< १ राजाहरू 22 >
1 अराम र इस्राएलको बिचमा युद्ध नभई तिन वर्ष बित्यो ।
And they continued three years without war between Syria and Israel.
2 तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजाकहाँ गए ।
And it came to pass in the third year, that Jehoshaphat the king of Judah came down to the king of Israel.
3 इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भनेका थिए, “के रामोत-गिलाद हाम्रै हो भनी तिमीहरूलाई थाहा छ? तर अरामका राजाका हातबाट यसलाई लिन हामीले केही पनि गरिरहेका छैनौँ ।”
And the king of Israel said to his servants, Know ye that Ramoth-gilead is ours, and we are still, and do not take it out of the hand of the king of Syria?
4 त्यसैले तिनले यहोशापातलाई भने, “के तपाईं युद्ध गर्नलाई मसितै रामोत-गिलादमा जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिस तपाईंका मानिसजस्तै हुन् र मेरा घोडाहरू तपाईंका घोडाहरू जस्तै हुन् ।”
And he said to Jehoshaphat, Will thou go with me to battle to Ramoth-gilead? And Jehoshaphat said to the king of Israel, I am as thou are, my people as thy people, my horses as thy horses.
5 यहोशापातले इस्राएलका राजालाई भने, “पहिले तपाईंले के गर्नुपर्छ भन्नाका लागि परमप्रभुको वचनबाट निर्देशन खोज्नुहोस् ।”
And Jehoshaphat said to the king of Israel, Inquire first, I pray thee, for the word of Jehovah.
6 तब इस्राएलका राजाले चार सय अगमवक्तालाई जम्मा गरी तिनीहरूलाई भने, “म रामोत-गिलादमा युद्ध गर्न जाऊँ कि नजाऊँ? तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्, किनकि परमप्रभुले यो राजाका हातमा सुम्पिदिनुहुने छ ।”
Then the king of Israel gathered the prophets together, about four hundred men, and said to them, Shall I go against Ramoth-gilead to battle, or shall I forbear? And they said, Go up, for the Lord will deliver it into the hand of the king.
7 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका अर्का कुनै अगमवक्ता छैनन् जसबाट हामीले सल्लाह लिन सक्छौँ?”
But Jehoshaphat said, Is there not here a prophet of Jehovah besides, that we may inquire of him?
8 इस्राएलका राजाले यहोशापातलाई भने, “एक जना मानिस छन् जसबाट हामीले मदतको लागि परमप्रभुबाट सल्लाह लिन सक्छौँ । तिनी यिम्लाका छोरा मीकाया हुन्, तर म तिनलाई घृणा गर्छु किनकि तिनले मेरो बारेमा कुनै असल कुरोको भविष्यवाणी गर्दैनन्, केवल खरावी मात्र बोल्छन् ।” तर यहोशापातले भने, “राजाले यस्तो भन्नुहुँदैन ।”
And the king of Israel said to Jehoshaphat, there is yet one man by whom we may inquire of Jehovah, Micaiah the son of Imlah, but I hate him, for he does not prophesy good concerning me, but evil. And Jehoshaphat said, Let not the king say so.
9 तब इस्राएलका राजाले एक जना अधिकारीलाई बोलाई तिनलाई हुकुम गरे, “ठिक अहिले नै इम्लाका छोरा मीकायालाई ल्याउनू ।”
Then the king of Israel called an officer, and said, Fetch quickly Micaiah the son of Imlah.
10 इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात राजकीय पोशाक पहिरेर सामरियाको मूल ढोकाको खुला ठाउँमा आ-आफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोल्दै थिए ।
Now the king of Israel and Jehoshaphat the king of Judah were sitting each on his throne, arrayed in their robes, in an open place at the entrance of the gate of Samaria. And all the prophets were prophesying before them.
11 केनानका छोरा सिदकियाहले चाहिँ फलामका सिङहरू बनाएका थिए । तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'अरामीहरू नष्ट नभएसम्म तिमीहरूले तिनीहरूलाई यसैले दण्ड दिनू' ।”
And Zedekiah the son of Chenaanah made for him horns of iron, and said, Thus says Jehovah, With these thou shall push the Syrians until they be consumed.
12 तब सबै अगमवक्ताले यसो भनी अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गरी विजयी हुनुहोस् किनकि परमप्रभुले यो राजाको हातमा सुम्पिदिनुभएको छ ।”
And all the prophets prophesied so, saying, Go up to Ramoth-gilead, and prosper, for Jehovah will deliver it into the hand of the king.
