< १ राजाहरू 21 >
1 यो केही समय बितेपछिको कुरा हो । सामरियाका राजा आहाबको दरबार नजिकै यिजरेलमा यिजरेली नाबोतको एउटा दाखबारी थियो ।
Og det skete efter disse Handeler, at Jisreeliteren Naboth havde en Vingaard, som var i Jisreel ved Akabs Palads, Kongens i Samaria.
2 आहाबले नाबोतलाई यसो भने, “सागबारी लगाउन मलाई तिम्रो दाखबारी देऊ किनकि यो मेरो घर नजिकै छ । यसको सट्टामा म तिमीलाई अझै राम्रो दाखबारी दिने छु वा तिमीले चाह्यौ भने म तिमीलाई यसको दाम तिरिदिने छु ।”
Og Akab talede til Naboth og sagde: Giv mig din Vingaard, at den maa være mig til en Urtehave, efterdi den er nær ved mit Hus, og jeg vil give dig en Vingaard for den, som er bedre end denne; eller om dig godt synes, vil jeg give dig Penge for den, saa meget som den er værd.
3 नाबोतले आहाबलाई जवाफ दिए, “मेरा पुर्खाहरूका पैतृक सम्पत्ति मैले तपाईंलाई दिनदेखि परमप्रभुले मलाई निषेध गरून् ।”
Og Naboth sagde til Akab: Herren lade det være langt fra mig, at jeg skulde give dig mine Fædres Arv.
4 त्यसैले आहाब उदास भए, र रिसाएर आफ्नो दरबारमा गए किनकि यिजरेली नाबोतले तिनलाई यसो भनी जवाफ दिएका थिए, “म मेरा पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिन्नँ ।” तिनी आफ्नो ओछ्यानमा ठुस्स परेर सुते, र तिनले खाना खान इन्कार गरे ।
Da kom Akab ilde tilfreds og vred til sit Hus for det Ords Skyld, søm Jisreeliteren Naboth havde talt til ham og sagt: Jeg vil ikke give dig mine Fædres Arv; og han lagde sig paa sin Seng og vendte sit Ansigt omkring og aad ikke Brød.
5 तिनकी पत्नी ईजेबेल तिनीकहाँ आएर भनिन्, “खानै नखाने गरी तपाईं किन यति धेरै उदास हुनुभएको छ?”
Da kom Jesabel, hans Hustru, til ham, og hun sagde til ham: Hvad er det for noget, at din Aand er saa ilde tilfreds, at du ikke æder Brød?
6 तिनले उनलाई जवाफ दिए, “मैले यिजरेली नाबोतलाई भनेँ, 'तिम्रो दाखबारी मलाई बेच वा तिमीलाई इच्छा लागे म तिमीलाई अर्को अझै राम्रो दाखबारी दिने छु ।' तब तिनले मलाई जवाफ दिए, 'म तिमीलाई मेरो दाखबारी दिन्नँ' ।”
Og han sagde til hende: Fordi jeg talte til Jisreeliteren Naboth og sagde til ham: Giv mig din Vingaard for Penge, eller om du har Lyst dertil, da vil jeg give dig en anden Vingaard for den, og han sagde: Jeg vil ikke give dig min Vingaard.
7 त्यसैले तिनकी पत्नी ईजेबेलले तिनलाई जवाफ दिइन्, “के तपाईंले इस्राएलको राज्यमाथि शासन गर्नुहुन्न र? उठेर खानुहोस् । तपाईंको मन प्रसन्न होस् । म यिजरेली नाबोतको दाखबारी तपाईंलाई दिलाइदिने छु ।”
Da sagde Jesabel, hans Hustru, til ham: Du, jo, du skulde nu have Kongemagt over Israel! staa op, æd Brød og lad dit Hjerte være vel til Mode, jeg vil give dig Jisreeliteren Naboths Vingaard.
8 त्यसैले ईजेबेलले आहाबको नाउँमा चिठीहरू लेखिन्, र तिनका राजाको छाप लगाई नाबोतको सहरमा तिनीसित बस्ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन् ।
Og hun skrev Breve i Akabs Navn og forseglede dem med hans Signet, og hun sendte Brevene til de ældste og til de ypperste, som vare i hans Stad, og som boede ved Naboth.
