उहाँमा विश्वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ ।
Kteréhožto neviděvše, milujete; kteréhožto nyní nevidouce, avšak v něho věříce, veselíte se radostí nevýmluvnou a oslavenou,
9 अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्वासको प्रतिफल पाइरहेका छौ, जुनचाहिँ तिमीहरूका प्राणको मुक्ति हो ।
Docházejíce konce víry vaší, spasení duší vašich,
10 अगमवक्ताहरूले तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा यही मुक्तिको विषयमा ध्यानसित खोजतलास गरेका थिए ।
O kterémžto spasení bedlivě přemyšlovali a je vystihati usilovali proroci, kteříž o té milosti, jenž se vám státi měla, prorokovali,
11 तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे । तिनीहरूमा हुनुभएका ख्रीष्टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्ने कुराको पनि तिनीहरूले खोजी गरे । यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो ।
Snažujíce se tomu vyrozuměti, na který aneb jaký čas mínil by ten, kterýž v nich byl, Duch Kristův, předpovídající o utrpeních Kristových a o veliké slávě za tím jdoucí.
12 यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् ।
Kterýmž zjeveno jest, že ne sobě, ale nám tím přisluhovali, což jest vám nyní zvěstováno skrze ty, kteříž vám kázali evangelium, v Duchu svatém seslaném s nebe, na kteréžto věci žádostivi jsou andělé patřiti.
13 त्यसकारण, तिमीहरूका मनलाई बाँध । आफ्नो सोचाइमा संयमी होओ । येशू ख्रीष्ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख ।
Protož přepášíce bedra mysli vaší, a střízlivi jsouce, dokonale doufejte v té milosti, kteráž vám dána bude při zjevení Ježíše Krista,
14 आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा नचल ।
Jakožto synové poslušní, nepřirovnávajíce se prvním neznámosti vaší žádostem.
15 तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ ।
Ale jakž ten, kterýž vás povolal, Svatý jest, i vy svatí ve všem obcování vašem, buďte;
16 किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु ।”
Jakož napsáno jest: Svatí buďte, nebo já Svatý jsem.
17 जसले प्रत्येक व्यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ ।
A poněvadž Otcem nazýváte toho, kterýž bez přijímání osob soudí vedle skutků jednoho každého, viztež, abyste v bázni Páně čas vašeho zde putování konali,
18 तिमीहरूलाई थाहा छ, कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ ।
Vědouce, že ne těmi porušitelnými věcmi, stříbrem nebo zlatem, vykoupeni jste z marného vašeho obcování podle ustanovení otců,
19 तर तिमीहरूले येशू ख्रीष्टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ ।
Ale drahou krví jakožto Beránka nevinného a neposkvrněného, Krista,
20 येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको छ ।
Předzvěděného zajisté před ustanovením světa, zjeveného pak v časích posledních pro vás,
21 तिमीहरू उहाँद्वारा परमेश्वरमा विश्वास गर्छौ, जसलाई तिमीहरूका विश्वास र आशा परमेश्वरमा रहून् भनेर परमेश्वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो ।
Kteříž skrze něho věříte v Boha, jenž jej vzkřísil z mrtvých, a dal jemu slávu, tak aby víra vaše a naděje byla v Bohu.
22 सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । त्यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर ।
Poněvadž duše své očistili jste poslušenstvím pravdy skrze Ducha svatého, k milování neošemetnému bratrstva, z čistého tedy srdce jedni druhé milujte snažně,
23 तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्वरको वचनको अविनाशी वीर्यबाट । (aiōn )
Znovu zrozeni jsouce ne z porušitelného semene, ale z neporušitelného, totiž skrze živé slovo Boží a zůstávající na věky. (aiōn )
24 किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।”
Nebo všeliké tělo jest jako tráva, a všeliká sláva člověka jako květ trávy. Usvadla tráva, a květ její spadl,
25 तर परमेश्वरको वचन सदासर्वदा रहिरहन्छ । सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो । (aiōn )
Ale slovo Páně zůstává na věky. Totoť pak jest to slovo, kteréž zvěstováno jest vám. (aiōn )