13 मीकायालाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने, “अब हेर्नुहोस्, अगमवक्ताहरूका वचनहरूले एउटै मुखले राजालाई असल कुरा भन्छन् । तपाईंको वचन तिनीहरूको जस्तै होस् र असल कुराहरू भन्नुहोस् ।”
And the messenger who went to call Micaiah spoke to him, saying, Behold now, the words of the prophets declare good to the king with one mouth. Let thy word, I pray thee, be like the word of one of them, and speak thou good.
14 मीकायले जवाफ दिए, “परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, कि परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही भन्ने छु ।”
And Micaiah said, As Jehovah lives, what Jehovah says to me, that I will speak.
15 जब तिनी राजाकहाँ आए राजाले तिनलाई भने, “मीकाया, हामी युद्धको लागि रामोत-गिलादमा जाऊँ कि नजाऊँ?” मीकायाले तिनलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस् । परमप्रभुले यो तपाईंको हातमा सुम्पिदिनुहुने छ ।”
And when he came to the king, the king said to him, Micaiah, shall we go to Ramoth-gilead to battle, or shall we forbear? And he answered him, Go up and prosper, and Jehovah will deliver it into the hand of the king.
16 तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा अरू कुरा नभनी साँचो कुरा मात्र भन्नू भनी म तिमीलाई कति पटक शपथ खान लगाऊँ?”
And the king said to him, How many times shall I adjure thee that thou speak to me nothing but the truth in the name of Jehovah?
17 तब मीकायाले भने, “मैले गोठाला नभएका भेडाझैँ सारा इस्राएल पहाडहरूतिर तितर-बितर भएको देखेँ, र परमप्रभुले भन्नुभयो, 'तिनीहरूसित कुनै गोठालो छैन । हरेक मानिस शान्तिसित आफ्नै घरमा फर्कोस्' ।”
And he said, I saw all Israel scattered upon the mountains, as sheep that have no shepherd. And Jehovah said, These have no master, let them return every man to his house in peace.
18 त्यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल कुरा नभई केवल विपत्तिको बारेमा अगमवाणी बोल्छन् भनी के मैले तपाईंलाई भनेको होइन र?”
And the king of Israel said to Jehoshaphat, Did I not tell thee that he would not prophesy good concerning me, but evil?
19 तब मीकायाले भने, “त्यसकारण परमप्रभुको वचन सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा विराजमान हुनुभएको अनि उहाँको दाहिने र देब्रे हातपट्टि उहाँनेर सबै स्वर्गीय सेना उभिरहेका देखेँ ।
And Micaiah said, Therefore hear thou the word of Jehovah. I saw Jehovah sitting on his throne, and all the host of heaven standing by him on his right hand and on his left.
20 परमप्रभुले भन्नुभयो, 'आहाब रामोत-गिलादमा उक्लेर गई त्यहाँ त्यसको पतन होस् भन्नाका लागि त्यसलाई कसले बहकाउने छ?’ एउटाले एउटा कुरा भन्यो र अर्कोचाहिँले अर्कै कुरा भन्यो ।
And Jehovah said, Who shall entice Ahab, that he may go up and fall at Ramoth-gilead? And one said on this manner, and another said on that manner.
21 तब एउटा आत्मा अगाडि बढी त्यो परमप्रभुको सामु उभियो । त्यसले भन्यो, 'म तिनलाई उक्साउने छु ।' परमप्रभुले त्यसलाई भन्नुभयो, 'कसरी?’
And there came forth a spirit, and stood before Jehovah, and said, I will entice him.
22 आत्माले जवाफ दियो, 'म बाहिर जाने छु, र तिनका सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा बन्ने छु ।' परमप्रभुले भन्नुभयो, 'तैँल त्यसलाई बहकाउने छस्, र तँ सफल पनि हुने छस् । अब जा र त्यसै गर् ।'
And Jehovah said to him, With what? And he said, I will go forth, and will be a lying spirit in the mouth of all his prophets. And he said, Thou shall entice him, and shall also prevail. Go forth, and do so.
23 त्यसैले अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमप्रभुले तपाईंको लागि विपत्तिको घोषणा गर्नुभएको छ ।”
Now therefore, behold, Jehovah has put a lying spirit in the mouth of all these thy prophets, and Jehovah has spoken evil concerning thee.
24 तब केनानका छोरा सिदकियाह माथि उक्लेर आई मीकायाको गालामा थप्पड हानेर भने, “तिमीसित बोल्न परमप्रभुका आत्मा मबाट कुनचाहिँ बाटो भएर जानुभयो त?”
Then Zedekiah the son of Chenaanah came near, and smote Micaiah on the cheek, and said, Which way did the Spirit of Jehovah go from me to speak to thee?