9 उनले चिठीहरूमा यसो लेखेकी थिइन्, “उपवासको घोषणा गरी नाबोतलाई मानिसहरूका बिचमा आदरको स्थानमा बसाओ ।
Og hun skrev i Brevene og sagde: Lader udraabe en Faste, og sætter Naboth øverst iblandt Folket!
10 तिनीसँगै दुई जना बेइमान मानिसलाई पनि राख जसले तिनको विरुद्धमा यस्तो गवाही देऊन्, 'तपाईंले परमेश्वर र राजालाई सराप दिनुभयो' ।” तब तिनलाई बाहिर लगेर ढुङ्गाले हानेर मार ।
Og sætter to Mænd, Belials Børn, tværs overfor ham, som skulle vidne imod ham og sige: Du har bandet Gud og Kongen; og fører ham ud og stener ham, at han dør.
11 त्यसैले नाबोतको सहरका मानिसहरू, धर्म-गुरुहरू र धनी मानिसहरूलाई ईजेबेलले लेखेकी चिठीहरूमा व्याख्या गरेझैँ तिनीहरूले गरे ।
Og de ældste Mænd og ypperste i hans Stad, som boede i hans Stad, gjorde, ligesom Jesabel havde ladet sige til dem, ligesom der var skrevet i Brevene, som hun havde sendt til dem.
12 तिनीहरूले उपवासको घोषणा गरे, र नाबोतलाई मानिसहरूभन्दा आदरको स्थानमा बसाए ।
Delode udraabe en Faste og satte Naboth øverst iblandt Folket.
13 दुई जना बेइमान मानिस आए, र तिनीहरू नाबोतको सामु बसे । मानिसहरूको उपस्थितिमा तिनीहरूले नाबोतको विरुद्धमा यसो भनी गवाही दिए, “नाबोतले परमेश्वर र राजा दुवैलाई सराप दिए ।” त्यसपछि तिनीहरूले तिनलाई सहरबाहिर लगी ढुङ्गाले हानेर मारे ।
Og de to Mænd, de Belials Børn, kom og satte sig tværs overfor ham, og de Belials Mænd vidnede imod Naboth for Folket og sagde: Naboth bandede Gud og Kongen; og de førte ham ud uden for Staden og stenede ham med Stene, at han døde.
14 तब धर्म-गुरुहरूले ईजेबेललाई यो खबर पठाइन्, “नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ ।”
Og de sendte til Jesabel og lode sige: Naboth er stenet og er død.
15 जब ईजेबेलले नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ भनी सुनिन् उनले आहाबलाई भनिन्, “नाबोत मरिसकेकाले उठ्नुहोस्, र यिजरेली नाबोतको दाखबारी अधिकार गर्नुहोस् जुन बेच्नलाई तिनले इन्कार गरेका थिए ।”
Og det skete, der Jesabel hørte, at Naboth var stenet og var død, da sagde Jesabel til Akab: Staa op, tag til Eje Jisreeliteren Naboths Vingaard, som han vægrede sig ved at give dig for Penge; thi Naboth lever ikke, men er død.
16 नाबोत मरे भनी जब आहाबले सुने तिनी उठेर यिजरेली नाबोतको दाखबारीमा गए, र त्यसको अधिकार गरे ।
Og det skete, der Akab hørte, at Naboth var død, da stod Akab op at gaa ned i Jisreeliteren Naboths Vingaard for at tage den til Eje.
17 तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो,
Og Herrens Ord skete til Thisbiteren Elias og sagde:
18 “उठ्, र सामरियामा बस्ने इस्रालका राजा आहाबलाई भेट्न जा । त्यो नाबोतको दाखबारीमा छ जहाँ त्यो दाखबारी हडप्न गएको छ ।
Staa op, gak ned imod Akab, Israels Konge, som er i Samaria; se, han er i Naboths Vingaard, hvorhen han er gaaet ned for at tage den til Ejendom.
19 तैँले त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'के तैँले त्यसलाई मारेर त्यसको सम्पत्ति हडपेको छस्?’ त्यसपछि त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'जुन ठाउँमा कुकुरहरूले नाबोतको रगत चाटे, त्यही ठाउँमा कुकुरहरूले तेरो रगत, हो तेरै रगत चाट्ने छन्' ।”
Og du skal tale til ham og sige: Saaledes sagde Herren: Har du baade myrdet og tilmed taget en Ejendom? Fremdeles skal du tale til ham og sige: Saa siger Herren: Paa det Sted, hvor Hundene slikkede Naboths Blod, skulle Hundene slikke dit Blod, ja ogsaa dit.