25 मीकायाले भने, “हेर, तिमी भित्र कोठामा लुक्न जाँदा त्यस दिन तिमी आफैले देख्ने छौ ।”
And Micaiah said, Behold, thou shall see on that day when thou shall go into an inner chamber to hide thyself.
26 इस्राएलका राजाले आफ्ना अधिकारीलाई हुकुम दिए, “मीकायालाई समात्, अनि त्यसलाई सहरका शासक र मेरो छोरा योआशकहाँ लैजा ।”
And the king of Israel said, Take Micaiah, and carry him back to Amon the governor of the city, and to Joash the king's son,
27 त्यसलाई भन्, ‘राजा भन्नुहुन्छः यो मानिसलाई झ्यालखानामा हाल्, र म सुरक्षितसाथ नफर्केसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र खुवाउनू' ।”
and say, Thus says the king, Put this fellow in the prison, and feed him with bread of affliction and with water of affliction until I come in peace.
28 तब मीकायाले भने, “तपाईं सुरक्षितसाथ आउनुभयो भने परमप्रभुले मद्वारा बोल्नुभएको होइन ।” तब तिनले थपे, “हे सारा मानिस हो, यो कुरा सुन ।”
And Micaiah said, If thou return at all in peace, Jehovah has not spoken by me. And he said, Hear, ye peoples, all of you.
29 त्यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए ।
So the king of Israel and Jehoshaphat the king of Judah went up to Ramoth-gilead.
30 इस्राएलका राजाले यहोशापातलाई भने, “म भेष बद्लेर युद्धमा जाने छु, तर तपाईंले आफ्नो राजकीय पोशाक पहिरिनुहोस् ।” त्यसैले इस्राएलका राजाले भेष बद्ले, र तिनी युद्धमा गए ।
And the king of Israel said to Jehoshaphat, I will disguise myself, and go into the battle, but put thou on thy robes. And the king of Israel disguised himself, and went into the battle.
31 अरामका राजाले आफ्ना रथहरूका बत्तिस जना सेनापतिलाई यसो भनी आज्ञा दिएका थिए, “साना-ठुला जोसुकैलाई आक्रमण नगर्नू । बरु, इस्राएलका राजालाई मात्र आक्रमण गर्नू ।”
Now the king of Syria had commanded the thirty-two captains of his chariots, saying, Fight neither with small nor great, except only with the king of Israel.
32 जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले भने, “निश्चय नै यिनी इस्राएलका राजा हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्कंदा यहोशापात चिच्च्याए ।
And it came to pass, when the captains of the chariots saw Jehoshaphat, that they said, Surely it is the king of Israel, and they turned aside to fight against him. And Jehoshaphat cried out.
33 तिनी इस्राएलका राजा होइनन् रहेछ भनी जब रथहरूका सेनापतिहरूले देखे तिनीहरू तिनको पिछा गर्नबाट फर्के ।
And it came to pass, when the captains of the chariots saw that it was not the king of Israel, that they turned back from pursuing him.
34 तर एक जना सेनापतिले जथाभावी काँड हाने, र त्यस काँडले इस्राएलका राजाको कवचको जोर्नीमा लाग्यो । तब आहाबले आफ्नो सारथीलाई भने, “फर्की, र मलाई युद्धबाट बाहिर लैजा, किनकि मलाई बेसरी चोट लागेको छ ।”
And a certain man drew his bow at a venture, and smote the king of Israel between the joints of the armor. Therefore he said to the driver of his chariot, Turn thy hand, and carry me out of the army, for I am severely wounded.
35 त्यस दिन युद्ध झन् चर्कंदै गयो, र आफ्ना रथमा अडिएर राजाले अरामीहरूको सामना गरिरहे । साँझमा तिनी मरे । तिनको घाउबाट निस्केको रगतचाहिँ रथभित्रै बगिरहेको थियो ।
And the battle increased that day. And the king was propped up in his chariot against the Syrians. And he died at evening, and the blood ran out of the wound into the bottom of the chariot.
36 तब सूर्य अस्ताउँदै गर्दा सेनाका बिचमा एउटा यस्तो आवाज फैलियो, “हरेक मानिस आ-आफ्नो सहरमा फर्केर जाओस्, र हरेक मानिस आ-आफ्नो बस्तीमा फर्केर जाओस् ।”
And there went a cry throughout the army about the going down of the sun, saying, Every man to his city, and every man to his country.
37 यसरी राजा आहाब मरे, र तिनलाई सामरियामा लगी त्यहीँ नै गाडियो ।
So the king died, and was brought to Samaria, and they buried the king in Samaria.
38 तिनीहरूले रथलाई सामरियाको तलाउमा धोए, र परमप्रभुको वचनले घोषणा गरेझैँ कुकुरहरूले तिनको रगत चाटे (यहीँ नै वेश्याहरू नुहाउने गर्थे) ।
And they washed the chariot by the pool of Samaria, and the dogs licked up his blood (now the harlots washed themselves there), according to the word of Jehovah which he spoke.
39 के आहाबले गरेका अरू कार्यहरू, तिनले बनाएको हस्ती-हाडको महलसाथै सबै सहरहरूको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
Now the rest of the acts of Ahab, and all that he did, and the ivory house which he built, and all the cities that he built, are they not written in the book of the chronicles of the kings of Israel?
40 यसरी आहाब आफ्ना पित्रहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए ।
So Ahab slept with his fathers, and Ahaziah his son reigned in his stead.
41 इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापातले यहूदामाथि शासन गर्न थाले ।
And Jehoshaphat the son of Asa began to reign over Judah in the fourth year of Ahab king of Israel.
42 यहोशापातले शासन गर्न थाल्दा तिनी पैँतिस वर्षका थिए, र तिनले यरूशलेममा पच्चिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अजूबा थियो, जो शिल्हीकी छोरी थिइन् ।
Jehoshaphat was thirty-five years old when he began to reign, and he reigned twenty-five years in Jerusalem. And his mother's name was Azubah the daughter of Shilhi.
43 तिनी आफ्ना पिता आसाका मार्गमा हिँडे । तिनी तीबाट फर्केनन् । तिनले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे । तथापि डाँडाका थानहरू भने हटाइएनन् । मानिसहरूले डाँडाका थानहरूमा अझै पनि बलिदान चढाउँदै थिए, र धूप बाल्दै थिए ।
And he walked in all the way of Asa his father. He turned not aside from it, doing that which was right in the eyes of Jehovah. However the high places were not taken away; the people still sacrificed and burnt incense in the high places.
44 यहोशापात इस्राएलका राजासित शान्तिमा रहे ।
And Jehoshaphat made peace with the king of Israel.
45 के यहोशापातका अरू कार्यहरू, तिनले देखाएका शक्ति र कसरी तिनले युद्ध लडे भन्ने विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
Now the rest of the acts of Jehoshaphat, and his might that he showed, and how he warred, are they not written in the book of the chronicles of the kings of Judah?
46 तिनका पिता आसाको समयसम्म बाँकी रहेका झुटो धर्मसम्बन्धी वेश्याहरूलाई तिनले देशबाट हटाए ।
And he put away out of the land the remnant of the sodomites, who remained in the days of his father Asa.
47 एदोममा कुनै राजा थिएन, तर त्यहाँ सहायकले शासन गर्थ्यो ।
And there was no king in Edom; a deputy was king.
48 यहोशापातले समुद्रमा आवात-जावत गर्ने जहाजहरू बनाए । ती सुनको लागि ओपीरमा जानुपर्थ्यो, तर एस्योन-गेबेरमा ध्वंश भएको कारण ती जान सकेनन् ।
Jehoshaphat made ships of Tarshish to go to Ophir for gold, but they did not go, for the ships were broken at Ezion-geber.
49 तब आहाबका छोरा अहज्याहले यहोशापातलाई भने, “यी जहाजहरूमा मेरा अधिकारीहरूलाई तपाईंका अधिकारीहरूसँगै जान दिनुहोस् ।” तर यहोशापातले अनुमति दिएनन् ।
Then Ahaziah the son of Ahab said to Jehoshaphat, Let my servants go with thy servants in the ships. But Jehoshaphat would not.
50 यहोशापात आफ्ना पित्रहरूसित सुते, र तिनीहरूसितै आफ्ना पुर्खा दाऊदको सहरमा गाडिए । तिनको ठाउँमा तिनका छोरा यहोराम राजा भए ।
And Jehoshaphat slept with his fathers, and was buried with his fathers in the city of David his father. And Jehoram his son reigned in his stead.
51 यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याहले सामरियामा बसेर इस्राएलमाथि शासन गर्न थाले, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।
Ahaziah the son of Ahab began to reign over Israel in Samaria in the seventeenth year of Jehoshaphat king of Judah, and he reigned two years over Israel.
52 तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र तिनका बुबाआमाको चालमा हिँडे अनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको मार्गमा हिँडे ।
And he did that which was evil in the sight of Jehovah, and walked in the way of his father, and in the way of his mother, and in the way of Jeroboam the son of Nebat, how he made Israel to sin.
53 तिनले आफ्ना पिताले गरेझैँ बालको सेवा गरे, त्यसको पुजा गरे अनि इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।
And he served Baal, and worshiped him, and provoked to anger Jehovah, the God of Israel, according to all that his father had done.