20 आहाबले एलियालाई भने, “ए मेरो शत्रु, के तैँले मलाई भेट्टाएको छस्?” एलियाले जवाफ दिए, “तपाईंले परमप्रभुको दृष्टिमा दुष्ट काम गरी आफैलाई बेच्नुभएकोले मैले तपाईंलाई भेट्टाएको छु ।
Og Akab sagde til Elias: Har du fundet mig, min Fjende? Og han sagde: Jeg har fundet dig, fordi du har solgt dig selv til at gøre det onde for Herrens Øjne.
21 परमप्रभु तपाईंलाई यसो भन्नुहुन्छ, 'हेर्, म तँमाथि विपत्ति ल्याउने छु, र इस्राएलमा भएको तेरो हरेक पुरुष, कमारा र फुक्कालाई पूर्ण रूपमा भस्म पारी सर्वनाश पार्ने छु ।
Se, jeg vil føre Ulykke over dig og borttage dine Efterkommere og udrydde af alt Akabs Hus enhver af Mandkøn og den bundne og den løsladte i Israel.
22 म तेरो घरानालाई नबातका छोरा यारोबाम र अहियाका छोरा बाशाको घरानाजस्तै तुल्याउने छु किनकि तैँले मलाई रिस उठाई इस्राएललाई पाप गर्न लगाएको छस् ।'
Og jeg vil gøre dit Hus som Jeroboams, Nebats Søns, Hus, og som Baesas, Ahias Søns, Hus, for den Opirrelses Skyld, som du har opirret mig med, og fordi du kom Israel til at synde.
23 परमप्रभुले ईजेबेलको सम्बन्धमा पनि यसो भन्नुभएको छ, 'यिजरेलको पर्खालको छेउमा नै कुकुरहरूले ईजेबेललाई खाने छन् ।'
Og om Jesabel har Herren ogsaa talt og sagt: Hundene skulle æde Jesabel inden Jisreels Mure.
24 आहाबको घरानामा भएको हरेक जो सहरमा मर्छ त्यसलाई कुकुरहरूले खाने छन्, र मैदानमा मर्ने हरेकलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।”
Hvo som dør i Staden af Akabs Hus, skulle Hundene æde, og hvo som dør paa Marken, skulle Fuglene under Himmelen æde.
25 आहाबजस्तो कोही थिएन जसले परमप्रभुको दृष्टिमा दुष्ट काम गर्न आफैलाई बेचे जसलाई तिनकी पत्नीले पाप गर्न उक्साएकी थिइन् ।
Dog var der ingen som Akab, der havde solgt sig selv til at gøre det onde for Herrens Øjne, fordi hans Hustru Jesabel tilskyndte ham;
26 आहाबले परमप्रभुले इस्राएलीहरूको सामुबाट हटाउनुभएका मूर्तिहरूलाई पछ्याई एमोरीहरूले गरेजस्तै घृणित कामहरू गरे ।
og han handlede saare vederstyggeligt, idet han vandrede efter de stygge Afguder, aldeles ligesom Amoriterne gjorde, hvilke Herren fordrev for Israels Børns Ansigt.
27 जब आहाबले यी वचनहरू सुने तिनले आफ्ना लुगा च्याते, र आफ्नो शरीरमा भाङ्ग्रा लगाए अनि उपवास बसे । तिनी भाङ्ग्रा लगाई अत्यन्तै उदास भए ।
Og det skete, der Akab hørte disse Ord, da sønderrev han sine Klæder og lagde Sæk om sin Krop og fastede, og han laa i Sæk og gik sagtelig.
28 तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो,
Og Herrens Ord skete til Thisbiteren Elias og sagde:
29 “के आहाबले मेरो सामु आफैलाई विनम्र पारेको तैँले देखेको छस्? त्यसले मेरो सामु आफैलाई विनम्र तुल्याकोले म आउनेवाला विपत्ति त्यसकै समयमा ल्याउँदिनँ । म त्यसको छोराको समयमा त्यसको परिवारमा विपत्ति ल्याउने छु ।”
Har du set, at Akab har ydmyget sig for mit Ansigt? fordi han har ydmyget sig for mit Ansigt, vil jeg ikke lade det onde komme i hans Dage; i hans Søns Dage vil jeg føre det onde over hans Hus.